Fun Nepal Swadesh Nepal

Fun Nepal Swadesh Nepal The OFFICIAL page of SWADESHNEPAL.COM

एयरलाइन्स कम्पनीको कामदारको लापरबाहीले आफ्नो गितार फुटाईदिएको झोंकमा यी गायकले यसरी बदला लिए।अनि भए करोडपती।सन्-२००८ को ...
09/11/2025

एयरलाइन्स कम्पनीको कामदारको लापरबाहीले आफ्नो गितार फुटाईदिएको झोंकमा यी गायकले यसरी बदला लिए।अनि भए करोडपती।

सन्-२००८ को मार्चमा क्यानडाका गायक डेभ क्यारोल एक लाइभ कन्सर्टको लागी युनाईटेड एयरलाइन्सबाट यात्रा गर्दै थिए।

एयरलाइन्स कम्पनीका कामदारले जोडले फ्याकेर गितार लोड गर्दै गरेको भन्दै एक यात्रुले डेभ क्यारोललाई सुनाईन्।जब प्लेन ल्याण्ड भयो क्यारोलले आफ्नो गितार हेरे।गितार निकै ठाउॅंमा नराम्रो गरेर फुटेको भेटे।

आफ्नो लाखौं मूल्य परेको गितार एयरलाइन्स कम्पनीका कामदारको लापरबाहीले फुटेको भन्दै डेभ क्यारोलले एयरलाइन्स कम्पनीमा फोन गरेर क्षतिपूर्ती दिन पर्ने दाबी गरे।

तर,कर्मचारीले उनको कुरा सुन्दै सुनेन्।भोलिपल्ट पनि उनले यहि कुरा एयरलाइन्सको अफिसमा गएर भने।उनलाई हिजै किन कम्पलेन नगरेको भनेर क्षतिपूर्ति दिन सकिदैन भनियो।जबकी उनले हिजै कम्पलेन गरिसकेका थिए।यतिसम्म- कि उनी नौ महिनासम्म धाईराखे।थुप्रै फोन कल र ईमेल पनि गरे।एयरलाइन्स कम्पनीले गितार फुटाए बापत क्षतिपूर्ति दिने कुरै गरेन।अन्तिममा हाम्रो जिम्मेवारी होइन समेत भनियो।

अन्ततःगायकले एयरलाइन्स कम्पनीको लापबाहीलाई लिएर रिस र व्यङ्ग्य भरिएको ‘युनाईटेड ब्रेक्स गीतार’ नामको गीत गाएर युट्युबमा हाले।जुन गीत निकै भाइरल भयो।सिएनएन र बिबिसी लगायत धेरै मिडियाले समेत समाचार बनाए।यसै कारण एयरलाइन्स कम्पनीको प्रतिष्ठामा आच आयो र युनाईटेडको शेयर मूल्य मूल्य केही दिनमै १ सय ८० मिलियन डलर घट्यो।जुन निकै ठूलो क्षति थियो।

यो सब भएपछि कम्पनीले गायक डेभलाई सम्पर्क गर्र्यो र माफी माग्दै ग्राहक सेवामा आइन्दा लापरबाही नगरी सुधार गर्ने वाचा गर्र्यो।

पछि गायकले किताब समेत लेखे।उनी विश्वचर्चित भए।युट्युब र किताब बेचेर,विभिन्न किसिमका विज्ञापन लगायतबाट समेत करोडौं डलर कमाए।

आफ्नो गीतार फुटाईदिएको रिसलाई गायकले रचनात्मक रुपमा गीत मार्फत प्रस्तुत गरेर उदाहरणीय बने।यस्ले सही उद्धेश्य राखेर लड्दा ढिला होस् तर सफलता र न्याय मिल्छ।हरेश भने खान हुदैन भन्ने पाठ सिकाउॅंछ।हरेक कुराको रचनात्नक विरोध गर्न सन्देश समेत दिएको छ।

