ScotNepal

ScotNepal This is the main official page for ScotNepal.com, (ScotNepal Media House

07/09/2026
07/09/2026

रसुवा छिरियो है अब ! -Harka Sampang

07/09/2026

रिमा विश्वकर्माको प्रस्तुतिमा रास्वपाको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा -
दर्शक भन्छन्, "रेडियो नेपालको समाचार जस्तै ढुक्क र पक्का भयो।"

07/09/2026

बाढी पीडितका लागि पठाइएको राहत नेपाली सेना र प्रहरीले खाइरहेका छन्ः महेश बस्नेत
Photo Ai

07/09/2026

रास्वपाले समाचार बुलेटिन होइन, सूचना प्रसार गरेको हो : प्रमोद न्यौपानेको प्रतिरक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार बुलेटिन चलाएको विषयमा उठेको प्रश्नमा नेता प्रमोद न्यौपानेले प्रतिरक्षा गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै न्यौपानेले रास्वपाले समाचार बुलेटिन नभई सूचना प्रसार गरेको बताएका छन्। "सूचना प्रसार कसैको ठेक्का होइन, सबैको दायित्व हो," उनले लेखेका छन्।

रास्वपाको नेतृत्वमा रहेको सरकारले गरेका कामको तथ्यसहित प्रतिरक्षा गर्नु र जनस्तरमा प्रसार गराउनु पार्टीको स्वभाविक धर्म भएको उनको भनाइ छ। देश/विदेशमा रहेका सदस्य र शुभेच्छुकलाई सुसूचित गराउनु पनि संगठनिक दायित्व भएको उनले बताए।

"चासो र चिन्ता राख्ने सबैलाई एक-एक गरी सूचना प्रसार गर्न सम्भव थिएन। रास्वपाले विपद्का बेला आफ्नै स्रोत-साधन र जनशक्ति प्रयोग गरेर सम्भव भएको प्रयास मात्रै गरेको हो, समाचार प्रसारकलाई देखाउन खोजेको होइन," न्यौपानेले लेखेका छन्।

सही नियतका साथ यस्तो प्रयास जसले गर्दा पनि हुने भन्दै उनले रास्वपाले अपराध गरे झैं चर्चा भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

07/09/2026

देशभक्ति जनप्रेमी नेता हर्क साम्पाङ ! - Aaren Rai

07/09/2026

'यो युगमा कृष्ण जन्मिने छैनन्, जन्मेकाले नै कृष्ण बन्नुपर्छ' - रवि लामिछाने, सांसद रिमाले भनिन् - 'रवि नै कृष्णको अर्को रूप'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एक भनाइ र सांसद रिमा विश्वकर्माको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा चर्चा भएको छ।

लामिछानेले सामाजिक सञ्जालमार्फत "यो युगमा अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ!" भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसैगरी सांसद विश्वकर्माले लामिछानेलाई भगवान कृष्णको अर्को रूप भएको बताएकी छन्। "रवि लामिछाने भगवान कृष्णको अर्को रूप हुन्," उनले लेखेकी छन्।

विश्वकर्माको भनाइले अहिलेको चुनौती सामना गर्न बाह्य उद्धारकर्ताको प्रतीक्षा नगरी आफैं जिम्मेवार भएर अघि बढ्नुपर्ने सन्देश दिएको बुझिएको छ। दुवै अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।

07/09/2026

यहाँ उभिँदा मुटुले पीडा धान्नै सकेन, साह्रै दुख्यो।
बाढीले बगाएर लगेकाहरू र पछाडि छुटेर यो असह्य पीडा बोकीरहेकाहरूको सम्झनाले मन भारी भएको छ। 😢
त्रिशूली, नुवाकोटको अवस्था हेर्दा हरेक भत्किएको घर पछाडि एउटा कथा छ। - Prasuna Kadel

Address

London

Alerts

Be the first to know and let us send you an email when ScotNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ScotNepal:

Shortcuts

Share