Darjeeling ko Awaaz

Darjeeling ko Awaaz Darjeeling ko Awaaz is a news portal about the people of Hills of Darjeeling. It also deals with tourism, tea and all the beautiful people of Darjeeling.

This channel deals with topics like Development, Cultures, Music, Educations, Medicals, and Politics.

Darjeeling Stands Up for Strays: Protest Against Supreme Court’s Shelter OrderDarjeeling, 15 August – A peaceful protest...
15/08/2025

Darjeeling Stands Up for Strays: Protest Against Supreme Court’s Shelter Order

Darjeeling, 15 August – A peaceful protest and public awareness programme was held in Darjeeling against the recent Supreme Court order to relocate all stray dogs in the national capital, Delhi, to shelter homes.

The event at Chowrasta saw the participation of various animal lovers’ groups and organizations from the Darjeeling area. Protesters argued that the decision would deprive the dogs of their freedom and subject voiceless creatures to injustice. They stressed that the case is still under judicial consideration and has been legally challenged in favor of street dogs.

Participants claimed that the court’s order would disrupt the dogs’ natural lifestyle and confine them to conditions akin to captivity. They urged the authorities to reconsider the decision immediately, chanting slogans in support of the rights and welfare of stray dogs throughout the program.

Speaking to the media, Dr. Sameer Chettri, Assistant Director of the Darjeeling Animal Resources Development Department, said, “This protest is for the rights of stray dogs. The court’s decision affects their freedom and is an injustice to voiceless beings. We will continue to pursue this issue.”

Joined BJP Silliguri Karyakartas in celebrating Independence Day by hoisting the National Flag at BJP party office, in M...
15/08/2025

Joined BJP Silliguri Karyakartas in celebrating Independence Day by hoisting the National Flag at BJP party office, in Mallaguri, Siliguri, Darjeeling.

No where is Independence Day celebrated with more fervour and enthusiasm than in our beautiful Darjeeling-Kalimpong-Siliguri-Terai-Dooars region.

I was accompanied by the Hon'ble Siliguri MLA Shri Shankar Ghosh ji, and other BJP leaders and karyakartas.

I applaud all the hardworking, dedicated and patriotic karyakartas. Their tireless energy, enthusiasm and camaraderie strengthens my resolve. Their selfless service is a shining example of patriotism in action.



14/08/2025

७९औं स्वतन्त्रता दिवसको शुभकामना सन्देश

७९ वर्षको स्वतन्त्रता। ७९ वर्षका कथाहरू — साहसका, संघर्षका, र राष्ट्रले आफ्नै स्वर भेट्टाएको यात्राका।

संविधानको मस्यौदाबाट लिएर देशको हरेक कुनामा फहरिने तिरङ्गासम्म, प्रत्येक क्षणले स्मरण गराउँछ — स्वतन्त्रता उपहार मात्र होइन, जिम्मेवारी पनि हो।

पत्रकारका रूपमा हाम्रो दायित्व छ — सत्य बोल्ने, तथ्य सुरक्षित गर्ने, र आवाज विहीनको आवाज बन्ने। किनकि लोकतन्त्रमा स्वतन्त्र प्रेस नै स्वतन्त्र जनताको स्पन्दन हो।

यस स्वतन्त्रता दिवसमा, सूचित, समावेशी र एकताबद्ध भारत निर्माणको संकल्पलाई फेरि एकपटक दृढ पारौं।

७९औं स्वतन्त्रता दिवसको शुभकामना!

