29/10/2024
Madarihat विधानसभा उप चुनावको प्रचार अभियानमा निर्दलीय उम्मेदवार Budhiman Lama(Tamang).
देश विदेशमा तिहार र दिवाली को चहल पहल चलिरहेको बेलामा Madarihat विधानसभामा भने चुनावी देउसी खेलाई चलिरहेको छ।
जस्मा सत्ताधारी र बिपक्षी दलमाझ हिलो छेपाई चलिरहेको छ।
कस्ले कति खाई सक्यो र कस्को कति ठूलो भुडी भनेर दोष्याउँदै भट्याउँदै अरू राजनैतिक दलहरू हिडिरहेको बेलामा यता भने साधारण जनताको मुद्दा बोकेर कुनै दलको समर्थन बिना निर्दलीय उम्मेदवार को रूपमा पेशाले शिक्षक साथै पत्रकार एवं स्वच्छ छवि भएको व्यक्ति Budhiman Lama(Tamang) मैदानमा उत्रिनु भएको छ।
यसै चुनावी प्रचारको निम्ति Rahimpur,Sarugaon,Bundapani क्षेत्रमा आफ्नो समर्थक हरूको साथमा साधारण जनताहरू माझ Budhiman Lama(Tamang) ज्यु चुनाव प्रचार गर्दै जाँदा गाउँ ले हरू द्वारा व्यापक समर्थनको साथमा भव्य स्वागत गरिएको देखीयो।