Mero Post

Mero Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Post, Media/News Company, Sankhu, London.
(3)

"Mero Post is operated by Anjuli Media Pvt Ltd, with news coverage by Editor Kumar Basnet & Binu Chhetri"

"Mero Post – Your Trusted Source for Real News!" ("मेरो पोस्ट – वास्तविक समाचारको विश्वासिलो स्रोत !")

आफैंलाई जोखिममा राखेर अरूको जीवन बचाइन्-रसुवाको विनाशकारी बाढीमा क्याप्टेन प्रिया अधिकारी बनिन् सयौँ पीडितको ‘आशाको उडान...
09/09/2026

आफैंलाई जोखिममा राखेर अरूको जीवन बचाइन्-रसुवाको विनाशकारी बाढीमा क्याप्टेन प्रिया अधिकारी बनिन् सयौँ पीडितको ‘आशाको उडान’🫡

रसुवा -भदौ १० गते आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सडक र पुल बगेर अधिकांश जमिनी बाटो अवरुद्ध भएपछि प्रभावित नागरिकको उद्धारका लागि हेलिकप्टर नै प्रमुख माध्यम बन्न पुग्यो।यही कठिन परिस्थितिमा क्याप्टेन प्रिया अधिकारीले जोखिमपूर्ण मौसम र कठिन हिमाली भूगोलबीच निरन्तर उद्धार उडान भरिन्। बाक्लो कुहिरो, कालो बादल, तीव्र हावा र कमजोर दृश्यताबीच पनि उनले प्रभावित क्षेत्रमा पुगेर घा’इते, अलपत्र तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउने काम गरिन्।
अधिकारीका अनुसार बाढीको दिन प्रभावित क्षेत्रमा पुग्दा चारैतिर आफन्त गुमाएका परिवारको रुवाबासी, घा’इतेको छटपटी र त्र’सित नागरिकको भीड थियो। यस्तो दृश्यले आफूलाई भावुक बनाए पनि उद्धारको जिम्मेवारीले थप हौसला दिएको उनले बताएकी छन्।उनी दिनमै १० पटकसम्म उडान भरेर प्रभावित क्षेत्रमा पुग्ने गरेको बताइएको छ। टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रसहित विभिन्न स्थानमा फसेका नागरिक, घाइते तथा विस्थापितलाई सुरक्षित स्थानमा पुर्‍याउन उनको हेलिकप्टर निरन्तर परिचालन भएको थियो।

हेलिकप्टर अवतरण गरेपछि पनि प्रिया ककपिटमै सीमित भइनन्। उनी आफैं हिलोमा पुगेर वृद्धवृद्धालाई सुरक्षित स्थानमा लैजान सहयोग गर्ने, डराएका बालबालिकालाई सम्झाउने र उद्धार गरिएकालाई हेलिकप्टरभित्र सुरक्षित राख्नेसम्मका काममा प्रत्यक्ष खटिएको विवरण छ।बाढीपछि उनले १०० भन्दा बढी उद्धार तथा राहत उडान गरेको बताइएको छ। सडक र पुल बाढीले बगाएर जमिनबाट सम्पर्क कठिन बनेको अवस्थामा उनको हेलिकप्टर प्रभावित नागरिकका लागि आशाको माध्यम बनेको थियो।कठिन मौसम, साँघुरो हिमाली भूगोल र लगातारको उडानका बाबजुद उद्धारलाई प्राथमिकता दिँदै उनले देखाएको साहसले विपद्को समयमा मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। रसुवाको विनाशकारी बाढीबीच जोखिमपूर्ण आकाश चिर्दै जीवन बोकेर उडेको क्याप्टेन प्रियाको हेलिकप्टर धेरैका लागि ‘आशाको उडान’ बनेको थियो।

१४ दिनसम्म पनि भेटिएनन् श्रीमान्, कुशको शव बनाएर गरियो अन्तिम विदाइ, तिलक त्रिशूली जलविद्युत आयोजनमा इन्जिन मर्मतका लागि...
09/09/2026

