05/09/2026
मोर्चाद्वारा पश्चिम बङ्गाल सरकारका राज्य मन्त्री आनन्दमय बर्मनलाई बुझाए ज्ञापन
५ सेप्टेम्बर २०२६ सिलगढी: गोर्खा जनमुक्ति मोर्चा, सिलगडी–तराई तथा डुवर्सको संयुक्त पहलमा मतिगडा–नक्सलबाडी विधानसभा क्षेत्रका विधायक तथा पश्चिम बङ्गाल सरकारका राज्य मन्त्री आनन्दमय बर्मनलाई एक महत्वपूर्ण ज्ञापनपत्र बुझाइएको छ।
उक्त ज्ञापनपत्रमार्फत सिलगडी–तराई तथा डुवर्स क्षेत्रमा रहेका ३९६ वटा गोर्खा बाहुल्य मौजाहरूलाई समावेश गरी मात्र गोर्खाहरूको दीर्घकालीन एवं स्थायी संवैधानिक राजनीतिक समाधान गरिनुपर्ने माग स्पष्ट रूपमा राखिएको छ।
गोर्खा समुदायको पहिचान, अधिकार, अस्तित्व र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको यस महत्वपूर्ण विषयमा ३९६ गोर्खा बाहुल्य मौजाहरूलाई समेटेर गरिने संवैधानिक समाधान नै न्यायोचित, स्थायी र स्वीकार्य समाधान हुनुपर्ने हाम्रो स्पष्ट धारणा रहेको छ।
यस विषयमा सम्बन्धित निकाय तथा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, गोर्खा समुदायको दीर्घकालीन हित र आकांक्षालाई सम्बोधन गर्ने दिशामा सकारात्मक पहलका लागि आग्रह गरिएको छ।