Nepal Khabar

Nepal Khabar We believe in true and real content. Media/News Company

28/07/2026

सुनसरीमा भएको घटनाको केही दृश्यहरू 💔

28/07/2026

सुनसरी इनरुवा बजारमा भएको केही दृश्यहरू 💔

WE ARE HIRING! | कर्मचारी आवश्यकताकाठमाडौँमा रहेको मिडिया हाउसका लागि निम्न पदहरूमा नयाँ टिमको आवश्यकता परेको छ। डिजिटल ...
27/07/2026

WE ARE HIRING! | कर्मचारी आवश्यकता

काठमाडौँमा रहेको मिडिया हाउसका लागि निम्न पदहरूमा नयाँ टिमको आवश्यकता परेको छ। डिजिटल मिडियामा करियर बनाउन चाहने इच्छुक र दक्ष व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोला।

आवश्यक पदहरू (१/१ जना):
कार्यक्रम प्रस्तोता (Host) – (आकर्षक बोली र प्रस्ट उच्चारण भएको)
क्यामेराम्यान
भिडियो एडिटर
भिडियो कन्टेन्ट क्रिएटर
डेस्क एडिटर
रिपोर्टर
स्थान: काठमाडौँ, नेपाल
CV पठाउने इमेल: [email protected]
सम्पर्क/WhatsApp: 9851093534
आजै आवेदन दिनुहोस्!

५ प्रदेशमा प्रचण्ड ओलिले भागबन्डा गर्ने
26/07/2026

५ प्रदेशमा प्रचण्ड ओलिले भागबन्डा गर्ने

मुख्य राजमार्ग अवरोध । (मितिः २०८३।०४।१० गते ०६:३० बजे सम्म)
26/07/2026

मुख्य राजमार्ग अवरोध । (मितिः २०८३।०४।१० गते ०६:३० बजे सम्म)

13/07/2026

जबरजस्तीको हद: नगर प्रहरीको व्यवहारले सबैलाई स्तब्ध बनायो

विभिन्न घटकलाई एकीकृत गर्दै विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन वालेन सरकारले जेनजी आन्दो...
05/07/2026

विभिन्न घटकलाई एकीकृत गर्दै विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन

वालेन सरकारले जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा विर्सिसक्यो : विकेश साह

वर्तमान सरकारका कारण जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा ओझेलमा परेको छ : विकेश साह

काठमाडौं, २१ असार ।
कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ ।

पुनर्गठित कमिटीका अध्यक्ष साहले विभिन्न घटकलाई एकीकृत गर्दै साझा जेनजीहरुको संगठनको रुपमा केन्द्रीय कमिटीको निर्माण गरेको बताए । घोषणा गरिएको केन्द्रीय कमिटीमा विभिन्न जेनजी संगठनहरु समाहित भएको छ ।

‘यो कुनै राजनीतिक दलको भातृ संगठन होइन । विभिन्न घटकहरुलाई हामीले एकीकृत गर्दै जेनजीहरुको साझा संगठनको रुपमा कमन जेनजी नेपालको पुनर्गठन गरेका छौं,’ अध्यक्ष साहले भने, ‘अहिले जेनजी आन्दोलनको मुद्धा र एजेण्डा ओझेलमा परेको छ । त्यसलाई बचाउन र माग सम्बोधनका लागि हामी विभिन्न समूहमा रहेका जेनजीहरु एकीकृत हुदै अगाडी बढन प्रतिबद्ध छौं ।’

वर्तमान सरकार (प्रधानमन्त्री वालेन शाह)ले जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा छोडेको, सरकारले जेनजीहरुको माग सम्बोधन गर्न नचाहेको अहिले स्पष्ट देखिएको अध्यक्ष साहले बताए । सरकारलाई दबाब दिदै जेनजीको माग सम्बोधन गराउनका लागि पनि हामी एकीकृत हुदै अगाडी बढनुको विकल्प नभएको उनले बताए । साथै विभिन्न समूहमा विभाजित जेनजीहरुलाई एकीकृत हुदै अगाडी बढन साहले सुझाव समेत दिएका छन् ।

पुनर्गठित केन्द्रीय कमिटीको उपाध्यक्षमा उज्जवल शर्मा, सोनिया पटेल, महासचिवमा रोनिश साह, उपमहासचिवमा जग्गु मण्डल, दिलिप साह, अफ्रोज आलम, सचिवमा ललन साह, राहुल यादव र कोषाध्यक्षमा समृद्धि रेग्मी रहेका छन् ।

कृष्णमोहन सहनी इन्चार्ज र प्रदिप साह सहइन्चार्ज रहेको कमन जेनजी नेपालको केन्द्रीय सदस्यमा विकाश झा, सुभाष ठाकुर, अभिषेक अधिकारी, सन्नी ठाकुर, धीरेन्द्र साह, प्रसुना आचार्य, मनिष यादव, रन्जन महतो, सुशान्त साह, रोहित कुशवाहा, आर्यन कुशवाहा, एमडी तौसिर राजा, मुरली साह, आर्यन थापा, किशोर केसी, दिपेन्द्र सिंह कुँवर, करण यादव, आभाष चौधरी, ऋषी साह, गौतम साह, राकेश साह, पृथ्वीकुमार साह, कृष्ण दास, दिलिप रजक धर्मेन्द्र साह लगायत रहेका छन् ।

१०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको र केही दिनभित्रैमा सातै प्रदेशका साथै जिल्ला जिल्लामा समेत कमन जेनजीको संगठन विस्तार गरिने महासचिव रोनिश साहले जनाएका छन् ।

रास्वपा महाधिवेशन: बन्दसत्र दिउँसो २ बजेदेखि, यस्तो छ परिमार्जित तालिका
23/06/2026

रास्वपा महाधिवेशन: बन्दसत्र दिउँसो २ बजेदेखि, यस्तो छ परिमार्जित तालिका

कांग्रेस सभापति गगन थापा र नेता निष्कल राई झापाको भद्रपुर विमानस्थलमा
23/06/2026

कांग्रेस सभापति गगन थापा र नेता निष्कल राई झापाको भद्रपुर विमानस्थलमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृतकाठमाडौँ, २ असारः चिकित्सा शिक्षा आयोगले छा...
16/06/2026

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ, २ असारः चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो ।

यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो ।

उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।

यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

Address

Jerusalem

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share