Serofero Dainik

Serofero Dainik Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Serofero Dainik, Media/News Company, Bhir Gaon Bijanbari, Darjeeling.

04/11/2025

रेड हर्ष नेपालले एके गान्तोकलाई परास्त गरेर लंगुरदाङ गोल्डकप सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ

मजुवा, एलजीएसएको सफल आयोजनामा सम्पन्न,चौंथो एडिसन गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टर फाइनलमा रेड हर्ष नेपालले विजय हासिल गर्दै सेमिफाइनलमा स्थान बनायो ।
लामागाउँ निवासी सरद लिम्बुको अध्यक्षतामा सम्पन्न खेलको प्रमुख अतिथि कमल चाम्लिङको उपस्थितिमा आयोजित खेलको विशिष्ठ अतिथिहरू रूबेन लिम्बु, प्रेम सुब्बा, कमल पुर्बेली लगायत अन्यहरूको उपस्थित रहेको तेस्रो क्वार्टर फाईनलको खेल रेड हर्ष नेपाल बनाम एके गान्तोकको माझ भएको भिडन्तमा शुन्य, शुन्यमा खेल समाप्त भएपछि पेनल्टी सुटाउटमा एके गान्तोकलाई परास्त गरि रेड हर्ष नेपालले सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ भने आजको प्लेयर्स अफ द म्याचको पुरस्कार विवेक सुनुवार रेड हर्ष नेपालका खेलाडीलाई प्रदान गरियो। यसैगरि दर्शक मनोरञ्जनको निम्ति भ्याट्रेन कप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टर फाईनल एक्स आर्मी बनाम युनाइटेड लिजेण्ड भ्याट्रेन माझ भएको खेलमा पेनल्टी सुटाउटमा युनाइटेड लिजेण्ड भ्याट्रेनले विजयी बनेर सेमिफाइनलमा प्रवेश गरे। भोलि तथा 5 नोबेम्बरका दिन हुने खेल दार्जीलिङ पुलिस बनाम सैनिक युथ क्लब झापा माझ भिड्न्त हुनेछ।
एलजीएसएका मुल सचिव सनिप सुब्बाद्वारा सञ्चालन गरिएको यस चौंथो एडिसन प्रतियोगितामा स्वदेशी विदेशी खेलाडीहरू सितै 16 वटा नामी फुटबल क्लबहरूले सहभागिता जनाइ रहेको छ भने उक्त खेल ए डिवीजन सेवेन साइडको यस चौंथो एडिसन गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल आगामी 15 नोभेम्बरका दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा समापन हुने भएको छ भने विजयी दललाई आकर्षक ट्रफी सहित नगद पुरस्कार 2 लाख 50 हजार अनि उपविजेता दललाई ट्रफी सहित नगद पुरस्कार 2 लाख रूपियाँको पुरस्कारले सम्मनित गरिने आयोजक समितिले जनाएको छ।

वीच बतासे भएर कालोपानीको बाटो केही बन्द रहनेमजुवा:   मजुवा ग्राम पञ्चायत अन्तर्गत शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरा वीच...
04/11/2025

