Mero Post "Mero Post is operated by Anjuli Media Pvt Ltd, with news coverage by Editor Kumar Basnet."

"Mero Post – Your Trusted Source for Real News!" ("मेरो पोस्ट – वास्तविक समाचारको विश्वासिलो स्रोत !")

श्रीमानसँग अघिल्लो दिन मात्रै फोनमा साउनीसँग झ'गडा भयो भनेकी बालकुमारीको भोलिपल्ट आयो अचानक कुबेतबाट मृ'त्युको खबरपरिवार...
30/12/2025

श्रीमानसँग अघिल्लो दिन मात्रै फोनमा साउनीसँग झ'गडा भयो भनेकी बालकुमारीको भोलिपल्ट आयो अचानक कुबेतबाट मृ'त्युको खबर

परिवारको उज्ज्वल भविष्यको सपना बोकेर कुवेत पुगेकी नवलपुरको गैंडाकोट–हर्कपुरकी बाल कुमारी परियारको कुवेतमा भएको दु:खद निध'नले फेरि एकपटक वैदेशिक रोजगारीमा नेपाली श्रमिकको असु'रक्षा र जो'खिमलाई उजागर गरेको छ । उनको श'व गएराति नेपाल आइपुगेको छ। बालकुमारी आठ महिना अघि मात्रै छुट्टीमा नेपाल आएर पुनः कुवेत फर्किएकी थिइन्।

परिवारका अनुसार निधन हुनुभन्दा अघिल्लो दिन मात्रै उनले श्रीमानसँग फोनमा घरको साउनीसित सानो वि'वाद भएको बताएकी थिइन्, तर त्यसको भोलिपल्ट अचानक मृ'त्युको खबर आयो। अघिल्लो दिनसम्म सकुशल फोन सम्पर्कमा रहेकी बालकुमारीको अप्रत्याशित मृ'त्युले परिवारलाई ग'हिरो शो'कमा डुबाएको छ। घट'नाको वास्तविक कारण अझै स्पष्ट भइनसकेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, मान'सिक स्वास्थ्य र संरक्षण प्रणाली कति कमजोर छ भन्ने प्रश्न फेरि उठेको छ। विदेशमा श्रम गरिरहेका नेपालीहरू सुर'क्षित छन् कि छैनन् भन्ने विषयमा सम्बन्धित निकायको ग'म्भीर ध्यान आवश्यक देखिएको स्थानीयवासी र परिवारजनले बताएका छन्।💔😥

छोराको न्याय माग्दै ईशानकी आमा पिडाले भक्कानिईन: ‘मेरो कोख रित्तियो, बुढेसकालको सहारा लठ्ठी भाँचियो, मलाई न्याय देऊ’रुपन...
30/12/2025

छोराको न्याय माग्दै ईशानकी आमा पिडाले भक्कानिईन: ‘मेरो कोख रित्तियो, बुढेसकालको सहारा लठ्ठी भाँचियो, मलाई न्याय देऊ’

रुपन्देहीको कञ्चन गाउँपालिका निवासी ईशान शर्माको मृ'त्यु प्रकरणमा परिवारले मंगलबार पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन्। पत्रकार सम्मेलनका क्रममा ईशानकी आमा रमा शर्माले भावुक हुँदै भनिन्-
“नमस्ते, म रमा शर्मा। आज मेरो छोरा ईशानको घ'टना भएको १४ दिन भयो। तर आजसम्म पनि मैले न्याय पाएकी छैन। म कस्ती आमा हुँ, मेरो छोरा कस्तो ठाउँमा जन्म लिन बाध्य भयो! म न्याय नपाएकी एक पी'डित आमा हुँ। मेरो कोख रित्तियो, बुढेसकालको सहारा लठ्ठी भाँचियो। ठिकै छ, मेरो ईशान गयो। तर मेरो जस्तै पी'डामा यहाँ भएका लाखौँ ईशानहरू म'र्न नपरोस्। सरकारसँग मेरो माग छ, मलाई न्याय देऊ, सत्यतथ्यको निष्पक्ष छानबिन गर, दो'षीलाई कडा कारबा'ही गर, मेरो छोरालाई न्याय देऊ, सहाराबिहीन बनेकी एक आमालाई न्याय देऊ।”

