18/04/2024
शीरको टोपीमाथि पार्टीको टोपी देख्दा गोर्खा जातिमाथि हावी भएको छ: श्याम गौतम
दार्जीलिङ 18 अप्रैल: शीरको टोपीमाथि पार्टीको टोपी देख्दा जातिमाथि पार्टी हावी भएको देख्यो यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय प्रबक्ता श्याम गौतमले पोखेको हो।गत केही दिन अघिदेखि समाजिक संजालहरूमा भारतीय जनता पार्टीको एक चूनावी जनसभामा एक ब्यक्तिले नेपाली टोपी लगाएको देखाएको छ तर उसले आफ्नो शीरमा लगाएको नेपाली टोपीमाथि भाजपाको कमल छाप भएको टोपी लगाएको देखाएको छ यसले गोर्खा जातिमाथि भारतीय जनता पार्टी हावी भएको स्पष्ट हुन्छ प्रबक्ता श्याम गौतमले भने।तिनले अधि भने गत केही दिन अघि मात्र भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्ष जे0पी0 नडडाले आफ्नो सम्भाषणमा क्षेत्रिया दलहरूलाई मासेर राष्ट्रिय दललाई दरिलो बनाउँने संदेश दिएका थिए।भारतीय जनता पार्टीले क्षेत्रिया दलहरूको काँधमा चढेर क्षेत्रियातालाई मास्ने काम गर्दैछ।शीरमा लगाएको टोपीको अपमान हुदैछ,हाम्रो सांस्कृतिकमाथि प्रहार हुदैछ।विगतमा राज्यमा बाम फण्डको सरकार हुदा अनि केन्द्रमा काग्रेसको सरकार हुदा हामीले पाएको उपलब्धीहरूलाई हामी मान्न सक्छौ 1954 एक्टले गोर्खालाई बचाएर राखेको थियो।दागोपाप को गठन,जीटीएको गठन,नेपाली भाषाको मान्यता यी सवै काग्रेसकै शासनकालमा भएको हो यी राज्यमा बाम फण्डको सरकार अनि केन्द्रमा काग्रेसको सरकार भएको अवधि नै भएको हो तर भारतीय जनता पार्टीको शासनकाललाई नियालेर हेर्ने हो भने भाजपाले हामीले दिने होइन तर लिएर बर्बाद गर्ने कामहरू मात्र गरेको छ हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले भने।