Darjeeling Daily News

Darjeeling Daily News Get authentic daily news and updates about Darjeeling Hills and Surroundings.
(1)

03/09/2025

दार्जीलिङ्ग नगरपालिकाले सार्वजनिक कुड़ादानीको ठाउँमा एटीएम स्थापित गर्ने

चौरस्ताको घोडा अस्तबल परिसरको भ्रमणमा पुगेका जीटीए मुख्य कार्य पाल अनित थापाले त्यहाँको फोहोर देखेर भने, "यहाँ मैला फ्याँक्ने हामी नै हौं भनेर स्वीकार गर्नु पर्छ। तब मात्र परिसर सफा रहन्छ। जतासुकै मैला फ्याँक्ने मान्छेको आदत पुरानो हो। बिस्तारै यो हट्नेछ।"

आज जीटीए मुख्य कार्यपाल अनित थापा अनि दार्जीलिङ्ग नगरपालिकाका नगर अध्यक्ष दिपेन ठकुरीले चौरस्ता परिसरको सफाई माथि नियन्त्रण गर्न परिसरको भ्रमण गर्यो। भ्रमण समय घोडा अस्तबल छेउ छाउ प्रसस्त मात्रामा मैला फ्याकिएको पाए। उनीहरूले स्थानीय मानिसहरू, व्यापारीहरू सँग परिसरलाई सफा राख्ने अनुरोध गरे।

दिपेन ठकुरीले अनित थापाको भ्रमणलाई महत्वपूर्ण माने। उनले भने, " आज हामीले अस्तबल छेउको भ्याट ( कुड़ादानी ) हटाएका छौं । त्यस ठाउँको मैला उठाउन दार्जीलिङ्गनगरपालिकाले अब उसो समय अनुसार नै मैला उठाउने गाडी पठाउने छ । मैला गाडी आउने समय :
बिहान : 7 देखि 8 बजे सम्म अनि साझँ: 6 देखि 7 बजे सम्म रहनेछ।"

ठकुरीले भने, " बिस्तारै हामी शहरको स्थायी कुडादानीलाई एटीएम- मा परिणत गर्नेछौं।"

'भाषा बाँचे जाति बाँच्छ, जाति बाँचे संस्कृति'सम्पूर्ण भारतीय नेपाली भाषा प्रेमीलाई ३४ औं भाषा दिवसको हार्दिक शुभकामना। स...
20/08/2025

'भाषा बाँचे जाति बाँच्छ, जाति बाँचे संस्कृति'

सम्पूर्ण भारतीय नेपाली भाषा प्रेमीलाई ३४ औं भाषा दिवसको हार्दिक शुभकामना। साथै नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसुचिमा अन्तर्भुक्त गराउने ती योद्धा, भाषा संग्रामीहरूलाई संस्मरण,नमन साथै हार्दिक श्रद्धाञ्जली।

अजय एडवर्ड्स,
प्रमुख संयोजक,
इन्डियन गोर्खा जनशक्ति फ्रन्ट

'हाम्रो निम्ति भाषा सञ्चारको माध्यम मात्र होइन, यो त हाम्रो आत्मा र पहिचानको प्राण हो'अगस्ट २० हाम्रो भाषिक पहिचानको इति...
20/08/2025

'हाम्रो निम्ति भाषा सञ्चारको माध्यम मात्र होइन, यो त हाम्रो आत्मा र पहिचानको प्राण हो'

