SB 07 Darjeeling

SB 07 Darjeeling SB 07 Darjeeling news REG- NO- WB-06- # # # # # #8
https://youtube.com/.07?feature=shared

आज नयाँ दिल्लीमा, मैले दार्जिलिङ पहाड़, तराई, अनि डुवर्स क्षेत्रसँग सम्बन्धित चीर-प्रतिक्षित मुद्दाहरूको समाधानका लागि व...
27/10/2025

आज नयाँ दिल्लीमा, मैले दार्जिलिङ पहाड़, तराई, अनि डुवर्स क्षेत्रसँग सम्बन्धित चीर-प्रतिक्षित मुद्दाहरूको समाधानका लागि वार्तालाई अगाड़ि बढ़ाउन इन्टरलोक्युटर अनि भारत सरकारको प्रतिनिधिको रूपमा नियुक्त पूर्व राष्ट्रीय सुरक्षा उपसल्लाहकार एवम् वरिष्ठ आईपीएस अधिकारी (सेवानिवृत्त) श्री पंकज कुमार सिंहज्यूलाई भेटेँ।

इन्टरलोक्युटरको नियुक्ति एक प्रक्रियात्मक पाइलोमात्र नभएर, यो समावेशी प्रशासन अनि राष्ट्रीय एकताप्रति केन्द्र सरकारको वचनबद्धताको पुनर्पुष्टि पनि हो। हामी आशावादी छौँ कि सबै स्टेकहोल्डरहरूले यस वार्तालाई पूर्ण सहयोगका साथ अगाड़ि बढ़ाउनेछन्। हाम्रो क्षेत्र अनि जनताको स्वाभिमान एवम् प्रगति सुनिश्चित गर्ने दिशामा एकजुट भएर बढ़्नुपर्ने यही समय हो।

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, अनि माननीय गृहमन्त्री श्री अमित शाहज्यूले यस महत्त्वपूर्ण प्रक्रियालाई अगाड़ि बढ़ाउन भारत सरकारको प्रतिनिधि नियुक्त गर्नुभएकोमा उहाँहरूप्रति म हाम्रो क्षेत्रका जनताको तर्फबाट निष्ठापूर्ण कृतज्ञता व्यक्त गर्दछु।

25/10/2025
हिजो मिरिक नौलडाँडामा भएको दु:खद गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो। आज जीटीए स्वास्थ्य विभागका कार्यकारी सभासद ...
23/10/2025

हिजो मिरिक नौलडाँडामा भएको दु:खद गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो। आज जीटीए स्वास्थ्य विभागका कार्यकारी सभासद अरुण सिगचीको पहल र सहयोगमा मृतकहरूको शवको पोस्टमार्टम सम्पन्न गरी नेपाल ईटहरी, मिरिक , निरपानी पठाइएको छ।

🕯️ दुःखद समाचार 🕯️आज बिहान करिब ७:३० बजे, राष्ट्रीय राजमार्ग १० अन्तर्गत लोहापुल नजिक भएको सडक दुर्घटनामा रम्बी निवासी क...
23/10/2025

🕯️ दुःखद समाचार 🕯️

आज बिहान करिब ७:३० बजे, राष्ट्रीय राजमार्ग १० अन्तर्गत लोहापुल नजिक भएको सडक दुर्घटनामा रम्बी निवासी कुमार विश्वकर्माको मृत्यु भएको छ।

शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना। 🙏🕊️

23/10/2025

राष्ट्रिय राजमार्ग १० मा घट्यो ठूलो दुर्घटना

मिति: २१/१०/२०२५प्रेस विज्ञाप्तिभारत सरकारको केन्द्रीय गृहमंत्रलयले दार्जीलिङ पहाड तराई डुवर्स क्षेत्रका गोर्खाको समस्या...
21/10/2025

