Panighatta times

Panighatta times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panighatta times, Media/News Company, Bagdogra.

छोटाटिङलिङ निवासी स्वर्गीय ज्ञान बहादुर भुजेलको आमा  श्रीमती भुजेलको आज बिहान चार बजे 90 बर्षको उमेरमा दुखत निधन भएकोले ...
23/10/2025

छोटाटिङलिङ निवासी स्वर्गीय ज्ञान बहादुर भुजेलको आमा श्रीमती भुजेलको आज बिहान चार बजे 90 बर्षको उमेरमा दुखत निधन भएकोले उवाँको मृतक शवलाई भोलि शुक्रबार बिहान १० बजे समसानघाट लाने भएकोले सम्पूर्ण आफन्त ईष्टमित्र र छरछिमेकहरूलाई भोलि बिहान उपस्थिति भईदिने अनुरोध गर्दाछौ। छोराहरू शेखर भुजेल मनोज भुजेल सनोज (कालू) भुजेल सन्तोष भुजेल समीर भुजेल। एंव भुजेल परीवार।

आज नोलडाँडामा वाहन दुर्घटना, केही दिन अघि पुटुङमा तीनवटा दुर्घटना:- अब पनि प्रशासन मौन???नोल-पुटुङको बाटो मिरिक -सिलगढीक...
22/10/2025

आज नोलडाँडामा वाहन दुर्घटना, केही दिन अघि पुटुङमा तीनवटा दुर्घटना:- अब पनि प्रशासन मौन???

नोल-पुटुङको बाटो मिरिक -सिलगढीको बैकल्पिक बाटो हो भन्ने प्रमाण भयो,तर बाटो सानो छ,गोलाईहरु एकदमै सानो छ, बाटो चढाव छ, भिरालो छ, अहिले दुधेको बाटो बन्द छ, यही बाटो भएर सबै गाडीहरु चल्दैछ।यो बाटो नोलडाँडा,छोटाटिङलिङ,पुटुङ लगायत केही क्षेत्रीय गाउँहरुलाई मिरिक -सिलगढी सँग जोडनको निम्ति बनाइएको थियो तर हाल परिस्थितिले मिरिक -सिलगढीको मुल बाटो यही भयो लगभग १५ दिनदेखि यही बाटो भएर गाडीहरु चलिरहेको छ,तर प्रशासनले बारम्बार दुर्घटना हुँदा पनि त्यति चासो नदेखाएको स्थानीय वासीको भनाई छ, ठाउँ-ठाउँमा सिभिक भोलेन्टियर राखेका छन् तर नोलमा पनि राखिनु जरुरी छ,अब यो बाटोलाई पीडब्ल्युडी बिभागले लिएर चौडादार गर्दै ठाउँ-ठाउँमा प्यारापेडहरु निर्माण गरिनु पर्छ साथै अप्ठ्यारो ठाउँमा जहाँ कठिन गोलाइहरु छन् त्याहाँ ऐना राखिनु पर्छ।भोलिको दिनमा यदि घैयाबारीको बाटो अवरुद्ध भए यसलाई बैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित भइसकेको छ। यसैले बिलम्ब नगरि यस बाटोको पुननिर्माण तिर बिभाग लाग्नु पर्छ भन्ने स्थानीयवासीको भनाइ छ।यदि यो तिहारको समयमा अब पनि केही नगरे यस्ता दुर्घटनाहरु अझ पनि घट्दैन भनेर भन्न मिल्दैन, यसैले बिभागले समयमा नै आँखा खोलेर काम गरे आम मानिसको प्राणको रक्षा हुनेथियो भन्दै स्थानीयले शीघ्र पहलको अपेक्षा गरेका छन्।

22/10/2025

नाेलमा वाहन दुर्घटना ,मिरिकदेखि काकरीभिट्टा चल्ने एउटा क्रुजर गाडी भिरबाट झरेपछि धेरै घाइते भएकाे आशंका,विवरण आँउन बाँकी