१४ दिनसम्म पनि भेटिएनन् श्रीमान्, कुशको शव बनाएर गरियो अन्तिम विदाइ, तिलक त्रिशूली जलविद्युत आयोजनमा इन्जिन मर्मतका लागि जाँदै थिए, बीच बाटैमा बाढिमा फसे ।

पाल्पा । भोटेकोशी बाढीपछि १४ दिनदेखि बेपत्ता रहेका तानसेन–३ (स्याङ्जा, कालीगण्डकी–३, वइघा) का तिलक रानाको परिवारले कुशको श'व बनाएर अन्तिम विदाइ गरेको छ।
श्रीमान्को अवस्था दुई सातासम्म पनि पत्ता नलागेपछि पत्नी फूलमाया गाहाले श्रीमान्–श्रीमती हुँदाका चिनो तथा चुरा कुशमाथि राखेर विधिपूर्वक विदाइ गर्नुभएको हो। श्रीमान् जहाँ भए पनि सुख–शान्ति मिलोस् भन्ने कामना गर्दै उहाँले कालीगण्डकीमा कुशको श'व प्रवाह गर्नुभएको आफन्तले बताएका छन्। तिलक जीवितै भेटिने आशामा परिवारले लामो समयसम्म प्रतीक्षा गरेको थियो। निरन्तर खोजी गर्दा पनि कुनै खबर नआएपछि अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपरेको आफन्तको भनाइ छ। “यतिका दिनसम्म उहाँलाई पर्खियौँ। सास पनि पाएनौँ, ला'स पनि पाएनौँ। अब कति दिन पर्खने भनेर कुशको श'व बनाएर उहाँलाई कालीगण्डकीमा विदाइ गर्‍यौँ,” एक आफन्तले भने। तिलकका श्रीमती र एक छोराले कि'रिया बसिरहेका छन्। भोटेकोशी बाढीपछि अझै ठूलो संख्यामा मानिस बे'पत्ता रहेको बताइएको छ भने १ हजार ३ सयभन्दा बढीको श'व भेटिएको छ। पाल्पाबाट बेपत्ता भएका ११ जनामध्ये एक जना सकुशल घर फर्किएका र एक जनाको मृ'त्यु भइसकेको बताइएको छ। तिलक रानासहित ९ जना अझै बेप'त्ता छन्। राना विगत २२ वर्षदेखि कालीगण्डकी जलविद्युत आयोजना (ए), बेल्टारीमा सहायक इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो। माथिल्लो त्रिशूली जलविद्युत आयोजना–३ए मा इन्जिन मर्मतका लागि जाने क्रममा उहाँ भोटेकोशी बाढीपछि बे'पत्ता हुनुभएको थियो। उहाँलाई अनुभवी इन्जिनियरका रूपमा चिनिन्थ्यो।💔😢

नाक फुलि पनि फुकालेर दिएको दाबी गरेकी भोटेनी र पूर्वपतिको विवाद फेरि चर्कियो, बिना सम्पती डिभोर्स गरेको भनेकी भोटेनिले ३...
09/09/2026

नाक फुलि पनि फुकालेर दिएको दाबी गरेकी भोटेनी र पूर्वपतिको विवाद फेरि चर्कियो, बिना सम्पती डिभोर्स गरेको भनेकी भोटेनिले ३० लाख मागेको, ५ तोला सुन लगेको पुर्व श्रीमानले गरे खुलासा ।