मिति: २१/१०/२०२५

प्रेस विज्ञाप्ति

भारत सरकारको केन्द्रीय गृहमंत्रलयले दार्जीलिङ पहाड तराई डुवर्स क्षेत्रका गोर्खाको समस्या बारे छलफल गर्न गत केही दिन अघि पूर्व आईपीएस अधिकारी एंव पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाकार श्री पंकज कुमार सिंहलाई इन्टरलोक्युटरको रूपमा नियुक्ति गरिएको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,ले भारतको केन्द्रीय गृहमंत्रलयको यो घोषणालाई ध्यान पूर्वक लिएको छ।हामी भारतीय गोर्खाहरूको दीर्धकालिन आकांक्षाको बारेमा लिएरको पहललाई स्वागत गर्छौ तर हामीले यस विषयलाई सावधानी पूर्वक तथा गम्भीरतासंग लिएर अघि बढन जरूरी छ।अहिलेसम्म यस नियुक्तिको विषय बारे अधिकारिक अधिसूचना सर्वजनिक भएको छैन।

इन्टरलोक्युटर नियुक्तिको विषय आदि जस्ता विषयहरू स्पष्ट नभएकोले यस प्रक्रियाको पारदर्शिता र विश्वासनीयताथि प्रश्न उठन सक्ने थुप्रै सम्भावनाहरू देखिन्छ।

आईजीजेएफको अडन स्पष्ट छ गोर्खाहरूको समस्यालाई जातिया परिचय,जातिया चिनारीसंग जोडिएको हुनाले यसको स्थायी समाधान भारतीय संविधान अनुरूप हुन पर्छ अनि यस समस्याको समाधान राजनैतिक माध्यमद्वारा मात्र सम्भाव छ।बंगाल राज्यदेखि अलग छुटटै राज्यको निर्माणले मात्र गोर्खाहरूको दीर्धकालिन समस्यालाई स्थायी समाधान हुन्छ भन्ने आईजीजेएफ,ले अघिबाटै स्पष्ट गरी सकेको छ।

गत केही दिन अघिदेखि कतिपय राजनैतिक दलहरूले एकबद्वको आहवान गर्दै आई रहेको छ।आईजीजेएफ,ले पनि एकबद्वताको आहवानलाई साकारात्मक रूपमा लिएका छन तर एकबद्वताको आहवानलाई कार्य रूपमा परिणत गर्न सक्नु पर्छ भन्ने विषयलाई हामी जोड दिन्छौ तर एकबद्वताको आहवान पहाड तराई डुवर्स एंव गोर्खा जातिको पक्षमा हुन पर्छ।

पहाड तराई डुवर्स तथा गोर्खा हरूको दीर्धकालिन समस्यालाई समाधान गर्न नियुक्त गरेको इन्टरलोक्युटरको नियुक्तिलाई राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले विरोध गरेकी छिन।उनको यस प्रकारको विरोधले राज्य सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूप्रति हेर्ने सोच कस्तो छ भन्ने स्पष्ट भएको छ।गत 2011 मा गठन भएको गोर्खाल्याण्ड क्षेत्रिया प्रशासनको दस्तावेजमा सम्झौता अनुसार राज्य सरकारले पालन गरेको छैन।जब जब पहाड तराई डुवर्स तथा गोर्खाहरूको समस्यालाई समाधानको संकेत आउन थाल्छ तब तब राज्य सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूमाथि आफुहरूले उद्वार ह्रदय देखाएको कुराहरू गर्ने गर्छन,यदि राज्य सरकार गोर्खाहरूप्रति साच्चै इमान्दार छन भने दीर्धकालिन समस्यालाई समाधान गर्न राजनैतिक समाधानको प्रक्रियालाई साथ दिनु पर्छ।

आईजीजेएफ,ले सवै राजनैतिक पार्टी,संघ संस्था सवै सवैलाई अलग राज्य गठनको निम्ति एकबद्व हुने आहवान गर्छ।अलग राज्य गठनको लागि हामी सवै एकबद्व हुन पर्छ,हाम्रो लक्ष्य अलग राज्य हुन पर्छ,पश्चिम बंगालदेखि अलग भारतको संविधान अनुरूप अलग राज्यको गठन हुन पर्छ भन्ने इण्डियन गोर्खा जन शक्ति फ्रण्ड,को अडान स्पष्ट छ।

