SB 07 Darjeeling

SB 07 Darjeeling SB 07 Darjeeling news REG- NO- WB-06- # # # # # #8
https://youtube.com/.07?feature=shared

29/05/2026

प्रेस वक्तव्य

मिति: २९ मे २०२६

आज माननीय सांसदज्यूको नेतृत्वमा हामी तीन जना विधायकहरू तथा हाम्रो एनडीए गठबन्धनका साझेदार दलका नेताहरूको प्रतिनिधिमण्डलले पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुवेन्दु अधिकारीज्यूसँग शिष्टाचार भेटघाट गर्‍यौं।

उक्त भेटघाटमा गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष श्री बिमल गुरुङज्यू, श्री रोशन गिरीज्यू लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

भेटका क्रममा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रसँग सम्बन्धित विभिन्न जनसरोकारका विषयहरू, विकासका सम्भावनाहरू तथा क्षेत्रका दीर्घकालीन समस्या र चुनौतीहरूबारे विस्तृत छलफल गरियो। साथै, क्षेत्रको समग्र विकास, जनताको आकांक्षा तथा विभिन्न महत्त्वपूर्ण मुद्दाहरूको समाधानका लागि माननीय मुख्यमन्त्रीज्यूको मार्गदर्शन र सहयोगको अपेक्षा व्यक्त गरियो।

हामी विश्वस्त छौं कि केन्द्र र राज्य सरकारबीचको समन्वय तथा सकारात्मक सहकार्यबाट दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको हितमा थप प्रभावकारी कार्यहरू अगाडि बढ्नेछन्।
Sonam Lama
MLA Kurseong

धन्यवाद।

आजको सभा शुरु हुनु अघि मुख्यमन्त्री श्री सुभेन्दू अधिकारी ज्यूसँग कालिम्पोङ विधायक श्री भरत क्षेत्री ज्यूले बधाई दिँदै भ...
29/05/2026

आजको सभा शुरु हुनु अघि मुख्यमन्त्री श्री सुभेन्दू अधिकारी ज्यूसँग कालिम्पोङ विधायक श्री भरत क्षेत्री ज्यूले बधाई दिँदै भेटघाट गरे।

*Office of Raju Bista**Press Release**29th of May, 2026*Today, I lead a delegation comprising of elected MLA's from Darj...
29/05/2026

*Office of Raju Bista*
*Press Release*
*29th of May, 2026*

Today, I lead a delegation comprising of elected MLA's from Darjeeling, Kalimpong and Kurseong, and leaders of our Alliance Party to meet with the Hon'ble Chief Minister of West Bengal, Sh. Suvendu Adhikari ji. We discussed multiple issues concerning our Darjeeling hills, Terai, and Dooars region and sought his guidance for ensuring lasting peace and progress for our region.

We highlighted the long-pending issues concerning the rights and dignity of our tea garden and cinchona garden workers. The Tea Board of India Deputy Chairman will be visiting Darjeeling next week to initiate steps in this regard. We also underlined the need to ensure the rights for the people living in forest villages, and the residents of DI Fund land.

Further we highlighted the urgent need to improve healthcare infrastructure, quality education, provision of safe drinking water to every household, and the need for massive improvement in roads and connectivity so that no village in the hills, Terai or Dooars remains isolated.

We also discussed disaster mitigation and management preparedness, especially in view of the recurring landslides and floods. The Secretary, Department of Disaster Management has been ordered to visit our region and hold a detailed discussions regarding this. We also strongly emphasised the need for accelerated, inclusive development of the entire region, and sought his guidance for fulfilling the aspirations of the people of our region.

Further, we placed before him the urgent need for a thorough investigation into the deep-rooted corruption in the GTA and several other local bodies. Particularly ghotala in Har Ghar Jal, AMRUT, Teacher's Recruitment, Teachers Eligibility Test (TET), PMGSY, PMAY and other such State and Central schemes. The Hon'ble Chief Minister has assured that a Special Audit of GTA and Municipalities in the hills will be undertaken.

The Hon’ble Chief Minister and has given us positive assurances on all issues. He further mentioned the Interlocutor appointed by the Central Government to take forward the dialogue, and said that ensuring peace, development and ascertaining the rights of the people of our region are among his top priorities.

We are confident that under his dynamic and decisive leadership, and guidance, justice for the people of the Darjeeling hills, Terai and Dooars will be ensured.

The meeting was attended by the Chief Secretary of West Bengal Sh. Manoj Agarwal ji, Principal Secretary GTA, DM Darjeeling, DM Kalimpong, and other senior government officials.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

Today,  I had the privilege of meeting the Hon'ble Chief Minister Sh. Suvendu Adhikari ji at his Nabanna office in Kolka...
29/05/2026

Today, I had the privilege of meeting the Hon'ble Chief Minister Sh. Suvendu Adhikari ji at his Nabanna office in Kolkata.