मिलन बहादुर क्षेत्री
प्रबन्ध सम्पादक
डीएसटीभी इण्डिया न्युज
डीएसटीभी दार्जीलिङ न्युज
ग्लोबल टाइम्स अफ इण्डिया

पत्रकारिताको माध्यमबाट अन्तराष्ट्रिय मञ्च सम्म  गौरव हासिल गर्न सकेको पत्रकार मिलन बहादुर छेत्री।प्रवीण कौशिक __________...
14/08/2025

पत्रकारिताको माध्यमबाट अन्तराष्ट्रिय मञ्च सम्म गौरव हासिल गर्न सकेको
पत्रकार मिलन बहादुर छेत्री।

प्रवीण कौशिक
__________________

यसो त भारतीय नेपाली भाषी पत्रकारिता क्षेत्रमा पत्रकारिताको पेशासँग जोडिएर कार्य गर्ने थुप्रै पत्रकारहरू छन्। तथापि आज भारतीय नेपाली भाषी पत्रकारिताको जगतमा अहिलेसम्म देशको साथै दार्जीलिङ पहाडको नामलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने एक नेपाली भाषी भारतीय पत्रकारको विषयमा यहाँ संक्षिप्त विवरण प्रस्तुत गर्न लागिरहेको छु।

कलकत्ताको बोलपुर शान्ति निकेतनमा सन् १९७१ सालमा माता अनिता मुखर्जी अनि पिता भीम बहादुर क्षेत्रीको कोखबाट जन्म ग्रहण गरेका मिलन बहादुर छेत्रीले पत्रकारिता क्षेत्रमा आफ्नो पहिलो पाइला १८ वर्षको उमेरमा सन् १९८८ सालदेखि 'जुगन्तर' नामक दैनिक पत्रिकाबाट भएको थियो। उनले केही साल जुगन्तर पत्रिकामा कार्य गरेपछि अभाग्यवश यस पत्रिकाको प्रकाशन नै बन्द भएको कारणले उनले फेरि आसामबाट प्रकाशित हुने अर्को दैनिक बंगला खबर कागज 'जुगाअंशु'-मा एक पत्रकारको रूपमा कार्य शुरु गरेका थिए। तथापि मिलन बहादुर छेत्रीको पत्रकारिताको यात्रा भने सन् १९८८ सालदेखि नै आरम्भ भएको थियो।

विशेषतः उनी पत्रकारिताको क्षेत्रमा भारतका उत्तर–पूर्वी राज्यहरूका साथै नेपाल, भुटान अनि बङ्गलादेशका निम्ति एक कूटनीतिक राजनीतिक विश्लेषकको रूपमा आफ्नो पत्रकारितालाई अघि बढाएका थिए।

उल्लेखनीय विषय यहाँ के छ भने विगत १९९९ सालको भारत–पाक कारगिल युद्धको समयमा पनि उनी एक पत्रकारको रूपमा युद्धको स्थिति बारे खबर सङ्कलन गर्न कारगिलसम्म पुगेका थिए।

यसरी मिलन बहादुर छेत्रीले समय सापेक्ष आफ्नो पत्रकारिताको क्षेत्रमा धेरै उपलब्धि अनि सफलताको सिँढीहरू उक्लँदै गए भने २०१३ सालमा उनले भारतीय नेपाली भाषी जनसाधारणहरूको निम्ति पनि एउटा भरपर्दो इलेक्ट्रोनिक मिडिया हाउस हुनुपर्छ भनेर डीएसटीभी दार्जीलिङ न्युज- को स्थापना गरे, जो आजसम्म यथावत रूपमा सञ्चालनमा रहँदै आएको छ। र आजसम्म यसका दुईवटा शाखाहरू 'डीएसटीभी इण्डिया न्युज' अनि 'ग्लोबल टाइम्स अफ इण्डिया' पनि विस्तार भईसकेका छन्।

पत्रकारिता कै माध्यमबाट प्रसिद्धिको शिखर उक्लिरहेकै मिलन बहादुर छेत्रीले गत २०२३ सालमा भारतमा भएको जी२० शिखर सम्मेलनको सम्पूर्ण समाचार प्रसारण गर्ने सुअवसर पाएका थिए।
यसरी नै उनले गत २०२४ को बङ्गलादेशको संसदीय चुनावमा पनि बङ्गलादेशको तर्फबाट आमन्त्रित भई अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा बङ्गलादेशमा गई सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेर फर्किएका थिए।

