Viral Shorts

Viral Shorts Viral Shorts movie, news, drama and stories .

02/03/2026

घरदैलोमा ऋषि धमला

निर्वाचन आयोगले नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपालमै ...
17/02/2026

निर्वाचन आयोगले नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ । आयोगले मितव्ययी र पारदर्शी निर्वाचनको लागि स्थानीय सामग्रीको प्रयोग र प्रोत्साहनका लागि यही नीति लिएको हो । निर्वाचनलाई नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीतिले नेपाली उद्योगलाई पनि लाभ पुग्ने छ ।

गगनकुमार थापा: मतदातासंग भरोसा कहिल्यै टुट्न नदिने प्रतिवद्धता नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचन क्षेत्र स...
17/02/2026

गगनकुमार थापा: मतदातासंग भरोसा कहिल्यै टुट्न नदिने प्रतिवद्धता नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचन क्षेत्र सर्लाही ४ मा मतदाताहरुसँग भेटघाट र चुनावी सभाहरुमा व्यवस्त छन्। उनी काठमाडौं ४ को सजिलो निर्वाचन क्षेत्र छाडेर सर्लाही ४ मा गएका छन्, जसकारण उनले चुनाव जित्नका लागि निकै मेहनत गर्नुपर्ने देखिएको छ। गगनकुमार थापाले एक मतदातासँग भेटेको तस्विर सार्वजनिक गर्दै भनेका छन्, तपाईंहरुको भरोसा कहिल्यै टुट्न दिनेछैन।

कमला नदीको पुल १४ वर्षदेखि अलपत्र, अस्थायी 'डाइभर्सन' निर्माण सिरहामा अस्थायी 'डाइभर्सन' निर्माण भएसँगै सवारी आवत–जावत स...
17/02/2026

कमला नदीको पुल १४ वर्षदेखि अलपत्र, अस्थायी 'डाइभर्सन' निर्माण सिरहामा अस्थायी 'डाइभर्सन' निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ। वर्षौंदेखि भासिएको पुलको विकल्पमा 'ह्युमपाइप' राखेर डाइभर्सन बनाइएपछि साना-ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ। निर्माण कम्पनीले जनाएको छ कि आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ दैनिक ४० देखि ५० जना कामदार 'फिनिसिङ' र मर्मतको काममा खटिएका छन्।

थाइल्यान्डनै गर्भनिरोधक खोप प्रयोग गर्दै हात्तीको जनसङ्ख्या नियन्त्रण गर्ने थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्...
17/02/2026

थाइल्यान्डनै गर्भनिरोधक खोप प्रयोग गर्दै हात्तीको जनसङ्ख्या नियन्त्रण गर्ने थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक गर्भनिरोधक खोप प्रयोग गरेको छ । वन्यजन्तु अधिकारी तथा पशु चिकित्सकहरूको टोलीले दक्षिण–पूर्वी त्रात प्रान्तमा रहेका तीनवटा पोथी जङ्गली हात्तीलाई गर्भनिरोधक खोप लगाएको छ । यो कदम जङ्गली हात्तीको जनसङ्ख्यालाई व्यवस्थित रूपमा नियन्त्रण गर्नका लागि चालिएको हो ।

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार काठमाडौँ, १४ माघ । निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा य...
17/02/2026

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार काठमाडौँ, १४ माघ । निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुली निर्वाचन क्षेत्र नं २ का उम्मेदवार लेखनाथ दाहाल एकअर्को दलको नेता तथा कार्यकताप्रति समेत हार्दिकता देखिँदा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र मितव्ययी तुल्याउन सहयोग पुग्ने धारणा राख्छन् । उनी भन्छन्, "नेता तथा कार्यकर्ताबीचको हार्दिकता र शालिनताले चुनावी वातावरण सहज तुल्याउँछ । निर्वाचनलाई खर्चका हिसाबले विशिष्टिकृत नतुल्याइ सामान्य बनाउन जनतामाझ पुगेर अन्तरसंवाद गर्ने, विश्वास दिलाउने र मत माग्ने कार्य गर्नु नै असल अभ्यास हो ।"

