बिजनबारी प्रतिदिन /BIJANBARI PRATIDIN

बिजनबारी प्रतिदिन /BIJANBARI PRATIDIN We are Greatfull to you if you could remain with us forever. To share News and other important info

09/10/2025

सबै मिलेर पहिरोग्रस्त पहाड सामान्य बनाउन काम गर्नुपर्छ: सतिश पोख्रेल

09/10/2025

दार्जीलिङ्ग महकुमाका एस डी ओ रिचर्ड लेप्चाले लगायतको टोलीद्वारवराङभाङ ताबाकोशीको स्थलगत भ्रमण

बिगत अक्टोबर २०२५ प्राकृतिक आपदाले क्षतिग्रस्त पारेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ प...
09/10/2025

बिगत अक्टोबर २०२५ प्राकृतिक आपदाले क्षतिग्रस्त पारेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड आएका केन्द्रिय सांसदीय कार्य मन्त्रि माननीय किरण रिजिजू अनि मोर्चा अध्यक्ष बिमल गुरुङले दार्जीलिङमा भेट गरेका छन।

मोर्चाको तर्फबाट अध्यक्षले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड , तराई अनि डुवर्सको लामो समय देखिको समस्यालाई केन्द्र सरकारले शीतकालिन सत्र भित्रमा समाधान गरिनुपर्छ भन्ने कुरालाई स्पष्ट राखे भने केन्द्रिय सांसदीय कार्य मन्त्री रिजिजू ले पनि दार्जीलिङबाट दिल्ली प्रस्थान गरे बापत देशको प्रधानमन्त्री माननीय नरेन्द्र मोदी साथै गृहमन्त्री माननीय अमीत शाह समक्ष कुरा राखेर दार्जीलिङ पहाड , तराई अनि डुवर्सको समस्याको समाधान चाँडो गर्ने बचन दिएको बताइएको छ ।

09/10/2025

जामुने दार्जिलिङ रोडमा एउटा चालक अनि यात्री नभएको सुमु गाडी बाटोमा पल्टी रहेको जानकारी प्राप्त भएको छ उक्त गाडी रातो रंगको साथै गाडी सङ्ख्या WB 76 8643 रहेको छ।हुन सक्छ ड्राइभर साथै अन्य यात्री गाडीबाट खसेको पनि हुन सक्ने अनुमान गरिएको छ ।

जामुने स्थित छोटा रङ्गीतको बगरमा भेटाइएको अज्ञात शव रेलिङ ग्राम पञ्चायत अन्तर्गत  दङ्गीया निवासी दसरथ थामिको नाममा चिन्ह...
09/10/2025

जामुने स्थित छोटा रङ्गीतको बगरमा भेटाइएको अज्ञात शव रेलिङ ग्राम पञ्चायत अन्तर्गत दङ्गीया निवासी दसरथ थामिको नाममा चिन्हित गरिएको छ स्मरण गरिन्छ उनी विगत पाँच अक्टोबर २०२५ देखि निखोज रहेका थिए।
हार्दिक श्रद्धाञ्जली

08/10/2025

एक बर्ष अघि आमा बाबाकाे साथ छुटेपछि दाज्यु बहिनीकाे बाँस पनि गत ४ अक्टाेबरकाे दिन आएकाे विनाशकारी पैह्राेले श्रतिग्रस्त बनाएपछि मिरिक थर्बु राणाकाे टुहरा टुरी नितेन राई अनि अर्निमा राई बिचल्नीमा परेका छन।बुडाे बाजेसित बस्दै आएका दुई दाज्यु बहिनीकाे पैह्राेले घर पुरी दिएकाे छ ।लगाएकाे लुगा बाहेक सब‌ै माटाेमा मिलेकाे छ।भाडा वर्तन सबै माटाेमा मिलेकाे छ। उनीहरू अहिले राहत शिविरमा बसीरहे पनि याे स्थायी समधान हाेइन।यस्ताेमा सहयाेगी हातहरूकाे खाँचाे उनीहरूलाई रहेकाे छ।

सहयाेगकाे लागि सम्पर्क गर्नुहोस- 8967648282, 9733167584

जि टि ए क्षमता विहिन मात्र होईन अवहेलित साथै अपमानित पनि छ।गोर्खाल्यान्ड क्षेत्रिय प्रशासन स्वायत्तता बोकेको व्यवस्था हु...
08/10/2025