साथै उनले २०२४ मै ब्राजिलको रियो डी जेनेरियोमा भएको जी२० शिखर सम्मेलनको पनि सम्पूर्ण रूपमा कभरेज गरेर देशको साथै दार्जीलिङकै नामलाई रोशन गराउन सक्षम बनेका थिए। त्यसै साल उनले रुसको कजानमा भएको ब्रिक्स सम्मेलनको समयमा रुसका उपराष्ट्रपतिसँग डीएसटीभी इण्डिया न्युजको तर्फबाट अन्तर्वार्ता गर्न सफल बनेका थिए।

२०२४ साल मै फेरि उनले आजरबैजानको राजधानी बाकुमा भएको कप ट्वेन्टी नाइन लिडर सम्मेलनमा पनि पत्रकारको रूपमा देश अनि दार्जीलिङको प्रतिनिधित्व गरेर पत्रकारको रूपमा अंश ग्रहण गर्न सफल बनेका थिए।

हालै २०२५ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको ब्रिक्स सम्मेलन २०२५ मा पनि अंश ग्रहण गरी उनले लगातार रूपमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा नेपाली भाषी पत्रकारको उपस्थितिलाई यथावत राख्न सफल भएका थिए।

थाइल्याण्डको बिम्स्टेक सम्मेलन २०२५ मा पनि उनले आफ्नो उपस्थिति जनाउन सफल भएका थिए।

यसै सालको गत जुन महिनामा क्यानाडाको अल्बर्टामा जी सेभेन जस्तो उच्चस्तरीय शिखर सम्मेलनमा डीएसटीभी इण्डिया न्युजको माध्यमबाट देश अनि दार्जीलिङको प्रतिनिधित्व गरेर पुग्न सफल भएका थिए। साथै उनी यसै वर्ष जर्मनीको बोन शहरमा संयुक्त राष्ट्रद्वारा आयोजित दश दिने जलवायु कार्यक्रममा संयुक्त राष्ट्रकै तर्फबाट आमन्त्रित भई पुग्न सफल बनेका थिए।

साथै उनी आगामी २०२५ को नोभेम्बर महिनामा दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलन कार्यक्रममा पनि मनोनित भएका नेपाली भाषी एकमात्र पत्रकार हुन्।

एउटा भारतीय नेपाली भाषी पत्रकारको यो भन्दा ठूलो योगदान आफ्नो देश र आफ्नै ठाउँको निम्ति अरु के हुन सक्ला?

वर्तमान समयमा हाम्रो क्षेत्रमा पत्रकारिताको गरिमा अनि यसको स्तर दिनोदिन पतनमुख बन्दै गएको अवस्थाबिच, अर्कोतर्फ मिलन बहादुर छेत्री अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पत्रकारिताको माध्यमबाट शिखरमा पुग्न सफल बनेका छन्। यो भन्दा गौरव र हर्षको विषय अरु हाम्रो समाजभित्र के नै हुन सक्ला?