नाेलमा वाहन दुर्घटना  ,मिरिकदेखि काकरीभिट्टा चल्ने  एउटा क्रुजर गाडी भिरबाट झरेपछि  धेरै घाइते भएकाे आशंका,विवरण आँउन बा...
22/10/2025

नाेलमा वाहन दुर्घटना ,मिरिकदेखि काकरीभिट्टा चल्ने एउटा क्रुजर गाडी भिरबाट झरेपछि धेरै घाइते भएकाे आशंका,विवरण आँउन बाँकी

19/10/2025

सौरेनी पैह्रो पीडितलाई सहयोग

गत ४ अक्टोबर २०२५ को रातभरि परेको मुसलधारे वर्षाका कारण सौरेनी डाँढ गाउँमा ठूलो जनधनको क्षति भएको थियो। पैह्रोका कारण घरबार गुमाएका पीडितहरू अहिले सौरेनीको सार्वजनिक भवनमा आश्रय लिएर बस्दै आएका छन्।

ती पीडितहरूको सहयोगका लागि “युनाइटेड नेपाली चर्च, इजराइल” द्वारा सौरेनी जनकल्याण फाउन्डेसनको कोषमा रु. ४०,०००/- (चालीस हजार रुपियाँ) आर्थिक सहायता पठाइएको थियो। उक्त सहयोग रकमबाट आवश्यक सरसामान खरिद गरी आज पीडित परिवारहरूबीच वितरण गरिएको छ।

सौरेनी जनकल्याण फाउन्डेसनले यस उदार सहयोगका लागि *“युनाइटेड नेपाली चर्च, इजराइल”*का सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

19/10/2025

सांसदमाथि भएको हमला काण्डको क्रामाकपा द्वारा तिव्र निन्दा।

18/10/2025

रिम्बीक लोधोमा क्षेत्रका पैह्रो पिडीत हरूलाई भेटेर घर फर्कने क्रममा सांसद राजु बिष्टको काफिलामा अज्ञात व्यक्तिले ढुङ्गाले हमला गरेको छ।

इन्टरलोकेटर नियुक्ति गर्नु भनेको छब्बीसको चुनावको लागि फेरि गोर्खाहरुलाई आँखा छल्नुमात्र हो।पानीघट्टा,१८ अक्टोबर( निसं)भ...
18/10/2025

इन्टरलोकेटर नियुक्ति गर्नु भनेको छब्बीसको चुनावको लागि फेरि गोर्खाहरुलाई आँखा छल्नुमात्र हो।

पानीघट्टा,१८ अक्टोबर( निसं)भारतको गृहमन्त्रीले एक महिनाभित्र पीपीएस को लागि ठूलो घोषणा गर्ने वाला छ भनेर हाँक पिटेर अन्तमा जाबो इन्टरलोकेटर नियुक्त गर्नु हाँस्यास्पादमात्र नभर गोर्खाहरुको भावनासँग खेल्ने काममात्र हो भन्दै सुवासवादी गोर्खा योद्धा सचित गोर्खा गहतराजले सांसद राजु बिष्ट र केन्द्र सरकारलाई कटाक्ष गर्दै एक प्रेस बिज्ञाप्तिमा जानकारी गराएका छन्। अहिले आएर इन्टरलोक्टर नियुक्त गर्नु थियो भने २०२१ र २०२५ को त्रीपक्षीय वार्ता चैं के को लागि थियो भन्दै गहतराजले प्रश्न खडा गरेका छन्। त्रीपक्षीय वार्ताहरु चैं मुद्दाको छिनाफानोको लागि थियो कि इन्टरलोकेटर नियुक्त गर्नुको लागि थियो? यहाँ त हग्नेलाईभन्दा देख्नेलाई पो लाज भैइसक्यो भन्दै गहतराजले व्याङ्ग पनि कसेका छन्।

