13/08/2026
नमस्कार सबैलाई,
धेरै साथीहरू ले मलाइ युरोप आउन इच्छा देखाउनुभएको छ। कति त आउनुभैसक्यो तर तेस्को फाइदा म लिन चाहान्न हजुर आफ्नो नसिब र आफ्नो योग्यता को कारण आइपुग्नुभएको हो। हजुर नेपाल हुनुहुन्छ र युरोप आउन इच्छुक हुनुहुन्छ भने म मद्धत गर्न सक्छु तर तपाईं तपाईं मा यी योग्यता हुन जरुरी छ।
आवश्यक योग्यता र कागजात:
1) ट्रक संगै ट्रेलर चलाएको अनुभव र चलाउन सक्ने
2) अंग्रेजी राम्रो बोल्ने,लेख्ने,पढ्ने अझ भनौं अङ्ग्रेजी भासाको कम्युनिकेसन स्किल भएको
3) B,F,G अथवा B,G क्याटोगोरी लाइसेन्स भएको
4) गूगल म्याप (Google map) हेरेर सहि गन्तव्य मा पुग्न सक्ने
नोट: यो कुनै पनि एजेन्सी को डिमान्ड या यस्लाइ कुनै प्रचार नसम्झनुहोला individually मैले तपाइलाइ कम्पनी संग conversation गराएर कम्पनी ले यत्तिको मान्छे Ok भनेको खन्ड मा मात्र प्रोसेस हुनेछ र भोलि यहाँ आएर काम गर्न सक्नुभएन मैले सहयोगात्मक भावनाले मेरो सामाजिक संजाल मा राम्रो fanfollowing भएको कारण मलाइ कम्पनीको मालिक आफैले कुरा राखेको हो र मैले सहयोग होस भन्ने उदेश्य ले गरेको कार्य लाई भोलि तपाईं capable नभएर reject भएको खन्ड मा मलाइ ठग,दलाल,दले,चोर,फटाहा सम्झेर बलिको बोको बनाउन इच्छुक हरुले सम्पर्क नगर्नुहोला।