21/08/2025
भाषा मान्यता दिवस साथै पुरस्कार अलङ्लकरण समारोह सम्पन्न-
हन्टुपाडा,२० अगस्त- मदारीहाट खण्डको हन्टुपाडा चिया कमानमा ३३औँ भाषा मान्यता तथा तेस्रो कृष्णभक्त स्मृति पुरस्कार-२५ भव्यताको साथ सम्पन्न भयो। डुवर्स नेपाली साहित्य सभा तथा डुवर्स अभियान समूह हन्टुपाडाको मुख्य आयोजना तथा हन्टुपाडा नेपाली प्राथमिक विद्यालयको सह आयोजनामा सम्पन्न भएको कार्यक्रमलाई दुई सत्रमा भाग गरिएको थियो। कार्यक्रमको अध्यक्षता डुनेसासका अध्यक्ष श्री देवेन विश्वकर्माले गर्नु भएको थियो। उमेश प्रधानले स्वागत वक्तव्य राखेको कार्यक्रमलाई डुवर्स नेपाली साहित्य सभाका मूलसचिव किरण उपाध्याय तथा कार्यकारी अध्यक्ष उमेश प्रधानले गरेका थिए। नेपाली भाषा आन्दोलन र इतिहासबारे उत्तर बंगाल विश्वविद्यालयका शोधार्थी शिभम शर्मा खरेलले संक्षिप्त विवरण राखेका थिए भने डुवर्नेस नेपाली साहित्य सभाले वर्षेणी प्रदान गर्ने कृष्णभक्त खडका स्मृति पुरस्कार यसपाली भारतेली नेपाली साहित्यका समकालिन साहित्याकार श्री अबीर खालिङलाई अर्पण गरियो। उनलाई खदामाला, ढाका टोपी साथै दोसल्ला ओडाएर पुरस्कार राशि, मेमेन्टो र सम्बर्धना पत्रद्वारा मुख्य अतिथि साथै विशिष्ट अतिथिहरुको बाहुलीबाट सम्मान जनाइयो। स्व कृष्णभक्त खडकाको परिचय दिलीप शर्मा घिमिरेले राखेका थिए भने साहित्याकार अबीर खालिङको परिचय पत्र डुनेसासका कोषाध्यक्ष सबीन थापाले पठन गरेका थिए। समाजसेवी ध्रुव कुमार आलेले सम्बर्धना पत्र पठन गरे पश्चात स्व कृष्णभक्त खडकाको परिवारबाट समालोचक रुपेश शर्माले आफ्नो विचार राखेका थिए। डा. कृष्घणराज घतानीले विस्नतृतरुपमा नेपाली भाषाको इतिहास र प्रयोगबारे सम्भाषण गर्नु भएको थियो। पंचायत समिति सभापति सुश्री आशा एस बम्जन, समाजसेवी जुगेश राई, डुनेसाबिस मूलसचिव रबिन खवास तथा हन्टुपाडा ग्राम पंचायत प्रधान अञ्जु लोप्चनले आ आफ्नो सम्भाषण राखेको कार्यक्रममा कवि सुदर्शन तामङ, अभिषेक दर्नाल, अभय मंघर आदिले कविता प्रस्तुत गरेका थिए। ज्ञात रहोस् अबीर खालिङकृत कविता कृति "डुवर्स क्लिपिङ्ग्स" को निम्ति उनलाई यो पुरस्कार अर्पण गरिएको जानकारी डुनेसासका मूलसचिव किरण उपाध्यायले दिएका छन्। कविता पाठ, गीत, नृत्य आदि समावेश रहेको उक्त कार्यक्रमको पछिल्लो सत्रमा साँस्कृतिक कार्यक्रम रहेको थियो जसको संचालन ध्रुव कुमार आलेले गरेका थिए। सृजनशील समुह, नेपाली साहित्य प्रतिष्ठान, दुम्सीपाडा नव जागृति संघ, हेल्पिङ हेण्ड दुम्सीपाडा,भानुभक्त सांस्कृतिक संघ मदारीहाट पी एस कमिटी आदि संघ संस्थाहरुका पदाधिकारीहरु, देवकोटा नेपाली हाइ स्कुल लगायत मदारीहाट खण्डका विभिन्न नेपाली, हिन्दी प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाहरु साथै अवकाशप्राप्त मौसम वैज्ञानिक श्री तुलसीराम कार्की, डुनेसास अध्यक्ष श्री देवेन विश्वकर्मा, साहित्याकार आश बहादुर सुब्बा, सागर राई देवानआदिको गरिमामय र बाक्लो उपस्थितिबीच कार्यक्रम भव्यताको साथ समापन भएको थियो।
कार्यक्रममा उपस्थिति दिने सबै आदरणीय अतिथिगण, सङ्घ संस्थाका पदाधिकारीहरु,विभिन्न स्कुलबाट आउनु भएका आदरणीय शिक्षक शिक्षिकागण, कवि, लेखक साहित्याकारहरु लगायत भाषाप्रेमी, साहित्यप्रेमी, जातिप्रेमीहरुमा कार्यक्रम आयोजक समिति हार्दिक आभार प्रकट गर्दछ। कार्यक्रमलाई सफलीभुत पार्न सुरुदेखि अन्तसम्म लागिपरेका डुवर्स आभियान समुहका सबै कर्मठसदस्यहरुमा डुनेसास कृतज्ञता प्रकट गर्छ। कार्यक्रमको निम्ति आर्थिक सहयोगको साथसाथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै सबैमा डुनेसास परिवार हार्दिक आभार प्रकट गर्दछ। उत्तर बंगाल विश्वविद्यालयका प्रा. डा.कृष्णराज घतानी, मदारीहाट पंचायत समिति सभापति सुश्री आशा एस बम्जन महोदया, डुनेसाविस मूलसचिव श्री रबीन खवास, आदरणीय दाजु रुपेश शर्मा, पुरस्कार प्रापक आदरणीय साहित्याकार अबीर खालिङ सर, समाजसेवी जुगेश राई, डुनेसास अध्यक्ष श्री देवेन कुमार विश्वकर्मा,,शिक्षक सबीन थापा, डुनेसास पुर्व अध्यक्ष दिलीप शर्मा घिमिरे, श्री ध्रुव कुमार आले र अभियान समूह टोली, मिडियाका साथीहरु र शिभम खरेल भाईप्रति डुनेसास विशेष आभार प्रकट गर्दछ।
समग्रमा हन्टुपाडावासीहरु लगायत डुनेसासका सबै परिवारमा एवम् सम्बोधनमा छोडिएका सबै सबैलाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद भन्न चाहन्छौँ।
किरण उपाध्याय उमेश प्रधान
मूलसचिव कार्यकारी अध्यक्ष