04/10/2026
दशेरा कप २०२६ : Darjeeling United सेमिफाइनलमा प्रवेश
बासबोटे, ४ अक्टोबर।
दशेरा कप २०२६ को पाँचौँ संस्करणअन्तर्गत आज सम्पन्न दोस्रो दिनको रोमाञ्चक खेलमा Darjeeling United ले Sikkim AK Gangtok लाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा AK Gangtok ले एक गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा Darjeeling United ले बराबरी गोल फर्काएपछि खेल १–१ मा टुंगिएको थियो। टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै Darjeeling United विजयी बन्यो।
खेलमा AK Gangtok ले गोलका थुप्रै अवसर पाए पनि Darjeeling United का गोलकिपरको शानदार बचाउ ले टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक भूमिका खेल्यो।
अब ६ अक्टोबरमा Sikkim Brotherhood FC विरुद्ध Omisha Siliguri बीच अर्को दमदार भिडन्त हुँदैछ। आयोजक कमिटीले सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई हार्दिक स्वागत गर्दछ।