Jan Aawaz जन आवाज-निष्पक्षता

Jan Aawaz जन आवाज-निष्पक्षता Exposing the truth every day-Journalism

दुधेमा अस्थायी पूलको निर्माण कार्य युद्धस्तरमा भइरहेको थियो भने सो अस्थायी पूलमा आज एघार बजे बिहानदेखि यातायात शुरुआत भए...
27/10/2025

दुधेमा अस्थायी पूलको निर्माण कार्य युद्धस्तरमा भइरहेको थियो भने सो अस्थायी पूलमा आज एघार बजे बिहानदेखि यातायात शुरुआत भएको खरसाङ पञ्चायत समिति सभापति अनु प्रधानले जानकारी गराएका छन्।स्मरण रहोस्
सिलगढीदेखि मिरिक जाने मुख्य सडक दुधेमा भएको स्थायी पूल गत ४ अक्टोबरको भीषण वर्षाले क्षतिग्रस्त पारेपछि मिरिक अनि सिलगढीमाझ सोझै सम्पर्क टुटेको थियो।
Photo : Facebook

    FC GANGTOK को झोलीमा।।   FC KALIMPONG अनि Himalayan FC GANGTOK माझ भएको आजको फाइनल खेलमा निर्धारित समय भित्र 1-1 बरा...
26/10/2025


FC GANGTOK को झोलीमा।। FC KALIMPONG अनि Himalayan FC GANGTOK माझ भएको आजको फाइनल खेलमा निर्धारित समय भित्र 1-1 बराबरी गोल भए पछि ट्राइबेकर मार्फत खेलको निर्णय गरियो जसमा हिमालय एफसि बिजय बने।

लाटपञ्चर गोल्ड कप २०२५" को खेल तालिका  सार्वजनिक गरियोआगामी २ नोभेम्बर २०२५ देखि प्रारम्भ भइरहेको "लाटपञ्चर गोल्ड कप २०२...
26/10/2025

लाटपञ्चर गोल्ड कप २०२५" को खेल तालिका सार्वजनिक गरियो

आगामी २ नोभेम्बर २०२५ देखि प्रारम्भ भइरहेको "लाटपञ्चर गोल्ड कप २०२५" को खेल तालिका सार्वजनिक भएको छ। सारा लाटपञ्चर बासीको पहलमा लाटपञ्चर यूनाइटेड फूटबल क्लबद्वारा आयोजित यस म्याच स्थानीय खेलकूद मैदानमा सम्पन्न हुनेछ। प्रत्येक म्याचको समय २:३० अपरान्ह राखिएको छ।
The match schedule for the "Latpanchar Gold Cup 2025" has been made public.
The match schedule for the "Latpanchar Gold Cup 2025", which will start from 2 November 2025, has been made public. This match, organized by the Latpanchar United Football Club at the initiative of all the Latpanchar residents, will be held at the local sports ground. The time for each match is set at 2:30 pm.

Participating teams :
1, ACADEMY KNIGHTS, Gangtok
2, DALSINGPARA SPORTS ACADEMY
3, U.K.F.C Kurseong
4, BHUTAN F.C.
5, SHARE FOOTBALL CLUB , Kalimpong
6, GOURGIAN FC Kalimpong
7, SANKATA FC, Darjeeling
8, KANCHANJANGA FC, Siliguri
9, BRAND AMERICASS TEAM, Kerala
10, NORTH BENGAL ARM POLICE
11, DARJEELING POLICE
12, LATPANCHOR UNITED FC
13, CHINDITS ARMY, Banaras
14, KANKAI SPORTING CLUB, Nepal

पुलिस पब्लिक मञ्च सेवक आउटपोस्टको आयोजनामा यसवर्ष पनि पुलिस पब्लिक मिलन उत्सव २०२५ को शुभोद्घाटन काली पुजाको शुभमुर्हूतम...
26/10/2025

पुलिस पब्लिक मञ्च सेवक आउटपोस्टको आयोजनामा यसवर्ष पनि पुलिस पब्लिक मिलन उत्सव २०२५ को शुभोद्घाटन काली पुजाको शुभमुर्हूतमा भव्य कलश यात्राको साथमा शुभारम्भ भयो। वर्तमान सेवक थाना प्रभारी तपनकुमार दासको सक्रियतामा विगत ४/५ वर्ष अघिदेखि सिटोङ -३ ग्रामपञ्च्यात क्षेत्रमा उक्त कार्यक्रमको आयोजना हुँदै आईरहेको छ । यसपालि पनि आज उक्त पुलिस पब्लिक मिलन उत्सव समारोहद भएको छ भने प्रथम दिन प्रतियोगितात्मक कलस यात्रा वस्त्र वितरण साथै काली पुजाको विधिवत् पुजा अर्चना रहेको थियोे । उक्त समारोहमा एडिसनल एस० पी० प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट -१० प्रतियोगीहरुलाई पुलिस पब्लिक मञ्चद्वारा पुरस्कृत गरियो । थाना प्रभारी दासको पहलमा नशामुक्त परिेवेश साथै पुलिस पब्लिकमाझ सौहार्द्रपुर्ण सम्बन्ध स्थापित गर्नहेतु यो एउटा उदाहरणीय पहल बनेको छ जसको कारण यसक्षेत्रमा ड्रग्स सेवन र तस्कर जस्तो कुकृत्यहरु समाजमा कम भएर गईरहेको छ । आजको कार्यक्रममा सांस्कृतिक देउसी भैलो प्रतियोगिता पनि आयोजना गरिएको मञ्चका सचिव देश लामाले जनाएका छन् ।