अजय लुकस एडवाडर्स
प्रमुख संयोजक
इण्डियन गोर्खा जन शक्ति फ्रण्ड
केन्द्रीय कार्यलय पी कोठी दार्जीलिङ

दार्जिलिङका जनताको आवाजमाथि कायरतापूर्ण हमला!सुकियापोखरी नजिक माननीय सांसद Raju Bista ज्यूको काफिलामाथि भएको आक्रमण हाम्...
19/10/2025

दार्जिलिङका जनताको आवाजमाथि कायरतापूर्ण हमला!

सुकियापोखरी नजिक माननीय सांसद Raju Bista ज्यूको काफिलामाथि भएको आक्रमण हाम्रो पहाडको शान्ति, सत्य र विकासमाथिको हमला हो।
दार्जिलिङको हितका लागि समर्पित जनप्रतिनिधिमाथि यसरी आक्रमण गर्नु सरकारले लोकतन्त्रको आत्मालाई चुनौती दिएको प्रमाण हो।

दोषीहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याई कडा सजाय दिइयोस्।
हामी हाम्रो नेतासँग एकढिक्का भएर उभिएका छौं —
हिंसाले हाम्रो आवाज दबाउन सक्दैन, सत्य र विकासको यात्रा कहिल्यै रोकिँदैन।

– अजय शर्मा
अध्यक्ष, भारतीय जनता पार्टी
सुकना–पनिघाटा मण्डल
Highlights

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रको निर्णयविरुद्ध पत्र लेख्दै हिल इण्टरलोक्युटर पंकज कुमार सिंहको निय...
18/10/2025

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रको निर्णयविरुद्ध पत्र लेख्दै हिल इण्टरलोक्युटर पंकज कुमार सिंहको नियुक्ति फिर्ता लिन आग्रह गरिन्। उनी भन्छिन्, राज्यसँग सल्लाह नगरी गरिएको यो कदम सहकारी संघीयतासँग मेल खाँदैन।

जब भारत सरकारले दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन राजनीतिक र पहिचान सम्बन्धी समस्याको समाधानका लागि *इन्...
18/10/2025

जब भारत सरकारले दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन राजनीतिक र पहिचान सम्बन्धी समस्याको समाधानका लागि *इन्टरलोक्युटर* नियुक्त गर्ने ऐतिहासिक र बहुप्रतिक्षित कदम चाल्यो — तब पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी “आश्चर्यचकित” भएको बताउँछिन्।
उनी भन्छिन्, यो निर्णय संघीय सिद्धान्तको उल्लङ्घन हो।

तर प्रश्न उठ्छ — जब हाम्रा जनता वर्षौं वर्ष दुःख भोग्दै आएका थिए, तब ती “संघीय सिद्धान्त” कहाँ हराए?
आज जब केन्द्र सरकारले गोरखा जनताको आवाज सुन्ने पहल गरेको छ, तब राज्य सरकारले किन यति डरायो?
किनकि यसपटक कोलकाताबाट हुने नियन्त्रण र राजनीतिक खेलबाजीमाथि वास्तविक संवाद र विश्वासको राजनीति अगाडि बढेको छ!

यदि *GTA* का नेताहरू साँच्चै *गोरखा* हुन् भने — उनीहरूले अब स्पष्ट धार लिनुपर्छ।
उनीहरू ममता बनर्जीको भनाइसँग छन् कि गोरखा जनताको भावना र आकांक्षासँग?
यो बेला मौन बस्नु भनेको आफ्नै स्वार्थ र सत्ताको कुर्सीप्रति निष्ठा देखाउनु हो, जनताको प्रति होइन।

इन्टरलोक्युटरको नियुक्ति कुनै राजनीति होइन — यो *सम्मान*, *पहिचान* र *स्थायी समाधान* तर्फको कदम हो।
पहिलोपटक भारत सरकारले बिना आन्दोलन, बिना हिंसा — दार्जिलिङ, तराई र डुवर्सको स्थायी राजनीतिक समाधानको दिशामा गम्भीर प्रतिबद्धता देखाएको छ।
यो सकारात्मक कदमको विरोध गर्नुको साटो, राज्य र GTA ले यसलाई स्वागत गर्नुपर्थ्यो — यदि उनीहरू साँच्चै जनताको पक्षमा छन् भने।