गीत युट्युबमा हेर्न सकिन्छ।

अर्जुन भुषाल आम मानिस हुन्।उनमा चमत्कार गर्न सक्ने कुनै दैवी शक्ति छैन।उनी फिल्ममा देखिने जस्तो सुपरहिरो पनि होइनन्।तर,उ...
09/11/2025

अर्जुन भुषाल आम मानिस हुन्।उनमा चमत्कार गर्न सक्ने कुनै दैवी शक्ति छैन।उनी फिल्ममा देखिने जस्तो सुपरहिरो पनि होइनन्।तर,उनका काम यस्ता जुन काम कुनै चमत्कार र सुपर हिरोले गर्नेभन्दा भन्दा कम छैन।

बर्षौं अघि सानैमा आफ्ना बा-आमा र घर परिवारबाट बिछोडिएर आफ्नो असली घरको ठेगाना,बाआमाको समेत अत्तोपत्तो नभएर नागरिकता समेत बनाउॅंन नपाउॅंदा अनागरिक झैं भएका थुप्रैलाई परिवार खोज्न सहयोग गरेका छन्।धेरैले आफ्ना विछोडिएका बाआमा र परिवार भेटेका छन्।

नागरिक नभएर बेबारिसे र अनागरिक झैं भएका।उच्च शिक्षा,जागिर र वैदेशिक रोजगारीको समेत बाटो बन्द भएर जीवन नै अन्धकार झै भएका धेरैले अर्जुन भुषालको सहयोगमा आफ्नो परिवार भेटेपछि नागरिकता बनाए।उनीहरुले आफ्नो जीवनको गन्तव्य भेटे।उज्जवल भविष्य प्रति आशावादी हुन पाए।

अर्जुन भुषालको यस्तो कामको जति तारिफ- प्रशंसा गरेपनी कम हुन्छ।यो असाधारण काम हो।

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता भन्छिन्- म हरेक नयाँ बर्षको पहिलो दिन पशुपतिनाथको मन्दिरमा पूजा गर्न जान्छु र त्यह...
09/11/2025

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता भन्छिन्- म हरेक नयाँ बर्षको पहिलो दिन पशुपतिनाथको मन्दिरमा पूजा गर्न जान्छु र त्यहाँ गएर लाख बत्ती बाल्छु।म पशुपतिनाथको भक्त हुँ।

पत्रकार राजेन्द्र बानिया राजतन्त्रको मुद्धामा यस्तो भन्छन्।व्यक्ति ज्ञानेन्द्र शाहप्रति मेरो अहिले पनि सम्मान छ।ज्ञानेन्...
09/11/2025

पत्रकार राजेन्द्र बानिया राजतन्त्रको मुद्धामा यस्तो भन्छन्।

व्यक्ति ज्ञानेन्द्र शाहप्रति मेरो अहिले पनि सम्मान छ।ज्ञानेन्द्र शाहले देश छोडेर हिडेनन्।आफ्नो बाउ बाजेको विरासत,श्रीपेच लगाएर बस्ने व्यक्ति, श्री ५ महाराजधिराज जस्तो व्यक्ति आफै गाडी चलाएर हिड्ने अहिले सामान्य नागरिकमा रुपान्तरण हुनु भएको छ।

तर,म निरंकुश राजतन्त्रको पक्षधर कहिल्यै थिइनॅं र कहिल्यै होइन।जन्मको आधारमा राजा हुने कुराको त्यस्तो धेरै समर्थन गर्दिनॅं।म गणतन्त्रको विकल्प गणतन्त्र नै हो भन्ने सोच्छु।

पैसा लिएर आरजु देउवाको अन्तरवार्ता लिएको भन्ने आरोप प्रति पत्रकार राजेन्द्र बानिया विश्व लिम्बुको पडकास्टमा प्रष्ट पार्द...
09/11/2025

पैसा लिएर आरजु देउवाको अन्तरवार्ता लिएको भन्ने आरोप प्रति पत्रकार राजेन्द्र बानिया विश्व लिम्बुको पडकास्टमा प्रष्ट पार्दै भने -छानविन गरेर कसैले पनि पुष्टि गरोस्।