वीच बतासे भएर कालोपानीको बाटो केही बन्द रहने

मजुवा: मजुवा ग्राम पञ्चायत अन्तर्गत शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरा वीच बतासे भएर कालोपानी भीरगाउँको बाटो धेरै असुविधा भएको कारण मर्मति कार्यको निम्ति बाटो बन्द रहनेछ। रंगीत मजुवा शवाजी खोलादेखि अप्पर सिङ्गबुङ डेरा हुँदै कालो पानीको बाटो आगामी 5 नोबेम्बर 25 देखि एक सप्ताह सम्मको निम्ति पूर्ण रूपमा बाटो बन्द रहने छ। जहाँ दुइ खुट्टे गाडी सबैलाई निषेध गरिएको छ। मजुवा ग्राम माथिल्लो क्षेत्रको निम्ति नितान्त अवश्यक उक्त कच्चा सडकलाई गत 4 अक्टोबर 25 को प्रकृतिक प्रकोप पहिरोले बाटोलाई धेरै क्षति पुगेको छ त्यसैले गाडी नहिँड्ने ठाउँहरूमा सिमेन्टको कंक्रिट ढलाई गर्ने स्थानीय बासिन्दाहरूले जमर्को कसेको छ। यसैले यो बाटोमा हिंड्ने सबै दैनिक सवारी साधन, शुभचिन्तकहरूलाई यस कार्यको निम्ति साथ सहयोग पुर्याइदिनु हुन्छ भनि मर्मति कार्य आयोजक समिति देवकोटा संघले भरोसा राख्दै सर्वसाधारणको निम्ति गरिएको यस कार्यले जनसाधारणलाई भएको असुविधाका निम्ति संघको पक्षमा धिरेन सुब्बाले खेद प्रकट गरेको छ।

04/11/2025

कमल पुर्बेली आफ्नो गीतहरू सित।

03/11/2025

अखिल भारतीय तामाङ बोैद्ध संघ
केन्द्रिय समितिद्वारा महाअधिवेशन विषयमा सभा सम्पन्न सुकेपोखरी युवक संघ भवनमा अखिल भारतीय बोैद्ध संघ केन्द्रिय समिति अध्यक्ष पाल राजमान स्याङको अध्यक्षतामा सम्पन्न गरेको थियो, सभामा महासचिव पाल नरेन्द्र मोक्तान आसेङ्ग पाल यू एस योन्जन जोजो, भूपू अध्यक्ष डा.राम तामाङ्ग आसेङ्ग लगायत सम्पूर्ण केन्द्रीय समितिका परिवारलाई अनि विशेष गरि लामा गुरू पाल्देन लामा डम्फुरे आशु, आघीहरू साथै दार्जीलिङ महकुमा समितिका अध्यक्ष पाल सीके लोप्चन च्योन, मूल सचिव पाल रिवाङ्ग योन्जन च्योन, लगायत सम्पूर्ण महकुमा परिवारलाई अनि दार्जीलिङ शहर समिति एवम् 38 वां महाअधिवेशनका आयोजक समितिका अध्यक्ष, सचिव, संयोजक, लगायत सम्पूर्ण पदाधिकारीगण, सुके पोखरी शाखाका पदाधिकारी र सदस्य सदस्यागण, कैयाभिर पार्मेनशाखाका पदाधिकारी र सदस्यागण लगायत सम्पूर्ण शाखाहरूबाट उपस्थिति दिएर शारीरिक रुपमा सहयोग पुर्याउनु हुने पदाधिकारीगण अनि सदस्य समस्याहरूलाई सुकेपोखरी खण्ड समिति सभापति बुद्ध तामाङद्वारा धन्यवाद दिए साथै
अखिल भारतीय तामाङ बोैद्ध संघ केन्द्रिय समितिले 38 ओै महा अधिवेशन दार्जीलिङ लेबोङमा 24,25 र 26 जनवरी 2026 मा हुने जानकारी अखिल भारतीय तामाङ्ग बौद्ध संघ केन्द्रीय समिति अध्यक्ष पाल राजमान स्याङबो, महासचिव पाल नरेन्द्र मोक्तानले जानकारी दिएको छ।