पश्चिम बगांल सरकारको सोइल कन्जर्भेसन अनि हिल डेभलपमेन्ट विभागद्वारा रोलक लङ्कु क्लस्टर अन्तर्गत स्थानीय कृषकवर्गलाई पुनः...
25/10/2025

पश्चिम बगांल सरकारको सोइल कन्जर्भेसन अनि हिल डेभलपमेन्ट विभागद्वारा रोलक लङ्कु क्लस्टर अन्तर्गत स्थानीय कृषकवर्गलाई पुनः पूर्वघोषित योजना अनुरुप क्षेत्रका
८५ जना कृषकहरुलाई ४०० वटा गरेर माछाका भुर्रा साथै चारो वितरण गरिएको सिटोङ तीन ग्राम पञ्चायतका उप प्रधान लाडुप रोङ्कपले जानकरी दिएका छन् । उक्त माछाको बच्चा वितरण गर्न कृषि सह निर्देशक पि एन बस्नेत स्वयं उपस्थित रहेका थिए भने माछा नपुग्ने कृषकहरुलाई चाडै भर्मी कम्पोस्टको निम्ति सरसामाग्री प्रदान गरिने जान्नमा आएको छ। यसै अन्तर्गत आगमी दिनमा अझै विभिन्न कृषक उत्थानमूलक कार्यहरु गर्दै जाने पनि विभागीय पक्षले जनाएको छ ।

कालेबुङकी धाविका सरस्वती राईले अरुणाचल प्रदेशको तवाङ म्याराथन (४२ किमि फुल म्याराथन - महिला खुला वर्ग) मा पहिलो स्थान हा...
25/10/2025

कालेबुङकी धाविका सरस्वती राईले अरुणाचल प्रदेशको तवाङ म्याराथन (४२ किमि फुल म्याराथन - महिला खुला वर्ग) मा पहिलो स्थान हासिल गरेकी छिन्। यो उच्च उचाइको पहिलो म्याराथनमा प्राप्त ऐतिहासिक जीतले उनलाई मात्र होइन, सम्पूर्ण कालेबुङ अनि पहाडलाई गर्वान्वित बनाएकी छिन्।यस अवसरमा विभिन्न सङ्घ संस्थाहरूले बधाई दिइरहेका छन्।

भाईटीका लगाउन जाँदा टिप्परको ठक्करले युवकको निधन।रम्बी, अक्टोबर २३: भाईटीका मनाउन निस्किएका दुई दाजुभाइमध्ये एकजनाको दुः...
23/10/2025

भाईटीका लगाउन जाँदा टिप्परको ठक्करले युवकको निधन।

रम्बी, अक्टोबर २३: भाईटीका मनाउन निस्किएका दुई दाजुभाइमध्ये एकजनाको दुःखद मृत्यु भएको छ। बिहीबार बिहान रम्बीका दिपक विश्वकर्मा र उनका भाई कुमार विश्वकर्मा स्कुटीमा सेल्फु बस्तीस्थित आफ्ना दिदी–बहिनीको घरतर्फ जाँदै थिए।

तर दुर्भाग्यवश राष्ट्रिय राजमार्ग–१० अन्तर्गत लोहापुलमा उनीहरू सवार स्कुटीको टिप्परसँग दुर्घटना भयो। स्कुटी दिपक विश्वकर्माले चलाइरहेका थिए भने उनका भाई कुमार पछाडिको सिटमा बसेका थिए। दुर्घटनामा दिपकलाई सामान्य चोट लागेको छ भने कुमार गम्भीर रूपमा घाइते बने।

स्कुटीबाट लडेर सोझै टिप्परको चक्कामुनि परेपछि कुमारको टाउकोमा गम्भीर चोट लाग्यो। उनलाई तत्काल रम्बी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकहरूले मृत घोषित गरे।

घटनापछि रियाङ प्रहरीले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ।

I've just reached 8K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗...
21/10/2025

I've just reached 8K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

20/10/2025

Second semi-final - Sittong Sasbot vs. Mamring

20/10/2025

" Football " Semi final N.J.K.K v/s Karmat माझको खेलमा बराबरको भिडन्त पश्चात निर्णायक द्वारा फ्रि पेनाल्टी किक गराएको थियो।
उक्त फ्रि किक पेनाल्टी पनि बराबर रहेको थियो ' अन्तमा निर्णायक द्वारा हेड एण्ड टेल गराए जस्मा N.J.K.K Latpanchor ले बिजय गरेको छ साथै फाइनल खेलमा प्रवेश गरेको छ।ण

20/10/2025

Football , Semi final N.J.K.K v/s Karmat

Address

Sittong Cinchona Plantation , Shelpu Bazar , G. P Sittong-३ Kurseong, Darjeeling.
Darjeeling
734008

Alerts

Be the first to know and let us send you an email when Jan Aawaz जन आवाज-निष्पक्षता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jan Aawaz जन आवाज-निष्पक्षता:

Share