भाजपाले सत्रह साल गोर्खाहरुको भोट लगेर आजसम्म मुद्दाको लागि वरको सिन्का पर नसारेको अनि मुद्दा पार लगाउँने आशा पनि नरहेको भाजपा नेताहरुको हरकतले स्पष्ट भैइरहेको आरोप सचित गहतराजले लगाएका छन्। मुद्दा छिनाफानो गर्नु पर्ने बेलामा के को इन्टरलोक्टर भन्दै गहतराजले योबेला इन्टरलोकेटर नियुक्त गर्नु औचित्यहीन रहेको अनि यो केवल आगामी २०२६ को बिधानसभा चुनावमा गोर्खाहरुको मुद्दाको लागि केही पनि नगरी तर आँखा छलेर, गोर्खाहरुको भावनासँग खेलेर फेरि भाजपालाई पहाड, मधेस, तराई र डुवर्सबाट जिताउँनुको लागि बुनिएको षड्यन्त्रमात्र हो। यस्तो षड्यन्त्रहरुबाट गोर्खाहरुलाई जोगिनु अनि संचेत बन्ने आह्वान सुवासवादी सचित गहतराजले दिएका छन्।

भाजपा, सांसद राजु बिष्ट र गठबन्धन दलहरुलाई पनि चेतावनी दिँदै सचित गहतराजले भनेका छन् कि जनताले अब भाजपा को यस्तो झूटको राजनीतिलाई पत्याउँदैन। गोर्खा मुद्दाको लागि भाजपाले चाँडै ठोस निर्णय नलिए गोर्खा बाहुल क्षेत्रहरुबाट आगामी बिधानसभा चुनावमा भाजपाको नामोनिशान मेटिनेछ। गहतराजले पहाडको नेताहरुलाई दिल्लीको इशारामा जनतालाई नढाँट्ने तर सही बाटोमा दोहोराएर लक्ष्यसम्म पुराउँने आह्वान समेत गहतराजले बिज्ञाप्तिमा गरेका छन्।

पानीघट्टा,१७ अक्टोबर (निसं) सौरेनी ग्राम पञ्चायत अन्तर्गत पुटुङ पुस्तकालय भवनमा आज द्वारे सरकार हाम्रो गाउँ हाम्रो समाधा...
17/10/2025

पानीघट्टा,१७ अक्टोबर (निसं) सौरेनी ग्राम पञ्चायत अन्तर्गत पुटुङ पुस्तकालय भवनमा आज द्वारे सरकार हाम्रो गाउँ हाम्रो समाधान सम्पन्न भयो। पुटुङ पुस्तकालय भवनमा आज बिहान देखि मानिसहरूको भीड रहेको थियो। यश द्वारे सरकारमा मानिसहरूको सुबिधाको बृद्व भत्ता लक्ष्मी भण्डार अनुचित प्रमाणपत्र जीमन सम्बन्धि कार्यहरू जब कार्ड भेरिफेकिसन स्वास्थ्य साथी कार्ड बिजुली बिभाग सम्बन्धि पशु बिभाग लगायत मुख्यमंन्त्रीद्वारा घोषण गरे वापद हाम्रो गाउम्ह हाम्रो समाधान प्रकल्प मार्फत प्रत्येक बुथमा दस लाख गरेर गाउँको बिकाशको लागि दिएको काम रहेको थियो। आजको शिविरमा पञ्चायत कर्मी स्वास्थ कर्मी आईसीडीएस लगायत अन्य बिभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

केन्द्र सरकारले गोर्खा समुदायको मुद्दा समाधानको निम्ति भन्दै पंकज कुमार सिंहलाई वार्ताकार नियुक्त गरेको बताईएको छ,भनि हर...
17/10/2025

केन्द्र सरकारले गोर्खा समुदायको मुद्दा समाधानको निम्ति भन्दै पंकज कुमार सिंहलाई वार्ताकार नियुक्त गरेको बताईएको छ,भनि हर्ष प्रकट गर्दै सासंद राजु बिष्टले जानकारी गराएका छन्..

