The Real Update Nepal

The Real Update Nepal Follow Us for Real Nepali Updates.

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ९०३ जनाको मृत्य...
31/08/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ९०३ जनाको मृत्यु भएको जनाएको छ। सोमबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै प्राधिकरणले ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको जनाएको हो।

प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना छन्। केही घटनामा पूर्ण शव नभेटिएर आंशिक मानव अंग मात्र फेला परेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना छन्। यस्तै रसुवाका ५६२, नुवाकोटका १ हजार ५५८, मकवानपुरका ६५ र विदेशी नागरिक ५९२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी प्रहरी २५, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कविहीनको सूचीमा छन्।

खोज तथा उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

जलविद्युत् आयोजनाका सुरुङबाट शुक्रबार १९१ जना र शनिबार थप ८८ जनाको उद्धार गरिएको थियो। त्यस्तै, हालसम्म २२७ जना विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

उत्तरगया–बेत्रावती क्षेत्रमा आएको विनाशकारी बाढीले आरम्भ आचार्यकी आमा, घर तथा आफूले जोडेको धेरै सम्पत्ति बगायो। तर आफ्नै...
30/08/2026

उत्तरगया–बेत्रावती क्षेत्रमा आएको विनाशकारी बाढीले आरम्भ आचार्यकी आमा, घर तथा आफूले जोडेको धेरै सम्पत्ति बगायो। तर आफ्नै जीवनमा ठूलो क्षति बेहोरेका आरम्भले बाढीको उर्लँदो भेलमा जोखिम मोलेर आफ्ना चार जना स्कुले साथीको ज्यान जोगाएका छन्।

बाढीले सबैथोकजस्तै खोसेको अवस्थामा पनि उनले देखाएको साहस र निःस्वार्थ भावनाले संकटका बेला मानवता र हिम्मतको उदाहरण प्रस्तुत गरेको छ।

आफूले आमा र घर गुमाए पनि चार परिवारका प्रियजनलाई बचाउन सफल भएका आरम्भको यो साहस अहिले प्रेरणादायी कथाका रूपमा चर्चा भइरहेको छ।

त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुल बगाएको छ। बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने ...
30/08/2026

त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुल बगाएको छ। बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने पुलमा क्षति पुर्‍याएको हो।
उक्त झोलुङ्गे पुलले धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ र गोरखाको गण्डकी गाउँपालिका–८ लाई जोड्दै आएको थियो।
गण्डकी गाउँपालिका–८ का अध्यक्ष कोकिलबहादुर पुलामी मगरका अनुसार त्रिशूलीको बाढीले पुलको चरौंदीतर्फको टावर भाग बगाएको छ। गोरखातर्फको टावरसमेत केही ढल्किएको उनले बताए।
‘झोलुङ्गे पुलको चरौंदीतर्फको टावर भाग बगाएको छ, गोरखातर्फको भागको टावर केही ढल्केको छ,’ उनले भने।
पुलमा क्षति पुगेपछि धादिङ र गोरखातर्फका स्थानीयलाई त्रिशूली नदी वारपार गर्न समस्या भएको छ। दैनिक आवतजावतका लागि प्रयोग हुँदै आएको पुल बगेपछि स्थानीय थप कठिनाइमा परेका छन्।
यसैगरी, आज आएको बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।
यसअघि गत भदौ १० गते आएको विनाशकारी बाढीका क्रममा उक्त पुल, सहकारी भवनलगायतका संरचनामा क्षति पुगेको थिएन। तर पछिल्लो बाढीले भने ती संरचनामा समेत असर पुर्‍याएको छ।
त्रिशूलीमा पुनः आएको बाढीका कारण नदी आसपासका बस्ती तथा संरचनामा थप जोखिम बढेको छ। स्थानीयले नदीको जलस्तर र बाढीको अवस्थालाई ध्यान दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

नेपालमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता रहेको पछिल्लो तथ्यांकले देखाएको छ। उपलब्ध विवरणअनुसार ...
30/08/2026

नेपालमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता रहेको पछिल्लो तथ्यांकले देखाएको छ। उपलब्ध विवरणअनुसार १५ हजार ३५१ जना अझै हराइरहेका छन्।

बाढीपछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा अनुरोध प्राप्त भएका छन्। तथ्यांकअनुसार कुल २४० वटा सहयोग अनुरोध प्राप्त भएकामा १८८ वटा खुला अनुरोध छन् भने १५८ वटा अति जरुरी अनुरोधका रूपमा देखाइएको छ।

त्यस्तै, ४५ वटा अनुरोधमा काम भइरहेको र ३ वटा अनुरोध समाधान भइसकेको विवरणमा उल्लेख छ।

खोजी तथा उद्धारतर्फ २ हजार ५११ जना भेटिएको/रिपोर्ट भएको देखिन्छ। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार २५४ जनासम्बन्धी रिपोर्ट प्राप्त भएको तथ्यांकमा उल्लेख छ।

बाढीपछि आफ्ना आफन्तको अवस्था थाहा पाउन नसकेका परिवारको पीडा अझै उस्तै छ। विवरणअनुसार ७ सय परिवार आफ्ना बेपत्ता आफन्तको प्रतीक्षामा छन्।

बेपत्ता हुनेमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि उल्लेख्य छ। तथ्यांकमा १८ वर्षमुनिका ६७७ बालबालिका तथा ६० वर्षभन्दा माथिका ४१२ ज्येष्ठ नागरिक हराइरहेको देखाइएको छ।

उद्धार तथा खोजी कार्य जारी रहे पनि ठूलो भौगोलिक क्षेत्र, अवरुद्ध सडक तथा सञ्चार र अन्य पूर्वाधारमा भएको क्षतिका कारण हराइरहेकाको खोजी चुनौतीपूर्ण बनेको छ।

उपलब्ध तथ्यांकले बाढीले पुर्‍याएको मानवीय क्षतिको गम्भीरता मात्रै देखाउँदैन, अझै हजारौँ परिवार आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहेको दर्दनाक अवस्था पनि उजागर गर्छ।

भोटेकोशीको भीषण बाढीले घर–सम्पत्ति मात्रै होइन, श्रीमतीको उपचारका लागि वर्षौँदेखि जुटाएको रकमसमेत बगाएपछि रसुवाका राजकुम...
30/08/2026

भोटेकोशीको भीषण बाढीले घर–सम्पत्ति मात्रै होइन, श्रीमतीको उपचारका लागि वर्षौँदेखि जुटाएको रकमसमेत बगाएपछि रसुवाका राजकुमार डंगोलको पीडा सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो। उनको दुःख देखेपछि सहयोगका हातहरू अघि बढ्न थालेका छन्।

रसुवाको उत्तरगया–५, बेत्रावतीका डंगोलले मिर्गौला रोगबाट पीडित पत्नी विष्णुकुमारीको उपचारका लागि जुटाएको २५ लाख रुपैयाँ नगद तथा गरगहना बाढीमा गुमाएका हुन्।

१० भदौको बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले उनको परिवारको धनसम्पत्ति बगाएपछि उनी सामाजिक सञ्जालमा रुँदै सहयोगको याचना गर्न बाध्य भएका थिए। उनको पीडादायी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान उनीतर्फ आकर्षित भएको थियो।

यहीबीच पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा डंगोललाई राहतस्वरूप ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

श्रीमतीको उपचारका लागि आवश्यक रकमसमेत बाढीमा गुमेपछि डंगोलमाथि अहिले परिवारको दैनिक गुजारा चलाउनेदेखि पत्नीको उपचार खर्च जुटाउनेसम्मको ठूलो चुनौती थपिएको छ।

सहयोगपछि पूर्वमिस नेपाल आश्माकुमारी केसीले विपद्को समयमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिन समाजका सबै पक्षले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताइन्।