यसैगरी, गत पुस ३ गते घर नजिकैको नालीमा मृ'त अवस्थामा भेटिएका ईशान शर्माको मृ'त्यु सडक दु'र्घटनाबाट नभई सुनियोजित ह'त्या भएको ईशानका बुवा अर्जुन शर्माले पुनः दाबी गर्नुभएको छ। आफ्नै निवासमा रुपन्देहीका पत्रकारहरूलाई आमन्त्रण गरी आयोजित पत्रकार सम्मेलनमा बुवा शर्माले ईशानको मृ'त्यु प्रकरणबारे जानकारी दिँदै वास्तविक दोषीलाई उन्मुक्ति दिन नक्कली दो'षी करार गरेर घट'नालाई मोड्न खोजिएकोप्रति प्रहरी प्रशासनप्रति खेद व्यक्त गर्नुभयो। पत्रकारहरूलाई छोरा ईशानको न्यायका लागि कलममार्फत आवाज उठाइदिन आग्रह गर्दै उहाँले सत्य बाहिर ल्याउन निष्पक्ष छानबिन अनिवार्य भएको बताउनुभयो।💔😥

एमाले नेता बासुदेव घिमिरेले गरे पार्टी परित्याग, रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने नेकपा एमा...
30/12/2025

एमाले नेता बासुदेव घिमिरेले गरे पार्टी परित्याग, रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको बताएका छन् । उनले भनेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

उनले आजसम्म आफूलाई अवसर र जिम्मेवारी दिनेलाई धन्यवाद पनि दिएका छन् । घिमिरेले बालेनको टीमबाट रास्वपामा समाहित हुने तयारी गरिसकेको र रुपन्देही २ बाट उम्मेद्वार हुने
उनी निकट स्रोतको दाबी छ । बालेनले घिमिरेलाई तिलोत्तमा नगर प्रमुख हुँदाका बेला उत्कृष्ट कार्य गर्दै आएको भन्दै गत प्रतिनिधिसभा निर्वाचनमा घिमिरेको पक्षमा बोलेका थिए । संघीयतापछिको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख भएका उनी २०७९ मा रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। पछिल्लो समय उनी काठमाडौँका मेयर बालेन शाहसँग नजिक छन् । बालेन पनि केहीदिनअघि मात्रै रास्वपा प्रवेश गरेका छन् ।🔔

रहिनन् आर्जु श्रेष्ठ, २६ बर्षकै कलिलो उमेरमा क्या'न्सरले बितिन्झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर ११ निवासी २६ व...
30/12/2025

रहिनन् आर्जु श्रेष्ठ, २६ बर्षकै कलिलो उमेरमा क्या'न्सरले बितिन्

झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर ११ निवासी २६ वर्षीया आर्जु श्रेष्ठको निधन भएको छ। विगत ६ महिनादेखि प्रा'णघातक क्या'न्सर रो'गसँग संघर्षरत श्रेष्ठको भारतको दिल्लीस्थित राजीव गान्धी क्या'न्सर अस्पतालमा उपचारको क्रममा नि'धन भएको हो। श्रेष्ठको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटाइएको थियो। उनको नि'धनले परिवार, आफन्त तथा सम्पूर्ण समाजलाई गहिरो शो'कमा पारेको छ।💔😥

ऋणले थिचिएका दीक्षित युवकलाई व्यवसायीको साथ-ओमप्रकाशको आँसु पुछियो !मोरङका ओमप्रकाश राजवंशीलाई त्रिभुवन विश्वविद्यालयको ...
30/12/2025

ऋणले थिचिएका दीक्षित युवकलाई व्यवसायीको साथ-ओमप्रकाशको आँसु पुछियो !

मोरङका ओमप्रकाश राजवंशीलाई त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन २५ हजार रुपैयाँ ऋण काढ्नुपरेको थियो। कमजोर आर्थिक अवस्थाका बाबजुद आमासहित काठमाडौं पुगेर दीक्षित भएका उनलाई धरानका व्यवसायी सुरेन्द्र घिमिरेले २९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

राजवंशीको संघर्षपूर्ण यात्रा सार्वजनिक भएपछि घिमिरेले उनको ऋण तिरिदिन सहयोग गर्ने निर्णय गरेका हुन्। मंगलबार मोरङबाट धरान पुगेका राजवंशीलाई कार्यालयमा बोलाएर घिमिरेले २५ हजार रुपैयाँ ऋण फिर्ता गर्नका लागि चेक, पाँच सय रुपैयाँ यातायात खर्च र बाँकी तीन हजार पाँच सय रुपैयाँ आमाको स्वास्थ्य उपचारका लागि बीमा गर्न प्रदान गरे।

