Mungpoo Darpan - मङ्पू दर्पण

Mungpoo Darpan - मङ्पू दर्पण News, Information & Entertainment For Viewers
👉 Follow On Mungpoo Darpan & Subscribe Our Youtube Channel. https://youtube.com/

12/10/2025

आईजीजेएफ–का लेबोङ–बदामताम समष्टि संयोजिका नोरा सुब्बाले अप्पर धजे, धर्मशाला र मालीगाउँका पैह्रो प्रभावित परिवारलाई तारपोलिन वितरण गरिन्।

10/10/2025

तर हामीले पनि MP र MLA पनि त पठाएको छुनी त, त्यो चै किन आउँदैन त यहाँनिर..? दिल्लीमै बसिरहेको छैन होला त एताइतिर घुमि हिँड्दै छ त, यहाँ किन आउँदैन ?

हामीले MP पनि गलत चुनेछौं अनि MLA पनि गलत चुनेछौं

10/10/2025

दार्जिलिङमा प्राकृतिक विपद्बाट प्रभावित परिवारको पुनर्वासका लागि माकपा जिल्ला कमिटीको ज्ञापन

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) दार्जिलिङ जिल्ला कमिटीले हालै जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको तत्काल राहत, पुनर्वास र सुरक्षित पुनर्स्थापना सुनिश्चित गर्न जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
ज्ञापनमा चिया बगान क्षेत्रका बासिन्दा, खरसाङ,

सुखियापोखरी, बिजनबारी, आर.आर. ब्लक, र टिस्टा तथा मेची नदी किनारका प्रभावित परिवारहरूको लागि सुरक्षित बसोबास र वैकल्पिक जमिन उपलब्ध गराउन माग गरिएको छ।
माकपा जिल्ला कमिटीले प्रशासनसँग प्रभावितहरूलाई तत्काल राहत प्रदान गर्न र दीर्घकालीन पुनर्वासको सुनिश्चितता गर्न पनि आग्रह गरेको छ।

10/10/2025

Sadhna Band
Rungbee Division Mela, Mungpoo

गोजमुमो अध्यक्ष विमल गुरूङ अनि केन्द्रीय मन्त्री किरण रिजिजूको भेट!गत ५ अक्टोबर २०२५ मा प्राकृतिक आपदाले क्षतिग्रस्त पार...
08/10/2025

गोजमुमो अध्यक्ष विमल गुरूङ अनि केन्द्रीय मन्त्री किरण रिजिजूको भेट!

गत ५ अक्टोबर २०२५ मा प्राकृतिक आपदाले क्षतिग्रस्त पारेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड आएका केन्द्रिय सांसदीय कार्यमन्त्री किरण रिजिजू सँग गोजमुमो अध्यक्ष विमल गुरुङले आज दार्जीलिङमा भेट गरेका छन्।

गोजमुमोको तर्फबाट अध्यक्षले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड, तराई अनि डुवर्सको लामो समय देखिको समस्यालाई केन्द्र सरकारले शीतकालिन सत्र भित्रमा समाधान गरिनुपर्छ भन्ने कुरालाई स्पष्ट राखे, केन्द्रिय सांसदीय कार्य मन्त्री रिजिजूले पनि दार्जीलिङबाट दिल्ली प्रस्थान गरे बापत देशका प्रधानमन्त्री नरेन्द्र मोदी साथै गृहमन्त्री अमीत शाह समक्ष कुरा राखेर दार्जीलिङ पहाड, तराई अनि डुवर्सको समस्याको समाधान चाँडो गर्ने बचन दिएको बताइएको छ।

आज बेलुकी ८ बजे मङ्पू रङबी विभाग मेलामा लोकप्रिय ‘साधना ब्याण्ड’ ले धमाकेदार लाइभ सांगीतिक प्रस्तुति दिने भएको छ।
08/10/2025

आज बेलुकी ८ बजे मङ्पू रङबी विभाग मेलामा लोकप्रिय ‘साधना ब्याण्ड’ ले धमाकेदार लाइभ सांगीतिक प्रस्तुति दिने भएको छ।

जिटिए क्षमता–विहीन मात्र होइन, अवहेलित तथा अपमानित पनि छ : नरेन्द्र काम्बाङ गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) स्वा...
08/10/2025