अब दोहोरो चरित्र र ढोंगको अन्त्य हुनुपर्छ!
हाम्रो पहाड, तराई र डुवर्सका जनताले सबै नाटक राम्ररी बुझिसकेका छन्।
हामी सत्यको पक्षमा छौं, न्यायको पक्षमा छौं, र हाम्रो क्षेत्रको स्थायी समाधानको पक्षमा छौं —
भारतीय जनता पार्टीको नेतृत्वमा र हाम्रा सांसद श्री राजु बिष्टज्यूको मार्गदर्शनमा

भारतीय जनता पार्टी
सुक्ना पानीघट्टा मण्डल अध्यक्ष अजय शर्मा.

**दार्जिलिङ – तराई – डुवर्सका जनताको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत**आज हाम्रो क्षेत्रका लागि एउटा ऐतिहासिक क्षण आएक...
17/10/2025

**दार्जिलिङ – तराई – डुवर्सका जनताको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत**

आज हाम्रो क्षेत्रका लागि एउटा ऐतिहासिक क्षण आएको छ।
केन्द्र सरकारले दार्जिलिङ, तराई र डुवर्स क्षेत्रका जनताको दीगो राजनीतिक समाधानका लागि **Interlocutor** नियुक्त गरेको घोषणा गरेको छ।
यो निर्णयले दशकौँदेखि बाँकी रहेको हाम्रो राजनीतिक आकांक्षाको नयाँ ढोका खोलेको छ।

यस ऐतिहासिक पहललाई सम्भव बनाइदिनु भएकोमा
**आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू**,
**माननीय गृहमन्त्री श्री अमित शाहज्यू**,
र हाम्रा **सांसद श्री राजु विष्टज्यू** प्रति
हामी सम्पूर्ण गोर्खा समुदाय, दार्जिलिङ–तराई–डुवर्सका जनताको तर्फबाट हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौं।

हाम्रो मुद्दा, हाम्रो पहिचान र हाम्रो अधिकारको आवाजलाई केन्द्रसम्म पुर्‍याउन सांसद श्री राजु विष्टज्यूले निरन्तर रूपमा गरेको अथक प्रयास, समर्पण र संघर्षको हामी उच्च सम्मान गर्दछौं। उहाँको अथक परिश्रम, प्रधानमन्त्री मोदीज्यू र गृहमन्त्री अमित शाहज्यूको दूरदृष्टिपूर्ण नेतृत्वकै कारण आज हामी समाधानको दिशामा अगाडि बढ्न सक्षम भएका छौं।

**Interlocutor को नियुक्ति** हाम्रो संघर्षको निर्णायक मोड हो।
यो हाम्रो आवाज सुन्ने, बुझ्ने र समाधान गर्ने भारत सरकारको प्रतिबद्धताको प्रतिविम्ब हो।
हामी विश्वस्त छौं कि यस संवादको प्रक्रियाले दार्जिलिङ–तराई–डुवर्सको जनतालाई स्थायी शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढाउनेछ।

हामी सबैलाई यो ऐतिहासिक क्षणमा एकजुट भएर,
हाम्रो क्षेत्र र जनताको हितका लागि योगदान दिन आह्वान गर्दछौं।
हाम्रो साझा उद्देश्य हो—
**शान्ति, संवाद र विकासको बाटोमा अघि बढ्दै उज्ज्वल भविष्य निर्माण गर्नु।**

जय हिन्द
जय गोर्खा

**भारतीय जनता पार्टी**
**अजय शर्मा**
सुकना–पानीघाटा मण्डल अध्यक्ष

Address

Darjeeling
734321

Telephone

+918967525336

Website

Alerts

Be the first to know and let us send you an email when SB 07 Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SB 07 Darjeeling:

Share