एउटा पत्रकारको रूपमा उनले देश–विदेशका थुप्रै विशिष्ट व्यक्तिहरू—जस्तै राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री सबैको नै अन्तर्वार्ता गरिसकेका छन्। तीमध्ये उनले अन्तर्वार्ता गरेका विशिष्ट व्यक्तिहरूको नाम यहाँ उल्लेख गर्न पर्दा— देशका पूर्व राष्ट्रपति प्रणव मुखर्जी, ए.पी.जे. अब्दुल कलाम, उपराष्ट्रपति जगदीप धनखड;
मुख्यमन्त्रीको लहरमा स्व. ज्योति बसु, स्व. बुद्धदेव भट्टाचार्य, वर्तमान मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी; सिक्किमका मुख्यमन्त्रीहरू— स्व. नरबहादुर भण्डारी, पवनकुमार चाम्लिङ र वर्तमान प्रेमसिंह तामाङ (गोले); झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेन, वर्तमान हेमन्त सोरेन; बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव; त्रिपुराका पूर्व मुख्यमन्त्री मानिक सरकार र बिप्लब देव; केन्द्रीय गृहमन्त्रीहरू—सुशीलकुमार शिन्दे, पियुष गोयल (वर्तमान वाणिज्य मन्त्री), भूपेन्द्र यादव, अर्जुनराम मेघवाल, मीनाक्षी लेखी, अधीर रञ्जन चौधरी, अम्बिका साहनी, पी. चिदम्बरम—सबैसँग अन्तर्वार्ता गरिसकेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा भन्नुपर्दा— बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना, नेपालको पूर्व राजा श्री ५ ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, बङ्गलादेशका पूर्व राष्ट्रपति अब्दुल हमिद तथा पूर्व विदेश मन्त्री हसन महमुद—सबैको अन्तर्वार्ता सकुशलपूर्वक गरिसकेका छन्।

उनले गरेका अन्य अन्तर्वार्ता उल्लेख गर्दा—महागुरु शंकराचार्य, सोनम वाङ्चुक, देशका पूर्व विदेश सचिव तथा वर्तमान मनोनित राज्यसभा सांसद हर्षवर्धन श्रृंगला, सीपीआई(एम)- का पोलित ब्युरियो सदस्य सीताराम येचुरी, लोकसभाका स्पीकर ओम बिरला, गुगलका निर्देशक, जापानका उपप्रधानमन्त्री तथा तिब्बती धर्मगुरु दलाई लामासँग पनि भेटवार्ता गरिसकेका छन्।

यी बाहेक पनि उनले देश–विदेशका थुप्रै नामी राजनीतिक हस्तीहरूसँग भेट गरेर अन्तर्वार्ता लिइसकेका छन्, जसलाई यहाँ पूर्ण रूपमा वर्णन गर्न सम्भव छैन।

उनले पत्रकारिता पेशाकै माध्यमबाट अहिलेसम्म ४२ वटा देशहरूको भ्रमण गरिसकेका छन्। अनि अन्तर्राष्ट्रिय स्तरको राजनीतिका जरा जर–सम्म पुग्न सफल उनी एक जुझारु पत्रकार हुन्।

यहाँ उल्लेखयोग्य अर्को विषय के छ भने विश्वकै सबैभन्दा ठूलो सांगीतिक कार्निभल ब्राजिलको रियो अनि साओ पाउलोमा हरेक साल आयोजना हुनेगर्छ। २०२५ को उक्त कार्निभलमा नेपाली संगीत “यो हो दार्जीलिङ” नामक स्वर संगीतलाई ब्राजिलियन कलाकारहरूलाई नेपाली सांस्कृतिक भेषभूषा पहिर्याएर प्रस्तुत गराउन उनी सफल बनेका थिए। यसमा रोचक विषय के छ भने उक्त कार्यक्रममा ब्राजिलियन संगीत, कला, संस्कारलाई मात्र स्थान दिइने गरिन्छ—अन्य देशका नृत्य संगीतलाई होइन। तथापि पत्रकार मिलन बहादुर छेत्रीले ब्राजिलको साओ पाउलोस्थित स्वामी विवेकानन्द कल्चरल सेन्टरकी ज्योति किरणसँग सम्पर्क बनाएर ब्राजिलको धरतीमा विश्वकै सबैभन्दा ठूलो कार्निभलमा नेपाली संगीत प्रस्तुत गर्न सफल भएका थिए। साथै सोही कार्निभलमा छेत्री कै हार्दिक प्रयासमा बलिउडका संगीतलाई पनि स्थान दिलाउन उनी सफल बनेका थिए।

