16/09/2022
हार्दिक निमन्त्रणा
-----------
विगत १० वर्ष देखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन विशेषतः हङकङबासी नेपाली साहित्यिक सर्जकहरु एकै ठाउँमा भेला भई नेपाली साहित्य सम्बन्धि विचार–विमर्श, सृजना वाचन, अन्तरक्रिया , कृति विमोचन, समीक्षा तथा स्रष्टा सम्मान गर्दै आएको हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा ११२ औं श्रृंखला विशेष “साहित्यिक पदयात्रा भाग २–२०२२” आयोजना गर्न गइरहेको हुंदा उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनु हुन हङकङबासी साहित्यकार, साहित्यानुरागी महानुभाव, बुद्धिजिवी,चित्रकार , शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी लगायत समस्त हङकङबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
मितिः २५ सेप्टेम्बर २०२२, आइतबार
समयः बिहानको ठिक ८ः३० बजेदेखि ।
स्थानः विल्सन ट्रेल (आमा रक)
(ठिक ८ः३० बजे मंकिहिल बस स्टेशन पब्लिक ट्वाइलेटनिर भेला भइदिनु हुन–सोही स्थानमा लन्च बक्स र पानी वितरण गरिनेछ)
संयोजक :- रमण गुरुङ
सह संयोजक :- अरुणा शर्मा
प्रार्थी :- हङकङ साहित्यिक साझा शृङ्खला परिवार
नोटः
१. सःशुल्क साहित्य श्रृंखलाको टि–सर्टको व्यावस्था हुनेछ ।
२. निःशुल्क (खाना) लन्च बक्स र पानीको व्यावस्था हुनेछ ।
३. कार्यक्रममा सहभागी महानुभावहरुले साहित्यिक सृजना (कविता, गीत, गजल, मुक्तक...–सके सम्म यात्राकै क्रममा रचिएको भए झनै राम्रो) वा गीत, नृत्य समेत प्रस्तुत गर्न सक्नु हुनेछ ।