The Mirik Post

Call Directions Contact the business

The Mirik Post जन सरोकारको सही प्रतिनिधित्व

05/10/2026

मिरिक नगरपालिका वार्ड नम्वर तीनमा भाजपाको कार्यलय उद्घाटन

भाजपा सिक्किम प्रभारी राजु विष्टलाई रम्फुमा भव्य स्वागत सिक्किमको प्रभारी नियुक्त भए पछि पहिलो पटक सिक्किमको सांगठनिक भ्...
05/10/2026

भाजपा सिक्किम प्रभारी राजु विष्टलाई रम्फुमा भव्य स्वागत

सिक्किमको प्रभारी नियुक्त भए पछि पहिलो पटक सिक्किमको सांगठनिक भ्रमणमा आएका दार्जीलिङका सांसद तथा भाजपा पश्चिम बङ्गालको उपाध्यक्ष राजु विष्टलाई सिक्किमको प्रवेशद्वार रम्फूमा भाजपा महासचिव अर्जुन राई र अन्य नेताहरूले स्वागत गरेका छन्।

05/10/2026

SIR प्रक्रियामा नाम डिलिट भएकाहरुले मिरिक खण्ड बिकास अधिकारीसित गरे भेट

खरबनीका गाउँबासीद्वारा छोटाकोठीदेखि खरबनीसम्म सडक सफाइ अभियान सम्पन्नखरबनी, ५ अक्टोबर। खरबनीका स्थानीय गाउँबासीले छोटाको...
05/10/2026

खरबनीका गाउँबासीद्वारा छोटाकोठीदेखि खरबनीसम्म सडक सफाइ अभियान सम्पन्न

खरबनी, ५ अक्टोबर। खरबनीका स्थानीय गाउँबासीले छोटाकोठीदेखि खरबनीसम्मको सडकखण्डमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। स्थानीयवासीको सक्रियतामा सम्पन्न अभियानअन्तर्गत सडक किनारमा उम्रिएका झारपात, झाडी तथा बाटोमा जम्मा भएका फोहोरहरू हटाएर आवागमनलाई सहज बनाइएको हो।

विशेषगरी असले झर्ना घुम्न आउने पर्यटक तथा खरबनीमा सञ्चालन भइरहेको खुला फुटबल प्रतियोगितामा सहभागी खेलाडी र दर्शकहरूको सुविधालाई ध्यानमा राखेर सडक सफाइ गरिएको स्थानीय शोहित गहतराजले बताएका छन्।

पछिल्लो समय असले झर्ना पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको तथा खरबनीमा भइरहेको खुला फुटबल प्रतियोगिताका कारण यस क्षेत्रमा मानिसहरूको आवागमन बढेको छ। यस्तो अवस्थामा सडकको सरसफाइ तथा सहज आवागमनका लागि स्थानीयस्तरबाट अभियान सञ्चालन गरिएको स्थानीय पञ्चायत सदस्य निरज राईले बताए।

अभियानमा गाउँका स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थल तथा सडकको सरसफाइ स्थानीय समुदायको साझा दायित्व भएकाले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताएका छन्।

स्थानीयवासीको पहलमा गरिएको यस प्रकारको सरसफाइ अभियानले पर्यटक तथा खेलकुदप्रेमीहरूलाई सहज आवागमनका साथै क्षेत्रको स्वच्छता र सौन्दर्य कायम राख्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

05/10/2026

मरमा चियाबारीमा श्रद्धा देवानको दोकानमा चोरी काण्ड

मिरिक महकुमाको मरमा चियाबारी मन्दिर गाउँ निवासी श्रद्धा देवानको दोकानमा हिज राती चोरी भएको जानकारी प्राप्त भएको छ। दोकानदार श्रद्धा देवानले हिज दोकान बन्द गरेर घर गएपछि रातीको समयमा दोकानको झरपमा हतियार प्रयोग गरेर चोर भित्र पसेको हुनसक्ने बताएकी छन्। उनले विहान दोकान खोल्न आउदा दोकानको झरप खुल्ला देखेपछि दोकान भित्र हेर्दा सर समानहरू यत्र तत्र छरिएको देखेको बताएकी छन्। उनी अनुसार चोरले भित्र पसेर लाइटको एमसीभी डाउन गरेर दोकानमा भएको सामाग्रीहरू सहित गल्लामा भएको लगभग तीन हजार रूपियाँ चोरेको छ। उनले हिज मात्र दशैंका लागि लगभग एक लाख रूपियाँको सौदा दोकानमा लगाएको बताएकी छन्। ती मध्ये पनि धेरै सामानहरू चोरी भएको बताएकी छन्। उनले गाउँ घरमा यस्तो घटनाले नकरात्मक सन्देश दिने साथै आज आफ्नो दोकानमा यस्तो काण्ड भएको तर भविष्यमा अन्य ठाउँहरूमा पनि यस्तो काण्ड हुने आशंका व्यक्त गर्दै प्रशासनलाई उचित पहल गरिदिने माग गरेकी छन्।