मिलन बहादुर छेत्रीले २१ वर्षको कलिलो उमेरमै देशको सबैभन्दा कान्छो पत्रकारको रूपमा देशका प्रधानमन्त्री भी.पी. सिंहको अन्तर्वार्ता लिन सफल भएका थिए, जुन अन्तर्वार्ता जुगन्तर पत्रिकामा प्रकाशित भएका थिए। उनले अहिलेसम्म १५ वटा विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग भेटवार्ता गरी अन्तर्वार्ता गरिसकेका छन्।

हालसालै उनले मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित अन्तर्राष्ट्रिय पत्रकार शिखर सम्मेलनमा उत्कृष्ट पत्रकारको सम्मान प्राप्त गरेर देशको अनि दार्जीलिङको नामलाई अन्तर्राष्ट्रिय स्तरमै उच्च पार्न सफल भएका छन्।

मिलन बहादुर छेत्री, एक भारतीय नेपाली भाषी पत्रकार, जसले पत्रकारिताको क्षेत्रमा आफ्नो लगन, मेहनत र निष्ठा–कर्मले आज त्यो स्थानमा पुग्न सफल भएका छन्, जहाँसम्म पुग्न जो–कोही अन्य पत्रकारका लागि फलामको चिउरा चपाउनु सरह गाह्रो हुनेछ।

पत्रकारिताको माध्यमबाट यति ठूलो स्थानसम्म पुगेर आफ्नो देश, आफ्नो समुदायको नाम रोशन गर्न सफल बनेका मिलन बहादुर छेत्री हाम्रो समाजका लागि एक अमूल्य रत्न हुन्। निश्चित रूपमा उनको पत्रकारिताबाट प्रेरित भएर पछिल्लो पुस्ताले पनि उनी हिंडेकै मार्ग अपनाउने छन् भन्ने विषयमा कुनै संशय छैन।

Milan Bahadur Chettri: Elevating Nepali Journalism to the Global StageWhile there are numerous individuals working in th...
14/08/2025

Milan Bahadur Chettri: Elevating Nepali Journalism to the Global Stage

While there are numerous individuals working in the field of journalism within the Indian Nepali-speaking community, very few have succeeded in elevating both the nation and the Darjeeling Hills to the international stage. Today, we present a brief profile of one such exceptional figure—Indian Nepali-language journalist Milan Bahadur Chettri.

Born in 1971 in Bolpur Shantiniketan, Kolkata, to mother Anita Mukherjee and father Bhim Bahadur Chettri, Milan Bahadur Chettri took his first step into journalism at the young age of 18, beginning his career in 1988 with the Bengali daily 'Jugantar'. After several years with the publication, it ceased operations, prompting him to join another Assamese daily, 'Jugaanshu', continuing his professional journey. Nonetheless, his journalism career had already been firmly rooted since 1988.

Over the years, Chettri has carved a niche for himself as a diplomatic and political analyst, particularly focused on India’s northeastern states as well as Nepal, Bhutan, and Bangladesh.

One of the notable highlights of his career came during the 1999 India-Pakistan Kargil War, when he traveled to the frontlines to report directly from the conflict zone—an extraordinary feat for any journalist.

As time passed, his journalistic achievements continued to ascend. In 2013, identifying the need for a reliable media platform for the Indian Nepali-speaking community, Chettri founded DSTV Darjeeling News. Today, the network continues to operate robustly, with two expanded branches—DSTV India News and Global Times of India.

In 2023, he was granted the prestigious opportunity to comprehensively cover the G20 Summit held in India. The following year, in 2024, he was invited by Bangladesh as an international observer to monitor the country’s parliamentary elections—a task he fulfilled with success.

That same year, he also covered the G20 Summit held in Rio de Janeiro, Brazil, bringing recognition not only to India but to Darjeeling on a global platform. During the BRICS Summit held in Kazan, Russia, in 2024, Chettri conducted an exclusive interview with the Vice President of Russia on behalf of DSTV India News.

In another milestone, he represented both India and Darjeeling at the COP29 Leader Summit held in Baku, Azerbaijan, in 2024.