जि टि ए क्षमता विहिन मात्र होईन अवहेलित साथै अपमानित पनि छ।
गोर्खाल्यान्ड क्षेत्रिय प्रशासन स्वायत्तता बोकेको व्यवस्था हुदा हुदा पनि राज्यकि मुख्य मन्त्री द्वारा राहत कोष अनि क्षतिपुर्ति मृतकहरुलाई नोकरी घोषण गर्नु जि टि ए भएको कुनै महत्त्व नभएको हो।
मुख्य मन्त्रीको घोषणा प्रति धन्यवाद अनि सराहनीय हो। उनले आफ्नो राजनैतिक दायित्व निर्वाह गरेकी बुझ्नु पर्छ।मुख्य मन्त्री ममता व्यानर्जिले पहाडमा नोकरी भनेर होमगार्ड अनि सिभिक भोल्यान्टरमात्र दिने घोषणा चाहि निन्दनीय हो।पहाडमा विभित्र विभनगमा रिक्त पदहरु छ जहाँ योग्यतालाई हेरेर उक्त परिवारलाई नियुक्ति गर्नु पनि सक्नु पर्छ।
वर्तमान जि टि ए चाहिँ के भ्रमण अनि आश्वासन मै लम्पसार हुने त?
जि टि ए ले आफ्नो पहलमा पिडित अनि क्षतिको निम्ति केही गर्नु नसक्ने हो कि राज्यबाट हस्तक्षेप वा अवहेलना भईरहेको हो।
यता रिम्बिक लोधोमा समष्टिमा सभासदले जि टि एबाट होईन एनटिपिसि जस्ता निजि व्यवसायिक कम्पनिलाई केही सहयोग मागिरहेक‍ो अवस्था देखा परेको छ।ठिकै छ जतैबाट पनि सहयोग पाए भने उच्चित नै हो तर प्रश्न के गर्छौ भने जि टि ए बाट किन यत्रो ठूलो क्षति हुदा समेत कुनै प्रशासनिक घोषणा भईरहेको छैन।
पहाड भरिको प्रभावलाई हेर्दा हाम्रो नोक्सानी अभुतपुर्व छ।रिम्बिक लोधोमा समष्टिमा सार्वजनिक सम्पत्ति अनि निजि नोक्सानीको आर्थिक आकाडा भने सौ करोड नागेको छ।
यति हुदा पनि जि टि एले आँट गरेर कुनै प्रशासनि सहयोग वा वजेटको अनुदान घोषण गर्नु नसक्नु वर्तमान जि टि ए व्यवस्था केवल राज्य सरकार एंव मुख्य मन्त्रि साथै बंगालको नेताहरु पहाड चड्दा स्वागत गर्ने कटपुतलि जस्तो मात्र भएको छ।

नरेन्द्र काम्बाङ
रिम्बिक लोधोमा समष्टि
गो० ज० मु० मो०

08/10/2025

"सबै मिलेर काम गर्ने समय आएको छ" भूपेन्द्र क्षेत्री सभासद् पुल विजनबारी गोक समष्टि

08/10/2025

विकरन फाउन्डेशनद्वारा तामाकोशी टुक्रेको भ्रमणसगै राहत वितरण

दार्जिलिङ: एक थुकी सुकी हजार थुकी नदी भन्ने उखानलाई आत्मसात गर्दै आपद बेलामा सबै एकमुष्ट भई अधि आई सकेसम्म सहयोगको हात बढाउ भन्ने सन्देश दिदै दार्जिलिङको एक एक समाजिक सस्था विकरण फाउन्डेसन अधि आएको छ। यसै क्रममा फाउन्डेसन प्रमुख विक्रम राई तथा उनका टोली बुधबार तामाकोशी टुक्रेको स्थलगत भ्रमण गर्दै केहि आवस्यक सरसमान सहयोग प्रदान गरेको छ। हालैको प्राकृतिक विपत्तिले प्रभावित यस क्षेत्रका स्थानीयवासीहरूका लागि फाउन्डेसनले खाद्य सामग्री, पोलिथिन पाल लगायतका आवश्यक सामग्रीहरू प्रदान गरेको हो।

केन्द्रिय मन्त्री रिजिजु पुगे पैह्रो प्रभावित बिजनबारी-पुलबजारदार्जीलिङ पहाड़को पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रम...
08/10/2025