काठमाडौं । चर्चित टिकटक क्रिएटर ‘भोटेनी’ भनेर चिनिएकी सलिना मोक्तान र उनका पूर्वपतिको सम्बन्धविच्छेदसम्बन्धी विवाद फेरि चर्चामा आएको छ। पूर्वपतिको पछिल्लो पोडकास्टमा आएको अभिव्यक्तिले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको हो। यसअघि भोटेनीले टिकटक लाईभ मार्फत आफूले नाकको फुलि पनि फिर्ता गरेको बिना सम्पत्ति सम्बन्धविच्छेद गरेको बताएकी थिइन्। तर पूर्वपतिले भने ३० लाख रुपैयाँ मागेको र त्यो दिन नसकेपछि जग्गा लिएको र ५ तोला सुन लगेको दाबी गरेका छन्। साथै, उनले आफूलाई छोरी भेट्नसमेत नदिएको आरोप लगाएका छन्। दुवै पक्षले फरक–फरक पोडकास्टमार्फत आफ्ना कुरा राखेपछि पुरानो विवाद फेरि सतहमा आएको छ। एउटै घटनाबारे दुई पक्षका फरक दाबी सार्वजनिक हुँदा को सही र को गलत छुट्याउन कठिन हुने भन्दै सामाजिक सञ्जालमा दुवैलाई एउटै पोडकास्टमा राखेर प्रत्यक्ष कुराकानी गराउनुपर्ने मागसमेत बढेको छ। एकपटक टुंगिएको ठानिएको सम्बन्धविच्छेदको विषय पुनः चर्चामा आएपछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ। पूर्वपतिको पोडकास्टपछि भने भोटेनीमाथि नकारात्मक टिप्पणीसमेत बढेको देखिएको छ। तर, दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि नभएसम्म कसको दाबी सही हो भन्ने निष्कर्षमा पुग्न कठिन छ।💔😢

“छाती दुखेर अस्पताल पुगिन्, पेटभित्र भेटिए पेन–चम्चा र मैनबत्ती; २५ सेमीको पेनले पेटमै पारिसकेको थियो प्वाल!”एजेन्सी -भा...
09/09/2026

“छाती दुखेर अस्पताल पुगिन्, पेटभित्र भेटिए पेन–चम्चा र मैनबत्ती; २५ सेमीको पेनले पेटमै पारिसकेको थियो प्वाल!”

एजेन्सी -भारतको आन्ध्र प्रदेशकी ३३ वर्षीया महिलाको पेटबाट चिकित्सकहरूले १३ वटा डटपेन, ५ वटा काठका चम्चा र एउटा मैनबत्ती गरी १९ वटा अखाद्य वस्तु शल्यक्रियामार्फत निकालेका छन्।छातीको देब्रे भागमा तीव्र दुखाइ भएपछि उनलाई निजी अस्पताल लगिएको थियो। ईसीजी सामान्य आए पनि एन्डोस्कोपी र सीटी स्क्यान गर्दा पेटभित्र ती वस्तुहरू रहेको पत्ता लागेको चिकित्सक डा. रामचन्द्र रेड्डीले बताएका छन्।चिकित्सकका अनुसार बालबालिकाले प्रयोग गर्ने २५ सेन्टिमिटर लामो एउटा पेनले पेटमा प्वालसमेत पारेको थियो। त्यसका कारण ‘न्यूमोमेडियास्टिनम’ नामक अवस्था सिर्जना भएको थियो।एन्डोस्कोपी र ल्यापरोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र रहेका सबै वस्तु निकालिएको चिकित्सकहरूले बताएका छन्।

आलोचना गर्नेहरू गर्दै गरून्, सागर ढकाल भने मैदानमै : हेलिकप्टरबाट विकटमा पुगे, जिपको ढालामा फर्किए, चाउचाउ खाँदै उद्धारम...
09/09/2026

आलोचना गर्नेहरू गर्दै गरून्, सागर ढकाल भने मैदानमै : हेलिकप्टरबाट विकटमा पुगे, जिपको ढालामा फर्किए, चाउचाउ खाँदै उद्धारमा जुटे

काठमाडौं — सांसद सागर ढकाल विपद् प्रभावित विकट क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा खटिएका छन्। हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेका उनी फर्किँदा भने जिपको ढालामा झुन्डिँदै फर्किएको बताइएको छ।हेलिकप्टरमा सेल्फी खिचेको विषयमा आलोचना भए पनि ढकाल त्यसपछि पुनः फिल्डमै फर्किएर सुरक्षाकर्मी तथा उद्धारकर्मीसँगै उद्धारमा जुटेका छन्। विकट क्षेत्रमा सुरक्षाकर्मीसँगै बसेर चाउचाउ खाँदै काम गरिरहेको उनको तस्बिरसमेत सामाजिक सञ्जालमा चर्चामा आएको छ।
राजनीतिमा आलोचना र टिप्पणी स्वाभाविक भए पनि संकटका बेला प्रभावित क्षेत्रमै पुगेर नागरिकको उद्धार तथा राहतमा सहभागी हुनु सकारात्मक प्रयासका रूपमा हेरिएको छ।जनप्रतिनिधि हुनु केवल संसद्मा भाषण गर्नु मात्र होइन, संकटका बेला जनतासँगै उभिनु पनि हो भन्ने सन्देश ढकालको फिल्ड उपस्थितिले दिएको छ।