In 2025, he continued his international representation by participating in the BRICS Summit in Rio de Janeiro, again upholding the presence of a Nepali-speaking journalist on the global stage. He was also present at the BIMSTEC Summit held in Thailand that same year.

In June 2025, Chettri covered the high-level G7 Summit held in Alberta, Canada, representing India and Darjeeling through DSTV India News. He was also officially invited to attend a ten-day United Nations Climate and Sustainable Development Programme in Bonn, Germany.

Furthermore, he is the only Nepali-speaking journalist nominated to attend the upcoming G20 Summit scheduled for November 2025 in South Africa.

There can hardly be a greater contribution by an Indian Nepali-language journalist towards the name of their country and community.

While journalistic standards and prestige are perceived to be declining in our region, Milan Bahadur Chettri has reached commendable international heights through the strength of his reporting—a matter of immense pride and inspiration for society.

Over the course of his career, he has conducted interviews with a vast array of influential personalities—presidents, prime ministers, chief ministers, and ministers both within India and abroad.

Among those he has interviewed are: former Indian Presidents Pranab Mukherjee and Dr. A.P.J. Abdul Kalam; Vice President Jagdeep Dhankhar; and several state leaders including the late Jyoti Basu, the late Buddhadeb Bhattacharjee, and current West Bengal Chief Minister Mamata Banerjee.

From Sikkim, he has interviewed late Chief Minister Nar Bahadur Bhandari, former CM Pawan Kumar Chamling, and current CM Prem Singh Tamang (Golay). In Jharkhand, former CM Shibu Soren and current CM Hemant Soren; in Bihar, former CM Lalu Prasad Yadav; and in Tripura, former CMs Manik Sarkar and Biplab Deb.

He has also interviewed several key Union Ministers including Sushil Kumar Shinde, current Commerce Minister Piyush Goyal, Bhupender Yadav, Arjun Ram Meghwal, Meenakshi Lekhi, Adhir Ranjan Chowdhury, Ambika Soni, and P. Chidambaram.

Internationally, his interviewees include former Bangladesh Prime Minister Sheikh Hasina, Nepal’s former King Gyanendra Shah, former Prime Ministers Girija Prasad Koirala and Sher Bahadur Deuba, former Bangladeshi President Abdul Hamid, and former Foreign Minister Hasan Mahmud.

Other notable personalities he has interviewed include spiritual leader Shankaracharya, environmentalist Sonam Wangchuk, former Indian Foreign Secretary and now Rajya Sabha MP Harsh Vardhan Shringla, CPI(M) Politburo member Sitaram Yechury, Lok Sabha Speaker Om Birla, a director from Google, the Deputy Prime Minister of Japan, and the Tibetan spiritual leader, the Dalai Lama.

The list of political and global dignitaries he has met and interviewed is extensive and cannot be fully chronicled here.

Through his journalistic career, he has traveled to 42 countries and established himself as a tenacious and insightful observer of global politics.

One particularly unique achievement was his involvement in the world’s largest cultural carnival, held annually in Rio and São Paulo, Brazil. In 2025, he successfully facilitated the presentation of the Nepali song “Yo Ho Darjeeling” performed by Brazilian artists dressed in traditional Nepali attire. This was especially significant as the carnival typically restricts performances to Brazilian music and culture. Thanks to Chettri’s collaboration with Jyoti Kiran of the Swami Vivekananda Cultural Centre in São Paulo, not only did Nepali music make it to the stage, but Bollywood music also found a place at the festival for the first time—both achievements made possible through his initiative.

At just 21 years of age, he became India’s youngest journalist to interview then Prime Minister V.P. Singh, a feature that was published in Jugantar.

To date, he has interviewed Chief Ministers from 15 different Indian states.

More recently, at an international media summit held in Kuala Lumpur, Malaysia, he was honored as an Outstanding Journalist, further enhancing the stature of India and Darjeeling in the global media landscape.

Milan Bahadur Chettri, an Indian Nepali-language journalist, has reached heights through hard work, dedication, and journalistic integrity—heights that would be daunting even for the most seasoned professionals.

