Bijanbari News

Bijanbari News Bijanbari News is the online news channel , it covers fast and facts news .

29/12/2025

सुवास घिसिङ स्मृति पार्कमा सरसफाइ तथा वृक्षरोपण अभियान सम्पन्न।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङ तथा उहाँकी धर्मपत्नी धनकुमारी सुब्बा (घिसिङ) को मिरिकस्थित मञ्जुश्री पार्कमा समाधी निर्माण भएपछि, उक्त स्थलको संरक्षण र सम्बर्द्धनका लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीद्वारा ‘सुवास घिसिङ स्मृति पार्क संरक्षण समिति’ गठन गरिएको छ।
समिति गठन पश्चात् दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रहेका विभिन्न समष्टिहरूले धारावाहिक रूपमा सरसफाइ अभियान, वृक्षरोपण तथा फलफूलका बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिँदै आएका छन्। यस अभियानको उद्देश्य सुवास घिसिङ स्मृति पार्कलाई स्वच्छ, हरियालीयुक्त तथा ऐतिहासिक धरोहरका रूपमा संरक्षण गर्नु रहेको जनाइएको छ।
यसैक्रममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टिका अध्यक्ष अशोक बराइलीको नेतृत्वमा हिजो सुके मानेभञ्ज्याङ समष्टि, पोख्रेबुङ–चामुङ समष्टि तथा नागरी धजिया समष्टिको संयुक्त आयोजनामा समाधी स्थलमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा सरसफाइ तथा वृक्षरोपणको कार्य पनि सफलतापूर्वक सम्पन्न गरिएको पोख्रेबुङ–चामुङ समष्टिका अध्यक्ष निगम कार्कीले जानकारी दिएका छन्।अध्यक्ष कार्कीले थप जानकारी दिँदै भन्नुभयो कि, “गोर्खा जातिको निम्ति संवैधानिक व्यवस्था लागू नहुँदासम्म सुवास घिसिङ स्मृति पार्कको संरक्षण कार्यलाई निरन्तरता दिइनेछ।” उनले जनाए अनुसार अनुसार सुवास घिसिङ स्मृति पार्क गोर्खा समुदायको साझा धरोहर हो, जसको संरक्षण गर्नु सबैको जिम्मेवारी हो।
अन्त्यमा अध्यक्ष निगम कार्कीले सम्पूर्ण गोर्खा समाजलाई एकजुट भई सुवास घिसिङ स्मृति पार्कको संरक्षण र सम्बर्द्धनमा सक्रिय सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रेस विज्ञप्ति28 दिसम्बर 2025"बिमल झावरले जुस पिलाएर आयुष अधिकारीलाई भोक हडतालबाट उठाए"।"भाजपालाई हामीले गोर्खाल्याण्डक...
28/12/2025

