Online Khoj Nepal

Online Khoj Nepal welcome to my page. just for fun and entertainment don't forget like and follow.

काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्रि फूल अर्पण गरिएको छ । मानव जीवनको सुख र शान्तिको लागि कामना गर्दै फूलमाला ...
06/11/2025

काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्रि फूल अर्पण गरिएको छ । मानव जीवनको सुख र शान्तिको लागि कामना गर्दै फूलमाला चढाएर पूजा गर्ने परम्परा छ ।





नेपाली सेनाले तीन दिनको प्रयास पछी मुस्ताङ्गमा फसेका तीन बिदेशी सहित १५ जनाको उद्वार गरेको छ । 🙏
31/10/2025

नेपाली सेनाले तीन दिनको प्रयास पछी मुस्ताङ्गमा फसेका तीन बिदेशी सहित १५ जनाको उद्वार गरेको छ । 🙏





दुखद: खबर भाषण गर्दा गर्दै ढलेर मजदुर संगठन जिफन्टका उपाध्यक्ष कमल गौतमको नि!धन भएको छ ।😢ऊनी उद्योगहरूमा बत्ती काटिएको व...
30/10/2025

दुखद: खबर भाषण गर्दा गर्दै ढलेर मजदुर संगठन जिफन्टका उपाध्यक्ष कमल गौतमको नि!धन भएको छ ।😢

ऊनी उद्योगहरूमा बत्ती काटिएको विरोध कार्यक्रममा बोलिरहेका थिए।



नेपाली सेनाले मनाङ क्षेत्रमा परेको भारी हिमपातमा फसेका करिब १,५०० जनाको सफलतापूर्वक उद्धार गरेको छ। उद्धारमा सेना, सशस्त...
29/10/2025

नेपाली सेनाले मनाङ क्षेत्रमा परेको भारी हिमपातमा फसेका करिब १,५०० जनाको सफलतापूर्वक उद्धार गरेको छ।

उद्धारमा सेना, सशस्त्र प्रहरी र स्थानीयबासी सक्रिय थिए। फसेकामध्ये करिब २०० जना विदेशी पर्यटक रहेका छन्। अहिले सबैलाई सुरक्षित स्थानमा सारिएको छ। 🏔️🇳🇵





प्रेम विवाह गरेर भागेका जोडीलाई समाउनु पर्ने माग गर्दै परिवार र आफन्तले सर्लाहीमा महेन्द्र राजमार्ग बन्द गरेका छन् । प्र...
29/10/2025

प्रेम विवाह गरेर भागेका जोडीलाई समाउनु पर्ने माग गर्दै परिवार र आफन्तले सर्लाहीमा महेन्द्र राजमार्ग बन्द गरेका छन् । प्रहरीले सम्झाइबुझाइ गरेपछि आधा घण्टामा राजमार्ग खुलेको थियो । 😲



हिउँ पर्यो: Snowfall in Tilicho base Camp. 😮
28/10/2025

हिउँ पर्यो: Snowfall in Tilicho base Camp. 😮

संसद भवन जलाउन उक्साएको र अश्लील शब्दसहित गालीगलौज गरेको आरोप लागेपछि अमन प्रताप अधिकारीको स्पष्टीकरण:नमस्कार, म अमन प्र...
28/10/2025

संसद भवन जलाउन उक्साएको र अश्लील शब्दसहित गालीगलौज गरेको आरोप लागेपछि अमन प्रताप अधिकारीको स्पष्टीकरण:

नमस्कार, म अमन प्रताप अधिकारी । भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद भवन अगाडि पुगेँ । संसद भवन अगाडि गोली चल्यो - ड्याङ ड्याङ । गोली चल्दा खेरि भागमभाग, दौडधुप भयो । मेरो अगाडि, पछाडि र दायाँबायाँ चार जना स्कुल ड्रेस लगाएका विद्यार्थी ढले । उनीहरूलाई गोली लाग्यो; उनीहरू त्यहीँ ढले र त्यहीँ सहिद भए ।