#सागरढकाल #उद्धार #राहतकार्य #विपद् #जनप्रतिनिधि

आफैंलाई बाढीले बगाइरहँदा पनि हिम्मत हारेनन् सशस्त्र प्रहरीका गोताखोर रमेश, कालको मुखबाट निस्किएर फेरि बग्दै आएका मजदुरको...
09/09/2026

आफैंलाई बाढीले बगाइरहँदा पनि हिम्मत हारेनन् सशस्त्र प्रहरीका गोताखोर रमेश, कालको मुखबाट निस्किएर फेरि बग्दै आएका मजदुरको ज्यान बचाए🫡

भोटेकोशीमा आएको विनाशकारी बाढीको भेलमा परेर पनि सशस्त्र प्रहरीका गोताखोर सई रमेश थापा जीवितै बाहिरिन सफल भएका छन्। आफूलाई नै बाढीले बगाइरहेको अवस्थामा समेत उनले हिम्मत नहारी अर्को व्यक्तिको समेत जीवितै उद्धार गरेका छन्।“कालको मुखबाट फुत्केर आइयो। तालिम नगरेको भए बाँचिँदैनथ्यो,” बाढीबाट जोगिएपछि रमेशले त्यसबेलाको क्षण सम्झँदै बताएका छन्।१० भदौको बिहान रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासि आएको भीषण बाढीले आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यही क्षेत्रमा रहेको माथिल्लो त्रिशूली आयोजनाको सुरक्षाका लागि रसुवाको मैलुङमा सशस्त्र प्रहरीको अस्थायी सुरक्षा बेस थियो। रमेश थापाको कमान्डमा त्यहाँ २१ जना सुरक्षाकर्मी कार्यरत थिए।
बाढी आउने सूचना पाउनेबित्तिकै रमेशले आफ्ना सहकर्मी तथा आयोजनामा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाउन थाले। उनले बाढीको जोखिमबारे सम्बन्धित आयोजनालाई जानकारी गराउनुका साथै प्रारम्भिक चेतावनी प्रणाली सक्रिय गराएर साइरन बजाउन लगाएका थिए।उनका अनुसार बाढीको सूचना पाएपछि करिब पाँच मिनेटमै सम्बन्धित पक्षलाई खबर गरिएको थियो। त्यसको केही मिनेटमै माथिबाट आएको भीषण बाढीले क्षेत्रलाई घेर्‍यो।आफ्नो टोलीका सदस्यलाई सुरक्षित स्थानतर्फ पठाएपछि रमेश अन्तिममा निस्किएका थिए। करिब १० फिट अग्लो पर्खाल नाघेर सुरक्षित हुने प्रयास गरिरहेका बेला अचानक बाढीले उनलाई समेत झ्याप्पै छोप्यो।