अगस्ट २० हाम्रो भाषिक पहिचानको इतिहासमा एक ऐतिहासिक दिनका रूपमा अंकित छ। यसै दिन १९९२ मा हाम्रो मातृभाषा भा रतको संविधानको आठौं अनुसूचीमा “नेपाली (गोर्खा भाषा)” का रूपमा मान्यता प्राप्त भयो। यो कुनै सामान्य शब्दको समावेश थिएन, बरु भारतीय गोर्खाहरूको विशेष स्थानलाई मान्यता दिने एउटा संवैधानिक निर्णय थियो जसलाई सम्भव बनाए हाम्रो अमर नेता अतुल्य सुबास घिसिङको दूरदृष्टि र संघर्षले।
अप्पा सुवास घिसिङले भाषिक भ्रमको खतरालाई बुझेका थिए। त्यसैले उनले संविधानमा नेपालीसँगै गोर्खा भाषालाई पनि समेट्नुपर्ने अडान लिए, ताकि भारतीय गोर्खाहरूलाई आफ्नै भाषाको कारण “विदेशी” भनेर कहिल्यै नथपियोस्। उनको यस दूरदृष्टिलाई संसदमा त्यसबेला गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सांसद श्री इन्द्रजीत (खुल्लर) ले सशक्त आवाज दिएर अघि बढाए, जसको योगदानले अन्ततः गोर्खा भाषालाई संविधानमा दर्ज गरियो।
तर यो ऐतिहासिक विजय केवल एक–दुई व्यक्तिको मात्र प्रयास थिएन। यो त दशकौंसम्म निरन्तर संघर्ष गर्दै आएका कवि, साहित्यकार, विद्वान, वकिल, सांसद, विधायक, संस्था, कार्यकर्ता र आम गोर्खाहरूको संयुक्त बलिदान र योगदानको परिणाम थियो। तिनकै जगमा अन्ततः यो विजय सम्भव भएको हो।
हाम्रो निम्ति भाषा केवल सञ्चारको माध्यम मात्र होइन यो त हाम्रो आत्मा र पहिचानको प्राण हो। गोर्खा भाषाको मान्यता केवल प्रतीकात्मक थिएन, यो त भारतीय गोर्खाहरूको भाषिक पहिचानको संवैधानिक प्रमाण थियो। आज नेपाली र गोर्खा भाषा बीच बहस चलिरहे पनि संविधानले नै दुवैलाई मान्यता दिँदै यो विवादलाई समाधान गरिसकेको छ। सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने यसले हामीलाई भारतको भाषिक र सांस्कृतिक मोजेकभित्र हाम्रो उचित स्थान सुरक्षित गरिदिएको छ।
भाषा मान्यता दिवसको अवसरमा, ती सबै महान आत्माहरूलाई स्मरण गरौं—विशेषतः अतुल्य सुबास घिसिङ र श्री इन्द्रजीत (खुल्लर) लाई—जसको कारण आज हामी गर्वका साथ हाम्रो मातृभाषाको सम्मान गर्न सक्छौं। गोर्खा भाषा कुनै साधारण भाषा होइन—यो हाम्रो सम्पदा हो, हाम्रो पहिचान हो, हाम्रो एकताको आत्मा हो, र भारतीय गोर्खाहरूको अस्तित्वको सजीव प्रमाण हो।

निरज जिम्बा
विधायक, दार्जीलिङ

20/08/2025

भाषा हाम्रो प्राण हो!
यदि हाम्रो भाषालाई अथवा भाषा माथि कसैले अतिक्रमण गर्छ भने सँबिधानको अपमान हो र आठौं अनुसुचिमा मान्यप्राप्त हाम्रो भाषाको अवमानना हो।
गत मङ्पु अदालत न्यायाधीश द्वारा गरिएको टिप्पणी माथी क्षोभ ब्यक्त/प्रकट गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मङ्पु लाब्दा समष्टि युवा शक्तिका नेतृत्व एवं कार्यकर्ता द्वारा मङ्पुमा ब्यापक पोस्टरिङ गरियो।
यस अवसरमा मङ्पु लाब्दा समष्टि महासचिव बिज्ञान मिश्र,केन्द्रिय समिति प्रवक्ता अनित खाती,युवा अध्यक्ष दिब्य प्रकाश बम्जन,सचिव रजित मोक्तान,प्रवक्ता रिनेश शेर्पा (मङ्पु लाब्दा समष्टि ) अनिल तामाङ र बिभिन्न क्षेत्रका युवा कार्यकर्ताको ब्यापक उपस्थिति रहेको थियो।

20/08/2025

सर्वनाम समूह मङपूको प्रतिवाद।
मङपू२०अगस्त(निस)
मङपू अदालतमा भएको न्याईक अधिकारी अल्कानन्दा सरकारले १४ अगस्त २०२५मा कार्यलयका सम्पूर्ण नेपाली कर्मचारीलाई यहाँ नेपाली भाषा प्रयोगको निषेध फरमान जारी गरिएकोमा अनि यो भाषा नेपालको हो भन्ने गैरजिम्मेदारी बयान दिए वापत सम्पूर्ण भारतभरी छरिएर बसेको भारतीय नेपालीहरुको पक्षबाट सर्वनाम समूह मङपू आपती जनाउदै घोर भत्सर्ना जनाउँदछ।
यस बिषयलाई लिएर सर्वनाम समूह मङपूले आज एक पत्रकार सम्मेलन गर्दै समुहका प्रतिनिधि प्रमिला मुखियाले मङपू अदालतका न्याईक अधिकारीले सम्पूर्ण भारतीय नेपाली भाषीहरुलाई क्षमा याचना गरेको हुनुपर्छ भन्ने बिषय माथी जोड दिदै दार्जिलिङ जिल्लापाललाई पत्रचार गर्ने भएको छ। सम्पूर्ण भारतीय नेपाली भाषीहरुलाई भाषा दिवसको "सर्वानाम समूह मङपू" हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्द्छ।

13/08/2025

जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको स्पनसर गर्नेछ साथै ब्याडमिन्टन खेल्ने हलको निर्माण पनि गर्नेछ

