
24/07/2025
जनताको समर्थन लिएर भ्रष्टहरूलाई कालकोठरीमा हाल्छौं-किरण
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले जनताको साथ दिएर भ्रष्टहरूलाई कालकोठरीमा हाल्ने चेतावनी दिएका छन्।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा भएको जनसम्वाद तथा कार्यकर्ता सँगको अन्तरक्रियामा बोल्दै किरणले टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन्।
राप्रपाले काठमाडौँमा आन्दोलन गर्यो र त्यसमा उल्लेखनीय जनताको साथ नभएका कारणले गर्दाखेरि भ्रष्टहरूलाई समाप्त पार्न नसकिएको कारण पनि तल्लो तहमा आशीर्वादका लागि आउनुपरेको बताएका छन् ।
देशमा भ्रष्टाचार बढ्दै जाने, जनतालाई मार्ग परिवर्तन गर्न पनि कठिन हुने र यथास्थितिमै लामै समय गुज्रिने परिस्थिति सिर्जना हुने हो भने युवाहरूले दुस्साहस गरेर सत्ता हातमा लिनुपर्ने किरणले बताएका छन् ।
स्थानीय स्तरमा पनि विकास निर्माणमा ठूलो घोटाला भएको, भइरहेका पूर्वाधारहरू गुणस्तरहीन भएको र विकासलाई खाने प्रवृत्ति विरुद्ध सबै सचेतापूर्वक लड्नु अपिल समेत गरेका छन्।