23/09/2026
अत्यन्त दुःखका साथ हाम्रा विद्यालयका पूर्व विद्यार्थी रिकेश राईको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
उनको दुःखद निधनले सम्पूर्ण विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा साथीभाइहरूलाई अत्यन्त मर्माहत बनाएको छ। उनीसँग बिताएका अमूल्य क्षणहरू र उनका मीठा सम्झनाहरू सधैँ हाम्रो मनमा जीवित रहनेछन्।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
🕊️ भावपूर्ण श्रद्धाञ्जली।