Chapur Khabar

Chapur Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chapur Khabar, News & Media Website, Chandrapur.

iPhone 13 white colourChapur chidyadah bata harako xaKasie Lae bheteko xa bhane dheki yo nmbr ma samaprka gardino hola98...
31/10/2023

iPhone 13 white colour
Chapur chidyadah bata harako xa
Kasie Lae bheteko xa bhane dheki yo nmbr ma samaprka gardino hola
9807297953
Shivam Gupta

09/07/2023
 #मिति २०७९/०१/०७ गते।राजपुर नगरपालिका, रौतहट । #पुर्व मन्त्री मोहम्मद आफताब आलमको कान्छो छोरा २७ बर्षिय डाक्टर राजिक आल...
21/05/2022

#मिति २०७९/०१/०७ गते।
राजपुर नगरपालिका, रौतहट ।

#पुर्व मन्त्री मोहम्मद आफताब आलमको कान्छो छोरा २७ बर्षिय डाक्टर राजिक आलमले २५८४ बढी मत ल्याई एतिहासिक जित हासिल गरी बने राजपुर नगरपालिकाको नगर प्रमुख ।

बाबुको आशिर्वाद र जनताको मायाले बिजयी भएको छु।सम्पुर्ण जनसमुदायमा हार्दिक आभार ।

चर्चै चर्चाको बिषय बनेको राजपुर नपाको नगर प्रमुख पदको उम्मेदवार बनेका पुर्व सांसद एवं मन्त्री मोहम्मद आफताब आलमको कान्छो छोरा डाक्टर राजिक आलम एक २७ बर्षिय नव युवक हुन । ऊनी राजपुर नपाको नगर प्रमुख पदको लागी जम्मा ६३३५ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी जैद राजाले जम्मा ३७५१ मत ल्याई दोस्रो स्थान पाएका छन् ।

डाक्टर राजिक आलम भन्छन् मेरो त विपक्ष नै थिएन । जनताको माया र ममताले म जितेको हु र यो जित सम्पुर्ण नगरबासिको जित हो।

आलमले विपक्ष भन्दा २५८४ बढी मत ल्याई एतिहासिक जित हासिल गरेका हुन् । नरम एवं ढुलमुल स्वभावका डाक्टर राजिक आलम भन्छन् मेरो जित सम्पुर्ण नगरबासिको जित हो। मेरो बुबाले मेरो नगरबासिलाई गरेको माया र बिकासको परिणाम हो।

मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ रोजगारी कृषि प्रविधि जस्ता महत्त्वपूर्ण मुद्दा रहेको र म उक्त मुद्दाहरुलाई चाडो भन्दा चाडो सम्बोधन गर्छु भन्ने जनतालाई बिश्वस्त दिलाउन चाहन्छु ।

एक छलफलका दौरान उनी भन्छन् म गर्व गर्छु कि मेरो देशको भविस्य र मेरो नगरको भविस्य यहाको नगरबासिले मलाई सुम्पिनुभयो। मलाई मतदान गर्ने र नगर्ने सम्पुर्ण प्रती हार्दिक आभार ।

यसैगरी राजपुर न.पा.को नगर उप-प्रमुख पदमा जमिला असगरी नेपाली कांग्रेस बाट ६२६८ मत ल्याई बिजयी भएकी छिन ।

10/05/2022

स्थानीय तहका निर्वाचन शान्ति पूर्ण वातावरण तथा भयरहित हुनका लागि आजदेखि रौतहट प्रशासनले मदिरा निषेध गरेको छ ।

२०७४ को स्थानिय चुनावमा वडाध्यक्ष हरुले पाएको मत परिणाम
09/05/2022

२०७४ को स्थानिय चुनावमा वडाध्यक्ष हरुले पाएको मत परिणाम

https://lokpati.com/2022/05/170196/
03/05/2022

https://lokpati.com/2022/05/170196/

लोकपाटी न्यूज 0 Shares 0 Facebook 0 Twitter 0 Facebook-messenger 0 Viber 0 Whatsapp 0 Email रौतहट। रौटहटको चन्द्रपुर ६ को वडाध्यक्ष पदको लागि अर्जुन राउतले उम्म...