On behalf of the people from Darjeeling hills, Terai and Dooars, I congratulated him on the tremendous pace with which he has been working to ensure welfare of the people from across the state.

Under his able guidance, West Bengal is witnessing a new era of inclusive development, where no region is left behind. His unwavering commitment to good governance, transparency, and people-centric policies are inspiring confidence among all sections of the society.

29/05/2026

दार्जिलिङका सांसद राजु बिष्ट, पहाडका नेता बिमल गुरुङ लगायतको उपस्थितिमा सम्पन्न हाई कमाण्ड सभामा मुख्यमन्त्री सुभेन्द्र अधिकारीले पहाडको विकास, संगठन सुदृढीकरण र जनताको विश्वास जित्ने विषयमा महत्वपूर्ण प्रस्ताव राखेको चर्चा अहिले राजनीतिक वृत्तमा तीव्र बनेको छ।

29/05/2026

दार्जीलिङमा अवैध जुवा–गेमिङ नियन्त्रणको माग।

भारतीय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला समितिले दार्जीलिङमा फैलिँदै गएको अवैध जुवा तथा गेमिङ गतिविधि रोक्न सदर थाना समक्ष हस्तक्षेपको मागसहित निवेदन दिएको छ।

समितिका अनुसार शहरका विभिन्न क्षेत्रमा जुवा सम्बन्धी क्रियाकलाप बढ्दै जाँदा सामाजिक अनुशासन कमजोर हुँदै गएको र धेरै परिवार आर्थिक समस्यामा परेको छ। विशेषगरी युवापुस्तामाथि यसले गम्भीर मानसिक प्रभाव पारिरहेको बताइएको छ।

समितिले पेपर लटरी, अनलाइन गेमिङ, तास खेल र ज्याकपोटजस्ता गतिविधिमाथि कडा निगरानी राखी कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै स्वस्थ सामाजिक वातावरणका लागि आवश्यक जानकारी प्रशासनलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ।

समितिका अध्यक्ष निरज बन्तावा राईले समयमै कडा कदम नचालिए समाज र युवापुस्तामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

भीबीडीसी युनियनका प्रतिनिधिहरूले विधायकसित गर्याे भेट।दार्जिलिङ  जिल्ला भीबीडीसी युनियनका प्रतिनिधि  अनि सदस्यहरूले  केह...
29/05/2026

भीबीडीसी युनियनका प्रतिनिधिहरूले विधायकसित गर्याे भेट।

दार्जिलिङ जिल्ला भीबीडीसी युनियनका प्रतिनिधि अनि सदस्यहरूले केही दिन अघि युनियनका जिल्ला अध्यक्ष सम्झाैता राई अनि सचिव इशा प्रधानकाे नेतृत्वमा खरसाङका विधायक साेनाम लामासित भेट गरेकाे जिल्ला अध्यक्ष सम्झाैता राईले बताइन। विधायकसितकाे भेट अवधि युनियनकाे पक्षबाट भीबीडीसीहरूले भाेग्न परेकाे विविध विषयमा चर्चा गरिन साथै एउटा ज्ञापन पत्र पनि प्रदान गरिएकाे सम्झा‌ैता राईले जानकारी गराँउदै भीबीडीसीले जति निष्ठापूर्वक कार्य गरिरहेछ जसलाई ध्यानमा राखेर वेतनमा वृद्धि , मेडिकल इन्स्योरेन्स आदि बिषयमा सक्रिय पहल गरिदिने अनुराेध गरिएकाे बताइन।राईले विधायक लामाले युनियनकाे मागलाई गम्भीरतापूर्वक लिदै समस्या समधानकाेलागि कार्य गर्ने आश्वसन हाेइन वचन दिएकाे बताँउदै विधायक लामाले भीबीडीसीलाई जुन वचन दिएका छन।त्याे चाँडाे हुने आशा हामीले गरेका छाै भनिन। राईले विधायक लामासित युनियनका सदस्य अनि पदाधिकारीहरूले गरेकाे भेट अति नै राम्राे रहेकाे बताँउदै विधायकले देखाएकाे सकरात्मक साेचले भीबीडीसी सदस्यहरूलाई नयाँ उर्जा प्राप्त भएकाे बताइन।

