हाम्रो न्युज 24

हाम्रो न्युज 24 News that informs, connects & empowers.
🚨 Stay updated, stay ahead!

आमरण अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकार र भुसाल पक्षबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। ...
01/01/2026

आमरण अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकार र भुसाल पक्षबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। पछिल्लो ९ दिनदेखि आमरण अनशनमा रहेका दुवैसँग सरकारले गरेको वार्तामा सहमति जुट्न नसकेको हो। डा. भुसाल र विष्टले २१ फागुनमा तय गरिएको निर्वाचन स्थगित गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, तथा विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्।

राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमाथि जेनजी प्रतिनिधि रक्षा बमले विरोध जनाएकी छन्। न...
30/12/2025

राजनीतिक दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमाथि जेनजी प्रतिनिधि रक्षा बमले विरोध जनाएकी छन्। नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पिछडिएका समुदायको आवाज प्रतिनिधिसभामा सुनियोस् भनेर समानुपातिकको व्यवस्था गरिएको भए पनि यसलाई नातेदारहरूको भर्ती केन्द्र बनाइएको भन्दै टिप्पणी गरेकी छन्

ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । यसअघि नै रास्वपामा गइसकेका काठमाडौंक...
29/12/2025

ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । यसअघि नै रास्वपामा गइसकेका काठमाडौंका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको हो । मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा लेखेका छन्, ' म नेपाल हाँसेको हेर्न चाहन्छु ।' बालेनले केही समयअघि 'म हाँसेको हेर्न चाहन्छु' नामक गीत युट्युबबाट रिलिज भएको थियो ।

आन्दोलनपछि बनेको जेनजी सरकार केपी शर्मा ओलीसँग लम्पसार परेको छ । जेनजी आन्दोलनको हत्यारा ओली भएकोले गर्दा जिम्मा मात्र ल...
27/12/2025

आन्दोलनपछि बनेको जेनजी सरकार केपी शर्मा ओलीसँग लम्पसार परेको छ । जेनजी आन्दोलनको हत्यारा ओली भएकोले गर्दा जिम्मा मात्र लिएर नहुने भन्दै जेल सजाय हुनुपर्ने बताएकी प्रधानमन्त्री सुशीला कार्कीले नै ओलीको बयान लिन जाँचबुझ आयोगलाई नै गुण्डु पठाउने, स्थानहद हटाउने र सुरक्षा बढाउने तयारी थालेकी छन् । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई कुनै हालतमा बयान दिन नजाने बरु गोली खान तयार भएको बताएका ओलीसँग प्रधानमन्त्री सुशीला कार्की लचिलो बन्न थालेकी छन् ।

वैकल्पिक शक्ति एकजुट हुँदै जाने स्थिति आए नेपाली कांग्रेस र नेकपा एमालेले आगामी निर्वाचनमा गठबन्धन बनाएर जानेसम्मको तयार...
26/12/2025

वैकल्पिक शक्ति एकजुट हुँदै जाने स्थिति आए नेपाली कांग्रेस र नेकपा एमालेले आगामी निर्वाचनमा गठबन्धन बनाएर जानेसम्मको तयारीबारे छलफलमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एउटै पार्टीमा आबद्ध भएर चुनाव लड्ने तयारीलाई अन्तिम रूप दिँदै छन् । यस्तै तयारी छलफल चलिरहँदा कांग्रेस र एमाले पनि राष्ट्रियसभादेखि प्रतिनिधिसभा चुनावमा मिलेर लड्नेबारे छलफल गरिरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त...
21/12/2025

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।

झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ ।...
19/12/2025

झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेला...
18/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइटमार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्र...
17/12/2025

गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ।
छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताएका हुन् । आयोगले आवश्यक प्रमाण संकलन र बयान लिन समय लाग्ने भन्दै प्रधानमन्त्री कारकीसँग औपचारिक छलफलमार्फत म्याद थपको माग गरेको जनाएको छ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता  गर्न सरकारले समिति बनाए...
14/12/2025

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो ।

सल्लाघारीमा भएको एमाले सभामा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि भइरहेको आलोचना र प्रहारलाई षड्यन्त्रपूर्ण प्रयास भन्दै ...
13/12/2025

सल्लाघारीमा भएको एमाले सभामा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि भइरहेको आलोचना र प्रहारलाई षड्यन्त्रपूर्ण प्रयास भन्दै एमाले अझै अजेय रहेको बताएका छन्। उनले प्रश्न उठाए, एमालेमाथि प्रहार किन भइरहेको छ र वर्तमान राजनीतिक आन्दोलनहरूलाई पार्टी र राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याउने प्रयासको रूपमा चित्रण गरे। ओलीले पार्टी एकता, संविधान र लोकतन्त्रलाई सुदृढ गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्र...
27/11/2025

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो ज*लाएका छन्। महिला हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिले मुस्लिम महिलाको मानमर्दन गरेको भन्दै आ*क्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

Address

London

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो न्युज 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो न्युज 24:

Share