बाढीमा परेपछि गोताखोरी तालिमले सिकाएको सीप प्रयोग गर्दै उनले केही समय सास रोकेर आफूलाई किनारतर्फ लैजान थाले। हिलो मिसिएको पानी नाक र मुखबाट पसे पनि उनी आत्तिएनन्।“मलाई सबै कुरा याद छ। म डराइनँ। बाढी पार गर्छु भन्ने हिम्मत आइरह्यो,” उनले भनेका छन्।बाढीको तीव्र बहावले उनलाई लगातार ठक्कर दिँदै बगाइरहेको थियो। यस्तो अवस्थामा उनले बाढीको बलसँगै केही दूरी बग्ने र आफ्नो शक्ति जोगाएर सुरक्षित स्थानतर्फ जाने रणनीति अपनाए। अन्ततः बाढीले उनलाई एउटा ठूलो ढुंगासम्म पुर्‍यायो। उनले त्यही ढुंगालाई बलियोसँग समातेर आफूलाई रोक्न सफल भए।
गोताखोरको अनुभव र तालिमलाई प्रयोग गर्दै उनले त्यही ढुंगाको आड लिएर बाढी पार गरेका थिए।बाढीबाट बाहिर निस्किएपछि पनि उनको अवस्था सहज थिएन। हिलो र पानी नाक तथा मुखबाट पसेकाले केही समय निकै गाह्रो भएको उनले बताए। तर केहीबेरपछि अवस्था सामान्य बन्दै गएको थियो।त्यसपछि अर्को अप्रत्याशित घ’टना भयो। बाढीको भेलले एक जना व्यक्तिलाई बगाउँदै ल्यायो। किनार नजिकै पुगेका ती व्यक्तिलाई देखेपछि रमेशले आफ्नो ज्या’नको जोखिम मोलेर हात दिए र उनलाई बाहिर निकाले।उद्धार गरिएका व्यक्ति बर्दियाका रामप्रसाद थारु भएको खुलेको छ। उनी त्यही क्षेत्रमा काम गर्ने मजदुर रहेको बताइएको छ। बाढीले टाउकोमा चोट लागेका थारुको शरीर हिलाम्य थियो र टाउकोबाट रगतसमेत बगिरहेको थियो।

रमेशले उनलाई सुरक्षित स्थानमा पुर्‍याएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उद्धार गरिएको थियो। थारुको त्यसपछिको अवस्थाबारे भने आफूलाई पछिल्लो जानकारी नभएको रमेशले बताएका छन्।बाढीमा परेका बेला रमेशको मोबाइलसमेत बगेको थियो। त्यसअघि सुरक्षित स्थानमा पुगेका सुरक्षाकर्मीले रामप्रसादसँग उनको परिचय सोधिरहेको भिडियोसमेत खिचेका थिए। पछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।बाढीबाट बाहिरिएपछि रमेशलगायत सुरक्षाकर्मी डाँडातर्फ पुगे। बाढीको बहाव निरन्तर बढिरहेको र वरिपरिका पहरा समेत खस्न सक्ने जोखिम रहेकाले उनीहरू उच्च भागमा आश्रय लिएर बसे।उद्धारका लागि सेनाको हेलिकप्टर आएपछि समेत सहज अवस्था थिएन। हेलिकप्टर अवतरण गर्न पर्याप्त ठाउँ नभएकाले उनीहरूलाई बकेटमार्फत हेलिकप्टरमा उद्धार गरिएको थियो। त्यसपछि उनीहरू विदुर हुँदै काठमाडौं आएका थिए।बाढीमा परेर रमेशको खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको थियो। केही दिन अस्पतालमा उपचारपछि उनी अहिले घटनालाई सम्झिँदै आफू बाँचेको क्षणलाई गोताखोरी तालिमको परिणामका रूपमा लिन्छन्।तर आफू मात्र बाँचेको घटनाले भने उनलाई खुसीभन्दा बढी पीडा दिएको छ। उनको कमान्डमा रहेका चार जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।टोलीका सबैलाई पहिले नै सुरक्षित स्थानतर्फ पठाइसकेको हुँदा उनीहरू पनि जोगिए होलान् भन्ने आशा गरे पनि चार जना सहकर्मी सम्पर्कविहीन भएको खबरले उनलाई अहिले पनि पिरोलिरहेको छ।गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भएका कारण केही सुरक्षाकर्मीलाई त्यतातर्फ पठाइएको थियो र उनीहरू सुरक्षित रहेको बताइएको छ। त्यस्तै, एक सुरक्षाकर्मीकी छोरीलाई नियमित रगत आवश्यक पर्ने भएकाले ती सुरक्षाकर्मी १० भदौ बिहानै विदुर गएका थिए र उनी पनि सुरक्षित रहेका थिए।रमेश थापा करिब दुई दशकदेखि गोताखोरीमार्फत खोज तथा उद्धारको काममा सक्रिय छन्। यस अवधिमा उनले पानीमुनि खोजी तथा उद्धारका धेरै कठिन अभियानमा सहभागिता जनाएका छन्। उनले जीवित व्यक्तिको उद्धार गर्नुका साथै विभिन्न घ’टनामा शव संकलनको कामसमेत गरेका छन्।तर भोटेकोशीमा आएको बाढी भने उनको लामो उद्धार अनुभवकै सबैभन्दा भयावह घटनामध्ये एक बनेको छ।आफ्नै ज्यान जोखिममा पर्दा समेत तालिम, धैर्य र अनुभवको सहारामा बाढी पार गरेका रमेशले त्यसपछि बग्दै आएका एक मजदुरको जीवनसमेत बचाए। उनको यो साहसिक घटनाले विपद्को समयमा उद्धारकर्मीको सीप, संयम र कर्तव्यबोध कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ।
भीषण बाढीले धेरैको जीवन अनिश्चित बनाइरहेका बेला आफूलाई बचाउँदै अर्कोको जीवन जोगाउने रमेश थापाको कथा भने विपद्को अँध्यारोबीचको एउटा उज्यालो उदाहरण बनेको छ।