“हामीले गरेको सहयोग ठूलो समाधान नहुन सक्छ, तर उहाँहरूको दुःखमा हामी पनि साथमा छौँ भन्ने महसुस गराउन सकियोस् भन्ने उद्देश्य हो,” आश्माले बताइन्।

उनले श्रीमतीको उपचारका लागि वर्षौँदेखि जुटाएको रकमसमेत गुमाएका डंगोलजस्ता परिवारप्रति समाजका सबै पक्ष संवेदनशील बन्नुपर्नेमा जोड दिइन्।

“उहाँहरूको पीडा सुनेपछि सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो। हामी सबै मिलेर सहयोग गर्‍यौँ भने कठिन परिस्थितिमा रहेका परिवारलाई केही सहज बनाउन सक्छौँ,” उनले भनिन्।

बाढीले सर्वस्व गुमाएका डंगोल परिवारका लागि यो सहयोग तत्कालको संकटमा एउटा महत्वपूर्ण राहत बनेको छ। प्राकृतिक विपत्तिले घरबार र सम्पत्ति मात्रै होइन, बिरामीको उपचारजस्तो अत्यावश्यक आवश्यकता पूरा गर्ने आधारसमेत खोसिदिँदा पीडित परिवारलाई निरन्तर सहयोग र साथको आवश्यकता देखिएको छ।

त्रिशूली जलविद्युत् आयोजनामा आएको आकस्मिक बाढीबाट ज्यान जोगाउन सफल एक इञ्जिनियरले माथिल्लो जंगल क्षेत्रमा अझै धेरै मानिस...
30/08/2026

त्रिशूली जलविद्युत् आयोजनामा आएको आकस्मिक बाढीबाट ज्यान जोगाउन सफल एक इञ्जिनियरले माथिल्लो जंगल क्षेत्रमा अझै धेरै मानिस अलपत्र अवस्थामा रहेको बताएका छन्।

बाढीबाट जीवित बच्न सफल इञ्जिनियर रूपेश कुमार यादवका अनुसार उनले करिब ९० डिग्रीको ठाडो पहाडी भिर चढेर आफ्नो ज्यान जोगाउन सफल भएका हुन्।

यादवले आफूले ज्यान जोगाएपछि माथिल्लो जंगलतर्फ धेरै मानिस अलपत्र अवस्थामा रहेको देखेको बताएका छन्। उनका अनुसार त्यहाँ रहेका अधिकांश मानिस घाइते अवस्थामा छन्।

उनले सरकारले माथिल्लो जंगल क्षेत्रमा समेत तत्काल खोजी तथा उद्धार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उक्त क्षेत्रमा रहेका मानिसको समयमै उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने सम्भावना रहेको उनको भनाइ छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड सामाज...
30/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापका अनुसार पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय भगवान् कार्की रहेका छन्। उनी रास्वापाका कार्यकर्ता हुन् ।

उच्च अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहँदै आएकी धरान–१६, जोर सखुवाकी २९ वर्षीया मनिता पारघरी लिम्बूको असामयिक निध...
30/08/2026

उच्च अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहँदै आएकी धरान–१६, जोर सखुवाकी २९ वर्षीया मनिता पारघरी लिम्बूको असामयिक निधन भएको छ।

धनकुटाको छथर जोरपाटी–३, साविक ताड्खुवा–६, करुन्जे निवासी शेरबहादुर लिम्बूकी नातिनी तथा मकल बहादुर लिम्बू र केसिका देवान लिम्बूकी छोरी मनिताको अल्पायुमै निधन भएको पारिवारिक तथा जापानमा उनि निकट व्यक्तिहरुले पुष्टि गरेका छन् ।

मनिता उच्च अध्ययनसँगै रोजगारीका लागि जापानमा रहँदै आएकी थिइन् । उनको निधनको कारणमा आफैंले आफ्नो ज्यान लिएको बताइन्छ । यसबारेको विस्तृत प्रहरी रिपोर्ट आउन बाँकी छ ।