केन्द्रिय मन्त्री रिजिजु पुगे पैह्रो प्रभावित बिजनबारी-पुलबजार

दार्जीलिङ पहाड़को पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमणको क्रममा बुधवार केन्द्रीय मन्त्री किरण रिजिजु बिजनबारी-पुलबजार पुगे। उनका साथमा दार्जीलिङका भाजपा सांसद राजु बिष्ट अनि दार्जीलिङका विधायक निरज जिम्बा पनि थिए।
मन्त्रीले थानालाइनको छोटा रंगीत खोलाको क्षतिग्रस्त पुल, बिजनबारी क्षेत्रका बेहाल बनेका मुख्य मार्गहरूको जायजा लिए।
बिजनबारी कृषिप्रधान क्षेत्र रहेकाले यहाँका मानिसहरूको जीविका विशेषगरी कृषि, पशुपालन, दूध व्यवसायमाथि नै निर्भर रहेको छ, जसले गर्दा यहाँ पुल भत्किँदा, पैह्रोले सड़कहरू सोहोरिँदा यस क्षेत्रका मानिसहरूको जीविकोपार्जन नै प्रभावित हुने गर्दछ।
भ्रमणको क्रममा मन्त्री रिजिजुले केन्द्र सरकार दार्जीलिङका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिएको जनाउँदै चाँड़ोभन्दा चाँड़ो यहाँ सम्पर्क पुनर्स्थापना गरिइने बताए
यसैगरी सासद राजु बिष्टले आपदाको पहिलो दिनदेखि नै जमिनी स्तरमा रहेको तथा यो बिकाराल समस्याबाट माथि उठन सबैले पार्टीभन्दा माथि उठेर कार्य गर्नुपर्ने बताउदै केन्द्र राज्य तथा क्षेत्रीय स्तरमा सबै अघि आउनुपर्ने अनुरोध गरे। यद्यपि आपदाको ठुलो जिम्मेवारी राज्य सरकार भएको तथा केन्द्रबाट आपदाको निम्ति बजेट आइसकेको भए पनि राज्यले पहाडलाई कुनै ठोस काम नगरेको आरोप उनले लगाए। यसैगरी राज्यको मुख्यमन्त्रीले एक कडोरमै पहाडको राहत प्याकेजलाई सकेको गम्भीरता आरोप बिष्टले लगाए। यसको साथमा आपदा विभाग कुनैपनी समयमा अलर्ट रहनुपर्ने विभाग भएको भए पनि आपदा आइपरेपछी मात्रै सक्रिय रहनु अत्यन्तै दु:खद रहेको बिष्टले थप बताए भने प्रधानमन्त्रीले नै केन्द्रिय मन्त्री किरन रिजिजुलाई स्थलगत भम्रण गर्न पठाएकोले पहाडवासीहरु चाडै राहतको घोषण पाउने आश्वासन समेत उनले दिए।

08/10/2025

पहिरो ग्रस्त क्षेत्रको भ्रमण गर्दै दार्जिलिङ सांसद राजु बिष्ट केन्द्रीय मन्त्री किरण रिजेजु अनि दार्जिलिङ विधायक निरज जिम्बा पुलबजार पहिरो पिडित परिवार अनि क्षेत्रमा भ्रमण गर्दै सकेसम्म चाँडोभन्दा चाँडो सहयोग गर्ने वाचा गर्दै आज एक भ्रमण कार्यक्रम सम्पन्न गरे। उक्त भ्रमणको क्रममा बिष्टले पत्रकार सम्मेलन गर्दै के भने त सुनौ।

08/10/2025

पहिरो पीडित परिवार अनि पहिरोग्रस्त क्षेत्र दार्जिलिङ पुल बजार खण्ड अन्तर्गत पुलबजार परिसरमा केन्द्रीय मन्त्री किरण रिजिजु भ्रमणको क्रममा मिडिया स सामू सम्बोधन गर्दै के भने त सुनौ

Address

Bijanbari Bazar
KAIJALYA,KOLBONG,GOKE,REELING,SUMBUCK,LODHOMA,REMBICK,CHUNGTONG,

Alerts

Be the first to know and let us send you an email when बिजनबारी प्रतिदिन /BIJANBARI PRATIDIN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बिजनबारी प्रतिदिन /BIJANBARI PRATIDIN:

Share