Axomiya Gorkhali

Axomiya Gorkhali सत्य र निष्पक्ष समाचार ।

সত্য আৰু নিৰপক্ষ‍্য বাতৰি ।

08/09/2026

📌बेङतोल दुर्गापुरमा पाँचौँ वार्षिक तीज समारोह भव्य रूपमा सम्पन्न

👉गोर्खा महिला तीज समारोह समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम तथा तीजको उल्लास

👉चिराङ, ७ सेप्टेम्बर: चिराङ जिल्ला अन्तर्गत बेङतोल दुर्गापुरमा गोर्खा महिला तीज समारोह समितिको आयोजनामा तथा गोर्खा समाज विकास समिति एवं बेङतोल दुर्गापुर गोर्खा मनोरञ्जन क्लबको सहयोगमा पाँचौँ वार्षिक तीज समारोह भव्य रूपमा सम्पन्न भएको छ।

🛑गत ६ सेप्टेम्बर २०२६ का दिन बेङतोल मनोरञ्जन क्लबको प्राङ्गणमा सम्पन्न समारोहमा गोर्खा समुदायका महिला तथा पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तीज पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई संरक्षण गर्दै नयाँ पुस्तामाझ गोर्खा संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

🛑समारोहमा बीटीसीका पार्षद् नन्दलाल राणा मगर, अखिल असम गोर्खा छात्र संघ (AAGSU) बीटीसी क्षेत्रीय समितिका उपसभापति, चिराङ जिल्ला AAGSU का सभापतिलगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय महिला–पुरुषहरूको उपस्थिति रहेको थियो।

🛑कार्यक्रममा तीजका मौलिक गीत तथा नृत्य प्रस्तुत गरिनुका साथै सहभागी महिलाहरूले परम्परागत पहिरनमा तीजको सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले तीज पर्वले गोर्खा समाजमा महिला एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

🛑समारोहमा आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, अतिथि, कलाकार, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ।

— रिपोर्ट: AXOMIYA GORKHALI

07/09/2026

📌 किसान बजारमा चौथो वार्षिक तीज समारोह भव्य रूपमा सम्पन्न

👉नाच–गान, सांस्कृतिक प्रस्तुति तथा विभिन्न प्रतियोगितासहित तीज पर्व उल्लासमय वातावरणमा मनाइयो

👉किसान बजार, ६ सेप्टेम्बर २०२६।
किसान बजार अन्नपूर्ण कीर्तन समितिको आयोजनामा चौथो वार्षिक तीज समारोह किसान बजारअन्तर्गत भागवती भोलानाथ क्लबमा भव्य तथा हर्षोल्लासका साथ सम्पन्न भएको छ।

👉कार्यक्रममा बङ्गाईगाउँ जिल्ला AAGSU समितिका सभापति, असम गोर्खा सम्मेलन बङ्गाईगाउँ जिल्ला समितिका मूलसचिव, किसान बजार गोर्खा जनकल्याण समितिका सभापति तथा मूलसचिव लगायत विभिन्न सामाजिक तथा सामुदायिक समितिका नेतृत्वगणको उपस्थिति रहेको थियो।

👉तीज समारोहमा महिला समितिका सम्पूर्ण सदस्यहरूका साथै स्थानीय गाउँवासी तथा जनमानसको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमस्थलमा तीजको मौलिक संस्कृति झल्काउने नाच–गान, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताहरू आयोजना गरिएका थिए।

👉महिला दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता र स्थानीयवासीको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो। तीज पर्वको माध्यमबाट सामाजिक एकता, आपसी सद्भाव तथा नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने सन्देशसमेत कार्यक्रमले दिएको आयोजक पक्षले जनाएको छ।

👉विभिन्न सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताका बीच सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। अन्ततः चौथो वार्षिक तीज समारोह अत्यन्त हर्ष, उल्लास र भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

05/09/2026
🎉 हार्दिक बधाई तथा शुभकामना 🎉📌NEET परीक्षामा सफल भई AMCH College मा प्रवेश प्राप्त गर्न सफल हुनुभएकोमा देउसिरी निवासी शि...
04/09/2026

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉

📌NEET परीक्षामा सफल भई AMCH College मा प्रवेश प्राप्त गर्न सफल हुनुभएकोमा देउसिरी निवासी शिक्षक श्री केशव बराल तथा माता श्रीमती गायत्री बरालका सुपुत्र श्री पंकज बराललाई हार्दिक बधाई तथा धेरै–धेरै शुभकामना।