By achieving so much through journalism and uplifting the image of his community and his country, Milan Bahadur Chettri stands as a rare and invaluable gem in our society. Undoubtedly, the path he has forged will continue to inspire future generations of journalists to follow in his footsteps.

गोर्खा राष्ट्रिय युवा मोर्चा द्वारा बंगाली चलचित्र प्रदर्शनको आदेशको विरोध । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद...
14/08/2025

गोर्खा राष्ट्रिय युवा मोर्चा द्वारा बंगाली चलचित्र प्रदर्शनको आदेशको विरोध ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जारी आदेश अनुसार राज्यका सबै सिनेमा हलमा दैनिक प्राइम टाइममा कम्तीमा एउटा बंगाली भाषाको चलचित्र प्रदर्शन गर्नुपर्ने निर्णयप्रति गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) ले कडा आपत्ति जनाएको छ।
गोर्खा राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य अनमोल निरौलाले जारी विज्ञप्तिमा यस आदेशलाई ‘भाषामाथिको अतिक्रमण’ भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) क्षेत्रमा यो कानुन लागू नगर्न पश्चिम बंगाल सरकारलाई जोडदार अपील गर्दै जीटीएका प्रमुख कार्यकारीलाई पनि यस विषयमा पहल गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “भाषा हाम्रो पहिचान र प्राण हो। यदि पश्चिम बंगाल सरकारले जबरजस्ती हाम्रो गोर्खा क्षेत्रमा बंगाली भाषाको यो नियम लागू गर्न खोज्यो भने यसको परिणाम राम्रो हुनेछैन। हाम्रो प्राणको बलिदानी दिन तयार छौँ, तर हाम्रो भाषा र अस्तित्वलाई बचाएरै छाड्नेछौँ।”निरौलाले जनता भाषाको सुरक्षाका लागि सचेत र एकतावद्ध बन्नुपर्ने आवश्यकता औंल्याउँदै ‘जय गोर्खा भाषा’को नारा दिएका छन्।

विज्ञप्तिजीटीए क्षेत्रका लागि अनिवार्य क्षेत्रीय सिनेमा नीतिमा नेपाली भाषाका चलचित्र समावेशको अनुरोध गर्दै आज मैले पश्चि...
14/08/2025

विज्ञप्ति

जीटीए क्षेत्रका लागि अनिवार्य क्षेत्रीय सिनेमा नीतिमा नेपाली भाषाका चलचित्र समावेशको अनुरोध गर्दै आज मैले पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई एउटा पत्र लेखेको छु।

पत्रमा मैले भनेको छु कि देशका विभिन्न क्षेत्रका भाषा, संस्कृति र सिनेमा संरक्षण तथा प्रवर्द्धनको निम्ति पश्चिम बंगाल सरकारले गरेका प्रयासहरु स्वागतयोग्य छन्। यसै प्रसंगमा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत नेपाली भाषि समुदायको सांस्कृतिक पहिचान र समृद्धिको लागि सिनेमाघरहरुमा अनिवार्यरुपमा नेपाली भाषाका चलचित्र प्रदर्शन गराउने व्यवस्था आवश्यक छ भन्ने मेरो गम्भीर माग रहेको छ।

यदि हाम्रो मौलिक र स्थानीय फिल्म संस्कृतिको संरक्षण र समुचित प्रतिनिधित्व नहुने हो भने, “क्षेत्रीय सिनेमा” नीति अपूरो रहन्छ र जीटीए क्षेत्रका आवाज र कथाहरू विलुप्त हुन्छन्। यिनै पाटाहरूलाई सम्बोधन गर्दै, यस्तो नीति कार्यान्वयनले हाम्रो नयाँ पुस्ताका नेपाली फिल्मकर्मीहरूलाई जोश दिन्छ, नयाँ प्रतिभालाई अवसर सिर्जना गर्छ, र राज्यको समावेशी सांस्कृतिक दृष्टिकोणलाई अझ सबल बनाउँछ भन्ने अपेक्षा लिएको छु।

