Fun Nepal Swadesh Nepal

Fun Nepal Swadesh Nepal The OFFICIAL page of SWADESHNEPAL.COM

श्री ५ को सन्देश : सामाजिक सद्भाव जोगाउन सबै नेपालीलाई एकताबद्ध हुन आग्रह
30/07/2026

श्री ५ को सन्देश : सामाजिक सद्भाव जोगाउन सबै नेपालीलाई एकताबद्ध हुन आग्रह

हार्दिक अपिल Bhadra Rai सरको अपिल सबैले बुझौं ।नेपाललाई हिजैका दिन देखि विभिन्न बहानामा जुधाउने फुटाउने   र नेपाललाई किह...
29/07/2026

हार्दिक अपिल Bhadra Rai सरको अपिल सबैले बुझौं ।

नेपाललाई हिजैका दिन देखि विभिन्न बहानामा जुधाउने फुटाउने र नेपाललाई किहिलै माथि उठन नदिन आन्तरिक र बाहिय तत्वले खेल खेल्दै आईरहेको कुरा जगजाहेरनै छ । हाल आएर कप्तानगञ्ज लगायतका स्थानहरूमा देखिएको समस्या त्यसैको निरन्तरता हो । नेपाल एक बहु जातिय, बहु भाषिक, बहु संस्कृति र बहु धार्मिक राष्ट्र हो । सबैलाई आ-आफ्नो धर्म, संस्कृति, भाषा र संस्कार प्राण भन्दा प्यारो लाग्छनै र लाग्नु पनि पर्छ । तर पनि सम्पूर्ण नेपालीजनलाई विशेष अनुरोध तथा अपिल गर्न चाहान्छु कि यी माथीका सबै कुराहरु भन्दा पहिला तपाईहरु आफु नेपाली हुनुमा गर्व गर्नुहोस र आफ्नो देश नेपाललाई सबै भन्दा बढी माया गर्नुहोस जो तपाईहामी सबैको साझा पहिचान हो । यदी आफ्नो अभिष्ट पुरा गर्न आज कसैले उचालेकै भरमा हामी जात, धर्म, भाषा र क्षेत्रको नाममा होस गुमाए एक अर्कामा मार्न मर्न तम्सियौ भने भोलिका दिनमा नेपाल भन्ने तपाई हाम्रो सुन्दर देश रहन पनि सक्छ नरहन पनि सक्छ रहेपनि नाम मात्रको किनकी देश भनेको भुगोल मात्र होईन ।
यसरी धर्म, भाषा, जात तथा क्षेत्रको नाममा उदण्ड भएर एक अर्कालाई सिद्याउन अगाडी सर्दा; मात्र तीन जात/धर्म (मुस्लिम, क्रोटस र सर्व) भएको देश बोस्निया हर्जगोभिनामा 1992-1995 चलेको गृहयुद्धमा १ लाख भन्दा बढी मान्छे मारिए भने २० सौ लाख मान्छे शरणार्थी बन्न पुगे खरबौं खरब सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति खरानी बन्यो देश जलेर नष्ट भयो ।
पश्चिम सुडानको डार्फरमा Arabic र Non Arabic नाममा 2003-2004 मा दुई समुह बिच भड्किएको द्वन्द नरसंहारमा पिरणत हुन पुग्दा किरब २ लाख मान्छेले ज्यान गुमाए भने २० लाख मान्छे बेघरबार हुन पुगे ।
1994 मा रुवाण्डामा जम्मा १०० दिनमा Hutu र Tutsi दुई जातिय समुह बिच खुन खराबा हुंदा १० लाख मान्छेले ज्यान गुमाए । देश जलेर खरानी भयो ।
यी तीन देशका घटना, जात धर्म र क्षेत्रको नाममा गृहयुद्ध हुदा अन्तमा गुमाउने देशले र स्वंम त्यही देशका जनताले हुन भन्ने एउटा दृष्टाण्त मात्र हो ।
र यी तीनै देशका युद्ध र युद्ध पछिका कारुणिक र मार्मिक अवस्था र क्षणहरुको eye witness संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिशनमा खटिने नेपालका धेरै जसो सुरक्षा कर्मीहरु र सिभिलियन कर्मचारीहरु स्वंम हुन । तथ्यांक थोरबहुत फरक पर्ला तर घटना कपोकल्पित होईन ।
देश भांडमा जाए भनेर जात, धर्म, भाषाको नाममा मार्न मर्न उदण्ड भएर अगाडी बढ्न खोज्ने तमाम नेपाली दाजुभाई तथा दिदी बहिनीहरु हो एक पटक ठण्डा दिमागले सोच्नुसत ! माथी उल्लेखित देशहरुमा जम्मा २/३ जात/धर्मका जनता मात्र बसोवास गर्थे र त त्यत्रो जनधनको क्षति भयो यदि नेपालमा (जहां १२५ भन्दा बढी जातजाति र उतीनै संख्याका भाषा भाषी अनि १५/२० भन्दा बढी धार्मिक समुह छन) जातिय र धार्मिक द्वन्द भएमा यसको दुश्परिणाम तपाईहामीले पक्कै पनि थेग्न सक्नेछैनौ तपाईहामी कसैले जित्दैनौ जनता हार्ने छ देश हार्नेछ देश र जनता दुबै खरानी हुनेछ । फेरी तपाई हामी खरानी बाट उठ्नु पर्नेछ खाली हात र केवल पश्चातापको भारी बोकेर ।
त्यही भएर समयमै सचेत र सम्यम भएर अगाडि बढौ । नेपाल भित्र र विवध कारणले विदेशमा रहनुहुने सबै नेपाली हामी दाजुभाई/दिदीबहिनी हौं । एकआपसमा घृणा र द्वयश त्यागी एकआपसमा सम्मान व्यक्त गर्दै सामाजिक सद्भभाव कायम राख्दै देशलाई मनमुटुमा राखी अगाडी बढौं । जय नेपाल जय देश ।।

