Bijanbari Infotainment

Directions

Bijanbari Infotainment तपाई, हाम्रो, सबैको जन आवाज Advertisement, to promot our local hidden talents, to promote our Nepali Literature and others.

29/08/2026

बिजनबारी संवाददाता: रेलिङ ग्राम पञ्चायत अन्तर्गत शान्त भेकमा आज बेलुकी अचानक आगलागी भएको छ।

स्थानीय शान्त भेक निवासी पर्वरिस सुब्बाको घरमा लागेको आगलागीका कारण घर पूर्ण रूपमा क्षति भएको बताइएको छ।

आगलागीको कारणबारे भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

यो समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

भिडियो सौजन्य: नरदेव राई [वार्ड सदस्य] अनि अनित प्रधान, रेलिङ।

८० औँ स्वतन्त्रता दिवसमा कालेबुङबाट प्रकाशित देशको पहिलोनेपाली भाषाको मासिक साहित्यिक वेबजीनले आफ्नो दोस्रोअङ्क गोर्खा स...
14/08/2026

८० औँ स्वतन्त्रता दिवसमा कालेबुङबाट प्रकाशित देशको पहिलोनेपाली भाषाको मासिक साहित्यिक वेबजीनले आफ्नो दोस्रोअङ्क गोर्खा स्वतन्त्रता सङ्ग्रामी अङ्कको रूपमा प्रकाशित गर्ने भएको छ।यसमा पहाडका स्वतन्त्रता सङ्ग्रामीहरूको जीवन र उनीहरुको उत्सर्गको वर्णन रहने छ।वेबजीन भएको कारण यसलाई संसारको कुनै कुनाबाट पनि अवलोकन गर्न सक्ने छ।पढ्नुको निम्ति मोबाइलको गुगल ब्राउजरमा www.collageonline.in लेखेर सर्च गर्नु पर्नेछ।ज्ञातव्य रहोस् श्री योगवीर शाक्यको सम्पादनमा कोलाजअनलाइन वेब पत्रिका गत २५१-औँ बसिबियाँलो,कालेबुङमा डा.हर्कबहादुर छेत्री, श्रीमती प्रतिभा कुमाई र अन्य वरिष्ठ साहित्यकारहरूको बाहुलीबाट सार्वजनिकरण गरिएको हो। यो अनलाइन वेब पत्रिका सम्भवतः देशको नेपाली भाषाको पहिलो अनलाइन साहित्यिक पत्रिका हुनुपर्छ।स्वतन्त्रता सङ्ग्रामी अङ्क १५ अगस्टको दिन अनलाइन हुनेछ।

दिनाङ २८/०६/२०२६ चुङथुङ ग्राम पञ्चायत अधिनस्त जति पनि निर्वाचित  सदस्यहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट ...
29/06/2026

दिनाङ २८/०६/२०२६ चुङथुङ ग्राम पञ्चायत अधिनस्त जति पनि निर्वाचित सदस्यहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट उम्मेद्वार खडा भएर चुडथुड़ ग्राम पंचायत मा बोड गठन गर्नु सफल भएको थियो । आज सम्म मा चुडथुड़ ग्राम पंचायत मा निर्वाचित सदस्यहरू द्वारा सुचारू रूपमा बोड संचालन गरी रहेको भएता पनि राज्य मा सरकार परिवर्तन भयो पछि गत दिनाङ १८/०६/२६ बिहीबार को दिन अन्योलमा परेका बोड सदस्यहरू द्वारा " जुन पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी बाट " उम्मेद्वार खड़ा भएर जित हासील गरेर चुड़थुड़ ग्राम पंचायत मा बोड बनाउनु सफल भएको थियो । तर आज त्येही पार्टी "भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा को सरकार ढल्यो पछि कतिपय काम कुरो गर्न धेरै अप्ठ्यारो पर्ने स्थिती सृजना भयो पछि "भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा " पार्टीबाट सम्पूर्ण ०७ जान निर्वचित सदस्यहरु द्वारा सामुहिक राजीनामा दिदै ,उक्त राजीनामा पत्र चुङथुङ मेरीबोङ तामसाङ समष्टि भागोप्रमो अध्यक्ष श्री सन्दीप छेत्रीज्यूलाई दिएको छ। अब उफप्रान्त चुङथुङ ग्राम पञ्चायत बोर्ड स्वातन्त्र रूपमा बस्ने निणर्य ०७ जान निर्वाचित सदस्यहरु बाट लियो। भबिष्यमा पहाडमा कुनै पनि दलले गोर्खा जातीको हितमा अग्रसर भएर काम गरेमा त्यही दलमा सम्मिलित भएर काम गर्ने सम्पूर्ण निर्वाचित सदस्यहरू द्वारा एकै साथ निणर्य लिने मनतब्य राखे। निर्वाचित सदस्यहरू को चुडथुड़ ग्राम पंचायत मा पद यस प्रकार रहेको छ ।

