Darjeeling times

Darjeeling times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darjeeling times, Media/News Company, Darjeeling.

03/08/2025

रुसमा ८.८ को शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण जापानका २० लाख मानिसहरूलाई घर छोड्न भनिएको छ। 😥

हर हर महादेव
01/08/2025

हर हर महादेव

मलेसियाबाट ३३ महिनापछि मजदुरि गरेर नेपाल फर्किएका सुरेन्द्रको घर नपुग्दै भेटियो श'व, एक वर्षअघि श्रीमतीले गरेकी थिइन् दो...
30/07/2025

मलेसियाबाट ३३ महिनापछि मजदुरि गरेर नेपाल फर्किएका सुरेन्द्रको घर नपुग्दै भेटियो श'व, एक वर्षअघि श्रीमतीले गरेकी थिइन् दोस्रो बिहे, ३ सन्तानको बिचल्ली:

मलेसियाबाट हालै मात्र नेपाल फर्किएका सुरेन्द्रबहादुर शाही दैलेखको छामघाटमा श'व अवस्थामा फे'ला परेका छन्। उनी साउन १० गते घर फर्किंदै गरेका थिए। तर, भोलिपल्ट साउन ११ गते बिहान दुल्लु नगरपालिका–११ स्थित छामघाट खोलाको किनारमा उनको श'व भेटिएको हो।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर निवासी २८ वर्षीय शाही करिब ३३ महिना मलेसियामा मजदुरी गरेर गत असार ३२ गते नेपाल फर्किएका थिए। केही दिन सुर्खेतमा बसेर आफ्ना भाइबहिनी र छोराछोरीसँग समय बिताएपछि घरमा आमाबुवालाई भेट्न दैलेख जाँदै गरेका थिए। उनका दाइ दिपक शाहीका अनुसार सुरेन्द्र साउन १० गते सुर्खेतबाट घर फर्किँदै थिए। तर, उनी सामान्यतया प्रयोग नगर्ने दैलेख बजारको बाटो हुँदै गएका थिए। त्यसै बाटोमा छामघाट खोलामा उनको शव भेटिएको हो। “घाँटीमा डो'री क'सेको जस्तो देखिन्छ, टाउँकोमा ग'म्भीर चो'ट छ,” दिपकले भने, “हाम्रा लागि यो प्राकृतिक मृ'त्यु होइन, प्रष्ट रूपमा ह'त्या हो।”
सुरेन्द्रका एक छोरा र दुई छोरी छन्। छोरा र एक छोरी सुर्खेतको वीरेन्द्रनगरमा पढ्दै छन् भने अर्की छोरी दैलेखमा हजुरबुबाआमासँग बस्छिन्। उनका आफन्तहरूका अनुसार, सुरेन्द्र मलेसियामै रहँदा उनकी श्रीमतीले गाउँकै अर्का पुरुषसँग विवाह गरेकी थिइन्। यस घ'टनाले परिवारमा नयाँ पी'डा र शं'का उत्पन्न गराएको छ ।😭😭😭😭😭😭

काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा नुहाउने क्रममा बाढीमा  फसेका ४ भारतीय र १ नेपाली न...
30/07/2025

काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा नुहाउने क्रममा बाढीमा फसेका ४ भारतीय र १ नेपाली नागरिकलाई नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ।

शिवपुरी ५ गारे मा बर्षा ले गराएको क्षती ,नुवाकोट शिवपुरी ५ स्थित गारे मा बर्षा का कारण भएको स्थानीयहरु को घर तथा बरपर भए...
30/07/2025

शिवपुरी ५ गारे मा बर्षा ले गराएको क्षती ,

नुवाकोट शिवपुरी ५ स्थित गारे मा बर्षा का कारण भएको स्थानीयहरु को घर तथा बरपर भएको जमीन मा भएको क्षती स्थानीय का अनुसार यहाँ का घरहरु बस्न अति जोखिम रहेको बताउभ भयो ।गाउँ नै जोखिम अबस्थामा रहेको डाडो चर्कन थालेको छ ।उनीहरु बताउछन।पानी पर्न थाले पछी त्रास हुन्छ झन राती त अत्यास लाग्ने बताउनु हुन्छ

फेरि पनि उही अवस्था 💔😥नेताहरु जनताको घर घरमा पुग्ने भनेको चुनाबको समयमा मात्रै होत?
पिडित हरुले न्याय पाउने कहिले अब ?
अलिकति लाज शरम छ भने यो हेर्नू एकपटक ।
पक्की बाटो अनि खोला नालामा पक्की पुलको लागि परेको बजेट कहाँ गयो ?कसको गोजि तातियो?
कोइ कसै सङ्ग छ यसको जवाफ ?