ब्रिटिस लाहुरे बन्ने सपना बोकेर पोखरा पुगेका २१ वर्षीय आयुषको मृ'त्यु, फेवातालमा कायाकिङ गर्ने क्रममा डुबे ।उदयपुर । ब्र...
09/09/2026

ब्रिटिस लाहुरे बन्ने सपना बोकेर पोखरा पुगेका २१ वर्षीय आयुषको मृ'त्यु, फेवातालमा कायाकिङ गर्ने क्रममा डुबे ।

उदयपुर । ब्रिटिस सेनामा भर्ती हुने सपना बोकेर छनोट प्रक्रियामा सहभागी हुन पोखरा पुगेका उदयपुरका २१ वर्षीय आयुष तामाङको फेवातालमा डु'बेर मृ'त्यु भएको छ। धरानमा छनोटको प्रारम्भिक चरण सफलतापूर्वक पार गरेपछि थप चरणको छनोट प्रक्रियाका लागि पोखरा पुगेका ताप्ली गाउँपालिकाका तामाङ साथीहरूसँग घुम्न निस्किएका थिए। सोही क्रममा पोखरा महानगरपालिका–६ स्थित फेवातालमा कायाकिङ गर्ने क्रममा उनी डुबेका हुन्। तालबाराही मन्दिरको पछाडिको भागमा बेहो'स अवस्थामा रहेका तामाङलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका फेवा रेस्क्यु टावरबाट खटिएको गोताखोर टोलीले खोजी गरी उ'द्धार गरेको थियो। खोजतलासका क्रममा तालको करिब ३० फिट गहिराइमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। शिक्षण पेसामा आबद्ध बुवा गुमानसिंह तामाङ र आमा पम्फा तामाङका कान्छा सन्तान आयुषको असामयिक निध'नपछि परिवारसँगै उनको गाउँ शोकमा डुबेको छ। ब्रिटिस सेनामा भर्ती भएर देश–परिवारको भविष्य बदल्ने सपना बोकेका आयुषको सपना भने फेवातालमै अधुरै बनेको छ।😢💔

एकै दिनको फरकमा बाबु–छोराको मृ'त्यु, छोराको शोकमा बुबाले पनि झार मा'र्ने वि'षादी से'वन गरे ।मोरङ । मोरङको उर्लाबारीमा एक...
09/09/2026

एकै दिनको फरकमा बाबु–छोराको मृ'त्यु, छोराको शोकमा बुबाले पनि झार मा'र्ने वि'षादी से'वन गरे ।

मोरङ । मोरङको उर्लाबारीमा एक दिनको फरकमा बाबु–छोराको मृ'त्यु भएको छ। उर्लाबारी–८, अठियाबारीका ३१ वर्षीय टिकाराम बराइलीको शनिबार राति उपचारका क्रममा मृ'त्यु भएको भोलिपल्ट उनका बाबु चतुरमान बराइलीको पनि नि'धन भएको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार टिकारामले शनिबार साँझ करिब ५ः३० बजे मुसा मा'र्ने विषादी सेवन गरेका थिए। वि'षादी सेवनपछि बिरामी भएका उनलाई साँझ ६ः४० बजे मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल, विराटनगर रेफर गरिएका टिकारामको सोही राति करिब ११ः३० बजे उपचारकै क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ। छोराको मृ'त्यु भएपछि शोकमा रहेका उनका बाबु चतुरमानले पनि झार मा'र्ने वि'षादी से'वन गरेको पारिवारिक स्रोतले जनाएको छ। ग'म्भीर अवस्थामा रहेका चतुरमानको उपचारका क्रममा आइतबार अरनिको अस्पतालमा मृ'त्यु भएको बताइएको छ। एकै परिवारमा लगातार दुई दिनमा बाबु–छोराको नि'धन भएपछि अठियाबारी क्षेत्र शोकमा डुबेको छ। घट'नाबारे प्रहरीले थप अनुस'न्धान गरिरहेको जनाएको छ।💔😥

