Swadesh Nepal Online

10/01/2026

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको टिप्पणी गर्नु भएको छ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै राजाले यस्तो टिप्पणी गर्नु भएको हो ।

01/01/2026

संस्कृतको लागि विदेशीहरू कति मरिमेटेका ।

ताइवानका YusenHuwang को संस्कृत प्रेम।

श्रोत - मनोज भण्डारीको फेसबुकबाट

28/12/2025

यस्तो आकर्षक बनिदैछ कमलपोखरी

भिडियो -🙏 प्रकाश अधिकारी 🙏❤️।

27/12/2025

झन्डै ४ बर्ष अघि Sep 3, 2021 राम ढुंगानाले स्वदेसनेपालको लागि बिष्णु गौतमसँग गरेको सम्बाद

दुई होनाहार सन्तान गुमाएका पिता बिष्णु गौतमले त्यो बेलाको आफ्नो पैतृक सम्पतिको ४७ रोपनी जग्गा रु दुई करोडमा बेचेर समाजसेवाको थालनी गरेका थिए।

20/12/2025
20/12/2025

वास्तुविहारमा श्रीपाथीभरा माताको मन्दिर निर्माण सम्पन्न र धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न ।
भारतको सिलगुरी स्थिति वास्तुविहारमा श्रीपाथीभरा माताको भब्य मन्दिर निर्माण पूरा भएर देवी माताको धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न । डिसेम्बर 7, 8 र 9 तारीखका दिन सम्पन्न उक्त धार्मिक कार्यक्रम नेपालको पाथीभरा मन्दिरका प्रमुख पूजारी डिल्लीरमण आचार्यको पूर्ण रेखदेखमा भएको हो।

इलित्रा क्षेत्री र डेन्डुप तामाङले आफ्नै निजि लगानीमा आफ्नै घरमा माताको मन्दिर निर्माण गरेका हुन ।
सबैको मनोकामना पूरा गर्ने शक्तिकी देवीको रूपमा मानिएको पाथीभरा माताको उत्पत्ति नेपालको ताप्लेजुङमा भएको हो ।

वास्तुविहारमा श्रीपाथीभरा माताको मन्दिर निर्माण सम्पन्न र  धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न ।भारतको सिलगुरी स्थि...
15/12/2025

वास्तुविहारमा श्रीपाथीभरा माताको मन्दिर निर्माण सम्पन्न र धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न ।

भारतको सिलगुरी स्थिति वास्तुविहारमा श्रीपाथीभरा माताको भब्य मन्दिर निर्माण पूरा भएर देवी माताको धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न । डिसेम्बर 7, 8 र 9 तारीखका दिन सम्पन्न उक्त धार्मिक कार्यक्रम नेपालको पाथीभरा मन्दिरका प्रमुख पूजारी डिल्लीरमण आचार्यको पूर्ण रेखदेखमा भएको हो।

इलित्रा क्षेत्री र डेन्डुप तामाङले आफ्नै निजि लगानीमा आफ्नै घरमा माताको मन्दिर निर्माण गरेका हुन ।

सबैको मनोकामना पूरा गर्ने शक्तिकी देवीको रूपमा मानिएको पाथीभरा माताको उत्पत्ति नेपालको ताप्लेजुङमा भएको हो ।

बिस्तृत भिडियो केही दिन पछि स्वदेशनेपाल डट्कममा ।

फोटो 📸-चिरञ्जीवी भुजेल ।

18/11/2025

से'क्सकै लागि नमर्नुस, पुरुषहरुलाई सुझाव ।

७/८ बर्ष अघि मोडल जोया श्रेष्ठ संग स्वदेश नेपालले गरेको कुराकानी ।

आफ्नै मेहनतमा कम समयमै चर्चामा आएकी मोडल हुन् जोया श्रेष्ठ । नायक पल शाहसंगको म्युजिक भिडियो ‘तिम्रो यादमा’मा अभिनय गरेर नेपाली मोडलिङमा चर्चामा आएकी जोयाले एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् ।

यस क्षेत्रमा सामना गर्नुपर्ने विभिन्न बाधा, अड्चनका कारण सबैजना टिकिरहन भने सक्दैनन् तर, कलाकारिता दुनियाँमा नै आफ्नो परिचय बनाउन चाहनेहरु यो क्षेत्र छोड्न सक्दैनन् । त्यसै मध्येकी एक मोडल हुन् जोया श्रेष्ठ । २०७२ साल देखि औपचारिक रुपमा नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी जोया अहिले निरन्तर रुपमा यसमा लागिपरेकी छिन् ।

मोडलिङसंगै समाजसेवामा पनि लागिरहेकी जोयाको "आमाबुवा" नामक सामाजिक संस्था पनि छ त्यही संस्थाकि संस्थापक अधक्ष्य समेत रहेकी जोयाले मोडलिङ भन्दा पनि समाज सेवा नै बढी व्यस्त रहने रुचि राखेको देखिन्छ ।

