Nepali News UK

Nepali News UK युकेमा रहेको नेपाली समुदायमा केन्द्रित अनलाइन पोर्टल।
www.nepalinewsuk.com युकेबाट सञ्चालित विश्वसनीय एवं खोजमुलक नेपाली अनलाइन पोर्टल ।

स्कटल्यान्डको एबरडिन बस्दै आएका कवि मुकुल दाहालको कवितासङ्ग्रह  'एक अस्तित्व आलाप' काठमाडौंमा लोकार्पण भएको छ ।  शिल्पी ...
26/10/2025

स्कटल्यान्डको एबरडिन बस्दै आएका कवि मुकुल दाहालको कवितासङ्ग्रह 'एक अस्तित्व आलाप' काठमाडौंमा लोकार्पण भएको छ । शिल्पी थियटर लक्ष्मी पूजाको दिन आयोजित कार्यक्रम साहित्यकार अविनाश श्रेष्ठ, मोमिला, शैलेन्द्र साकार, कृष्ण धरावासी, नारायण ढकाल र कुमार नगरकोटीले सङ्ग्रहको लोकार्पण गरेका हुन् ।

विराटनगरका कवि मुकुल दाहाल दुई दशकदेखि युके बस्दै आएका छन् । कवितासङ्ग्रह बुकहिल पब्लिकेसन काठमाडौंले प्रकाशित गरेको हो ।

Graphics news
17/10/2025

Graphics news

नृपेश उप्रेतीको शब्द र राज सागरको स्वरमा 'खुसी मुस्कुरायो' सार्वजनिक----गजलकार नृपेश उप्रेतीको शब्द रचना र गायक राज सागर...
17/10/2025

नृपेश उप्रेतीको शब्द र राज सागरको स्वरमा 'खुसी मुस्कुरायो' सार्वजनिक
----

गजलकार नृपेश उप्रेतीको शब्द रचना र गायक राज सागरको स्वरमा 'खुसी मुस्कुरायो' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

गायक राज सागर मेरो भोइस युनिभर्सका संगीत प्रशिक्षकका रूपमा काम गरेका गायक हुन् । एवान स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतको मिक्सिङ/मास्टरिङ किशोर थापाले गरेका हुन् ।उप्रेतीको युट्युब 'खुसी इन्टरटेनमेन्ट नेपाल'बाट रिलिज गरिएको छ ।

गजलकार उप्रेतीका अनुसार बहरमा रहेको गजललाई आधुनिक गीतको शैलीमा प्रस्तुत गरिएको हो । गीत यस प्रकारको रहेको छ :

08/10/2025

लेस्टर (युके) — एनआरएनए (गैरआवासीय नेपाली संघ) का योरोप पूर्व उप–संयोजक तथा हाल एकताका पक्षधर दयानिधि सापकोटाले नेपाललाई विश्व समुदायमा सम्मानित र समृद्ध देशको रूपमा देख्ने इच्छा व्यक्त गर्नुभएको छ।

शृजनशील लेस्टर समाज द्वारा आयोजित दशैं–तिहार विशेष शुभकामना कार्यक्रममा बोल्दै सापकोटाले देशमा शान्ति, सु–व्यवस्था र आपसी एकताको आवश्यकता औंल्याउनुभयो।
“हाम्रो मुटुको ढुकढुकीमा नेपाल बस्छ। हामी नेपालको माटो बोकेर आएका नेपाली हौं,” उहाँले भावुक हुँदै भन्नुभयो।

सापकोटाले जेन्जी आन्दोलन र हालैका बाढी–पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै, वर्तमान विपद्‌मा मातृभूमिको सहयोगार्थ लेस्टर समाजले पहल गर्दै सहयोगको हात अगाडि बढाउन अध्यक्ष शिव पराजुलीलाई सुझाव दिनुभएको बताइएको छ।

त्यसक्रममा उहाँले जेन्जीको नाममा चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डा बोकेर विध्वंस मचाउने र चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी सरकारले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।
“भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन राज्य जिम्मेवार हुनुपर्छ,” उहाँको भनाइ थियो।

06/10/2025
दशै 2082 को शुभकामना।
01/10/2025

दशै 2082 को शुभकामना।

बडा दशैँ २०८२ को धेरै धेरै शुभकामना ।
28/09/2025

बडा दशैँ २०८२ को धेरै धेरै शुभकामना ।

बडा दशैँ 2082 को धेरै धेरै शुभकामना ।-नेपालीन्युज युके परिवार
28/09/2025

बडा दशैँ 2082 को धेरै धेरै शुभकामना ।
-नेपालीन्युज युके परिवार

हिमालझैँ अटल यो, झुकेन यो कहिल्यैलत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो 🇳🇵A match to remember for ages !  |   |
27/09/2025

हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो 🇳🇵

A match to remember for ages !

| |

24/09/2025

‘सारा दिन अरूलाई दिएँ’ गीतको म्युजिक भिडियो सार्वजनिक
---

सन्तोष श्रेष्ठको संगीत तथा भक्तराज विश्वकर्माको स्वर रहेको ‘सारा दिन अरूलाई दिएँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

निर्भीकजंग रायमाझीको शब्द–रचना रहेको गीतको लिरिकल भिडियो गत फागुनमा सार्वजनिक भएको थियो ।यूकेको पिटरबरो तथा अन्य स्थानमा खिचिएको गीतको भिडियो सुमन श्रेष्ठले निर्देशन गरेका हुन् ।

दुर्गा अधिकारी र रोशन खरेलको जोडीको मुख्य अभिनयमा रहेको गीत ‘बिआरबी संगीत’ युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको हो ।

आधुनिक मान्छेको व्यस्त जीवनशैलीले मानिसको सम्बन्ध, स्वास्थ्य र जीवनमा पारेको प्रभावलाई भिडियोको मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ, मास्टरिङ प्रकाश मिश्रको छ ।

गीत गायक भक्तराज विश्वकर्माको युट्युब च्यानल 'बिआरबि संगीत'बाट सार्वजनिक गरिएको छ ।

24/09/2025

युके स्कटल्याडको राजधानी एडिनबरा बस्ने पाँच वर्षीय शुभम खड्काले तोते बोलीमै भए पनि दशै को शुभ आशिस गाउने प्रयास गरेका छन्। बिदेशमा रहेपनि सानैबाट आफ्नो भाषा सस्कृती सिकाउनु पर्ने बालकका अभिभावक सुनसरी कालाबन्जर स्थायी घर भएका भिस्म खड्का/ भवानी कट्ववाल ले बताए। हाल बिदेश मा रहेका नेपाली बालबालिका हरुमा भासा सस्कृती नसिकाउदा नेपाली पन गुम्ने खतरा छ्। कम्तिमा घरमा चै आफ्नो भासा बोल्नु पर्ने पुर्व भुतपुर्व बृटिस गोर्खा सैनिक नरेन राइ ले बताउदै आउनु भएको छ।

Address

London

Alerts

Be the first to know and let us send you an email when Nepali News UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News UK:

Share