26/10/2025
श्रीमानसँग बहस जित्नु भनेको परिवार हार्नु हो।
श्रीमानलाई मुख मुखै लाग्ने महिला ले बास्तवमै श्रीमानको इज्जत कम गर्छिन। बाहिर होइन घरमा इज्जत जान्छ।
के तपाइँलाई परिवारको वास्तविक शक्ति थाहा छ?
धन सम्पत्ति पैसा,
मोटरसाइकल स्कुटी,
कार होइन,
बास्तविक शक्ति भनेको आपसी सम्मान हो।
जुन दिन श्रीमान श्रीमती बिच एकअर्कामा इज्जत, सम्मान, कदर हुँदैन त्यो दिन देखी त्यो घरको जग भत्किदै जान्छ।
धेरै महिलाहरुले भन्ने गर्छन्-
"मैले मेरो मनमा लागेको कुरा भनेको मात्रै हुँ।" तर सत्य यो हो कि, सल्लाह गर्नु र जवाफ फर्काउनु एउटै कुरा होइन।
श्रीमानले केही कुरा भन्दै गर्दा बिचमा कुरै नबुझी त्यसको उत्तर तुरुन्तै दिदा त्यो कुरा त्यतिमा मात्रै सिमित हुँदैन। श्रीमान/श्रीमती बिचको लडाइले एकअर्कामा बिस्तारै तँ भन्दा म केमा कम भन्ने आकारमा परिणत हुँदै जान्छ।
हो, त्यसबेला श्रीमती सहि भए पनि उनको तर्क श्रीमानको लागि अपमान हुन्छ।
बिचार गर्नुहोस् त-
दिनभरी अफिस वा ज्यालादारी मजदुरी कामबाट घर फर्किएको छोरा मान्छेले घरमा केही शान्ति पाउन चाहन्छन, केही सम्मान चाहन्छन। तर घर भित्र पस्ने बित्तिकै "म मात्रै सहि, तिमी गलत छौँ" भनेर धारणा राख्छिन भने यस्तो अवस्थामा दिनभरिको कामले थाकेर आको श्रीमानको मनले शान्ति पाउँछ होला र? होइन उ बिस्तारै रिसाउँदै जान्छ, उसको मनमा चिसो पस्दै जान्छ।
के तपाइँलाई वास्तविक खतरा कहाँनेर हुन्छ भनेर थाहा छ?
जब श्रीमतीले आफ्नो सासू ससुराको अगाडी, आफन्तको अगाडी, छोराछोरीको अगाडी, श्रीमतीले श्रीमानको अगाडी उभिएर बहस गर्छिन भने त्यसबेला उनको श्रीमानमा मात्रै होइन श्रीमतीको पनि इज्जत जान्छ। किन कि त्यहा उपस्थित मान्छेहरूले सोच्ने गर्छन्- "आफ्नो लोग्नेलाई इज्जत नगर्ने आइमाईले अरु के बाकी राख्ने होला र ..?" 🤔...
याद राख्नुहोस-
श्रीमानसँग बहस जित्नु भनेको परिवार हार्नु हो।
श्रीमानलाई फेस-टु फेस जवाफ दिदैमा, म अस्थायी रुपमा बिजेता हुँ जस्तो लाग्न सक्छ, तर त्यो जितको बदलामा श्रीमानले दिने माया, बिश्वास, इज्जत गुमाउँदै जानुहुन्छ।
ऎना अगाडी आफू उभिएर आज आफुले आफैलाई प्रश्न गर्नुहोस्- के तपाईं साँच्चै नै आदरणीय श्रीमती बन्न चाहनुहुन्छ, कि बहस जितेर आफ्नो मर्यादा घटाउन चाहनुहुन्छ?