जिटिए क्षमता–विहीन मात्र होइन, अवहेलित तथा अपमानित पनि छ : नरेन्द्र काम्बाङ

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) स्वायत्तताको संरचना भएको व्यवस्था हो, तर राज्यकी मुख्यमन्त्रीद्वारा राहत कोष तथा क्षतिपूर्ति, मृतकका परिवारलाई नोकरी दिने घोषणा गर्नु आफैंमा जिटिएको कुनै महत्त्व नरहेको प्रस्ट देखिन्छ।

मुख्यमन्त्री ममता बनर्जीको घोषणा प्रति धन्यवाद तथा सराहनीय मानिन्छ — उनले आफ्नो राजनीतिक दायित्व पूरा गरेकी हुन् भन्ने बुझ्नु पर्छ। तर, पहाडमा नोकरीको नाममा होमगार्ड र सिभिक भोलिन्टियरको मात्रै घोषणा गर्नु भने निन्दनीय छ।

आज पहाडमा विभिन्न विभागहरूमा रिक्त पदहरू छन्। जहाँ योग्यतालाई आधार मानेर पीडित परिवारका सदस्यहरूलाई स्थायी नियुक्ति दिन सकिन्थ्यो।

वर्तमान जिटिए के केवल भ्रमण र आश्वासनमै सीमित रहने हो?

जिटिए आफैंले पीडित र क्षतिपूर्तिको लागि कुनै पहल गर्न नसक्नु, वा राज्य सरकारबाट निरन्तर हस्तक्षेप वा उपेक्षा हुनु दुःखद विषय हो।

रिम्बिक–लोथोमा समष्टिमा प्रतिनिधिले जिटिएबाट होइन, एनटीपीसीजस्ता निजी कम्पनीहरूबाट सहयोग मागिराखेको अवस्था देखिएको छ। जताबाट सहयोग मिलोस्, उचित नै हो, तर प्रश्न उठ्छ — जिटिए किन यत्रो ठूलो क्षति हुँदा समेत कुनै प्रशासनिक घोषणा गर्न सक्दैन?

पहाडभरिको प्रभाव हेर्दा हाम्रो नोक्सानी अभूतपूर्व छ। रिम्बिक–लोथोमा समष्टिमा सार्वजनिक सम्पत्ति र निजी नोक्सानीको आर्थिक आँकडा मात्रै पनि सय करोड नाघिसकेको छ।

यति ठूलो क्षति हुँदा पनि जिटिएले आँट गरेर कुनै प्रशासनिक सहयोग वा बजेटको अनुदान घोषणा गर्न नसक्नु भनेको वर्तमान जिटिए व्यवस्था केवल राज्य सरकार, मुख्यमन्त्री तथा बंगालका नेताहरू पहाड चढ्दा ताली बजाउने स्वागतकर्ता ‘कटपुतली’ मात्र भएको पुष्टि हो।

नरेन्द्र काम्बाङ
रिम्बिक–लोथोमा समष्टि
गोर्खा जनमुक्ति मोर्चा

गुरुदेवको दर्शन संगै शुभ दिनको कामना सबैमा ! जय गुरुदेव 🙏
08/10/2025

गुरुदेवको दर्शन संगै शुभ दिनको कामना सबैमा !
जय गुरुदेव 🙏

दूधे पुल घटनापछि मुख्यमन्त्री ममता व्यानर्जीको भ्रमण र घोषणामुख्यमन्त्री ममता व्यानर्जी आज दूधे पुल पुगेकी छिन्। उनले घट...
07/10/2025

दूधे पुल घटनापछि मुख्यमन्त्री ममता व्यानर्जीको भ्रमण र घोषणा

मुख्यमन्त्री ममता व्यानर्जी आज दूधे पुल पुगेकी छिन्। उनले घटनास्थलको अवलोकन गर्दै दुःख व्यक्त गरिन्।

मुख्यमन्त्री व्यानर्जीले घटनाबाट प्रभावित स्थानमा १५ दिनभित्र अस्थायी ब्रिज निर्माण गरिने बताइन। साथै, घटनामा मृतक भएका परिवारका सदस्यहरूलाई आर्थिक सहयोग प्रदान गरिने र एकजना परिवार सदस्यलाई रोजगारी दिइने घोषणा समेत गरिन्।

प्रेस विज्ञप्तिमिति : ७ अक्टोबर २०२५दार्जिलिङ सांसद राजु बिष्ट र संघीय मन्त्री किरेन रिजिजुद्वारा मिरिक र सुखिया पोखरीका...
07/10/2025