भाद्र २४ गते ती विद्यार्थीहरू झलझली मेरो आँखामा, मेरो मुटुमा आइरहेको अवस्थासँगै आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । एन्टिकरप्सन र अन्य केही मुद्दा लिएर अगाडि बढेको जेनजी आन्दोलनलाई समर्थन गर्दै म पुगेँ । एक दिनअघिको हत्याले त्यो आक्रोश यसरी बढेको थियो - आगो यसरी फैलिएको थियो - त्यो केवल म मात्र नभई त्यहाँ आएका लाखौँ सबैमा देखिन्थ्यो । किन थियो त्यो आक्रोश ? त्यो सरकारले नै सांसद भित्रबाट गोली प्रहार गराएको थियो । र तपाईँका मेरा छोराछोरी त्यहीँ ढलेर त्यहीँ सहिद भएका थिए । संसद भवन भित्र पुगेपछि त्यो आक्रोश सबैमा देखिन्थ्यो; ममा पनि थियो । भित्र गइँन् । भित्र जाने बित्तिकै मैले मोबाइल निकालें र ती -तपाईंका मेरा छोराछोरी माथि गोली प्रहार गर्ने -मेरा छोराछोरी पनि भाद्र २३ गतेको दिन त्यही आन्दोलनमा सरिक थिए । उनीहरू पनि त्यहीँ सांसद भनिए पनि पुगेका थिए । तर कति -तपाईंका कति छोराछोरी त गोली लागेर मरे नि, त सहिद भए नि त ।

सो ती गोली हान्न आदेश दिने, सरकार चलाउने र त्यो देश चलाइरहेका ती व्यक्तिहरूलाई मैले के भनेँ भने - “तेरो देश सकियो” भनेर भनेँ । त्यो को माथि इन्कित थियो त जसले त्यो सरकार, त्यो देश चलाइरहेको थियो र जसले त्यो गोली हान्ने आदेश दिएको थियो । त्यो आदेश कसले दिएको थियो भने केपी ओलीले संचालन गरिरहेको भन्ने मैले भन्ने प्रयत्न गरेको हुँ -म चाहिँ पार्लियामेन्ट र देश सञ्चालन गरिरहेकै अवस्थामा उहूँलाई दोषी ठानेँ । उहाँलाई साथ दिने देउवा जी, प्रचण्ड जी र अरू सबै - र सम्पूर्ण पार्लियामेन्टविरुद्ध मेरो आक्रोश थियो । ती छोराछोरी मेरा आँखाआगाडि मरेका थिए; त्यो आक्रोश थियो । त्यो आक्रोशमा मैले अपशब्द बोलेँ । अपशब्द कसलाई बोलेँ भने मैले त्यो गोली हान्न आदेश दिने केपी ओली नेतृत्वको पार्लियामेन्ट/गभर्नमेन्टविरुद्ध मैले ती अपशब्द बोलेँ । तपाईँ हामी प्रति इन्कित होइन - त्यो रिस र राग मेरो आँखाआगाडि ती छोराछोरी मरेको रिस र रागको आक्रोश थियो ।
अहिले तपाईँको फोनमा त्यो फेरि आइरहेको छ । अहिले सुन्दा तपाईँका बुवा–आमा, दिदी–बहिनी, छोराछोरीले ती शब्दहरू सुन्दा एकदम अप्ठ्यारो लाग्छ होला - हो, मैले अपशब्द बोलेको छु । र अहिले सुन्दा एकदम अप्ठ्यारो लागेकोमा म धेरै–धेरै माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको थिएँ, म त्यसमा “आई डोनट रिग्रेट इट” किनभने उनका आदेशमा तपाईँका हाम्रो छोराछोरी मारिएको हो; ती हत्याराहरूसँगैको विरुद्ध मैले ती अपशब्द बोलेको हुँ ।

अर्को कुरा - “संसद भवन जलाए” भन्नुहुन्छ भने साबित गर्नुस्, म जेल जान्छु । सिंहदरबार जलाए भन्नुहुन्छ भने एउटा प्रमाण निकाल्नुस्, म जेल जान्छु । न्यायालय जलाए भन्नुहुन्छ भने प्रमाण निकाल्नुस्, म जेल जान्छु । कसैको व्यक्तिगत घर वा कोहीसहित मैले हातपात गरेको भए एउटा सानो पनि फोटो वा केही प्रमाण होला नि - त पहिला ल्याउनुस्, म जेल जान्छु ।

