09/10/2025
आज दिनाङक ०९/१०/२०२५ को दिन राज्यसभा माननिय सांसद श्रीमान हर्षवर्धन श्रिङ्गला पुबोङ फाटक भिजिटमा आउनुभएको थियो। यसै अवसरमा हामी छोटा पुबोङबाट पनि एक टोली गएर वहाँसग भेट गर्यौ र वहाँलाई सम्पुर्ण हाम्रा छोटा पुबोङको विवरण पेश गर्यौ जसमा हाम्रो यो मार्ग एक मात्र रहेको र विकल्प नरहेको यसर्थ हाम्रो यो छोटा पुबोङदेखी पुबोङ फाटक सम्मको मुख्य मार्ग सम्पुर्ण रुपमा नबिकरण गरिदिनु हुने अर्जी चडायौ। सायद यो प्राकृतिक प्रकोपबाट हाम्रो नष्ट प्राय भएको बाटोमा नयाँ रुप चाडै पाईने धेरै आशा रहेको छ।
छोटा पुबोङमा प्राय ७०० घर-परिवार बसोबासो गर्छन जसमा हाम्रो एक मात्र आयको निम्ति पुबोङ चियाबारी रहेको छ भन्ने कुराहरु वहाँ समक्ष राखेको छौ।