29/08/2025
बेङ्गलोरको इन्द्रनगरमा नेपाली किशोरीले गरिन् आत्महत्या
बेङ्गलोर — बेङ्गलोरको इन्द्रनगरस्थित एक कोठामा नेपाली नाबालिका झुण्डिएको अवस्थामा फेला परेकी छिन्।
डडेलधुरा जिल्ला आलिताल गाउँपालिका–१ घर भएकी १६ वर्षीया मनिषा पुन आफ्नै रूमभित्र झुण्डिएको अवस्थामा भेटिएकी हुन्। घटना भएको खबरपछि स्थानीय प्रहरीले स्थल पुगेर अनुसन्धान थालेको जनाएको छ।
मनिषा केही समयदेखि परिवारसँगै बेङ्गलोरमा बस्दै आएकी थिइन्। आत्महत्याको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।