03/11/2025

कञ्चनजङ्घा फुटबल क्लबलाई हराएर जर्जियन एफसी लंगुरदाङ गोल्डकप सेमिफाइनलमा

मजुवा: लंगुरदाङ गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको उत्कृष्ट आयोजनामा सम्पन्न,चौंथो एडिसन गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाइनलमा कञ्चनजङ्घा फुटबल क्लबलाई हराएर जर्जियन एफसीले सेमिफाइनल स्थान सुनिश्चित ग-यो।
ईए प्रभात सेवाको अध्यक्षतामा सम्पन्न खेलको प्रमुख अतिथि समाज सेवक अमर खेवाको विषेश उपस्थितिमा सम्पन्न खेलको विशिष्ठ अतिथिहरू राजेन सुब्बा, दोर्जे तामाङ लगायत अन्य समाज सेवकहरू उपस्थित रहेको दोस्रो क्वार्टर फाईनलको खेल कञ्चनजङ्घा फुटबल क्लब बनाम जर्जियन एफसी माझ भएको रोमाञ्चक खेलमा 1 को विरूद्ध 2 गोल गरेर कञ्चनजङ्घा फुटबल क्लबलाई परास्त गर्दै जर्जियन एफसीले सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ भने आजको प्लेयर्स अफ द म्याचको पुरस्कार देवशिष राई जर्जियन एफसीका खेलाडीलाई प्रदान गरियो। यसैगरि दर्शक मनोरञ्जनको निम्ति भ्याट्रेन कप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाईनल भीरगाउँ युनाइटेड बनाम बाँसबोटे भ्याट्रेन माझ भएको खेलमा शुन्यको विरूद्ध 2 गोल गरेर बाँसबोटे भ्याट्रेन सेमिफाइनलमा प्रवेश गरे। कञ्चनजङ्घा फुटबल क्लबको सदस्यता ग्रहणको निम्ति लंगुरदाङ गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको सभापति भरत राईलाई स्वागत जनाउदै क्लबको उपाध्यक्ष साम्देन लामाको बाहुलीबाट जर्सी प्रदान गर्दै लोकल फर भोकल नारालाई सबैले साथ दिने क्लबले आशा व्यक्त गरेको छ। अब आगामी 4 एके गान्तोकको विरूद्ध रेड हर्ष ईलाम मैदानमा उत्रने छ।
दर्शकहरूले भिडभाड रहेको उक्त चौंथो एडिसनको यस प्रतियोगितामा शुभारम्भदेखि नै गत 4 अक्टोबरको विनाशकारी प्रकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूको स्मरणमा 1 मिनटको मौन धारण गर्दै शुआरम्भ हुने यस प्रतियोगितामा स्वदेशी विदेशी खेलाडीहरू सितै 16 वटा नामी फुटबल क्लबहरूले सहभागिता जनाइ रहेको छ भने उक्त खेल ए डिवीजन सेवेन साइडको यस चौंथो एडिसन गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल आगामी 15 नोभेम्बरका दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा समापन हुने भएको छ भने विजयी दललाई आकर्षक ट्रफी सहित नगद पुरस्कार 2 लाख 50 हजार अनि उपविजेता दललाई ट्रफी सहित नगद पुरस्कार 2 लाख रूपियाँको पुरस्कारले सम्मनित गरिने आयोजक समितिले जनाएको छ।

01/11/2025

गौरी शंकर कैलाश धाममा चण्डी पूजा शुभारम्भ

मजुवा: आरूबोटे स्थित गौरीशंकर कैलाश धाममा नौ दिवसिय चण्डी पूजा शुभारम्भ गरिएको छ।
गौरीशंकर कैलाश धाम स्थित गाउँ क्षेत्र सहित विश्व शान्तिको आव्हान गर्दै नौ दिवसिय चण्डी पूजाका अन्तिम दिनहरूको 9 नोभेम्बरका दिन विश्व शान्ति होमादि पनि गरिने बताएका छन्। विभिन्न विधिविधानपूर्वक शुभारम्भ गरिएका नौ दिवसिय चण्डी पाठको प्रत्येक दिन देवी माताको पूजा आराधना गरिने छ। वास्तवमा क्षेत्रको शुद्धीकरण गर्दै गाउँ अनि विश्व शान्तिको अन्तिम दिन होमादि गरिने यस पूजा अर्चनाले शान्ति, समृद्धि, एकता र भाईचारा बनाउने आस्था र विश्वास गरिएको छ।
पूजा अर्चनामा उपस्थित रहनु हुने भक्त श्रद्धालुहरूको निम्ति विषेश निरामिष भोजनहरूमा लसुन, प्याज र मुसुरीदाल आदि ग्रहण गरेर पूजा परिसरमा जान निषेध गरिएको पण्डित आचर्यले अवगत गराए। अन्तिम दिन विश्व शान्तिको होमादिमा श्रद्धालुहरूले शुद्ध सामानहरू होमको निम्ति चडाउँन सक्ने बताएको छ।
मजुवा ग्राम पञ्चायत अन्तर्गत अप्पर आरूबोटे उक्त नौ दिवसिय चण्डी पाठका प्रमुख पण्डित भिष्म आचर्य, सहयोगी बलराम खनाल रहेको सहयोगी गुरू बलराम खनालले जनाएको छ।