प्रेस विज्ञप्ति
28 दिसम्बर 2025
"बिमल झावरले जुस पिलाएर आयुष अधिकारीलाई भोक हडतालबाट उठाए"।
"भाजपालाई हामीले गोर्खाल्याण्डको लागि समर्थन गरेका हौं तर भाजपाले हाम्रो भावनासंग खेलवाड गर्दैछ:गोपाल परियार
आयुष अधिकारीलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावरले जुस पिलाएर मौन भोक हडतालमा उठाए।गत 25 दिसम्बर 2025 को दिनदेखि आयुष अधिकारी सिलगढीको मिलन मोडमा 72 घण्टाको मौन भोक हडतालमा बसेका थिए।आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावरले आयुष अधिकारीलाई जुस पिलाएर मौन भोक हडतालबाट उठाए।अलग राज्य गोर्खाल्याण्ड तथा गोर्खा समुदायको 11 जात गोष्ठीको मुद्दामाथि केन्द्र भाजपा सरकार तथा दार्जीलिङको सांसद राजु विष्टको ध्यान आकर्षण गर्न 72 घण्टाको मौन भोक हडतालमा बसेका थिए।यस अवधि आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावर संग सभासद प्रतिम सुब्बा,सन्नी बम्जन तामाङ, मन्दीप लामा,राजु सुब्बा,गोपाल परियार आदि सामेल थिए।यस अवधि पत्रकारहरूसंगको कुराकानीमा आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य तथा दार्जीलिङ नगरपार्षद गोपाल परियारले भारतीय जनता पार्टीले हाम्रो भावनासंग खेलवाड गरेको बताए।गत 2009 को लोकसभा चुनावदेखि हामीले भारतीय जनता पार्टीलाई निरन्तर रूपमा समर्थन गर्दै सांसद दिँदै आइरहेका छौ।गत 2009 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीको सरकार गठन हुन सकेन ठिकै छ तर 2014,2019 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीले आफ्नो क्षमतामा सरकार गठन गरेको थियो तर त्यस्तो अवस्थामा पनि भारतीय जनता पार्टीले गोर्खाहरूको दीर्धकालिन मांग अलग राज्य गोर्खाल्याण्ड गठन गरी दिएनन्।गत 2009 देखि 2024 सम्म लोकसभा चुनावमा हामीले भारतीय जनता पार्टीलाई समर्थन जनाउदै सांसद दिँदै आएको हो।हामीले भारतीय जनता पार्टीलाई समर्थन गरेर सांसद दिनुको मुख्यकारण नै अलग राज्य गोर्खाल्याण्डको गठन हो।गोर्खाल्याण्ड बाहेक हाम्रो अन्य कुनै मुद्दानै छैन।बंगालदेखि अलग छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति नै हामीले भारतीय जनता पार्टीलाई समर्थन गर्दै सासंद दिएका हौ। पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्डको गठन हुन पर्छ भन्ने हाम्रो मांग हो।गत 2014 र 2019 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीले आफ्नो क्षमतामा सरकार गठन गरेको थियो तर त्यस्तो अवस्थामा पनि भारतीय जनता पार्टीले हाम्रो मांग पुरा गरि दिएनन् 2024 को लोकसभा चूनावपछि केन्द्रमा गठबन्धनको सरकार गठन भएको छ।भाजपाले आफ्नो पूर्ण बहुमतमा सरकार गठन गरेको छैन।भारतीय जनता पार्टीले हामीलाई अलग राज्य गोर्खाल्याण्डको गठन गरिदिन्छु भनेर बचन दिएका थिए तर भाजपाले त्यो बचन पुरा गरेको छैन।