यङ्ग सटलर्स दार्जीलिङ्गले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ्ग क्याम्प चलाउँनु हुँदैछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाए। धेरै दिनहरू देखि उहाँहरूले मलाई क्याम्पमा आईदिनु होस न भनेर निमन्त्रणा दिनु भएको थियो। आज क्याम्प पुगे। साधारण टुर्नामेन्ट चल्दै थियो। हल प्रशिक्षार्थी अनि अभिभावकहरूले भरिएको थियो। खेल्ने नानीहरू हुनु साधारण कुरा हो तर आमा बाबालाई नानीलाई प्रोत्साहन दिँदै कराएको आज देखे। मनमनै सोचेँ आजको अभिभावक आफ्नो नानीको सर्वाङ्गीण विकास खोज्दो रहेछ। दार्जीलिङ्गमा खेलकुद भन्ने बित्तिकै फुटबल मात्र आँखामा आउने गर्थ्यो। अब खेलकुदको विकल्पहरू थुप्रै निस्केको छ। ती विकल्पहरू मध्ये ब्याडमिन्टन पनि एउटा रहेको छ।

टुर्नामेन्ट पछि मैले उपस्थित झुण्डलाई सम्बोधन गर्दै भने कि हाम्रो समयको खेली हिड्ने संस्कार आजको नानीहरूको जीवनमा पाउँदैनौं। आजको दिनमा बाहिरको दूषित वातावरण देखि बचाउनु अभिभावकलाई गार्हो छ। यङ्ग सटलर्स दार्जीलिङ्गले नानीहरू अनि अभिभावकहरूलाई एउटा राम्राे स्पेस तयार गरिदिएको छ जहाँ नानीहरुले पनि खेल्नु सक्छ, हल्ला गर्नु सक्छ, कुद्नु सक्छ। अर्थात् नानीहरुले नानी जस्तै भएर समय बिताउनु सक्छ। सटलर्स दार्जीलिङ्गका सदस्यहरूलाई बधाई। राम्रो काम गर्नु भएको छ। नानीहरूलाई खेल प्रति प्रोत्साहन गर्न भाइहरूले निःशुल्क केही दिनुभएको छैन। यहाँ नानीहरुले ब्याडमिन्टन शुल्क तिरेर सिक्नु पर्छ। कोचिङको निम्ति उहाँहरूले हल किरायामा लिएका छन्।

मैले वचन दिएको छु कि म दार्जीलिङ्गमा एउटा राम्रो ब्याडमिन्टन खेल्ने हल निर्माण गरेर यहाँहरु कै देखरेखमा दिनेछु। आफ्नै हलमा कम्ती पैसामा धेरै नानीहरुले खेल्नु पाउनेछन्।

दोस्रो महत्वपूर्ण कुरा चाहिँ के हो भने उहाँहरुले जीटीए स्तरमा ब्याडमिन्टन टुर्नामेन्ट आयोजना गर्नु हुने थाहा पाए। त्यस टुर्नामेन्टलाई सम्पूर्ण रूपले जीटीएले स्पोन्सर गर्नेछ।

राम्रो काम भईरहेको छ। अभिभावकहरुले पनि सहयोग गरिरहनु भएको रहेछ। यो सराहनीय कुरा हो। हामीले राम्रो काम गर्दै जानुपर्छ। नानीहरुले पढ्नु सक्छ, खेल्नु सक्छ। तर विगतमा त्यसको निम्ति सही परिवेश थिएन। अहिले म नानीहरुले पढ्नु पाउनु पर्छ, खेल्नु पाउँनु पर्छ भन्ने सोच राखेर अनुकूल परिवेश बनाउने कार्यमा लागेको छु। अरूको बहकाउमा आएर पहाडमा अशान्ति सृजना गर्नु हुँदैन। हामीलाई नै नोक्सान हुन्छ।

राम्राे कामको म सदैव सराहना गर्छु अनि सहयोग पनि गर्छु। पहाड बनाउने कार्य अनि पहलहरुले नै पहाड विकसित भएर जानेछ।

अनित थापा
मुख्य कार्यपाल
जीटीए

09/08/2025

सिक्किम एस०के०एम० पार्टीद्वारा भोलि पथम आमा दिवसको तयारी भइरहेको जानकारी पार्टीका पोलिटिकल सचिव ज्याकब खालिङ द्वारा पत्रकारलाई सम्बोधन।

BGPM पार्टीकाे अडान: यसपालीको बोनस 20%यसपाली श्रमिकले वोनस 20% भन्दा कम्ती पाउँनु हुँदैन।  20% भन्दा कम्ती बोनस भारतीय ग...
07/08/2025