घिमिरेले यो सहयोग व्यक्तिगत पहल भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि पढ्न चाहने युवालाई सहयोग गर्न मन लाग्ने प्रतिक्रिया दिएका छन्।

सामान्य ज्याला मजदुरी गर्दै उच्च शिक्षा हासिल गरेका राजवंशीले सहयोगप्रति खुसी व्यक्त गर्दै अब ऋणको बोझबाट मुक्त भई आमाको स्वास्थ्य बीमा गर्न पाउने बताएका छन्। उनले डिप्रोक्स लघुवित्त संस्थाबाट २५ हजार रुपैयाँ ऋण लिएको जानकारी दिएका छन्।

#दीक्षित #सफलता #मानवता #शिक्षा #सहयोग #ओमप्रकाशराजवंशी #आर्थिकसहयोग #स्वास्थ्यबीमा #संघर्ष #प्रेरणा

भुन्टी अस्पताल भर्ना, अप्रेसनअघि भावुक सन्देशले रुवाइन् दर्शकनेपाली टेलिभिजनकी अत्यन्त लोकप्रिय ‘भुन्टी सुकुमाया’ सिरियल...
30/12/2025

भुन्टी अस्पताल भर्ना, अप्रेसनअघि भावुक सन्देशले रुवाइन् दर्शक

नेपाली टेलिभिजनकी अत्यन्त लोकप्रिय ‘भुन्टी सुकुमाया’ सिरियलकी मुख्य कलाकार भुन्टी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। ग्यालब्लाडरमा स्टोन देखिएपछि लामो समयदेखि पी’डामा रहेकी भुन्टी शल्यक्रियाका लागि अस्पताल पुगेकी हुन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले दुई वर्षअघि छोरी साहाराको जन्मपछि स्वास्थ्य समस्या देखिएको बताएकी छन्। छोरीलाई केही दिनका लागि टाढा छोड्नुपर्दा आफू अत्यन्त भावुक भएको उनले उल्लेख गरेकी छन्।

उनले विदेशमा रहेर सन्तानबाट टाढा बस्न बाध्य आमाहरूको पीडासमेत सम्झिँदै भावुक सन्देश व्यक्त गरेकी छन्। भुन्टीको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जालमा छिटो स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकहरूको ओइरो लागेको छ।

दर्शकहरू उनकी शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।


“जोडी परेवा” जस्ता चर्चित गीत गाएर सबैमाझ परिचित “दाङका गहना” का रूपमा चिनिएका घोराही–११ निवासी स्वर्गीय कलौटे गन्धर्वको...
30/12/2025

“जोडी परेवा” जस्ता चर्चित गीत गाएर सबैमाझ परिचित “दाङका गहना” का रूपमा चिनिएका घोराही–११ निवासी स्वर्गीय कलौटे गन्धर्वको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर बनेको छ।

काजकि'रियामा समेत सम'स्या देखिएपछि परिवारका लागि सहयोग जुटाउने अभियान सुरु गरिएको छ। युवा नेता बिरबहादुर खत्री ‘बिरु’को समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसूति रो'ग विशेषज्ञ डा. कृताञ्जली घिमिरेले गन्धर्व परिवारलाई केही नगद तथा खाद्यान्न सहयोग गरेकी छन्। डा. घिमिरेले सोमबार दिउँसो स्वर्गीय गन्धर्वको घरमै पुगेर खाद्यान्न सामग्री र नगद सहयोग परिवारलाई हस्तान्तरण गरेकी थिइन्।😥💔

डबल सफलता : सप्तरीकी बिपनाले MBBS र Nursing दुवैमा नाम लेखिन्बोदेबरसाइन–५, सप्तरीकी बिपना कुमारी यादवले डाक्टर र नर्स दु...
30/12/2025