note भद्र राई सरले राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षालाई नजिकै बाट लियाल्नु भएको छ । सशस्त्र प्रहरीको उच्च पदबाट सेवानिबृत हुनुभएको देशबिदेश बुझेको ब्यक्तित्व हुन्हुन्छ।

29/07/2026
इटहरी वडा न २ आपगाछीका सिँहबहादुर कार्कीको छोरा पोखराबाट इटहरी आँपगाछीतर्फ आउने क्रममा साउन १० गते आइतवार बिहान करिब ७:०...
29/07/2026

इटहरी वडा न २ आपगाछीका सिँहबहादुर कार्कीको छोरा पोखराबाट इटहरी आँपगाछीतर्फ आउने क्रममा साउन १० गते आइतवार बिहान करिब ७:०० बजे इटहरीको धरान स्टेन्डमा ओर्लिएका ३६ वर्षीय हेमबहादुर कार्की हालसम्म घरपरिवारको सम्पर्कमा आउनुभएको छैन।

उहाँलाई कसैले देख्नुभएको वा कुनै जानकारी प्राप्त भएको भए, कृपया नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहोस् वा उहाँका बुवा सिंहबहादुर कार्कीलाई तल उल्लेखित मोबाइल नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।

सम्पर्क नम्बर:
📞 9842242289
📞 9842099741

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्।

सबैमा शुभ दिनको कामना  ! माता पाथिभराले सबैको कल्याण गरुन !
25/07/2026

सबैमा शुभ दिनको कामना ! माता पाथिभराले सबैको कल्याण गरुन !

25/07/2026

Wow लक्जेम्बर्ग देश कति राम्रो

25/07/2026
04/07/2026

वास्तुविहारमा श्रीपाथीभरा माताको मन्दिर निर्माण सम्पन्न र धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न ।
भारतको सिलगुरी स्थिति वास्तुविहारमा श्रीपाथीभरा माताको भब्य मन्दिर निर्माण पूरा भएर देवी माताको धार्मिक विधिसहित प्राण प्रतिष्ठा सप्पन्न । 2025 डिसेम्बर 7, 8 र 9 तारीखका दिन सम्पन्न उक्त धार्मिक कार्यक्रम नेपालको पाथीभरा मन्दिरका प्रमुख पूजारी डिल्लीरमण आचार्यको पूर्ण रेखदेखमा भएको हो।

इलित्रा क्षेत्री र डेन्डुप तामाङले आफ्नै निजि लगानीमा आफ्नै घरमा माताको मन्दिर निर्माण गरेका हुन ।
सबैको मनोकामना पूरा गर्ने शक्तिकी देवीको रूपमा मानिएको पाथीभरा माताको उत्पत्ति नेपालको ताप्लेजुङमा भएको हो ।

Address

Hartzion 12
Tel Aviv
00972

Alerts

Be the first to know and let us send you an email when Fun Nepal Swadesh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fun Nepal Swadesh Nepal:

Shortcuts

Share