विश्वको पाँचौं सानो देश सान मारिनो बारे रोचक तथ्य यस्तो छ।सान मारिनोलाई विश्वको सबैभन्दा पुरानो गणराज्य मानिन्छ।यस देशको...
08/11/2025

विश्वको पाँचौं सानो देश सान मारिनो बारे रोचक तथ्य यस्तो छ।

सान मारिनोलाई विश्वको सबैभन्दा पुरानो गणराज्य मानिन्छ।यस देशको स्थापना ई.सं ३०१ मा भएको थियो।यो विश्वको पाँचौं सबैभन्दा सानो पनि हो।यस्को कुल क्षेत्रफल ६१ वर्ग किलोमिटर रहेको छ।

सान मारिनोलाई चारैतिर इटालीले घेरिएको हुनाले यो देशले इटाली बाहेक अर्को कुनै दोस्रो देशको सिमालाई छोएको छैन।

सान मारिनोमा कुनै पनि विमानस्थल (एयरपोर्ट) छैन।यहाँका मानिसहरुले छिमेकी देश इटलीको ‘रिमिनी’ विमानस्थल प्रयोग गर्छन्।

चारैतिर इटालीले घेरिएर रहेको भएपनी यो देशको आफ्नै व्यवस्थित सिमाना भने छ।नेपाल जस्तै समुन्द्र नभएको भूपरिवेष्ठित देश हो।

सान मारिनोको जनसंख्या लगभग ३५ हजार जति छ।सान मारिनोका मानिसको जीवनस्तर निकै उच्च छ।बेरोजगारको संख्या लगभग शून्य छ।

यो देशको संविधान सन्-१६०० मा लेखिएको हो।यस्को संविधान संसारको सबैभन्दा पुरानो संविधान हो।

सान मारिनोको मुख्य आम्दानी पर्यटन हो।जम्मा ३५ हजार जनसंख्या भएको देशमा बर्षेनी २० लाख भन्दा धेरै पर्यटक घुम्न जाने गर्दछन्।पर्यटन बाहेक खुद्रा व्यापार, बैंकिङ्‌ सेवा क्षेत्र मुख्य आम्दानीको स्रोत हो।त्यसबाहेक औषधी र चिकित्सा सामग्री,खाद्य वस्तुहरू अनि डाक टिकट र स्मरणीय सिक्का विक्री मार्फत मनग्ये आम्दानी गर्छ।

सान मारिनोको पासपोर्ट विश्वको शक्तिशाली पासपोर्टको सूचीमा एघारौ नम्बरमा पर्छ।यो देशको पासपोर्टले विश्वको १७० देशमा अनअराइभल भिषा मार्फत यात्रा गर्न सक्छन्।

दशकौं देखि आफ्नै फुटबल टिम भएपनी सान मारिनो फुटबलमा फिफा वरियतामा सबैभन्दा पुच्छारमा छ।

यहाँको प्रति व्यक्ति आय युरोपका धनी राष्ट्रहरूको हाराहारीमा छ।२०२४ मा लगभग प्रतिव्यक्ति आय लगभग $ ६० हजार हाराहारीमा छ।त्यो भनेको करिब ८४ लाख नेपाली रुपैया बराबर हुन आउॅंछ।

भक्तपुरको चागुनारायण नगरपालिकाबाट खिचिएको मनास्लु हिमाल। यो संसारको आठौँ अग्लो हिमाल हो।
08/11/2025

भक्तपुरको चागुनारायण नगरपालिकाबाट खिचिएको मनास्लु हिमाल। यो संसारको आठौँ अग्लो हिमाल हो।

हाम्रो जमानाका चिसो मौसमका दिनहरु। ढुङ्गा,माटोका घर।चिटिक्क परेको साँनो अगेनो।अगेनोको छेउमा माटोले बनेको गुन्द्री ओछ्याई...
08/11/2025