31/10/2025

विजनबारी डिग्री कलेजमा 20 घर परिवारलाई सारियो

बिजनबारी: भारी वर्षाको कारण कुनै दुर्घटना नहोस् भन्ने पक्षमा यहाँको बिजनबारी डिग्री कलेजमा 20 परिवारलाई स्थानान्तरण गरियो। यस कालेजमा थाना लाईन 20 घर अनि मनिधारा गाउँ देखि 12 घर परिवारलाई स्थानान्तरण गरिएको जानकारी समष्टि सभासद सन्दिप छेत्रीले दिए। आज उनले डिग्री कलेजमा आएर सबै वासिन्दाहरूलाई भेट गरेर कुनै प्रकारको असुविधा भए आफुसँग सम्पर्क गर्ने उनले वचन दिए।
यसरी नै पुलबजार थाना प्रभारी विवेक राईले पनि बिजनबारी डिग्री कलेजमा स्थानान्तरण गरिएको जनाउँदै पुल बजार थाना पक्षबाट सक्दो सहयोग गरिरहेको बताए। यस डिग्री कलेजमा बितेको चार अक्टोबर आएको भीषण वर्षाले पुल बजारको ब्रिज बगाए पछि त्यस गाउँमा बास गर्न खतरा भएको कारणले स्थानान्तरण गरिएको पनि प्रभारी विवेक राईले बताए। यसै गरी चुङथुङ टार मनि धारा गाउँमा पनि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने विचार लिएर 12 घर परिवारलाई स्थानान्तरण गरिएको सभासद सन्दिप छेत्रीले जानकारी दिए। आज आफ्नो पक्षबाट सबै व्यवस्था गरिदिएको पनि उनले जनाए।

31/10/2025

चुङथुङ: निरन्तर परेको पानी सँगै हावा हुरीले चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत लिजाहिल प्राथमिक पाठशालालाई नजिकैको ररूख भाचिएर पूर्णरूपमा क्षति भएको थाहा लागेको छ,
उक्त विद्यालयामा रहेको सामग्रीहरूमा धेरै नोक्सानी भएको घटनाको खबर साथ क्षेत्रीय सभसद सन्दीप क्षेत्रीले स्थलगत भ्रमणसंगै प्राथमिक विद्यालय भवन चाडै पुनर्निर्माण गराउने बताएको छ।

31/10/2025

दुधेको अस्थायी पूल सम्बन्धि वर्तमान आवस्था के कस्तो रहेको बारेमा केही जानकारी गराँउदै ग्राम पञ्चायत उप-प्रधान सन्ताेष तामाङ

31/10/2025

मौसम विभागको चेताउनीलाई मध्य नजर गर्दै, आगामी 1 नोभेम्बरको दोस्रो क्वार्टर फाइनलको खेल रद्द गरिएको छ।

