The Times Dooars - News

The Times Dooars - News Live Updating
(1)

  | पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कोलकाता मा विशेष मतदाता नामावली पुनरीक्षण ( ) विरुद्ध विशाल विरोध प्रदर्शन...
04/11/2025

| पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कोलकाता मा विशेष मतदाता नामावली पुनरीक्षण ( ) विरुद्ध विशाल विरोध प्रदर्शनको नेतृत्व गरिन्। उनले आरोप लगाइन् कि भाजपा र द्वारा “शान्त र अदृश्य धाँधली” भइरहेको छ।

04/11/2025

कालचिनी क्षेत्रमा स्थायी पुल निर्माणको शुभारम्भ

कालचिनी अञ्चलको अच्छापाडा चिया बगान क्षेत्रमा गएको २२ जुन २०२५ मा पानीको तीव्र बहावका कारण एक स्थानीय बासिन्दाको दुखद मृत्यु भएको घटनाले सम्पूर्ण क्षेत्रमा भय र चिन्ताको वातावरण सिर्जना गरेको थियो।

हरेक वर्ष वर्षा याममा पुलको अभावले यहाँका बासिन्दाहरूलाई आवतजावतमा निकै कठिनाइ भोग्नुपर्थ्यो।

आज सोही स्थानमा सांसद श्री मनोज टिग्गाले सांसद कोषबाट एक स्थायी पुल निर्माण कार्यको शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको छ।
आजको यस कार्यक्रममा कालचिनीका विधायक विशाल लामा पनि उपस्थिति रहेका थिए।

यो पुलले न केवल यहाँका जनताको आवतजावत सहज बनाउनेछ, तर स्थानीयको सुरक्षा र दैनिकीमा नयाँ आशा र भरोसा पनि जगाउनेछ।

03/11/2025

ELEPHANT TERROR : मदारीहाटमा हात्तीको उपद्रो र आतंक रोकिने नामै छैन। गत राति पनि मदारीहाटको मेघनाथ साहा नगरमा मनोज शर्माको सुपारी बगानलाई तहस नहस गरिदिएको छ।

03/11/2025

इंडियन गोर्खा जनशक्ति फ्रन्ट (IGJF) ले दार्जिलिङ मोड र अन्य गोर्खा धरोहरहरूलाई जीटीए सभामा पारित नगरी तथा पारदर्शिता बिना लिजमा दिएको आरोप लगाउँदै जीटीए पर्यटन विभाग र सरकारसँग तत्काल स्पष्टिकरण माग गरेको छ।

03/11/2025

पानीघट्टा पुलिसको सक्रियतामा तीन मनचला युवकहरुलाई हिजो पक्राउ गरिएको छ ।
मदिरा सेवन गरि द्रुतगतिमा दुधे अस्थायी पुल नजिक बाईक चलाउँदा स्थानिय द्वारा बाईक अलिक बिस्तारै चलाउन भन्दा उल्टो गाली गर्दै झगडा गरेपछि स्थानीय एक पत्रकारले तिनीहरुको करतुत कैमरामा कैद गरि सामाजिक संजालमा हाली दिए ।
उक्त खबर पानीघट्टा पुलिसले पाउन साथ तत्काल हरकतमा आई ती युवकहरुलाई गकुल लज नजिक पक्राउ गरे।
पक्राउ परेका युवकहरु मतिगडा निवासी हुन् अनि सबै युवकहरु २२ देखि २३ बर्षका हुन् ।
आज बिहान लगभग १० बजे सबैलाई मिरिक कोर्ट चलान गरिदिएका छन् ।
पानीघट्टा पुलिस पोष्टका अफिसर अनामुल हुसेनले सबैसँग अपिल गर्दै यसप्रकारको हरकत कसैले पनि नगरिदिने भनेका छन् । हाम्रो क्षेत्र एउटा पर्यटकिय क्षेत्र भएका कारण धेरै पर्यटकहरु टाडा टाडाबाट घुम्न आँउछन् त्यसैले राम्रो सँग घुम्नु होस् कसैलाई असुबिधा नपारिदिनु होस् बरु तपाईहरुलाई कुनै सहयोग चाहिए हामीलाई सम्झनु होस् पुलिस सदैव तपाईहरुको साथमा हुनेछ ।

India Vs South Africa - भारतीय महिला टिमको ऐतिहासिक जित🏆 Champions ~ 🇮🇳 India lifts ICC Women’s Cricket World Cup 2025 🔥...
02/11/2025

India Vs South Africa - भारतीय महिला टिमको ऐतिहासिक जित🏆 Champions ~ 🇮🇳 India lifts ICC Women’s Cricket World Cup 2025 🔥
| | | |

02/11/2025

45 Bangladeshis arrested now.

02/11/2025

❄️ Heavy Snowfall Transforms Sikkim into a Winter Wonderland! 🌨️
Nathula, Tsomgo Lake, and Lachung blanketed in snow — tourists flock to witness the magical white landscape. Authorities urge caution on slippery roads. 🏔️🚗✨

01/11/2025

मदारीहाट स्थित मध्य खयरबारी खरियापाडामा गत: राति हात्तीको उपद्रो उपद्रोमा थुप्रै धेरै सुपारीका गाछहरु नष्ट गरेका छ

प्रेस विज्ञप्तिविषय: गोर्खा मुद्दा विषय नियुक्त इन्टरलोक्युटरको अधिकार र जिम्मेवारीबारे ज्ञान द्वारा स्पष्टताको मागगोर्ख...
01/11/2025