हाम्रो जमानाका चिसो मौसमका दिनहरु। ढुङ्गा,माटोका घर।चिटिक्क परेको साँनो अगेनो।अगेनोको छेउमा माटोले बनेको गुन्द्री ओछ्याईएको जस्लाई हामी चाँहि मूल ओछ्यान भन्ने गर्थ्यौ।रेडियो त थियो।तर,टिभी निकै पछि आयो।रेडियो पनि सबै नेपालीको पहुँचमा थिएन।त्यतिबेला ग्रामीण भेगका आम नेपालीका परिवार साँझ परेपछि ६-७ बजे भित्र आ-आफ्नो कामबाट घर फर्किसकेका हुन्थे।

जाडो मौसममा चुल्होमा खाना पाक्दै पनि हुन्थ्यो।अगेनामा मज्जाले दाउला बलिरहेको हुन्थ्यो।हिटर र एसी थिएन।एसी त अहिले पनि छैन।अगेनामा घरका सबै सदस्य सँगै बसेर आगो ताप्दै दुःख सुखका कुरा गरिन्थ्यो।घर-व्यवहारका सल्लाह हुन्थे।सबैको मन एकै ठाउँमा हुन्थ्यो।अहिले जस्तो हात-हातमा मोबाइल अनि आ-आफ्नो कोठा-कोठामा व्यस्त भईने थिएन।अहिले जस्तो एउटै घरमा बस्ने एकै परिवारका सदस्यको अनुहार देख्न गार्र्हो पनि पर्ने थिएन।आजभोली त घर-भित्र पनि फोन र एसएमएसको माध्यमबाट कुरा गर्नपर्ने बाध्यता छ।एउटा कोठाबाट अर्को कोठा नै परदेश समान भएको छ।

त्यो बेला हामीबाट आधुनिकता निकै टाढा थियो।विलासी चीजहरु हामीसँग हुने थिएन।रेडियो नेपाल नै सबथोक थियो।कालजयी गीत पनि सुनाउँथ्यो र समाचार पनि भन्थ्यो।देश-विदेशका खबर अनि घटनाहरु थाहा पाईन्थ्यो।

हजुरबा,हजुरआमा देखि नाती-नातिनासम्म अगेना वरिपरि अटाउँने माया र स्नेह महसूश गराउँने त्यो समय हाम्रा लागि बहूतै मूल्यवान समय थियो।

सबैकुरा कति छिट्टै सक्कियो।कति छिटो बा-आमाको स्वर्गबास भयो।हामी पनि अब बुढेशकालतिर जाँदै छौं।पुराना घर छैनन्,पुराना दिन छैनन्,बाआमा छैनन् र हाम्रो जमानाका जस्ता स्नेही मनहरु पनि मुर्दा समान भएका छन्।अब केवल बाँकी सम्झना मात्र…

कसरी खुंखार रत्नाकर डाकु  ‘वाल्मिकी’ बन्यो ? उनका प्रेरणादायी भनाई यस्ता छन्।रत्नाकर नामको एक व्यक्तिले बिहेपछि परिवार प...
08/11/2025

कसरी खुंखार रत्नाकर डाकु ‘वाल्मिकी’ बन्यो ? उनका प्रेरणादायी भनाई यस्ता छन्।

रत्नाकर नामको एक व्यक्तिले बिहेपछि परिवार पाल्नको लागी डकैती गर्न थाल्यो।ऊ यात्रुहरूलाई लुट्थ्यो र कहिलेकाहीँ हत्या पनि गर्थ्यो।यसै कारण ऊ “रत्नाकर डाकु” भनेर चिनिन्थ्यो।

एकदिन नारद ऋषि जंगलको बाटो भएर कतै जादै थिए।रत्नाकर डाकुले नारदऋषी लाई देखेर लुट्ने बिचार गर्दै नजिक गयो।रत्नाकर डाकुले नारदऋषी सॅंग भएको सबैकुरा आफूलाई दिन भन्यो।

रत्नाकरको कुरा सुनेर नारदले शान्त हुदै सोधे-तिमी यस्तो काम किन गर्छौ ?

