02/08/2025
अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने!
संघीय संसदले पारित गरेको संशोधित ऐन प्रमाणीकरण भएसँगै प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नै तलब आफैं मन्त्रिपरिषद्बाट तोक्ने अधिकार दिइएको छ।
हामी सामान्य नागरिकले वर्षौंदेखि न्यूनतम तलब वृद्धिको लागि संघर्ष गरिरहेका छौं, कर्मचारीहरूको तलबसम्बन्धी निर्णय आयोग वा प्राविधिक आधारमा निर्धारण हुन्छ, तर अब देश चलाउने जिम्मेवारी पाएका नेताहरूले आफ्नै पारिश्रमिक आफैं तोक्ने व्यवस्था?
यो कानुनी प्रक्रिया हो, तर नैतिकताले के भन्छ? अब देशको ढुकुटी कसरी खर्च हुन्छ भन्ने विषयमा जनताले अझ चनाखो हुनुपर्ने देखिन्छ।
#सवाल_नैतिकताको
#जनताकोपैसामा_जनप्रतिनिधिको_तलब
ैं_तोकिने_व्यवस्था