भाजपाले हामीलाई धोका दिए,हाम्रो जातिको भावनासंग खेलवाड गरेको छ।पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्ड गठनको सपना हामीलाई भारतीय जनता पार्टीले देखाएका थिए अनि अलग राज्य गोर्खाल्याण्डको मुद्दामाथि भारतीय जनता पार्टी तथा केन्द्र सरकारले चर्चा गर्न पर्छ भनेर आयुष अधिकारी सिलगढीको मिलन मोडमा मौनता भोक हडतालमा बसेको हो।गत दिन सम्पन्न भएको संसदको शीतकालिन सत्रमा दार्जीलिङको सांसद राजु विष्टले अलग राज्य गोर्खाल्याण्डको नीजि बिल समेत ल्याउन सकेनन्।संसदमा यता उता बोलेर नै उनले समय बिताई दिए।संसदमा राजु विष्ट बोल्छ एकातिर तर काम हुन्छ अर्कोतिर।सांसद राजु विष्ट संसदमा दशपल्ट बोल्छ तर उसले बोलेको सरकारले पत्तो नै दिएको छैन।बोल्नु एउटा विषय हो तर बोलेको विषयलाई कार्य रूपमा परिणत गर्न अर्को विषय हो तर सांसद राजु विष्टले बोलेको सरकारले पत्तो समेत दिएको छैन।सांसद राजु विष्टले संसदमा पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्ड गठन हुन पर्छ भन्न डराउँछ,गोर्खाल्याण्ड को बारेमा बोल्न सांसद राजु विष्टको आँट छैन।सांसद मा गोर्खाल्याण्ड शब्दको उच्चारण गर्ने क्षमता समेत छैन।राजु विष्टलाई गोर्खा जातिको मुद्दासंग सरोकार छैन,उनी यहाँ व्यापार गर्न आएको हो,उसलाई गोर्खा जातिको मुद्दासंग सरोकार छैन साथै भारतीय जनता पार्टीलाई पनि गोर्खाहरूको मुद्दासंग कुनै सरोकार छैन। गत दिन सम्पन्न भएको संसदको शीतकालिन सत्रमा गोर्खाहरूले न्याय पाएनन्।भाजपाले गोर्खाहरूलाई धोका दियो भनेरनै आयुष अधिकारी मौन भोक हडतालमा बसेको हो।हामी यहाँ आयुष अधिकारीको मनोबल बडाउन आएका हौ।आयुष अधिकारी अलग राज्य गोर्खाल्याण्डको खाँटी समर्थक हो,हाम्रो लक्ष्य बंगालदेखि अलग राज्यको गठन हो।पहाड तराई डुवर्स हाम्रो हो अनि हाम्रो क्षेत्रमा हामी आफै शासन गर्न चाहन्छौ,बंगालले पहाड तराई डुवर्समा शासन गरेको हामी चाहदैनौ।केन्द्र सरकारले पहाड तराई डुवर्सको समस्यालाई केलाउन इन्टरलोक्युटरको नियुक्ति गरेको छ तर यो हावा मिठाई मात्र हो तर पनि इन्टरलोक्युटर को विषयलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्ट हाम्रो पार्टीले स्वागत जनाई सकेको छ तर इन्टरलोक्युटरले के गर्छ के गर्दैन त्यो भविष्यको विषय हो तर 2014 र 2019 मा केन्द्रमा भाजपाले आफ्नो क्षमतामा सरकार गठन गरेका थिए,त्यति बेला त अलग राज्य गोर्खाल्याण्डको गठन गरेनन् भने अब केही हुन्छ भन्ने आशा साँच्नु कम्ति नै हुन्छ तर पनि हामीले इन्टरलोक्युटरलाई स्वागत जनाएका छौ गोपाल परियारले बताए।
गोपाल परियार
केन्द्रीय कार्यकारिणी सदस्य
इण्डियन गोर्खा जन शक्ति फ्रण्ट
केन्द्रीय कार्यालय
दार्जीलिङ