29/05/2026

कालेबुङमा लेप्चा भाषा संरक्षणको माग गर्दै आज डम्बर चोकमा लेप्चा समुदायले हातमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
भाषा, संस्कृति र पहिचान जोगाउनुपर्ने मागसहित आयोजित उक्त कार्यक्रममा सहभागीहरूले लेप्चा भाषालाई बचाउन सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।
यसैबीच, कार्यक्रमबारे जानकारी दिँदै रूमदेन लेप्चा तथा युसुफ सिमिकले लेप्चा भाषा र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको बताए। उनीहरूले नयाँ पुस्तामाझ भाषा जोगाउन सरकार तथा समाजको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
पूरा विवरणका लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्।

आज दार्जिलिङका सांसद Raju Bista ले भारतीय जनता पार्टी पश्चिम बंगालका सम्माननीय प्रदेश अध्यक्ष Samik Bhattacharya सँग भेट...
29/05/2026

आज दार्जिलिङका सांसद Raju Bista ले भारतीय जनता पार्टी पश्चिम बंगालका सम्माननीय प्रदेश अध्यक्ष Samik Bhattacharya सँग भेट गरेका छन्। भेटका क्रममा उत्तर बंगालका विभिन्न क्षेत्रहरूको वर्तमान जमीनी अवस्था बारे जानकारी गराउनुका साथै संगठनात्मक विषयहरूमा विस्तृत छलफल भएको बताइएको छ।
प्रदेश अध्यक्ष समिक भट्टाचार्यजीको गतिशील नेतृत्वमा भारतीय जनता पार्टीले २०२६ को पश्चिम बंगाल विधानसभा चुनावमा ऐतिहासिक तथा शानदार विजय हासिल गर्न सफल भएको उल्लेख गरिएको छ। उहाँको उत्कृष्ट संगठनात्मक क्षमता, जमीनी स्तरसम्मको गहिरो पहुँच तथा प्रत्येक जिल्ला र बूथ तहसम्मको प्रभावकारी समन्वयले पार्टीलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
साथै, उहाँकै मार्गदर्शनमा जनताको आकांक्षा पूरा गर्दै पश्चिम बंगालको गौरव पुनः स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

28/05/2026

दार्जिलिङ घुम्न आएका केही पर्यटकहरूले मिडिया अगाडि आएर आफ्नो गुनासो राखेका छन्।
उहाँहरूको अनुभवले अहिले एउटा गम्भीर प्रश्न उठाइरहेको छ —
के दार्जिलिङमा पर्यटकहरूलाई यस्तै व्यवहार गरिन्छ ?
दार्जिलिङ केवल एउटा पर्यटन स्थल मात्र होइन, हाम्रो पहिचान, सम्मान र आतिथ्यताको प्रतीक पनि हो।
यदि यहाँ आउने पाहुनाहरूले असन्तुष्टि बोकेर फर्किनुपर्ने अवस्था सिर्जना हुन्छ भने, यसले पर्यटन क्षेत्रसँगै सम्पूर्ण पहाडको छविमाथि प्रश्न उठाउँछ।
पर्यटकहरू किन असन्तुष्ट भए ?
उहाँहरूले के-के गुनासो राखे ?
वास्तविकता के हो ?
यी सबै विषयमा जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्।
हामी सत्य तथ्य जनतासम्म पुर्‍याउने प्रयासमा छौँ।

हिजो खरसाङ अस्पतालमा  विधायक (MLA) सोनाम लामा ज्यूको विशेष भिजिट सम्पन्न भयो। उक्त अवसरमा CMOH साथै खरसाङ, मिरिक र तक्दा...
28/05/2026

हिजो खरसाङ अस्पतालमा विधायक (MLA) सोनाम लामा ज्यूको विशेष भिजिट सम्पन्न भयो। उक्त अवसरमा CMOH साथै खरसाङ, मिरिक र तक्दाहका BMOH हरूसँग महत्वपूर्ण बैठकसमेत आयोजना गरिएको थियो।
बैठकमा हाम्रो क्षेत्रको स्वास्थ्य सेवा सुधार, अस्पताल पूर्वाधार विकास, आवश्यक स्वास्थ्य सुविधा विस्तार तथा जनतालाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विस्तृत एवं फलदायी छलफल गरियो।
MLA सोनाम लामा ज्यूले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हामी हाम्रो क्षेत्रको स्वास्थ्य प्रणालीलाई अझ आधुनिक र प्रभावकारी बनाउन निरन्तर प्रयासरत छौँ। आम नागरिकको हित र जनस्वास्थ्यको समग्र विकासका लागि आगामी दिनहरूमा पनि यस्ता पहलहरू निरन्तर जारी

Address

Darjeeling
734321

Telephone

+918967525336

Website

Alerts

Be the first to know and let us send you an email when SB 07 Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SB 07 Darjeeling:

Share