28/06/2026
मंगलबार २६ मे २०२६
आदरणिय सम्पुर्ण कोंइंचबन्धुहरुहरु,
सेउ !
किसुसेस युकेले विगत ४ वर्षदेखि सुनुवार शैक्षिक सहायता कोष (Sunuwar Educational Aid Fund-SEAF) मार्फत नेपालमा विभिन्न तहमा अध्ययनरत सुनुवार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं । गत शैक्षिक सत्रमा जम्मा ९ जना विद्यार्थीहरू यस छात्रवृत्तिबाट लाभान्वित भएका थिए । जसमध्य मध्ये ४ जना SEE तहभन्दा मुनिका र ५ जना कलेज तहका विद्यार्थीहरू समावेश रहेका थिए । जिल्लागत रुपमा ओखलढुंगा ३, दोलखा ३, रामेछाप २, इलाम १ जना बिद्यार्थीहरु रहेका छन ।
बिगतमा जसरी नै यस वर्षको शैक्षिक शत्रमा पनि योग्य विद्यार्थीहरूको छनौट गरी छात्रवृत्ति सहयोग निरन्तर प्रदान गर्नका लागि SEAF को कोषमा मौजुदा रकम भन्दा केहि थप रकम आवश्यक परेको हुनाले यहाँहरु सम्पुर्णमा इच्छा अनुसार आर्थिक सहयोग गरिदिन हुन हार्दिक बिनम्र अनुरोध तथा आह्वान गर्दछौं ।
केहि सदस्य ज्युहरुद्वारा डाइरेक्ट डेबिट मार्फत पनि निरन्तर सहयोग प्रदान गरिरहनु भएको ब्यहोरा समेत सबैमा जानकारी गराउँदछौं ।
सहयोगको लागि हार्दिक धन्यबाद !
प्रार्थी,
प्रकाश जिजिच सुनुवार
संयोजक
SEAF
नोट:
डोनेसन रकम जुलाईको पहिलो हप्तासम्म किरात सुनुवार सेवा समाजको निम्न उपलब्ध बैंक खातामा जम्मा गरिदिन हुन बिनम्र अनुरोध गर्दछौं ।
Bank Details:
Name: KSWS UK
Account: 61515357
Sort Code: 403545
Reference: Your membership number + SEAF