'कुनै व्यक्ति विशेषलाई राजा बनाउने अथवा कुनै जात विशेषले मान्ने धर्म स्थापित गर्ने कुरा मात्रै होइन, राजसंस्था र हिन्दुर...
28/04/2022

'कुनै व्यक्ति विशेषलाई राजा बनाउने अथवा कुनै जात विशेषले मान्ने धर्म स्थापित गर्ने कुरा मात्रै होइन, राजसंस्था र हिन्दुराष्ट्र भनेको नेपालको स्थायित्वको आधार हो भन्ने सैद्धान्तिक आधारलाई स्थापित गर्न तथा चन्द्रपुर वाडा नं ६का जनताको समृद्धिको चाहाना लाई परिपुर्ति गर्न आगामी स्थानीय निर्वाचनमा वाडाध्यक्षको उम्मेद्बारी घोषणा गर्दछु।’
मलाइ नै भोट किन?
१)गरिब तथा बिपन्न साना नानीहरुको न्यूनतम गाँस, बास र कपासको आवश्यकता परिपुर्ति गर्न।
३)स्थानीय स्तरमा असल राजनीतिक व्यवस्था र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन।
४) युवाहरूलाई नगरमै रोजगारीको अवसर सिर्जना गर्न।
५)अनावश्यक खर्च होइन, न्यूनतम खर्च मात्रै गरेर पनि जनताको विश्वास लिन सकिन्छ भन्ने कुरा स्थापित गर्न।
६) बिगत लामो समयदेखि समाजसेवामा आबद्ध,मेरो जनसेवाको अतिरिक्त अरू केही आकांक्षा छैन ।
७)सबै दलपछि लाग्न थाले मैले वडा अध्यक्ष मा उठ्ने घोषणा गरेपछि धेरैले सोधखोज पनि गरेका छन् । कतिले फोन गरेर, कतिले प्रतिनिधि नै पठाएका छन् । हाम्रो पार्टीमा तपाईंजस्तो मानिस चाहिन्छ आउनुस् भनेका छन् तर अरु राजनीतिक दलले जनअपेक्षा अनुरुपको कार्य गर्न नसकेको कारण म मेरै पार्टीको उम्मेद्बारी मार्फत जनसेवा गर्न चहान्छु।
८)म यस क्षेत्रको एउटा सक्षम बैचारिक नेतृत्व पनि हो, ‘एक्सप्यारेन्स’ पनि हो र बूढो पनि होइन । त्यसैले मेरो अनुभव र जुझारुपनले गाउँको मुहार फेर्न चहान्छु।
९)मेरो उम्मेदवारी सबै ६ नं वडा बासि र समग्र बिकासप्रेमी असल,ईमानदार राजनीतिज्ञको भावना हो ।
१०)जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी गर्न।
११) पूर्वाधार, मानवस्वास्थ्य, पशुस्वास्थ्य, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुको अन्त्य गर्न।
१२)भ्रष्टाचार बिरुद्द विशेष अभियान संचालन गर्न।
१३) रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि बिशेष कोस तथा हरेक बजारमा स्थानीय उत्पादनलाई ५०% ठाउँ प्रदान गर्न।
१४)युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी ब्यथापन गर्न।
१५)सबै खालको कर तिर्न र प्रमाणपत्र लिन होम डेलिभरी लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा निशुल्क गर्न।
१६) सार्वजनिक बिद्यालयको स्तरउन्नति र निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अनुगमन गर्न।
१७)७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गराउन ।
१८)वाडाका सबै टोलहरुमा टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गर्न, हेल्थ पोस्टहरु को स्तरोन्नति गर्न।
१९)सुरक्षाका लागि सबै टोलमा प्रहरी गस्ती अनिवार्य गराउन, वाडाका सबै हरहिसाव पार्दर्शी गराउन ।
२०) गरिब तथा बिपन्न सुत्केरी महिलालाई ३ महिनासम्म रु ३००० को दरले भत्ता दिने ब्यबस्था मिलाउन।
२१) दीन दुखी तथा दैनिकीहरुको पेशागत अधिकारलाई संरक्षण गर्न।
२२)किसानलाई पर्ने मर्कालाई मध्यनजर गरेर कृषि बिमा गर्न।
२३) किसानलाई हर क्षेत्रमा अग्राधिकार दिलाउन ।
२४) जातीय विभेद र बिभाजनलाई परास्त गर्न।
२५) स्थानीय बिकास निर्माणमा जनसहभागिता वृद्धि गर्न।
२६) एकीकृत उत्पादन र सामुहिक बजार ब्यबस्था लागू गर्न।
२७)अनुत्पादक क्षेत्रमा भएको लगानीलाई निरुत्साहित गर्न।

Address

Chandrapur
44515

Opening Hours

Monday 6am - 10pm
Tuesday 6am - 10pm
Wednesday 6am - 10pm
Thursday 6am - 10pm
Friday 6am - 10pm
Saturday 6am - 10pm
Sunday 6am - 10pm

Telephone

+9779855041038

Alerts

Be the first to know and let us send you an email when Chapur Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chapur Khabar:

Share