
19/07/2025
"आई लभ लेप्चाजगत" सेल्फी प्वाइन्ट उद्घाटन तथा बन महोत्सव २०२५ अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न।
सुकेपोखरीः आज वन विभाग, दार्जिलिङ वन क्षेत्र अन्तर्गत घुम सिमाना रेन्ज कार्यालयको आयोजनामा लेप्चाजगतमा "आई लभ लेप्चाजगत" सेल्फी प्वाइन्टको उद्घाटन कार्यक्रम तथा बन महोत्सव २०२५ अन्तर्गत वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो।उक्त सेल्फी प्वाइन्टको उद्घाटन अतिरिक्त वन क्षेत्र अधिकारी (ऐडिएफओ) शुभोजित देवनाथ, खण्ड विकास अधिकारी अर्घ्य गुह द्वारा गरियो।कार्यक्रममा रेन्ज अधिकारी निला राई, सुकेपोखरी ट्राफिक ईन्चार्ज पेम्बा लामाको गरिमामय उपस्थिति रहेको थियो। यस अवसरमा संयुक्त वन व्यवस्थापन समिति (JFMC), वन अधिकार समिति (FRC), होमस्टे सञ्चालकहरू तथा स्थानिय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो, जसले वातावरण संरक्षण तथा लेप्चाजगत क्षेत्रको इको-टुरिजम प्रवर्द्धनप्रति समुदायको प्रतिबद्धता दर्शाउँछ।वृक्षारोपण कार्यक्रमको उद्देश्य पर्यावरणीय सन्तुलन कायम गर्नुका साथै लेप्चाजगत जस्तो पर्यावरणीय रूपमा संवेदनशील क्षेत्रमा हरियाली वृद्धि गर्नु रहेको छ, जुन बन महोत्सवको मूल उद्देश्य रहेको अतिथिहरूले आफ्नो सम्बोधन मार्फत बताए।ऐडिएफओ देवनाथले वन विभाग पक्षबाट सबै सरोकारवाला निकायहरूलाई कार्यक्रमको सफलताका लागि पुराएको योगदान अनि सहयोगप्रति हार्दिक आभार प्रकट गरे।