१) श्रीमति अनिता तामाङ - प्रधान चुडथुड़ ग्राम पंचायत ।
२) श्री बिनोद सुब्बा - उप - प्रधान चुड़थुड़ ग्राम पंचायत ।
३) श्री सचिन राई - ग्राम पंचायत सदस्य ।
४) श्री ज्योती तामाङ - ग्राम पंचायत सदस्य ।
५) श्रीमति कृष्टी सुब्बा- ग्राम पंचायत सदस्य ।
६) श्रीमति छुमिला लेप्चा - ग्राम पंचायत सदस्य ।
७) श्री सुदर्शन राई - ग्राम पंचायत सदस्य

। मुख्यमन्त्रीले GTA क्षेत्रमा AMRUT परियोजनाहरूको कार्यान्वयनको छानबिन गर्न विशेष जाँच टोली (SET) गठन गर्न निर्देश ।स्र...
03/06/2026

। मुख्यमन्त्रीले GTA क्षेत्रमा AMRUT परियोजनाहरूको कार्यान्वयनको छानबिन गर्न विशेष जाँच टोली (SET) गठन गर्न निर्देश ।

स्रोतहरूका अनुसार, AMRUT २.० अन्तर्गत, दार्जीलिङ जिल्लामा लगभग १,५०३.६७ करोड रुपैयाँ स्वीकृत गरिएको थियो।
खरसाङ नगरपालिकालाई ₹२१०.८ करोड, मिरिकलाई ₹२०९ करोड (अतिरिक्त विनियोजन सहित), दार्जिलिङ नगरपालिकालाई ₹२९८.६ करोड र कालेबुङ नगरपालिकालाई ₹१९७.९७ करोड पानी आपूर्ति, वातावरणीय संरक्षण र शहरी विकास परियोजनाहरूको लागि विनियोजन गरिएको थियो। यसअघि पनि AMRUT १.० अन्तर्गत रकम विनियोजन गरिएको थियो।
यद्यपि, यी परियोजनाहरूको कार्यान्वयनमा अनियमितता सम्बन्धी चिन्ता र गुनासो स्थानीय बासिन्दाहरूले उठाउँदै आइरहेका थिए।
आज मुख्यमन्त्री शुभेन्दु अधिकारी, दार्जीलिङका सांसद राजु विष्ट र गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूबीच भएको उच्चस्तरीय बैठकमा मुख्यमन्त्रीले GTA क्षेत्रमा AMRUT परियोजनाहरूको कार्यान्वयनको छानबिन गर्न विशेष अनुसन्धान टोली (SET) गठन गर्न निर्देशन दिएको छ।
SET लाई सात दिन भित्र आफ्नो प्रतिवेदन बुझाउन भनिएको छ। अनुसन्धान पूरा नभएसम्म, यस क्षेत्रमा AMRUT-सम्बन्धित कामहरूमा संलग्न सबै "एजेन्सीहरू" कालो सूचीमा रहनेछ।"
AMRUT योजना (कायाकल्प र शहरी रूपान्तरणका लागि अटल मिसन) भारत सरकारको एक प्रमुख पहल हो जुन शहरी पूर्वाधारको स्तरोन्नति गर्न, विश्वव्यापी पानी आपूर्ति सुनिश्चित गर्न र बलियो ढल नेटवर्कहरू निर्माण गर्न सुरु गरिएको हो। अद्यावधिक गरिएको AMRUT 2.0 ले पानीको गोलाकार अर्थतन्त्र मार्फत शहरहरूलाई आत्मनिर्भर र पानी-सुरक्षित बनाउनमा केन्द्रित छ।

अन्त्येष्टि क्रियाको सुचनामेरो प्रिय पति श्री मोहन सुब्बा (तामलिड) रूम बहादुर ग्राम, बिजनबारी निवासीको गत मिति 16/05/202...
27/05/2026

अन्त्येष्टि क्रियाको सुचना

मेरो प्रिय पति श्री मोहन सुब्बा (तामलिड) रूम बहादुर ग्राम, बिजनबारी निवासीको गत मिति 16/05/2026 शनिबारको दिन स्वर्गारोहण हुन गयो।
अतः उहाँको साडसिडमा याःम्बक (अन्त्येष्टि क्रिया) आगामी मिति 30/05/2026 शनिबारको दिन सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजन,इष्टमित्र, शुभचिन्तक तथा शवयात्रामा सहभागी हुनुभएका सबै महानुभावहरूलाई उक्त साडसिडमा या:म्बक (अन्त्येष्टि क्रिया) मा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।