जापानमा नेपाली युवती लक्ष्मी राजवंशीको ह'त्या आरोपमा प्रेमिसहित तीन नेपाली प'क्राउ, टाउकोमा प्र'हार गरी घाँ'टीमा डो'रीले...
09/09/2026

जापानमा नेपाली युवती लक्ष्मी राजवंशीको ह'त्या आरोपमा प्रेमिसहित तीन नेपाली प'क्राउ, टाउकोमा प्र'हार गरी घाँ'टीमा डो'रीले क'सेपछि बरन्डाबाट नदीमा खसा'लिएको हुनसक्ने आशंका ।

टोकियो । जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको ह'त्या प्रक'रणमा तीन नेपाली प'क्राउ परेका छन्।
जापान प्रहरीले ह'त्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्दै आएकी २५ वर्षीया अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामालाई प'क्राउ गरेको जनाएको छ। झापाको चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत अगस्ट १९ मा फुकुओकास्थित एक खोलामा मृ'त अवस्थामा फे'ला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउकोमा प्र'हार गरी घाँ'टीमा डो'रीले क सेपछि बरन्डाबाट नदीमा खसा'लिएको हुनसक्ने आशंका गरिएको छ। प'क्राउ परेका तीनै जनाले आ'रोप स्वीकार गरेका छन् वा अस्वीकार गरेका छन् भन्ने विषयमा प्रहरीले अहिलेसम्म सार्वजनिक जानकारी दिएको छैन। अनुसन्धानका क्रममा मृ'तक राजवंशी र प्रबिन लामाबीच प्रेम सम्बन्ध रहेको तथा पक्राउ परेकी सन्जु तामाङ र प्रबिन एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको छ।
प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको वि'वाद घटनाको पृष्ठभूमिमा हुनसक्ने आशंका गर्दै ह'त्या हुनुअघिको घटनाक्रम तथा पक्रा'उ परेका व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।💔😥

भोटेकोशीले छोरा खोस्यो, तर आशा खोस्न सकेन, अनुज आउने बाटो कुरेर बसेका छन् बाबा–आमा ।बुटवल । रुपन्देहीको बुटवल–१२, तामनगर...
09/09/2026

भोटेकोशीले छोरा खोस्यो, तर आशा खोस्न सकेन, अनुज आउने बाटो कुरेर बसेका छन् बाबा–आमा ।

बुटवल । रुपन्देहीको बुटवल–१२, तामनगरका अनुज पुन भोटेकोशीमा आएको बाढीमा परी बेप'त्ता भएका छन्। छोरा एक दिन फर्किएर आउने आशामा उनका बाबा–आमा दिनरात खाटमै बसेर बाटो कुरिरहेका छन्। आँखामा आँ'सु, मनमा पी'डा र हृदयमा एउटै आशा छ। ‘अनुज फर्किएर आउँछन्।’
छोरा बेप'त्ता भएको पी'डाले परिवार वि'क्षिप्त बने पनि उनीहरूले आशा भने अझै मा'रेका छैनन्। हरेक आहटमा अनुज आएको हो कि भन्ने आशाले उनीहरूको नजर ढोकातिर पुग्ने गर्छ।
भोटेकोशीले अनुजलाई उनीहरूबाट टाढा लगेको छ, तर छोराको पर्खाइ र फर्किने आशा भने खोस्न सकेको छैन।💔😥

Address

Sankhu
St. Katharine's And Wapping
44601

Alerts

Be the first to know and let us send you an email when Mero Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share