BGPM पार्टीकाे अडान: यसपालीको बोनस 20%

यसपाली श्रमिकले वोनस 20% भन्दा कम्ती पाउँनु हुँदैन। 20% भन्दा कम्ती बोनस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कुनै पनि हालतमा स्वीकार गर्नेछैन। आज मैले पार्टीको ट्रेड युनियन सँगको बैठकमा पार्टीको यही अडानलाई जोड दिएको छु। कुनै पनि मञ्चमा ट्रेड युनियनले बोनस विषय चर्चा गर्दा 20% भन्दा एक प्रतिशत मुनिको चर्चामा भाग पनि लिने छैन। चियाबारीमा दैनिक खुन पसिना बगाउने हाम्रा श्रमिक दाज्यू भाई दिदी बहिनीहरूले बोनस समय जहिले पनि आन्दोलन गर्नुपर्छ।20% बोनस चिया श्रमीकको हक अनि अधिकार हो, चियाबगानले त्यो हक अनि अधिकार दिए कै हुनुपर्छ।

मैले ट्रेडका नेतृत्वहरुलाई निर्देशन दिएको छु कि हाम्रो आवाज श्रमीकको पक्षको हुनुपर्छ। श्रमीकको हक अनि अधिकारको आवाज बन्नु नै ट्रेड युनियनको धर्म हो, जिम्मेवारी हो। राजनीति देखि माथि उक्लेर हक अनि अधिकारको माग गर्नुपर्छ। तब श्रमिकले निर्धक्क भएर कमानमा काम गर्नेछन्।

चियाबगान मालिक पक्षलाई सल्लाह दिन्छु त्यो खुसीलाई सधैँ कायम राख्नुहोस्, श्रमिक खुसी हुने त्यही एउटा बोनस त हो। 20% बोनस श्रमिकहरुको अधिकार अनि हक पनि हो। बोनस समय कुनै आन्दोलन नहोस्। कुनै झगडा नहोस्। म आशा राख्छु 2025 को बोनस मालिक पक्षले हृदयबाट, मन खुशी राखेर श्रमिकलाई धन्यवाद दिँदै 20% बोनस दिनेछन्।

अनित थापा
केन्द्रीय अध्यक्ष
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

23/02/2025

श्रमदान गरेको ठाउँमा रोक्न आउनेहरुलाई अर्कै दान दिन पनि सक्छौं"-भरत तामाङ,इण्डियन गोर्खा जनशक्ति फण्ट।

21/02/2025

Breaking news....हालै सिक्किम पुलिस द्वारा प्रकाउ परेको श्मामसन तमाङ सोसियल मिडियामा !

19/02/2025

अनित थापाज्युले कानुन मन्त्री मलयघटकलाई सर्वे रोकिदिनु भनेर पत्राचार गर्नुनै जीटीएले आज सम्म चियाबारीका वासिन्दाहरुलाई अँध्यारो राखेको थिएछ।
सन्दिप लिम्बू ।
युवा नेता गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ।

18/02/2025

चियाको बुट्टा उखेलेर बाटो बनाउने अनुमति कसले दियो?: आलोक कान्तमणि थुलुङ

अप्रिल 2022। कञ्चन भ्यू चिया बगान। चिया बगानमा टी टुरिजम लाई लिएर ठुलो आन्दोलन नै छेडिएको थियो। चिया बगान जबर्जस्ती खोल्न पाईन्दैन भन्दै अजय एडवर्ड्स Hunger strike सम्म बसेका थिए। Blood tea भन्दै रगत चिया गाछमा छिर्केका थिए। मालिक अग्रवाल ले अजय एडवर्ड्स माथि 100 करोडको मानहानीको मुद्दा पनि हालेका थिए।

आज रङ्गीत चिया बारी को नामले चिनिने त्यही चियबारीमा रिसोर्ट बनिन्दैछ। रिसोर्ट पुग्ने बाटो चियाको गा छ उखेलेर बनाई रहेको छ।

आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दार्जीलिङ्ग महकुमा समितिका अध्यक्ष आलोक कान्त मणि थुलुङ अनि टोलीले स्थलगत भ्रमण गरे। उनीहरुले रिसोर्ट पुग्ने बाटो चियाको बोट उखेलेर बनाएको पाए।

आलोक भन्छन, " चियाको बुट्टा उखेलेर बाटो बनाउने अनुमति कसले दियो? Blood Tea भन्ने। उफ्री उफ्री एउटा गाँछ पनि उखेल्नु दिन्न भन्ने नेता अहिले कहाँ छ? यस्तो दोहोरो नीति चाहिँ चल्दैन।

आलोक कान्तमणि थुलुङले भने भोलि एउटा टोलीले दार्जीलिङ्ग जिल्ला शासक लाई भेट गर्नेछ अनि कार्यलाई रोक्ने मांग गर्नेछ।

Address

Lower Clubside, Ladenla Road
Darjeeling
734101

Telephone

+919593567457

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Daily News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Daily News:

Share