Sunil Shrestha

Sunil Shrestha "समयले धेरै थोक सिकायो तर समयमै सिकाएन, समयले दिएको सबैभन्दा ठुलो धोका यहि नै हो !"
(6)

13/08/2026

नेपाल फर्किएर देउवाले भने- राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्छ यहाँ ?

 #नेता_देउवाले_बुझ्नु_पर्ने_कुरा_यति_हो भिष्मपितामह या धृष्टद्युम्न !?महाभारत युद्ध निश्चित भएपछि दुवै पक्ष ( कौरव र पाण...
13/08/2026

#नेता_देउवाले_बुझ्नु_पर्ने_कुरा_यति_हो भिष्मपितामह या धृष्टद्युम्न !?

महाभारत युद्ध निश्चित भएपछि दुवै पक्ष ( कौरव र पाण्डव ) मा कसलाई प्रधानसेनापति बनाउने भन्ने दुबिदा हुन्छ ।

दुर्योधनले चै सकुनीको सल्लाहमा भिष्मपितामहलाई प्रधानसेनापति बनाउछ यस सकुनीको बिश्लेषण हुन्छ पाण्डवले समेत भिष्मपितामहबिरुद्ध हतियार उठाउने छैन साथै त्योबेलाको भारतवर्षमा भिष्मपितामह जतिको ओजस्वी व्यक्तित्व कोहि थिएन उमेरकै आधारमा पनि । जसले कौरवपक्षमा सहयोग गर्न आउने योद्धाहरुले सजिलै नेतृत्व स्वीकार गर्ने छन् । जबकी दुर्योधनले कर्णलाई प्रधानसेनापति बनाउन चाहेका थिए ।

तर पाण्डवमा प्रधानसेनापति बनाउन छलफल हुदा कसैले विराट नरेशलाई कसैले अन्य नाममा छलफल गर्छन तर अर्जुनले एउटा महत्वपूर्ण शब्द भन्छन् - यो युद्ध हाम्रो समयको युद्ध हो हाम्रै समयको नेतृत्व र हाम्रै तरिकाले लड्नु पर्छ ।

यसकुरामा कृष्णको पनि सहमति रहन्छ र विराटनरेशका पुत्र धृष्टद्युम्नलाई प्रधानसेनापति चयन गरेर सबैलाई समेट्ने काम हुन्छ ।

पाण्डव प्रधानसेनापति धृष्टद्युम्नको नेतृत्वमा युद्धमा जीत पनि हुन्छ पाण्डबको । जबकी कौरव पक्षमा सेनाको संख्या पनि धेरै थियो योद्धाहरु पनि धेरै नै थिए पाण्डवको तुलनामा तर जीत पाण्डवको भयो ।

कांग्रेस नेता देउवाले बुझ्नु पर्ने कुरा यति हो अब भिष्मपितामहहरुले युद्ध लड्न सक्छन तर जित्न सक्दैन्, युद्धमा जित्नको लागि धृष्टद्युम्नहरुको नेतृत्व स्विकार्नुको विकल्प छैन ।

आज स्वदेश फर्किएपछि देउवाले गर्नु पर्ने एउटै काम हो कांग्रेसको भलाई र देशको कल्याणको लागि ''आफ्नै लगानीको ब्याजका स्याज खाएकादेखि बाउको लगानीको ब्याजको स्याज खाएकासम्म सबैले कांग्रेस र राजनीतिबाट लिने सामूहिक सन्यास"।

यो नै देउवाको लागि ससम्मान सम्मानित हुने गौरव हो तर .....आगे देउवाज्यूहरुको जो विचार ।

Sher Bahadur Deuba

🙏🙏तपाईहरु सबैको दिन शुभ रहोस 🙏🙏।श्रीमहादेवले सबैको कल्याण गरून्
10/08/2026

🙏🙏तपाईहरु सबैको दिन शुभ रहोस 🙏🙏।

श्रीमहादेवले सबैको कल्याण गरून्

09/08/2026

कालिकोटबाट कोरिया जान काठमाडाैं हानिएका गोपाल थापा, भक्तपुरमै कमाउँदैछन् वार्षिक ५० लाख ।
NOTE - यो भिडियो Aug 6, 2021 को'भि'ड भन्दा अघिको हो तर प्रेरणादायी हुने देखिएकोले पुन: अपलोड गरिएको हो।

होस्ट -राम ढुंगाना ।
क्यामेरा -विराज प्रधान ।

बाख्रा हराएर बाघ कराएको हो कि बाघ कराएर बाख्रा हराएको हो?काङ्ग्रेसको विशेष महाधिबेसन बारे सर्बोच्च अदालतले शुरुबाटै हेर्...
07/08/2026

बाख्रा हराएर बाघ कराएको हो कि बाघ कराएर बाख्रा हराएको हो?

काङ्ग्रेसको विशेष महाधिबेसन बारे सर्बोच्च अदालतले शुरुबाटै हेर्ने भन्दै देउवाको निवेदनमा निस्सा लाग्नुको अर्थ र देउवाको स्वदेश फिर्ता केवल एक संयोग मात्रै मान्ने कि सुन्योजित?

प्रमादेश प्रधानमन्त्री भए जस्तै प्रमादेश सभापति कति को सहज होला देउवालाई ?

वर्तमान गगन थापा समिती अवैधानिक भएमा त्यसलाई मान्यता दिने निर्वाचन आयोगले गराएको त्यो आम निर्वाचन पनि अवैधानिक होला नि होईन र?

सर्बोच्चले प्रमादेश प्रधानमन्त्रीको लागि त्यो बेला हरेक साम्सदहरुलाइ अदालतमा बोलाएको जस्तो काङ्ग्रेस महाधिवेशन प्रतिनिधिहरुलाई अदालत बोलायो भन्ने नतिजा भिन्न आउन सक्छ। देउवा समुहले उठाएको र समातेको मूलचुरो त्यही हो ।

परिवर्तित राजनितीमा गगन थापाको कार्यसमितिको निरंतरता आब्श्यक छ ।

29/07/2026

नागरिक समाज इटहरीले सुनसरीमा शान्ति सुब्यबस्थाको कामना गर्दै आज निकालिएको सद्भाव र्‍याली ।

भिडियो साभार समीर कार्कीजीबाट।

Address

Akiva Eiger 9
Tel Aviv
6602509

Alerts

Be the first to know and let us send you an email when Sunil Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share