USK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from USK, News & Media Website, London Colney.

25/04/2026
अमेरिकाले नेपाली सेनालाई ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव गरेको छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵
25/04/2026

अमेरिकाले नेपाली सेनालाई ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव गरेको छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵

यस्लाइ तुरुन्तै कारबाही होस
24/04/2026

यस्लाइ तुरुन्तै कारबाही होस

नेकपा एमाले संसदिय दल को प्रमुख सचेतक को जिम्मेवारि  Ain Mahar लाई
24/04/2026

नेकपा एमाले संसदिय दल को प्रमुख सचेतक को जिम्मेवारि Ain Mahar लाई

तपाईंलाई यो निर्णय कस्तो लाग्यो?-प्रधानमन्त्री बालेन शाहले बुधबार काठमाडौंका सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखहरूलाई...
23/04/2026

तपाईंलाई यो निर्णय कस्तो लाग्यो?
-

प्रधानमन्त्री बालेन शाहले बुधबार काठमाडौंका सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए।

काठमाडौं महानगरपालिकाले बिहीबार रातिदेखि खोला–नदी किनारका सुकुम्बासी बस्तीहरूमा माइकिङ गरेको छ।

शनिबार बिहान ६ बजेदेखि घरटहरा हटाउने र अतिक्रमित जग्गा खाली गराउने काम हुने महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले बताए।

हेर्नुस् महानगर प्रहरीले माइकिङमा भनेका ६ कुरा-

यता फेरि के खिचडि पाक्दै छ 🤔🤔
23/04/2026

यता फेरि के खिचडि पाक्दै छ 🤔🤔

22/04/2026

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

‼️Missing Person Alert: ‼️ I Aldershot​The following person was last seen yesterday in the Aldershot High Street area.​P...
21/04/2026

‼️Missing Person Alert: ‼️ I

Aldershot
​The following person was last seen yesterday in the Aldershot High Street area.

​Physical Description

​Age: 81 years old
​Height: 5ft 0in
​Hair: White
​Last Seen Wearing: A long black jacket
​Crucial Information
​She is a vulnerable adult and may appear confused or frightened.

If you spot her, please follow these steps:

​Do not startle her: Approach calmly or maintain a respectful distance.

​Keep her in your sight: Monitor her location from a safe distance.

​Call for help: Contact the police or emergency services immediately.
​Contact Details

​If seen, please contact the police or GRNC immediately at:
+44 7464 431609

आज आध्यागुरु शंकराचार्य जयन्ती  बैशाख ८ 💐💐💐
20/04/2026

आज आध्यागुरु शंकराचार्य जयन्ती
बैशाख ८ 💐💐💐

गृहमन्त्रालय मान्छे समाउने मन्त्रालय होइन ! त्यहाँ राष्ट्रिय सुरक्षादेखि इन्टेलिजेन्ससम्मका अति संवेदनशील सूचना हुन्छन् ...
20/04/2026

गृहमन्त्रालय मान्छे समाउने मन्त्रालय होइन ! त्यहाँ राष्ट्रिय सुरक्षादेखि इन्टेलिजेन्ससम्मका अति संवेदनशील सूचना हुन्छन् । देशको सीमाभित्र हुने सीआईए, रअ, आईएसआईजस्ता विदेशी एजेन्सीहरूका गतिविधिमाथि सूक्ष्म निगरानी गर्ने र गोप्य सूचनाहरू सङ्कलन र प्रोसेस गर्ने काम त्यहाँ हुन्छ । केही चिनियाँ चासो हुन्छन्, केही भारतीय चासो छन् । केही अनावश्यक होलान् केही भ्यालीड सुरक्षाचिन्ता पनि होलान् । अपराध र आतङ्कवाद नियन्त्रणदेखि सीमासुरक्षासम्मको गहन जिम्मेबारी त हुन्छ नै तीन करोड नागरिकको तथ्याङ्क पनि त्यहीँ हुन्छ !
त्यस्तो संवेदनशील मन्त्रालयमा कानुनदेखि भूराजनीतिसम्म बुझ्ने स्वच्छ र विज्ञ दुबै चरित्र भएको कोही परिवक्व नेता आउला भन्ने मेरो विश्वास थियो ।

यो सरकार बन्दै गर्दा सबैभन्दा कमजोर कडी लागेको निर्णय त्यही थियो । केही व्यक्तिलाई पक्राउ गर्ने र दुई चार दिन हिरासतमा राख्ने कामभन्दा त्यो मन्त्रालय निकै ठूलो र संवेदनशील निकाय हो । यो 'देखाइदिने' मन्त्रालय होइन ।

मिहिनेतपूर्वक अनुसन्धान गरेर, पर्याप्त प्रमाण जुटाएर, विधि-प्रक्रिया र नियमहरू पूरा गरेर दोषीमाथि मुद्दा दर्ता गर्ने र सजाय दिलाउने काम न्यायिक सफलता हो । तर शक्तिको तुजुक देखाएर, गृहकार्यबिनै जथाभावी पक्राउ गर्ने र दुई दिनपछि छोड्ने काम सफलता होइन । त्यसले आरोपितलाई झन् बलियो त बनाउँछ नै, सरकारको निष्पक्षता र विश्वसनीयता पनि घटाउँछ । मन्त्रीले प्रहरी कार्यालयमा धर्ना बसेर जबरजस्ती समाउन लगाउने र फेसबुकमा ९-१० विकेट डाउन भन्दै प्रदर्शन गर्ने काम आफैमा एकदम उत्ताउलो र असंवेदनशील थियो । अपराधी पक्रिने काम मन्त्रीको होइन, प्रहरीको हो र त्यही देखिनुपर्छ । ​मन्त्रीको काम प्रहरीलाई पछि लगाएर हिँड्ने होइन, बरु प्रहरीलाई स्वायत्त र व्यावसायिक बनाएर पद्धति (System) बसाल्ने हो।

जुन पृष्ठभूमि र आन्दोलनबाट आएको छ, त्यस अनुसार सुशासन यो सरकारको अर्जुनदृष्टि हुनुपर्छ । सम्पूर्ण भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने ठूलो जिम्मा गृहमन्त्रीमाथि हुन्छ । त्यहाँ बेदाग र आत्मबल उच्च भएको मान्छे आवश्यक हुन्छ ।

सम्पत्ति नभएर राम्रोसँग पढ्न पनि नपाएको भन्ने अन्तर्वार्ता दिने मन्त्रीले कानुनी सीमाभन्दा धेरै बढी जग्गा जोड्नुभएको छ ! छोराले पैतृक भन्ने, बुबाले छोराले कमाएर किनेको भन्ने ! अरूलाई हदबन्दी लाग्ने, मन्त्रीलाई छूट हुने ।

अब १५/१५ दिनमै तलब !
19/04/2026

अब १५/१५ दिनमै तलब !

Address

London Colney

Telephone

+447818646773

Website

Alerts

Be the first to know and let us send you an email when USK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to USK:

Share