र एउटा कुरा याद गर्नुस्: यो एन्टिकरप्सन विरुद्धको लडाइँ थियो - त्यो लडाइँ म अहिले पनि बोकेर हिँडिरहेकै छु । जो हत्याराहरू अहिले सम्म फेला परेका छैनन् - अहिलेको सरकारले पनि यो काम समयमै पूरा गर्न सकेको छैन भन्ने कुरा याद गर्नुस् । ती हत्याराहरू चाँडै पक्रिनु पर्ने हो । अहिले हेर्नुस् भने, सामाजिक संजालमा भाद्र २३ को कुरा सबै मेट्न लागिसकेको छ - ती हत्याराहरू भाग्न लागिसकेकाले छुट्न लागिसकेकाले २४ मा बिल्डिङ बलेको कुरा ठूलो बनेको छ । एउटा मान्छे (ज्यान) र एउटा बिल्डिङ कहिल्यै बराबर हुँदैन - कृपया त्यो याद गर्नुस् । र यो एन्टिकरप्सन र हत्याराहरूको विरुद्ध मेरो आवाज यतिकै बुलन्द रहनेछ ।

नमस्कार, धन्यवाद ।





सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी जमिनमा बनेका अवैध संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। उनले काठमाडौं उपत्यका...
27/10/2025

सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी जमिनमा बनेका अवैध संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। उनले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई डोजर चलाएर अतिक्रमण गरिएको सरकारी जग्गा फिर्ता ल्याउन आदेश दिएका हुन्।

प्राधिकरणका अनुसार उपत्यकाभित्र करिब १ लाख रोपनीभन्दा बढी सरकारी जग्गा विभिन्न व्यक्तिहरूले कब्जा गरेका छन्, जसमा ठूला नेता, व्यापारी र प्रभावशाली व्यक्ति समेत संलग्न छन्। सो सम्बन्धमा प्राधिकरणले मन्त्री घिसिङलाई करिब १८ देखि २० जना प्रमुख भू–माफियाको सूची पनि उपलब्ध गराएको छ।

मन्त्री घिसिङले भने, “सरकारी सम्पत्तिमाथि अतिक्रमण सह्य छैन, सबै अवैध संरचना हटाइन्छ।”





जेनजी आन्दोलनपछि दिल्ली जान लागेका दूर्गा प्रसाईंलाई भारतीय पक्षको चेतावनीपछि अन्तिम समयमा यात्रा रोकिएको छ। भारतीय अधिक...
27/10/2025

जेनजी आन्दोलनपछि दिल्ली जान लागेका दूर्गा प्रसाईंलाई भारतीय पक्षको चेतावनीपछि अन्तिम समयमा यात्रा रोकिएको छ। भारतीय अधिकारीहरूले उनलाई संवेदनशील व्यक्ति भन्दै दिल्ली प्रवेश अनुमति नदिने सूचना नेपाललाई पठाएका थिए।

“यदि नेपालले उनलाई नरोके, हामीलाई दिल्ली एयरपोर्टबाटै डिपोर्ट गर्नुपर्ने स्थिति आउन सक्छ, जसले दुवै देशबीच असजिलो परिस्थिति सिर्जना गर्न सक्छ।”



छठ पर्वको हार्दिक शुभकामना!सूर्यदेवताले सबैमा उज्यालो, शक्ति र समृद्धिको वर्षा गरून्।यो पवित्र पर्वले आत्मिक शुद्धता, पर...
27/10/2025

छठ पर्वको हार्दिक शुभकामना!
सूर्यदेवताले सबैमा उज्यालो, शक्ति र समृद्धिको वर्षा गरून्।
यो पवित्र पर्वले आत्मिक शुद्धता, परिवारको सुख-शान्ति र इच्छापूर्ति ल्याओस्।
छठी मैया ले सबैका मनोकामना पूरा गरून्, जीवनमा सुख, स्वास्थ्य र समृद्धि कायम रहोस्। ☀️🌊



सिराहाका २६ वर्षीय बब्लु गुप्ता इतिहास रच्दै नेपालको सबैभन्दा कान्छा मन्त्री बनेका छन्। 🙌उनी आज युवा तथा खेलकुद मन्त्रीक...
26/10/2025

सिराहाका २६ वर्षीय बब्लु गुप्ता इतिहास रच्दै नेपालको सबैभन्दा कान्छा मन्त्री बनेका छन्। 🙌

उनी आज युवा तथा खेलकुद मन्त्रीका रूपमा शपथ ग्रहण गर्दै सरकारमा सहभागी भएका हुन्। 🇳🇵 ❤️





Address

Jerusalem

Website

Alerts

Be the first to know and let us send you an email when Online Khoj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share