28/12/2025

रङ्गीत मझुवा व्यपारी सङ्गठनद्वारा सफाई अभियान।।।

28/12/2025

आगामी 29 डिसेम्बरदेखि 30 डिसेम्बर 2025 को दिनसम्म रेलिङ रोडलाई थप दुई दिन बन्द राखिने।।।

गजलकार मिलन बान्तवालाई पहिलो रामप्रकाश राई स्मृति लालिमा पुरस्कार प्रदान गरिनेदार्जिलिङका कवि तथा गजलकार मिलन बान्तवालाई...
28/12/2025

गजलकार मिलन बान्तवालाई पहिलो रामप्रकाश राई स्मृति लालिमा पुरस्कार प्रदान गरिने

दार्जिलिङका कवि तथा गजलकार मिलन बान्तवालाई पहिलो रामप्रकाश राई स्मृति लालिमा पुरस्कार प्रदान गरिने भएको छ। उक्त पुरस्कार साहित्यिक संस्था लालिमा परिवार, अलगढाद्वारा प्रदान गरिनेछ।
लालिमा परिवार नेपाली गजल विधालाई केन्द्रमा राखी नेपाली साहित्यको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा सक्रिय संस्था हो। यसै क्रममा गजल लेखन तथा गजल क्षेत्रमा निरन्तर सक्रिय रही उल्लेखनीय योगदान पुर्‍याउँदै आएका गजलकारहरूलाई संस्थाले सम्मान गर्दै आएको छ। गत वर्षसम्म ‘लालिमा सम्मान’ प्रदान गर्दै आएको संस्थाले यस वर्षदेखि रामप्रकाश राई स्मृति लालिमा पुरस्कार आरम्भ गरेको हो।
उक्त पुरस्कार लालिमा परिवारद्वारा प्रकाशित गजलप्रधान पत्रिका “लालिमा” को दसौँ अङ्कको विमोचन समारोहका अवसरमा आगामी जनवरी महिनामा लालिमा घर, पूर्व पैयुङमा प्रदान गरिनेछ। “लालिमा” पत्रिकाको दसौँ अङ्क, जिल्ला प्राथमिक पाठशाला परिषद्, कालेबुङका अध्यक्ष सान्डुप लामाको आर्थिक सहयोगमा प्रकाशित हुनेछ। पुरस्कार कालेबुङका लोकप्रिय नाटककार अरुणप्रकाश राईले आफ्ना स्व पिता रामप्रकाश राईको स्मृतिमा प्रदान गरेका हुन्। पुरस्कार प्रापक गजलकार मिलन बान्तवा प्रखर कवि तथा गजलकारका रूपमा परिचित छन्। उनले नेपाली साहित्यलाई दुईवटा कविता सङ्ग्रह, “म गाउँमा गाउँ खोज्दैछु” अनि “गाउँ र शहर” साथै दुईवटा गजल सङ्ग्रह, “मनचरी” र “हारहरू छन् र म जिउँदो छु” प्रदान गरिसकेका छन्।

यस अतिरिक्त उनले साहित्य अकादमी, नयाँ दिल्लीको संयोजनमा प्रकाशित “भारतीय नेपाली गजल” शीर्षकको गजल सङ्कलन र सम्पादन पनि गरिसकेका छन् भने बान्तवाका केही गजलहरू लोकप्रिय गायकहरूद्वारा गाइएका पनि छन् । उनलेे नेपाली गजल लेखनको विकास र विस्तारमा पुर्‍याउनुभएको अतुलनीय योगदानको सम्मान र सम्झ्ना गर्दै लालिमा परिवारले उनलाई यस स्मृति पुरस्कारद्वारा सम्मान गर्न लागेकोसाथै उक्त कार्यक्रममा सबै साहित्यप्रेमीहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन खुला निमन्त्रणा गरिएको लालिमा परिवारका सचिव अरुण साम्पाङले जानकारी दिएका छन्।

28/12/2025

हिज स्थानीय निम्की डाडा दार्जिलिङमा गोर्खा जनमुक्ती मोर्चा अध्यक्ष बिमल गुरुङको वाहनलाई (उत्तर बङ्गाल राज्य परिवहन निगम) स्टेट बसले अचानक पछाडि बाट धक्का दिएको थियो जसमा धक्का लागेको गाडीको निकै क्षति भएको थियो अनि लगभक गाड़ी बनाउन ५०/६० हजारको खर्च लागने भएको थियो। तर आज त्यस स्टेट बसका चालक बिमल गुरुङ समक्ष आएर आफ्नो गल्ती स्विकार्दै उक्त घटना अनजानमा भएको बताउदै माफी मागेका छन् र मोर्चा अध्यक्षले पनि आफ्नो वाहनको खति भएको क्षतिपूर्ति समेत पर्वाह नगरी माफी दिएका छन् । अनि भने कि म पनि एउटा ड्राइवर थिए यसै कारण मात्र तिमी लाई माफ गरेको हो, गुरूङले भने।

वाक प्रतियोगितामा सञ्जना राईको उत्कृष्ट प्रदर्शन गत केही महिना अघिदेखि गोर्खा सहयात्री संघ इजरायलको मुख्य आयोजनामा चलिरह...
28/12/2025

वाक प्रतियोगितामा सञ्जना राईको उत्कृष्ट प्रदर्शन

गत केही महिना अघिदेखि गोर्खा सहयात्री संघ इजरायलको मुख्य आयोजनामा चलिरहेको अनलाईन वाक प्रतियोगितामा दार्जिलिङ पुलबजार खण्डको मझुवा ग्राम पञ्चायत अधिनस्त लङ्गुदाङकी छोरी सञ्जना राई फाइनल चरणसम्म पुग्न सफल भएकी छन। यति ठुलो अनि कठिन प्रतियोगितामा नवाैँ स्थान प्राप्त गर्न सफल भएकी छन उनी हाल बिजनबारी महाविद्यलायमा अध्ययनरत छिन।।।