👉भाईको आगामी शैक्षिक यात्रा सफल, उज्ज्वल र उपलब्धिमूलक रहोस्।

👉भविष्यमा अझ ठूलो सफलता हासिल गर्दै परिवार, समाज र राष्ट्रको नाम उच्च राख्न सकोस l🙏🌹

📌 श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 👉भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमाAXOMIYA GORKHALI को तर्फबाट सम्पूर्...
04/09/2026

📌 श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना

👉भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा
AXOMIYA GORKHALI को तर्फबाट सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🌸🪷
जय श्री कृष्ण! 🦚🙏

— AXOMIYA GORKHALI परिवार

📌 जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना।
28/08/2026

📌 जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना।

📌 বঙাইগাঁও আৰক্ষীৰ বৃহৎ সাফল্য: SIM CARD জালিয়াতিত জড়িত ৩ চাইবাৰ অপৰাধী কৰায়ত্ত👉 SIM CARD জালিয়াতি চক্ৰৰে জড়িত  আহমে...
27/08/2026

📌 বঙাইগাঁও আৰক্ষীৰ বৃহৎ সাফল্য: SIM CARD জালিয়াতিত জড়িত ৩ চাইবাৰ অপৰাধী কৰায়ত্ত

👉 SIM CARD জালিয়াতি চক্ৰৰে জড়িত আহমেদ আলী, গিয়াছুদ্দিন আহমেদ, দ্বীপেন চন্দ্ৰ ৰায় কৰায়ত্ত

25/08/2026

📌मिति २३अगस्ट २०२६ को दिन किसान बजार अञ्चालिक समितिको उद्योकमा साथै बङगाईगाउँ टाउन आञ्चलिक को सहयोगमा "Child sefty awareness programme" किसान बजार अन्तर्गत भागवती भोलानाथ क्लबमा सम्पन्न हुन्छ।

👉 कार्यक्रम मा जिला समितिका सभापति/मूलसचिव साथै जिला समितिका विभिन्न पदाधिकारी गण साथै केन्द्रीय समिति का वित्त सचिव श्रीमान रिजु छेत्री ज्यूको उपस्थिति रहेको छ।

👉 साथै उक्त कार्यक्रममा Bongaigaon District child protection office बाट Resource Person Sri Rupjyoti Boruah ज्यूले बाल सुरक्षा, बाल संरक्षण स्वतन्त्रता तथा आजको समाजमा बाल-बालिकाले सामना गरिरहेका विभिन्न समस्याबारे महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।

👉 कार्यक्रममा व्यक्तिगत सुरक्षा(personal safety), डिजिटल सुरक्षा ( Digital safety) तथा घर र सडक सुरक्षा( Road and home safety)सम्बन्धी विषयमा उपस्थित बाल-बालिका तथा अभिभावकहरूलाई अवगत गराइएको छ।

📌 आजाद हिन्द फौज'का प्रथम गोर्खे शहीद मेजर दुर्गा मल्लको ८२औं बलिदानदिवसमा हार्दिक श्रद्धाञ्जली
25/08/2026

📌 आजाद हिन्द फौज'का प्रथम गोर्खे शहीद मेजर दुर्गा मल्लको ८२औं बलिदानदिवसमा हार्दिक श्रद्धाञ्जली

📌देशको उत्कृष्ट सेवा, अदम्य साहस र कुशल नेतृत्वको कदर गर्दै असमका वीर गोर्खाली नायब सूबेदार क्लर्क गोविन्द अधिकारीलाई मा...
22/08/2026

📌देशको उत्कृष्ट सेवा, अदम्य साहस र कुशल नेतृत्वको कदर गर्दै असमका वीर गोर्खाली नायब सूबेदार क्लर्क गोविन्द अधिकारीलाई माननीय राज्यपाल (Governor) ज्यूद्वारा प्रतिष्ठित 'रजत पदक' (Silver Medal) प्रदान गरिएको छ।

👉उहाँको यो ऐतिहासिक सफलताले सम्पूर्ण भारतीय गोर्खाली समाज र असमबासीको शिर उच्च बनाएको छ। एक सच्चा देशभक्तका रूपमा उहाँको कर्तव्यनिष्ठा हामी सबैको लागि प्रेरणाको स्रोत बनेको छ।

👉असमका वीर सपूत गोविन्द अधिकारी ज्यूलाई हार्दिक बधाई तथा आगामी उज्ज्वल भविष्यको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ! 💐🇮🇳🙏

Address

Bongaigaon
783375

Alerts

Be the first to know and let us send you an email when Axomiya Gorkhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Axomiya Gorkhali:

Shortcuts

Share