रत्नाकरले जवाफ दियो-परिवार पाल्नको लागी।

नारदले रत्नाकरलाई भने त्यसो भए जाऊ-तिम्रो परिवारलाई सोध कि तिम्रो पापमा उनीहरू पनि भागीदार हुन् कि होइनन्।

नारदऋषिको कुराले रत्नाकर डाकुको आँखा खुल्यो।र,उ गहिरो पश्चातापमा डुब्यो।नारदऋषि सामु माफी माग्यो।आफूले पाप गरिरहेको समेत उस्लाई बोध भयो।

त्यसपछि रत्नाकर आफ्नो पापको प्रायश्चित गर्दै ध्यान गर्न थाल्यो।पछि रत्नाकर डाकु बाल्मिकी ऋषि भयो।ऋषि भएपछि उनले भगवान् रामको जीवनकथा सुनेर “रामायण” लेखे,जो आज विश्वकै महान् काव्य मध्ये एक हो।

वाल्मिकी ऋषिको केही प्रेरक भनाई यस्ता छन्।

- संघर्षले नै मानिसलाई महान् बनाउॅंछ।यदी जीवनमा अगाडी बढ्वे हो भने मानिसले संघर्ष गर्नू जरुरी छ।

- कसैप्रति दूषित भाव राख्नु भनेको आफ्नै मन मैलो पार्नु हो।

- सत्य बोल्नु सबैभन्दा ठूलो धर्म हो।

- पश्चातापले पापलाई नष्ट गर्छ।

-मनुष्यको कर्म नै उसको पहिचान हो,जन्म होइन।

पर्यटक आगमनमा उत्साहजनक वृद्धि।जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने चिन्ताका बीच नेपाल घुम्...
08/11/2025

पर्यटक आगमनमा उत्साहजनक वृद्धि।

जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने चिन्ताका बीच नेपाल घुम्न आउॅंने विदेशी पर्यटकको संख्या बढ्दो छ।

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् भने दोस्रोमा अमेरिका र तेस्रोमा चिनिया परेका छन्।बेलायत,बंगलादेश,श्रीलंका लगायत युरोपेली देशबाट समेत पर्यटकहरु आईरहेका छन्।

बाथरोगले चिसोलाई बढावा दिन्छ।त्यसकारण बाथ रोगका बिरामीले चिसोबाट जोगिन पर्ने हुन्छ।बिरामीको अवस्था अनुसार कतिपय बाथरोगका...
08/11/2025

बाथरोगले चिसोलाई बढावा दिन्छ।त्यसकारण बाथ रोगका बिरामीले चिसोबाट जोगिन पर्ने हुन्छ।

बिरामीको अवस्था अनुसार कतिपय बाथरोगका बिरामीलाई कडा औषधी दिइने गरिएको हुन्छ।त्यस्ता कडा औषधी सेवन गरेका बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुनाले बिरामीहरुमा चिसोको कारण कुनैपनी संक्रमण जस्तै…फोक्सो संक्रमण रुखाखोकी,निमोनिया भएको अवस्थामा भने बाथ झनै बढेर जाने र जटिल अवस्थामा पुग्न सक्ने सम्भावना रहन्छ।

त्यसकारण जाडो मौसममा चिसोबाट बच्नपर्ने बरिष्ठ फिजिसियन तथा बाथरोग बिशेषज्ञ कल्पना पुडासैनीको सुझाब छ।

यो फोटो पोस्टमा एउटा महत्त्वपूर्ण कुरा छ ।ईन्डियाको उतरपूर्वी राज्यलाई बाङ्गादेशले आफ्नो दाबी गरेको देखिन्छ।photo source...
29/10/2025

यो फोटो पोस्टमा एउटा महत्त्वपूर्ण कुरा छ ।

ईन्डियाको उतरपूर्वी राज्यलाई बाङ्गादेशले आफ्नो दाबी गरेको देखिन्छ।

photo source DNA India

Address

Hartzion 12
Tel Aviv
00972

Alerts

Be the first to know and let us send you an email when Fun Nepal Swadesh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fun Nepal Swadesh Nepal:

Share