04/10/2026

कर्सियाङ वार्ड नम्बर ३ को एउटा घरमा आगलागी

बहादुर गाउँ युवा क्लब अनि प्रगति समाजको पचास वर्षगाँठको अवसरमा तथा प्रगति समाजको आयोजनामा आगामी ११ अक्टोबरको दिन बहादुर ...
04/10/2026

बहादुर गाउँ युवा क्लब अनि प्रगति समाजको पचास वर्षगाँठको अवसरमा तथा प्रगति समाजको आयोजनामा आगामी ११ अक्टोबरको दिन बहादुर गाउँ खेल मैदानमा भव्यताको साथमा स्वर्ण जयन्ती कार्यक्रम आयोजना हुने भएको छ। यस अवसरमा दार्जीलिङ पहाडका चर्चित गायक गायिकाहरूले साथै स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। जसमा चर्चित गायक थुपदेन भुटिया, गायिका भवना थापा, सुजता सुनार, गायकद्वय उज्ज्वल सुब्बा अनि असिम छेत्रीले म्युजिक मेलोडी मिरिकसँग आफ्नो प्रस्तुति दिने भएको छ।

दार्जिलिङ विधायक नोमन राई एवं गोर्खा जनमुक्ति मोर्चा, मिरिक बीच औपचारिक भेटघाट गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समित...
04/10/2026

दार्जिलिङ विधायक नोमन राई एवं गोर्खा जनमुक्ति मोर्चा, मिरिक बीच औपचारिक भेटघाट

गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समितिको कार्यकारी अध्यक्ष लाडुप घिसिङ, २३/सियोक-गोपालधारा-ओकाइटी समष्टि अध्यक्ष योगेश गोले, सचिव नितेश गुरुङ एवं प्रमुख सल्लाहकार विधान थापाका टोली आज दार्जिलिङ विधायक नोमन राईसित सिलगढीमा भेट गरि २३/सियोक-गोपालधारा-ओकाइटी समष्टि अन्तर्गत दार्जिलिङ विधानसभा एवं जोरबुङलो-सुकेपोखरी खण्ड अधीनस्थ पर्ने सियोक अनि गोपालधारा क्षेत्रको सर्वसाधारणले भोगिरहेका विविध समस्याहरूको विस्तृत विवरण राख्दै यथाशिघ्र उचित कदम उठाइनुपर्ने विषयमा सकारात्मक छलफल गरे।

03/10/2026


बिरपाडा अस्पतालमा नेपाली महिलामाथि दुर्व्यवहारको आरोपी डाक्टरलाई पदबाट निस्कासन गरिनुपर्छ- बिमल गुरुङ

दार्जीलिङ। बिरपाडा अस्पतालमा उपचारका लागि पुगेकी एक नेपाली महिलालाई भाषा तथा पहिचानलाई लिएर कथित रूपमा दुर्व्यवहार तथा धम्की दिइएको घटनाप्रति गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अध्यक्ष विमल गुरुङले घोर आपत्ति जनाएका छन्। महिलामाथि अस्पतालका एक डाक्टरले कथित रूपमा “विमल गुरुङको मान्छे, नेपाल जा” लगायतका शब्द प्रयोग गर्दै उनको नेपाली भाषा र पहिचानलाई लिएर दुर्व्यवहार तथा धम्की दिएको आरोप सार्वजनिक भएको छ। घटनालाई गम्भीर रूपमा लिँदै गोजमुमो अध्यक्ष गुरुङले सम्बन्धित डाक्टरमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले आरोप पुष्टि भएमा सम्बन्धित डाक्टरलाई पदबाट हटाउनुपर्ने धारणा व्यक्त गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताएका छन्। गुरुङले यस विषयमा चाँडै पश्चिम बंगालका मुख्यमन्त्रीसमक्ष औपचारिक रूपमा पत्राचार गरिने पनि जनाएका छन्। उपचारका लागि अस्पताल पुगेका कुनै पनि नागरिकलाई भाषा, जातीय पहिचान वा अन्य कुनै आधारमा अपमान तथा विभेद गरिनु नहुने भन्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत उठेको छ।

03/10/2026

वीरपाडा घटनाको भागोप्रमोद्वारा भर्त्सना

Address

Mirik Bazar
Darjeeling

Telephone

+917076573711

Website

Alerts

Be the first to know and let us send you an email when The Mirik Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Mirik Post:

Shortcuts

Share