प्रेस विज्ञप्ति
विषय: गोर्खा मुद्दा विषय नियुक्त इन्टरलोक्युटरको अधिकार र जिम्मेवारीबारे ज्ञान द्वारा स्पष्टताको माग

गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN) ले हालै गोर्खा विषयका लागि नियुक्त इन्टरलोक्युटर श्री पंकज कुमार सिंह, आइपीएस (सेवानिवृत्त) सम्बन्धमा स्पष्टीकरण माग्दै दार्जिलिङका राज्यसभाका सांसद माननीय श्री हर्षवर्धन श्रृंगला समक्ष औपचारिक पत्र पठाएको छ।
गोर्खा समुदायले केन्द्र सरकारद्वारा आफ्ना दीर्घकालीन राजनीतिक र संवैधानिक आकांक्षाहरू सम्बोधन गर्ने हरेक वास्तविक पहलको स्वागत गर्दछ। तथापि, यस नियुक्तिको प्रकृति र सीमा सम्बन्धी कुनै आधिकारिक सूचना वा सार्वजनिक विवरण प्रकाशित नभएकाले दार्जिलिङ र कालेबुङका जनतामा अन्योल र चिन्ता सिर्जना भएको छ।
22 अक्टोबर 2025 मा ज्ञानले दार्जिलिङका लोकसभा सांसद माननीय श्री राजु विष्टलाई पत्र लेखी गृहमन्त्रालयसँग यो नियुक्तिसम्बन्धी तथ्यपरक जानकारी मागेको थियो। तर हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएकाले संगठनले अहिले श्री श्रृंगला समक्ष स्पष्टता मागेको छ, किनभने उहाँले हालै उक्त इन्टरलोक्युटर सँग भेट गर्नुभएको र सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएको छ।
हालको पत्रमा ज्ञानले दार्जिलिङ र कालेबुङका जनतालाई सरोकार पर्ने दशवटा महत्त्वपूर्ण प्रश्नहरू उठाएको छ। तीमध्ये यस नियुक्तिको संवैधानिक र प्रशासनिक आधार के हो?, मध्यस्थको कार्यक्षेत्र र अधिकार कति छ?, प्रतिवेदन बुझाउने निकाय र समयसीमा के हो?, र के यसमा दीर्घकालीन गोर्खाल्याण्ड राज्यको मागलाई पनि समावेश गरिएको छ वा छैन? भन्ने प्रश्नहरू प्रमुख छन्। संगठनले यस प्रक्रियामा पश्चिम बंगाल सरकारको भूमिका र सम्पूर्ण कार्यवाहीमा पारदर्शिताको स्तरबारे पनि स्पष्टता मागेको छ।
ज्ञानलाई विश्वास छ गोर्खाहरूको राजनीतिक भविष्यसँग सम्बन्धित कुनै पनि प्रक्रिया पारदर्शी, समयबद्ध र समावेशी हुनुपर्छ। यसले वास्तविक गोर्खा प्रतिनिधिहरू, कानूनी विज्ञहरू, सामुदायिक नेतृत्वहरू, बुद्धिजीवीहरू र नागरिक समाजसँग अर्थपूर्ण परामर्श सुनिश्चित गर्नुपर्छ।
पुस्तौँदेखि गोर्खाहरूले आफ्ना लोकतान्त्रिक र संवैधानिक अधिकारहरू अहिंसात्मक र शान्तिपूर्ण माध्यमबाट अघि सारेका छन्। त्यसैले, यो प्रक्रिया केवल राजनीतिक औपचारिकता बन्नु हुँदैन। यसले गोर्खा जनताको गरिमा, पहिचान र भविष्यको रक्षा गर्दै भारतको संविधानभित्रै स्थायी राजनीतिक र संवैधानिक समाधानको दिशा तय गर्नुपर्नेछ।
गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN) सधैं सत्य, इमानदार र संवैधानिक आस्थासहित गोर्खा जनताको अधिकार र आकांक्षाको रक्षा गर्न प्रतिबद्ध छ।
- बिरेन्द्र रसाइली
(अधिवक्ता)
प्रमुख संयोजक
गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN)

01/11/2025

बीडीओलाई टेबलमा ठटाउँदै धम्की, मनोज़ तिग्गालाई ‘गुण्डा’ र ‘मस्तान’ भन्दै निशानामा घेरे प्रकास चिक बढाइकले

01/11/2025

Forest Team Successfully Conducts Elephant Relocation from Tukriyajhar to Bagdogra Range

In a remarkable wildlife management operation, a joint forest team successfully guided a herd of elephants from the Tukriyajhar Range to the Bagdogra Range to prevent overpopulation and ensure balanced habitat management in the region.

The extensive guiding operation covered challenging terrains — from dense forests and tea gardens to rivers, railway lines, the Asian Highway, and human habitation areas.

Led by Range Officer Mr. S. Soren (Tukriyajhar Range) and supported by teams from Bagdogra, Panighatta, Ghoshpukur, and the specialized Elephant Squad, the entire mission was completed efficiently without any distress to elephants or local residents.

This successful operation stands as a testament to the coordination, dedication, and expertise of the forest personnel working tirelessly to ensure harmonious coexistence between humans and wildlife in North Bengal.

Address

Birpara
735220

Telephone

+918116309977

Website

Alerts

Be the first to know and let us send you an email when The Times Dooars - News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share