27/08/2026
रसुवा–ल्हेन्दे खोला बाढी : एउटा ठूलो प्राकृतिक विपत्ति 🌊🙏
हिजो रसुवाको ल्हेन्दे खोला तथा त्रिशूली नदी क्षेत्रमा आएको अत्यन्त ठूलो बाढी र debris flow ले नेपाल–तिब्बत सीमाक्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
प्रारम्भिक रिपोर्टअनुसार नेपाल र तिब्बततर्फ गरी १६० भन्दा बढी मानिसको ज्यान गएको र सयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ। रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा घर, सडक, पुल, व्यवसाय तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।
यो सामान्य बाढी मात्र नभई उच्च हिमाली क्षेत्रमा भएको हिमनदी/बरफ–चट्टानको collapse पछि आएको अत्यन्त शक्तिशाली debris flow र flash flood भएको प्रारम्भिक विश्लेषणले देखाएको छ।
यस विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। 🙏
बेपत्ता तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
उद्धार तथा खोजी कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्थानीयवासी र स्वयंसेवकहरूलाई धन्यवाद।
ईश्वरले सबैको रक्षा गरून्। 🙏🇳🇵