अनाथ बालबालिकालाई शिक्षाको उज्यालो भविष्य प्रदान गर्ने आफ्नोको योजना रहेको जानकारी गराउदै यो सामाजिक कार्यमा सबैले सकेको आआफ्नु क्षेत्रबाट सक्ने सहयोग गर्न आग्रह गरेकी छिन । अनाथ बालबालिकाको सहयोगको लागि बेला बेलामा मोडल जोया आफैले पनि बिशेष शोहरु गर्दै सोबाट उठेको रकम समाजसेवामा लगाउदै आएकी छिन ।

उनको मोडलिङ क्यारियर , समाज सेवा र मनोरञ्जनको बिभिन्न बिषयमा स्वदेश नेपालले जोयासंग गरेको कुराकानीको क्रममा नेपालमा बढ्दो ब'लात्का'र बारे जोयाको धारणा यस्तो छ :- हाम्रो समाजमा से'क्सको बारेमा खुल्ला छलफल नहुदा यो बिषय गुम्सिएर बसेको छ । से'क्सलाई खुल्ला गरेमा नेपालमा बला'त्का'रको घटना नघट्ने उनको मान्यता छ । से'क्सको लागि बला'त्का'र बढ्दो छ त्यसैले केटाहरुले से'क्सकै लागि नम'र्न अपिल समेत गरेकी छिन ।

15/11/2025

७/८ बर्ष अघि मोडल रेखा राईसंग स्वदेश नेपालले गरेको कुराकानी ।

25/10/2025

श्रीमान र श्रीमती बिचमा से'क्स नहुँदा पनि पिसाबको समस्या हुन्छ ।

टाइट लुगा त्यसमा पनि जिन्स र कटराइजका लुगा पिसाबको समस्या हुनेहरुका लागि ए'टम ब'म नै हो।

मूत्ररोगबाट पीडितहरुको हितलाई ध्यानमा राखेर वरिष्ठ युरोलोजिष्ट चिकित्सक दीपक रौनियारसँग गरिएको स्वस्थ जीवन बाँच्न चाहनेहरुका लागि जानकारीमुलक कुराकानी ।

25/10/2025

डा. दीपक रौनियार युरोलोजिस्टको रुपमा बिगत दुई दशकभन्दा बढी समयदेखि सेवारत रहेका छन्। पिसाबको विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने बिरामीहरुलाई उनी उपचार त गर्छन नै त्योभन्दा पहिला उनी बिरामीलाई काउन्सिलिंग गर्छन।
प्रत्येक बिरामीसंग उनी अत्यन्त मित्रवत व्यवहार गर्ने हुनाले बिरामीहरु उनीसंग निर्धक्क भएर आफ्नो समस्या राख्ने गरेका छन्। वास्तबमा पिसाबको के कस्तो समस्या हुन्छ ? मुत्र रोग भनेर के लाई भनिन्छ ? यो रोग लागेपछि यसको निदान के हुन सक्छ ? भन्ने सन्दर्भमा डा. दीपक रौनियारसंग स्वदेश नेपालले गरेको कुराकानी।

27/09/2025

मूत्ररोगबाट पीडितहरुको हितलाई ध्यानमा राखेर वरिष्ठ युरोलोजिष्ट चिकित्सक दीपक रौनियारसँग गरिएको स्वस्थ जीवन बाँच्न चाहनेहरुका लागि जानकारीमुलक कुराकानी ।

भन्न त हामी जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण भनेको पैसालाई नै मान्छौं । किनकि पैसाले नै घर, गाडी, भौतिक सुबिधा सबै किन्न सक्छौं । पैसा छ भने नैहामी हामीले चाहेको बिषय पढ्न सक्छौ। तर जीवनमा यी सबै थोक भएर पनि स्वास्थ्य भएन भने के हुन्छ त ?

यो एउटा कहालीलाग्दो प्रश्न र जीवनको अप्ठ्यारो मोड हो । किनकि पैसा बिना बाँच्न सकिन्छ तर स्वास्थ्य बिना बाँच्न सकिन्न ।

जति जति नयाँ नयाँ औषधी र उपचारका नयाँ प्रबिधि र पद्धति भित्रिरहेका छन् रोगहरु पनि नयाँ नयाँ देखा परिरहेका छन् । सानो रोगले पनि मानिसको जीवनमा ठूलो समस्या पार्न सक्छ । यो अनुभव देशभित्र बसिरहेका वा बैदेशिक रोजगारीमा गएकाहरु सबैले अबुभव र अनुभूति गरेकै कुरा हो । त्यसैले सुन्दा सहज लाग्ने तर यो रोग लागेपछि दैनिकी नै असहज बन्ने रोग अर्थात् मूत्ररोगका बारेमा कन्सल्टेन्ट, युरोलोजिस्ट डा. दीपक रौनियारसंग स्वदेश नेपालले गरेको कुराकानी।
Camera/Editing- Biraj pradhan
Presenter - Indra Kumar Shrestha sarit

Address

Tel Aviv

Website

Alerts

Be the first to know and let us send you an email when Swadesh Nepal Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share