प्रेस विज्ञप्ति
मिति : ७ अक्टोबर २०२५
दार्जिलिङ सांसद राजु बिष्ट र संघीय मन्त्री किरेन रिजिजुद्वारा मिरिक र सुखिया पोखरीका पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन
दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता श्री राजु बिष्टले आज संघीय मन्त्री आदरणीय श्री किरेन रिजिजु ज्यूसँगै मिरिक उपविभाग र सुखिया पोखरी ब्लकअन्तर्गतका पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन भ्रमण गर्नुभयो।
भ्रमणको सुरुवात सोरेनीको तोक्लाङस्थित धारगाउँबाट गरिएको थियो, जुन हालैको प्राकृतिक विपत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो। सो क्षेत्रका चार जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् र धेरै परिवार विस्थापित भएका छन्। थुप्रै घरहरू पूर्ण रूपमा बगाइएका वा पुनःनिर्माण असम्भव अवस्थामा पुगेका छन्।
सांसद बिष्ट र मन्त्री रिजिजु ज्यूसहितको टोलीले सोरेनीस्थित अस्थायी राहत शिविरमा आश्रय लिएका १८ परिवारसँग र मिरिक थुर्बो ९ माइलमा रहेका ६ परिवारका २२ जना प्रभावितहरूसँग पनि भेटघाट गरी अवस्थाबारे जानकारी लिएको थियो।
मिरिकको अलाय ग्राउण्डमा दिवंगतहरूको सम्झनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो। साथै सशस्त्र सीमा बल (SSB) र राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) का वरिष्ठ अधिकृतहरूसँग चलिरहेको उद्धार तथा राहत कार्यको प्रत्यक्ष समीक्षा पनि गरियो।
त्यसपछि टोली सुखिया पोखरी ब्लकअन्तर्गत पर्ने सियोक बस्मे नयाँ गाउँ पुग्यो, जहाँ एउटै परिवारका दुई सदस्यको ज्यान गएको र १५ घर पूर्ण रूपमा नष्ट भएको पाइएको छ।
सांसद बिष्टले जनाएका छन्, “हामी यो कठिन समयमा जनतासँगै उभिएका छौं। सम्पूर्ण क्षेत्रका समुदायहरूले देखाएको एकता र उदारताप्रति म गहिरो सम्मान प्रकट गर्न चाहन्छु।”
उहाँले संघीय मन्त्री पठाएर विपद् प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गराउनुभएकोमा आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै सबै प्रभावित गाउँहरूमा पैदल पुगेर पीडित परिवारसँग ऐक्य र सहानुभूति प्रकट गर्नुभएकोमा संघीय मन्त्री श्री किरेन रिजिजु ज्यूलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको छ।
त्यसैगरी, पश्चिम बंगाल विधानसभाका विपक्षी नेता आदरणीय श्री सुवेन्दु अधिकारी ज्यूप्रति पनि क्षेत्र र जनताप्रति देखाएको चासो र माया प्रति आभार प्रकट गर्नुभएको छ।
राजु बिष्ट
सांसद, दार्जिलिङ
राष्ट्रिय प्रवक्ता, भारतीय जनता पार्टी (BJP)

07/10/2025

केन्द्र सरकारको प्रस्तावमाथि एकबद्ध हुनुपर्ने विमल गुरुङको अपील

गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का अध्यक्ष विमल गुरुङले केन्द्र सरकारले बोडोल्याण्डको नमूनामा जीटीआर गठन गर्ने प्रस्तावमाथि सबै दल र समुदायलाई एकजुट हुन आग्रह गरेका छन्। दार्जीलिङमा पार्टीको १८औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सन् २०२५ भित्र प्रगति नभए भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिए। साथै, उनले जीटीआर - मा ३९६ मौजा समावेश गरी तराई–डुवर्सका जनताको अधिकार सुनिश्चित गर्न माग गरे।

07/10/2025

दूधेको दीर्घकालीन मांग नै River Embankment मजबूत बनाउँनु हो। आज CM madam आउनु हुँदैछ। उहाँले दुधेवासीलाई पक्का सुरक्षा दिनु हुनेछ। अनित थापा

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Mungpoo Darpan - मङ्पू दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mungpoo Darpan - मङ्पू दर्पण:

Share