स्थान: बिजनबारी सार्वजनिक भवन, खेल मैदान,
दिनांक: 30 /05/2026

विनितः श्रीमती आफोङ्ग सुब्वा (पत्नी)
श्री प्रकाश चन्द्र (जनु) सुब्बा/श्रीमती सरीता सुब्बा (छोरा-बुहारी)
श्री राजेश (राजु) सुब्बा/श्रीमती सीता सुब्बा (छोरा-बुहारी)
श्री प्रणय सुब्बा (छोरा), श्री किरण सुब्बा/श्रीमती दिपीका सुब्बा (छोरा-बुहारी)
श्री बिरेन्द्र (रोमी) सुब्बा/श्रीमती सपना सुब्बा (छोरा-बुहारी)
श्रीमती विनीता सुब्वा/श्री तरूण प्रधान (छोरी-ज्वाई)
श्रीमती रीता (हनी) सुब्बा (छोरी)
श्रीमती दिव्या (गौरी) सुब्बा/श्री इन्द्र सुब्बा (छोरी-ज्वाई)
सम्पूर्ण नाता-नातिनी एवं शोकाकुल तामलिङ परिवार।

04/04/2026

रिम्बिकमा आयोजित बुद्ध ट्रेल रन १२ किलोमिटर सन्दकफुमा बिजनबारी कुदुम समुहका धावक पासाङ तामाङ ब्लोनले दोस्रो स्थान ओगट्न सफल भएको छ।
यस सफलताको निम्ति एक कार्यक्रम माझ पासाङलाई कुदुम समूह बिजनबारीले सम्मान जनाएको जानकारी चेतनमणि राईले दिएको छ।

30/03/2026

यस वर्ष पनि द बी टिम बिजनबारीको आयोजनामा नेपाली नयाँ वर्ष बिक्रम संवत २०८३ [१४/०४/२०२६] पहिलो बैशाख भव्य रूपमा मंगलबारको दिन बिजनबारी खेलमैदानमा पालन गरिने जानकारी द बी टिमका सचिव चेतनमणि राईले दिएको छ।
उक्त कार्यक्रममा सबैजनालाई आआफ्नो जातीय परम्परागत पोशाकमा उपस्थित भएर नेपाली नयाँ वर्ष बिक्रम संवत २०८३ [१४/०४/२०२६] पहिलो बैशाखको शोभा बढाइदिने अपिल पनि गरिएको छ।

अन्त्येष्टि कार्यको सुचना 👇️👇️👇️👇️
24/03/2026

अन्त्येष्टि कार्यको सुचना 👇️👇️👇️👇️

OLD IS GOLD – SEASON 5 & MEGSAJ AWARDS 2026Organised by: Megsaj ProductionMegsaj Production proudly announces the 5th Se...
21/03/2026

OLD IS GOLD – SEASON 5 & MEGSAJ AWARDS 2026
Organised by: Megsaj Production
Megsaj Production proudly announces the 5th Season of “Old Is Gold”, along with the Megsaj Awards 2026, celebrating talent, creativity, and excellence from the North East region.
What is “Old Is Gold”?
“Old Is Gold” is not just an event—it is a prestigious award platform created to honour and recognize talented artists from the North East. Over the years, Megsaj Production has successfully brought together artists from different fields to celebrate art, culture, and creativity under one roof.
Our Journey So Far:
Season 1: Kurseong
Season 2: Kalimpong
Season 3: Darjeeling
Season 4: Mirik
All four seasons were successfully conducted with immense support and participation from artists and audiences.
Season 5 Announcement:
The 5th Season of Old Is Gold will be held in Darjeeling, April 2026.
What’s New This Year?
This season introduces official nominations for various categories, including:
Best Actor
Best Actress
Best Model
Dancers
Singers
And many more
Selected and nominated artists will also get opportunities to work in music videos, movies, dramas, and other upcoming Megsaj Production projects.
Important Nomination Information:
📝 Nomination forms must be filled before 28th February 2026.
After the nomination process is completed, a WhatsApp group will be created, where all selected participants will be added.
📢 All details will be shared in the group, including:
Event date and time
Venue details
Reporting time
Other important instructions
This ensures clear communication and smooth coordination for everyone.
✨ This could be your chance to be part of an inspiring journey that celebrates talent and opens doors to new opportunities.
Join us and be a part of the legacy.
Because talent deserves recognition.

  "MIRIK MODELING MAGIC-2026 "Category:1. KIDS2. TEENS3. MISSDate of audition :29th March 2026 Venue: Soureni Bazar, Mir...
13/03/2026



"MIRIK MODELING MAGIC-2026 "
Category:
1. KIDS
2. TEENS
3. MISS
Date of audition :29th March 2026
Venue: Soureni Bazar, Mirik
Contact: 9609936611

Address

Darjeeling
734201

Website

Alerts

Be the first to know and let us send you an email when Bijanbari Infotainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share