मजुवा: लंगुरदाङ गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजना भइरहेको लंगुरदाङ गोल्डकप फुटबल प्रतियोगिता 4 एडिसनको दोस्रो क्वार्टर फाइनलको खेल रद्द गरिएको छ। मौसम विभागको चेताउनीलाई मध्य नजर गर्दै, आगामी 1 नोभेम्बरको दोस्रो क्वार्टर फाइनल रेड हर्ष नेपाल बनाम एके गान्तोकको खेलसंगै भ्याट्रनको पनि रद्द गरिएको छ भने उक्त खेल आगामी 4 नोभेम्बर मंगलबारको दिन खेलाउने एसोसिएशनको निर्णय रहेको एसोसिएशनको सभापति भरत राईले पुष्टि गरेको छ। मौसम विभागको यो चेताउनी संगै टाडाबाट सहभागिता जनाई रहेका खेलाडीहरू सितै यातायातलाई विषेश ध्यानमा राखेर यस दिनको खेल रद्द गर्न बाध्य बनेको जनाइएको छ। यसैगरि लंगुरदाङ गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनलाई माया गरेर उपस्थित रहनु हुने दर्शक महानुभावहरू लगायत यस अविरल वर्षाले बाटो-घाटोलाई पनि क्षति हुनसक्ने कारण नै एसोसिएशनले अगावै यस्तो निर्णय लिनु बाध्य बनेको मुल सचिव सनिप सुब्बाले बताएको छ।

30/10/2025

बीएसकेलाई हराएर रेड पाण्डा सेमिफाइनलमा

मजुवा: लंगुरदाङ गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको उत्कृष्ट आयोजनामा सम्पन्न,चौंथो एडिसन गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा रेड पाण्डाले स्थान सुनिश्चित गरेको छ।
मजुवा ग्राम भूतपूर्व प्रधान प्रभु नारायण प्रधानको अध्यक्षतामा सम्पन्न खेलको पहिलो क्वार्टर फाईनलको प्रमुख अतिथि देवकुमार राईको विषेश उपस्थितिमा विशिष्ठ अतिथिहरू पूर्व फुटबलर नविनचन्द्र राई, लक्ष्मी प्रधान लगायत अन्य विशिष्ठ समाज सेवकहरूको उपस्थितिमा पहिलो क्वार्टर फाईनलको खेल रेड पाण्डा नाम्ची सिक्किम बनाम बीएसके सिलगडी माझ भएको भिडन्तमा बीएसके सिलगडीलाई परास्त गर्दै रेड पाण्डा नाम्चीले सेमिफाइनलमा स्थान बनाएको छ भने आजको प्लेयर्स अफ द म्याचको पुरस्कार किरण गुरूङ रेड पाण्डाका खेलाडीलाई प्रदान गरियो। यसैगरि दर्शक मनोरञ्जनको निम्ति भ्याट्रेन कपको पनि फुटबल प्रतियोगिता भईरहेको छ जसमा आज भएको खेल बिजनबारी पुलिस बनाम बाँसबोटे भ्याट्रेन माझको खेलमा शुन्यको विरूद्ध 4 गोल गरेर बिजनबारी पुलिसले जीत दर्ता गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भए। अब आगामी 1 नोभेम्बरका दिन रेड हर्ष नेपाल बनाम एके गान्तोक माझमा सेमिफाइनलको निम्ति घमासन हुनेछ।
स्वदेशी विदेशी खेलाडीहरू सितै 16 वटा नामी फुटबल क्लबहरूले सहभागिता जनाइ रहेको उक्त खेल ए डिवीजन सेवेन साइडको यस चौंथो एडिसन गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल आगामी 14 नोभेम्बरका दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा समापन हुने भएको छ भने विजयी दललाई आकर्षक ट्रफी सहित नगद पुरस्कार 2 लाख 50 हजार अनि उपविजेता दललाई ट्रफी सहित नगद पुरस्कार 2 लाख रूपियाँको पुरस्कारले सम्मनित गरिने आयोजक समितिले जनाएको छ।

30/10/2025

वीएसके विरूद्ध रेड पाण्डाको पहिलो गोल।

Address

Bhir Gaon Bijanbari
Darjeeling
734221

Alerts

Be the first to know and let us send you an email when Serofero Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share