हार्दिक बधाई

27/12/2025

सर्वेपछि बाटो निर्माणको प्रतिक्षामा गाउँलेहरू।

27/12/2025

पाखा गाउँमा हाम्रो गाउँ , हाम्रो समाधान "( आपास) कार्यको आधार शिला राखियो ।।।

27/12/2025

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा लेबोङ भेल्ली समष्टिलाई सांङ्ठनिक बिस्तार गर्दै दुई भागमा विभाजन गर्ने निर्णय गर्दै समष्टिले नयाँ पदाधिकारीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेका छन् ।पार्टी अध्यक्ष मान घिसिङको निर्देशन अनुसार दिनाङ्क २६ डिसेम्बर २०२५ का दिन सम्पन्न भएको बैठकले लेबोङ भेल्ली समष्टिलाई लेबोङ–बदामताम समष्टि र पान्दाम–फुब्त्सेरिङ समष्टि गरी दुई भागमा विभाजन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

27/12/2025

गोरामुमो तकलिङ्ग पेशोक समष्टि अध्यक्ष पदमा छिरिङ तामाङ चयन ।

गोरामुमो लेबोङ-बदामताम समष्टिको अध्यक्ष पदमा गणेश ससांकर चयन ।गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा लेबोङ भेल्ली समष्टिला...
27/12/2025

गोरामुमो लेबोङ-बदामताम समष्टिको अध्यक्ष पदमा गणेश ससांकर चयन ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा लेबोङ भेल्ली समष्टिलाई सांङ्ठनिक बिस्तार गर्दै दुई भागमा विभाजन गर्ने निर्णय गर्दै समष्टिले नयाँ पदाधिकारीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेका छन् । पार्टी अध्यक्ष मान घिसिङको निर्देशन अनुसार दिनाङ्क २६ डिसेम्बर २०२५ का दिन सम्पन्न भएको बैठकले लेबोङ भेल्ली समष्टिलाई लेबोङ–बदामताम समष्टि र पान्दाम–फुब्त्सेरिङ समष्टि गरी दुई भागमा विभाजन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैठकमा यस विषयमा विस्तृत छलफल पश्चात हाल कायम रहेको समितिलाई यथावत् राख्दै रिक्त रहेका पदहरू भर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरियो। सोही निर्णयअनुसार विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरूको नाम अनुमोदन गरिएको छ।
लेबोङ-बदामताम समष्टको अनुमोदित पदाधिकारीहरूमा
प्रमुख सल्लाहकारमा जीवन तामाङ,अध्यक्ष पदमा गणेश ससांकर,उपाध्यक्षमा मनीष तामाङ र रमेश गुरुङ,महासचिव प्रणय नेवाङ ,सहसचिवमा मोहन तामाङ,कोषाध्यक्षमा आर. के. गुरुङ र प्रणय राई,प्रचार प्रसार प्रमुखमा रामकुमार गुरुङ रहेका छन्। त्यसैगरी,शाखा सदस्यहरू अमृत तामाङ र कमल दास राई, युवा संयोजकहरू अभिमन्यु सुब्बा, प्रबल प्रधान र साजन तामाङ रहेका छन्। कार्यकारिणी सदस्यहरू रोहित राई, तुलसी प्रधान, सुबोध राई, धरम गुरुङ, आदित्य माझी, सचिन राई, महेन्द्र सुब्बा लगायत अन्य सदस्यहरू रहेका छन्।उक्त प्रस्ताव बैठकमा उपस्थित सबै सदस्यहरूको सर्वसम्मत समर्थनका साथ पारित गरिएको जानकारी दिइएको छ। पार्टी सङ्गठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले लिइएको यस निर्णयले स्थानीय स्तरमा सङ्गठनात्मक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।

Address

Bijanbari Bazar
734201

Telephone

+917001846964

Website

Alerts

Be the first to know and let us send you an email when Bijanbari News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijanbari News:

Share