दिर्घकालिन पहाड, तराई डुवर्सको स्थाई राजनीतिक समाधानको माग शान्ती दिशा तिर एक कदम अगि बडेको सांसद बिष्टले बताएका छन्.....धरैपल्ट धोखा खाएको गोर्खाले एक पल्ट फेरि बिश्वास गरेर मौन रहन शिवाय अरू केही छैन,,समयले सबै ठिक गर्न सक्ने आशा छ....।

पंकज कुमार सिंह एक भारतीय सुरक्षा बलका अधिकारी हुन्। 19 डिसेम्बर 1962 मा जन्मेका सिंह 1988 ब्याचका सिमा सुरक्षा बल बीएसएफ का अधिकारी हुन्। सीमा सुरक्षा बलका 29औं महानिर्देशक (डीजी) को रूपमा सेवा गरेका छन्। उनी बीएसएफका पूर्व महानिर्देशक प्रकाश सिंहका छोरा हुन्।
उनलाई सरकारले जनवरी 2023 मा दुई वर्ष अवधिको लागि भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरिएको थियो।

*गोर्खा राष्ट्रिय मुक्ति मोर्चा**प्रेस विज्ञप्ति**१७ अक्टोबर २०२५*गोर्खा राष्ट्रिय मुक्ति मोर्चा भारत सरकारप्रति हार्दिक...
17/10/2025

*गोर्खा राष्ट्रिय मुक्ति मोर्चा*
*प्रेस विज्ञप्ति*
*१७ अक्टोबर २०२५*

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा भारत सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ। विशेषतः आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू तथा आदरणीय गृहमन्त्री श्री अमित शाहज्यूलाई हामी धन्यवाद दिन चाहन्छौँ, जस अन्तर्गत श्री पंकज कुमार सिंहलाई गोर्खा समुदायको दीर्घकालीन राजनैतिक समस्याको समाधानका निम्ति वार्ताकार (Interlocutor) का रूपमा नियुक्त गरिएको छ।
यो ऐतिहासिक निर्णयले भारत सरकारको गोर्खा समुदायप्रतिको संवेदनशीलता, प्रतिबद्धता र न्यायपूर्ण दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्दछ। यस पहलसँगै, अब केही सीमित व्यक्ति वा समूहहरू मात्र होइन, बरु सबै सरोकारवाला पक्षहरूले आफ्ना विचार, सुझाव र धारणा रचनात्मक रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्।
हामी विश्वास गर्दछौं कि यस समावेशी र परामर्शमूलक प्रक्रियाले गोर्खा समुदायको दीर्घकालीन राजनैतिक आकांक्षा पूरा गर्ने दिशामा एक ठोस, न्यायपूर्ण र स्थायी मार्ग प्रशस्त गर्नेछ। यो कदमले दार्जीलिङ–पहाड तथा सम्पूर्ण क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिको यात्रालाई अझ बलियो बनाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।

*मन घिसिङ*
*अध्यक्ष*
*गोर्खा राष्ट्रिय मुक्ति मोर्चा।*

16/10/2025

मुख्यमन्त्री फेरि पनि पहाडको पीडामा आँखा चिम्लिएर फर्किइन्।
१ लाख २० हजारमा डाँडामा घर बनाउनु सम्भव छ र?
यो त राहत होइन, अपमान हो।
हामीलाई राज्य सरकारले पनि र स्थानीय निकाय GTA ले पनि बेवास्ता गरेको छ।

– सञ्जीव लामा
अध्यक्ष
भारतीय जनता पार्टी, दार्जिलिङ जिल्ला

Address

Bagdogra

Telephone

+918670021309

Website

Alerts

Be the first to know and let us send you an email when Panighatta times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share