डबल सफलता : सप्तरीकी बिपनाले MBBS र Nursing दुवैमा नाम लेखिन्

बोदेबरसाइन–५, सप्तरीकी बिपना कुमारी यादवले डाक्टर र नर्स दुवैमा सफलता हासिल गरेकी छन्। महिला कोटाबाट MBBS मा ३४ नम्बरमा नाम निकाल्दा, Nursing मा मधेसी कोटाबाट ३ नम्बरमा नाम निकाल्न सफल भएकी बिपना अहिले विराटनगरको Nobel Medical College Teaching Hospital मा MBBS अध्ययनका लागि भर्ना भइसकेकी छिन्।

विश्व चकित पार्ने कीर्तिमान: योग साधक विजय शाही Guinness Book मायोग साधनाको क्षेत्रमा नेपालका विजय शाहीले ऐतिहासिक उपलब्...
30/12/2025

विश्व चकित पार्ने कीर्तिमान: योग साधक विजय शाही Guinness Book मा

योग साधनाको क्षेत्रमा नेपालका विजय शाहीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले कठिन मानिने ‘Upward Lotus Pose’ लाई लगातार २७ मिनेट ०३ सेकेन्डसम्म धारण गर्दै आधिकारिक रूपमा Guinness World Record कायम गरेका हुन्।

लामो समयदेखि योग अभ्यासमा निरन्तर समर्पित शाहीको यो कीर्तिमानले शारीरिक सहनशक्ति, मानसिक एकाग्रता र अनुशासनको उच्च उदाहरण प्रस्तुत गरेको छ। विश्व कीर्तिमान कायम भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई र शुभकामनाको ओइरो लागेको छ। समर्थकहरूले सम्मानस्वरूप उनलाई भनेर सम्बोधन गरिरहेका छन्।

यो उपलब्धिले नेपाली योग साधनालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास गरिएको छ। शाहीको कीर्तिमानले योगमार्फत नेपालले विश्वमञ्चमा आफ्नो पहिचान स्थापित गर्न सक्ने सम्भावनालाई अझ बलियो बनाएको छ।



जन्मदिन नजिकिँदैछ, तर घर सुनसान छ-सुशीला बम्जनका तीन सन्तान आमाको काख कुर्दै !केही दिनमै सुशीला बम्जनका तीनै सन्तानको जन...
30/12/2025

जन्मदिन नजिकिँदैछ, तर घर सुनसान छ-सुशीला बम्जनका तीन सन्तान आमाको काख कुर्दै !

केही दिनमै सुशीला बम्जनका तीनै सन्तानको जन्मदिन आउँदैछ।तर केक काट्ने हातभन्दा पहिले, उनीहरूको आँखा आमालाई खोजिरहेका छन्।सँगै जन्मदिन मनाउने सपनामा बाँधिएर, तीनै सन्तान एउटै आशामा आज पनि प्रतीक्षारत छन्।
उनीहरूलाई चाहिएको कुनै उपहार होइन । खुसीभन्दा ठूलो चाहना एउटै छ, आमाको न्यानो काख र सुरक्षित भविष्य।

#सुशीला_बम्जन #आमाको_प्रतीक्षा #तीन_सन्तान_एउटै_पीडा #जन्मदिन_र_आँसु
#आमाको_काख #अधुरो_जन्मदिन #बालहृदयको_आवाज

मध्यरातमा बालेनले लेखे- देश बनाउनु पर्छ भनेर सबैले भन्छन्,तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ।बाबु सु...
29/12/2025

मध्यरातमा बालेनले लेखे- देश बनाउनु पर्छ भनेर सबैले भन्छन्,
तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ।

बाबु सुधन गुरुङज्यूले,
जुन भूमिका निर्वाह गर्नुभएको छ,
त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।
लभ यू, ब्रदर ❤️

बालेन–रवि–कुलमान एकै फ्रेममा, बालेनको सन्देश: ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रा...
29/12/2025

बालेन–रवि–कुलमान एकै फ्रेममा, बालेनको सन्देश: ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रा’स्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।
‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् । कुलमान घिसिङलाई रा’स्वपा ल्याउनेगरी सहमति भएपछि बालेनले तस्वीर सेयर गर्दै उक्त पोस्ट गरेका हुन् । बालेन भने हिजो बिहानै रविसँगका एकतामा हस्ताक्षर गरेका थिए । कुलमानसँग पनि केहीबेर अघि एकतामा हस्ताक्षर भएको छ ।



Address

Kathmandu Nepal
St. Katharine's And Wapping

Website

Alerts

Be the first to know and let us send you an email when Mero Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share