सडक दुर्घटनामा एकजनाको मृ'त्यु, छ घाइतेराष्ट्रिय राजमार्ग दस अन्तर्गत रम्बी र कालीझोडा बीचको  बिरिक डाडा नजिक एक दुःखद स...
23/07/2025

सडक दुर्घटनामा एकजनाको मृ'त्यु, छ घाइते

राष्ट्रिय राजमार्ग दस अन्तर्गत रम्बी र कालीझोडा बीचको बिरिक डाडा नजिक एक दुःखद सडक दुर्घटना भएको छ। सिलगढीदेखि गेजिङतर्फ गइरहेको SK02J1022 नम्बरको यात्रुबाहक वहान ट्रकसँग ठोक्किदा दुर्घटनामा परेको जानकारी प्राप्त।

दुर्घटनामा गाडी चालक अनिल तामाङको घटनास्थलमै मृ'त्यु भएको छ। गाडीमा सवार अन्य ६ जना यात्रुहरू घाइते भएका छन् र उनीहरूलाई थप उपचारका लागि रम्बी अस्पताल लगिएको छ।

जय माता दी
23/07/2025

जय माता दी

बंगलादेश वायुसेनाको विमान विद्यालय भवनमा दुर्घटनाग्रस्तः १६ जनाको मृत्यु, १५० घाइतेबंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेन...
22/07/2025

बंगलादेश वायुसेनाको विमान विद्यालय भवनमा दुर्घटनाग्रस्तः १६ जनाको मृत्यु, १५० घाइते

बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ । प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा.सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् ।

महिला फुटबल टिमका हेड कोच क्रीस्पिन छेत्रीलाई KFC सिलगढी द्वारा सम्मानसिलगढी २२ जुलाई: भारतीय राष्ट्रिय महिला फुटबल टिमक...
22/07/2025

महिला फुटबल टिमका हेड कोच क्रीस्पिन छेत्रीलाई KFC सिलगढी द्वारा सम्मान

सिलगढी २२ जुलाई: भारतीय राष्ट्रिय महिला फुटबल टिमका हेड कोच क्रीस्पिन छेत्रीलाई आज २२ जुलाई, मङ्गलबार स्थानीय सुकुना इला पाल स्कुल खेल मैदानमा आयोजित विशेष समारोहमा KFC सिलगढी क्लब द्वारा सम्मानित गरिएको छ।

खेलकुदमा विगतदेखि सक्रिय भूमिका निभाउँदै आएका खरसाङ निवासी छेत्रीले हाल भारतीय महिला फुटबल टिमलाई AFC कपको लागि क्वालिफाइ गराएका छन्। यस ऐतिहासिक सफलताका लागि क्लबले उनलाई भव्य स्वागत गर्दै श्रद्धासुमन अर्पण गर्‍यो।

कार्यक्रममा क्लबका उपाध्यक्ष एल.के. राईले खदार्पण गर्दै सम्मान व्यक्त गरे भने सहसचिवद्वय विजय लिम्बू, शिवकुमार राई, साथै चिफ कोच दिनकर छेत्री, आशिष प्रधान र कर्णेल डी.के. सुब्बाले सयपत्री माला अर्पण गरी सम्मान जनाए।

त्यस्तै टेक्निकल कमिटीका सदस्यहरू—कप्तान एच.के. लामा, कप्तान एस.डी. तामाङ, मदन राणा, पी.सी. थुलुङ—ले पनि खदार्पण गर्दै क्रीस्पिनलाई सम्मानित गरे। क्लबका खेलाडीहरू क्रमशः अमिर लामा, निवाङ तामाङ, राम राई, अनित राई लगायत अन्यले पनि भावपूर्ण सम्मान अर्पण गरे।

क्लबका अध्यक्ष अन्जु शेर्पाले सम्मान पत्र प्रदान गर्दै क्रीस्पिन छेत्रीको योगदानप्रति आभार व्यक्त गरिन् र आगामी दिनहरूमा अझ ठूलो सफलता मिलोस् भन्ने शुभकामना प्रकट गरिन्।

कार्यक्रममा सुरेन प्रधानले सबैलाई स्वागत गर्दै क्रीस्पिन छेत्रीको संक्षिप्त जीवन परिचय प्रस्तुत गरे। चिफ कोच दिनकर छेत्रीले क्रीस्पिनको प्रारम्भिक संघर्षदेखि हालसम्मको सफल यात्राबारे विस्तृत जानकारी गराए।

टेक्निकल इनचार्ज एच.के. लामा, जो भूतपूर्व सर्भिसेस खेलाडीसमेत हुन्, उनले युवाहरूप्रति प्रेरणात्मक सम्बोधन गर्दै भने, “हाइटभन्दा पनि आत्मविश्वास र निरन्तर अभ्यासले खेलाडीलाई सफल बनाउँछ। फुटबल व्यक्तिगत खेल होइन, टीमवर्क हो।"

अन्त्यमा क्रीस्पिन छेत्रीले क्लबप्रतिको कृतज्ञता प्रकट गर्दै भने, “यहाँका बालबालिकाले अहिले जुन सुविधा पाईरहेका छन्, त्यसको अधिकतम सदुपयोग गरी अगाडि बढ्नुपर्छ। यस क्षेत्रमा फुटबल विकासका लागि सबै मिलेर अघि बढ्न आवश्यक छ।”

KFC सिलगढीका महासचिव सुरेन प्रधानले क्रीस्पिन छेत्रीको भनाइ लोहागढ़ टाईम्सलाई जानकारी दिए।

Address

Darjeeling
U

Alerts

Be the first to know and let us send you an email when Darjeeling times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share