उनको असामयिक निधनको खबरले नेपालमा रहेका परिवार, आफन्त तथा जापानमा रहेका नेपाली समुदायमा शोक छाएको छ । २९ वर्षको उमेरमै ज्यान गुमाउनुपर्दा परिवारजन गहिरो पीडामा परेका छन्।

यसै अगस्ट महिनामा फुकुओकामा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी नाकागावा नदीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी सन् २०२३ मा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् र अध्ययनसँगै रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्। जापानी प्रहरीले उनको मृत्युको घटनालाई हत्याको रुपमा गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयको तथ्यांक उद्धृत गर्दै सार्वजनिक गरिएको एक रिपोर्टअनुसार, २०२५ जुलाईदेखि २०२६ जुन १ सम्मको करिब १० महिनामा जापानमा ६७ जना नेपालीको मृत्यु भएको थियो। तीमध्ये २५ जनाको मृत्यु आत्महत्याका रूपमा उल्लेख गरिएको छ। धेरैजसो मृतक विद्यार्थी भिसामा जापान आएर कामसमेत गरिरहेका नेपाली रहेको रिपोर्टमा उल्लेख छ। केही मृत्युको कारण खुलाइएको भए पनि धेरै घटनामा कारण ‘अज्ञात’ उल्लेख गरिएको थियो।

पछिल्ला वर्षहरूमा अध्ययन, रोजगारी र व्यवसायका लागि जापान आउने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ। अध्यागमनसम्बन्धी तथ्यांकअनुसार सन् २०२५ मा नेपालबाट विदेश अध्ययनका लागि जानेमध्ये ४० हजार ८०० भन्दा बढी विद्यार्थी जापान आइपुगेका थिए। सन् २०२६ को अगस्ट पहिलो सातासम्म पनि ३१ हजारभन्दा बढी नेपाली विद्यार्थी जापान पुगेको तथ्यांक सार्वजनिक भएको छ।

नेपालीको संख्या बढ्दै जाँदा अध्ययनसँगै काम गर्ने विद्यार्थीको आर्थिक दबाब, लामो समय काम गर्नुपर्ने अवस्था, भाषागत कठिनाइ, एक्लोपन तथा सामाजिक–मानसिक दबाबजस्ता विषय पनि नेपाली समुदायमा महत्वपूर्ण चुनौतीका रूपमा देखिँदै आएका छन् ।

नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिए...
30/08/2026

नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ ।चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन नेटवर्क( सीजीटीएन)ले यस्तो सूचना दिएको हो । सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो ।पहिरोले थुनिएर बनेको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो ।यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ । यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ । भदौ १० गतेको भीषण बाढी पछि चिनियाँ पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ ।

भारतले हालैको विपद्बाट प्रभावित नेपालका लागि पठाएको मानवीय सहयोगको चौथो खेप नेपाल आइपुगेको छ। ११ टन राहत सामग्री बोकेको ...
30/08/2026

भारतले हालैको विपद्बाट प्रभावित नेपालका लागि पठाएको मानवीय सहयोगको चौथो खेप नेपाल आइपुगेको छ। ११ टन राहत सामग्री बोकेको भारतीय विमान नेपाल आइपुगेपछि सामग्री औपचारिक रूपमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको छ।

भारतबाट आएको सहयोगमा खोज तथा उद्धार कार्यका लागि विशेष सुरुङ प्राविधिक टोली र आवश्यक उपकरणसमेत रहेका छन्। त्यस्तै, डीएनए विश्लेषणमा सहयोग गर्न फरेन्सिक विज्ञहरू पनि टोलीमा सहभागी छन्।

राहत सामग्रीमा प्रभावित नागरिकका लागि कम्बल, सुत्ने झोला, त्रिपाल, प्लास्टिकका सिट तथा सरसफाइसम्बन्धी सामग्री रहेका छन्।

हालैको विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउने तथा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भारतले सहयोग जारी राखेको हो।

Address

Baudha
Leeds

Website

Alerts

Be the first to know and let us send you an email when The Real Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share