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नमुना मतपत्र १० लाख ९८ हजार २००को प्रश्तुत काठमाडौँमा नमुना मतपत्र पुगिसकेको प्रतिनिध...
17/02/2026

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नमुना मतपत्र १० लाख ९८ हजार २००को प्रश्तुत काठमाडौँमा नमुना मतपत्र पुगिसकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जनाएको छ कि नमुना मतपत्र छपाइ भएको छ । हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ ।

सल्यानका रास्वपा नेता उमेश रानाले पार्टी छोडेर नेकपा रोजे काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य उमेश रान...
17/02/2026

सल्यानका रास्वपा नेता उमेश रानाले पार्टी छोडेर नेकपा रोजे काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य उमेश रानाले पार्टी परित्याग गरेका छन् । उनले रास्वपाको लक्ष्य र उद्देश्यको कारणले साधारण सदस्य भएको भएपनि कर्णालीको विकासमा रास्वपाका नेताहरुले हेर्ने दृष्टिकोण र गरेको काम बेवास्ताको कारण स्वेच्छाले पार्टी परित्याग गरेको स्पष्ट पारे । उमेश रानाले सल्यान विकासमा पछि पर्नुको कारण नारामात्रै लगाउने काम भएकोले भन्दै अब सबैले हातेमालो गर्दै सल्यानको विकासमा योगदान दिनुपर्ने मत राखे ।

कांग्रेसका निवर्तमान सांसदहरूलाई संसद् पुनर्स्थापनाको रिटमा चासो, चुनावअघि नै फैसला हुनुपर्ने माग गरिने नेपाली कांग्रेसक...
17/02/2026

कांग्रेसका निवर्तमान सांसदहरूलाई संसद् पुनर्स्थापनाको रिटमा चासो, चुनावअघि नै फैसला हुनुपर्ने माग गरिने नेपाली कांग्रेसका नेता श्याम घिमिरे कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा जाने तयारी गरिरहेको बताएका छन् । उनले आसन्न फागुन २१ गतेको निर्वाचन अगाडि नै संसद् पुनर्स्थापनाको रिटमा फैसला हुनुपर्छ भनेर ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको भेट, द्धिपक्षीय आपसी हितको विषयमा कुराकानी काठमाडौं, १४ माघ । प्रधानमन्त्री सुश...
17/02/2026

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको भेट, द्धिपक्षीय आपसी हितको विषयमा कुराकानी काठमाडौं, १४ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो। राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् । साथै नर्वेले सघाउँदै आएको क्षेत्रमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायतका विषयमा विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताईन् । नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिईन् ।

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको भेट, द्धिपक्षीय आपसी हितको विषयमा कुराकानी प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वे...
17/02/2026

प्रधानमन्त्री कार्कीसँग नर्वेली राजदूतको भेट, द्धिपक्षीय आपसी हितको विषयमा कुराकानी प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छिन् । दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो। राजदूत मियोसले नेपाली प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा सरकारमा आउनुपरेको तर अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताईन् ।

अफगानिस्तानमा मौसम प्रकोप: जनधनको ठूलो क्षति काबुल,१४माघ । अफगानिस्तानमा हालैको भारी हिमपात र मुसलधारे वर्षाले ठूलो प्रक...
17/02/2026

अफगानिस्तानमा मौसम प्रकोप: जनधनको ठूलो क्षति काबुल,१४माघ । अफगानिस्तानमा हालैको भारी हिमपात र मुसलधारे वर्षाले ठूलो प्रकोप निम्त्याएको छ। ६१ जनाको मृत्यु भएको छ भने ११० भन्दा बढी घाइते भएका छन्। ४५८ घरहरु पूर्ण तथा आंशिक रूपमा ध्वस्त भएका छन् र धेरै मार्ग र राजमार्गहरू बन्द भएका छन्। राहत कार्यहरूमा कठिनाइ भएर आगामी दिनमा मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ।

Address

Chennai

Telephone

+919905822086

Website

Alerts

Be the first to know and let us send you an email when Viral Shorts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Viral Shorts:

Share

Category