Nepalgunj Update

Nepalgunj Update This page is all about Latest News, Interview, Entertainment, Music Video and more...

दु:खद खबर्😥कर्तव्यपालनका क्रममा ड्युटीमा रहेका वडा प्रहरी नेपालगन्जका सई धनबहादुर थापाको निधन भएको छ्😥हार्दिक श्रद्धाञ्ज...
06/09/2025

दु:खद खबर्😥
कर्तव्यपालनका क्रममा ड्युटीमा रहेका वडा प्रहरी नेपालगन्जका सई धनबहादुर थापाको निधन भएको छ्😥
हार्दिक श्रद्धाञ्जली Nepalgunj Update

आजको घटना : अछाममा महिनावारी भएकी निम खनाल र उनकी छोरी कविता भण्डारी घरभित्र बस्न नपाई त्रिपालमुनि सुतिरहेका थिए। निरन्त...
29/08/2025

आजको घटना : अछाममा महिनावारी भएकी निम खनाल र उनकी छोरी कविता भण्डारी घरभित्र बस्न नपाई त्रिपालमुनि सुतिरहेका थिए। निरन्तर वर्षासँगै भीरबाट खसेको ढुङ्गाले दुबैको त्यहीँ मृ'त्यु भयो।

यो घटनाले उनीहरूको परिवारलाई चकनाचुर बनाएको छ। एक वर्षअघि श्रीमान् गुमाएकी आमाले तीन सन्तानको लालनपालन गर्दै आएकी थिइन्। तर, अहिले आमाको मृ'त्यु भएपछि ती नानीहरू आमाबाबु दुवै विना टुहुरा बनेका छन्।
यसरी “महिनावारी अशुद्ध हुन्छ” भन्ने अन्धविश्वासले फेरि एक परिवारको उज्यालो निभाएको छ।

अब प्रश्न उठ्छ-कति जीवन गुमेपछि मात्र हाम्रो समाजमा चेतना आउने हो? 💔😢 Nepalgunj Update

यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यारत नेपाल प्रहरीका जवान माधवप्रसाद भुगाईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइर...
28/08/2025

यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यारत नेपाल प्रहरीका जवान माधवप्रसाद भुगाईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ३७ सेकेन्डको भिडियोमा उनले “प्रहरी जागिर पावरवालाकै लागि मात्र हो?” भन्ने प्रश्न उठाउँदै असन्तुष्टि पोखेका छन्। आफू बाँकेमा कार्यरत रहेको बताउँदै उनले बढुवामा पावर नभएकाले बेवास्ता हुने गुनासो गर्दै भनेका छन् - "म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मैले चुस्तामै भिडियो बनाएको छु । मेरो जागिर खाने भए खाउ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाउ । हामीजस्तो गरिब दु: खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई ।’ Nepalgunj Update

भारत र चीनले लिपुलेकलाई बेवास्ता गर्दै द्विपक्षीय समझदारी गरेका छन् र त्यहाँबाट व्यापारकोलागि सीमा खोल्ने योजना बनाएका छ...
20/08/2025

भारत र चीनले लिपुलेकलाई बेवास्ता गर्दै द्विपक्षीय समझदारी गरेका छन् र त्यहाँबाट व्यापारकोलागि सीमा खोल्ने योजना बनाएका छन्। तर यो भू–भाग नेपालको हो, र नेपालले आफ्नो नक्सामा यसलाई समेटेको छ। दुवै छिमेकीलाई यसको जानकारी भए पनि, नेपालको स्वामित्वको सम्मान नगरी उनीहरुले निर्णय गरेका छन्। Nepalgunj Update@शीर्ष प्रशंसकहरू

इस्टु कार्की !!Nepalgunj Update@शीर्ष प्रशंसकहरू
10/08/2025

इस्टु कार्की !!Nepalgunj Update@शीर्ष प्रशंसकहरू

पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट हड्डीको टुक्रा निकालेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा...
10/08/2025

पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट हड्डीको टुक्रा निकालेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घाटमा काम गर्ने ‘घाटे बाहुन’ र दाउरा उठाउने एक व्यक्ति रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले करिब ४–५ सय रुपैयाँमा हड्डीको सानो टुक्रा बेचेका हुन्। लोभमा परी यस्तो गरेको स्वीकार गर्दै उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्। मलामी बसिरहेका व्यक्तिहरूले उनीहरूलाई हड्डी निकालेर दिइरहेको देखेपछि सोधपुछ गरेका थिए, त्यसपछि घटनाको जानकारी प्रहरीलाई दिइएको हो।💔😢

पवन भट्टकी दिदी पूजा भट्टले आफ्नै भाइलाई ‘सम्झनालाई मा'र’ भनेर आदेश दिएको आदेशको अडियो सार्वजनिक भएको छ । कञ्चनपुर बेलडा...
10/08/2025

पवन भट्टकी दिदी पूजा भट्टले आफ्नै भाइलाई ‘सम्झनालाई मा'र’ भनेर आदेश दिएको आदेशको अडियो सार्वजनिक भएको छ । कञ्चनपुर बेलडाँडी–२ की १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ घरमै झु'न्डि'एको अवस्थामा फेला परिन्। गत फागुनमा विवाह गरेकी उनलाई दाइजोको निहुँमा श्रीमान् र परिवारले लगातार मानसिक र शारीरिक या'तना दिएको माइती पक्षको दाबी छ। घटनापछि पवन, उनका बुबा हरिदत्त र आमा किरणलाई प्रहरीले पक्राउ गरिसकेको थियो। धनगढी विमानस्थलबाट पूजा पक्राउ भएपछि चार जनामाथि मुद्दा दर्ता गरिएको छ। अडियो प्रमाणमा पूजाले भाइलाई सम्झनालाई मा'र्न निर्देशन दिएको दाबी छ। पूजा पक्राउ भएपछि मात्र माइती पक्षले शव दाहसंस्कार गरेका छन्। Nepalgunj Update

रक्षा बन्दन को शुभकामना !!
09/08/2025

रक्षा बन्दन को शुभकामना !!

02/08/2025

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा साउन २५ गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । @शीर्ष प्रशंसकहरूNepalgunj Update

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्न दिने व्यवस्था गर...
02/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्न दिने व्यवस्था गर्न माग गरेको छ। निर्वाचन आयोगद्वारा आयोजित सर्वदलीय छलफल कार्यक्रममा रास्वपाले आगामी उपनिर्वाचनबाटै विदेशमा रहेका नेपालीका लागि मतदान अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको हो। रास्वपाले स्पष्ट भन्यो, "यदि आयोग साँच्चिकै गम्भीर छ भने, यही उपनिर्वाचनबाटै विदेशबाट मतदानको व्यवस्था कार्यान्वयन गरेर देखाओस्।"

७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस
25/06/2025

७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस

Big News: SEE को नतिजा प्रकाशितको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । अबको केहि दिनमै नतिजा प्रकाशित हुन्छ । नतिजा कसरी ह...
25/06/2025

Big News: SEE को नतिजा प्रकाशितको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । अबको केहि दिनमै नतिजा प्रकाशित हुन्छ ।
नतिजा कसरी हेर्न जानकारी यहाँ छ:- TU Results & News

Address

Bangalore
560001

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share