हाम्रो भाषिक र सांस्कृतिक पहिचानलाई राज्य स्तरीय नीति तथा कार्यान्वयनमा उचित स्थान मिलोस। आशा छ, पश्चिम बंगाल सरकारको सकारात्मक दृष्टिकोण रहनेछ।

अनित थापा
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन

फेरि अतिक्रमण?2017 मा पनि बंगाल सरकारले‌ यस्तै अतिक्रमण प्रयास गरेका थिए, तर असफल भए।अब फेरि, पश्चिम बंगाल सरकारले हाम्र...
14/08/2025

फेरि अतिक्रमण?
2017 मा पनि बंगाल सरकारले‌ यस्तै अतिक्रमण प्रयास गरेका थिए, तर असफल भए।
अब फेरि, पश्चिम बंगाल सरकारले हाम्रो जातिलाई कुन भाषामा चलचित्र हेर्नु पर्ने वहाँहरुले निर्णय गर्ने?
सरकारको नयाँ आदेश अनुसार जीटीए क्षेत्रमा प्रत्येक सिनेमा हल र प्रत्येक मल्टिप्लेक्स स्क्रिनहरूमा हरेक दिन प्राइम टाइममा बंगाली चलचित्र अनिवार्य रूपमा प्रकाशन गर्नु पर्ने भएको छ।
यो चलचित्र देखाउनु पर्ने मात्र कुरा होइन। यो‌ हाम्रो भाषा अनि संस्कृति माथि अतिक्रमण गर्ने प्रयास हो।
हाम्रो मातृ भाषा नेपाली हो। हाम्रा कथा नेपालीमा छन्। हाम्रा गीत नेपालीमा छन्। यही हो हाम्रो पहिचान।

हामीले २०१७ बिर्सेका छैनौँ! त्यतिबेला बंगाल सरकारले‌ हाम्रो विद्यालयहरूमा बंगाली भाषा अनिवार्य बनाउने प्रयास गरेका थिए।
त्यो प्रयासले १०४ दिन लामो आन्दोलनलाई जन्म दियो, र पहाडले एक स्वरमा विरोध गर्दै भने भाषा अतिक्रमण अस्वीकार छ।

आज पनि हामी त्यही भन्छौं—
हाम्रो क्षेत्रलाई तुरुन्तै यो आदेशबाट मुक्त गरियोस् हाम्रो क्षेत्रलाई छुट दिया जाओस्।
हाम्रो पहिचान बिक्रीका लागि होइन, हाम्रो संस्कृति अनि भाषा लिलामीको विषय होइन । हामी कुनै प्रकारको अतिक्रमण पटक्कै सहन गर्दैनौं ।
यदि सरकारले यो आदेश पहाडमा लागू गराउने प्रयास गर्छ भने, जनता एकताबद्ध र अडिग भएर विरोध गर्नेछन्।

जय गोर्खा।

अजय एडवर्ड्स,
प्रमुख,
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट।।

जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको स्पनसर गर्नेछ साथै ब्याडमिन्टन खेल्ने हलको निर्माण पनि गर्नेछ यङ्ग सटलर्स दार्जीलिङ्गल...
13/08/2025

जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको स्पनसर गर्नेछ साथै ब्याडमिन्टन खेल्ने हलको निर्माण पनि गर्नेछ

यङ्ग सटलर्स दार्जीलिङ्गले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ्ग क्याम्प चलाउँनु हुँदैछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाए। धेरै दिनहरू देखि उहाँहरूले मलाई क्याम्पमा आईदिनु होस न भनेर निमन्त्रणा दिनु भएको थियो। आज क्याम्प पुगे। साधारण टुर्नामेन्ट चल्दै थियो। हल प्रशिक्षार्थी अनि अभिभावकहरूले भरिएको थियो। खेल्ने नानीहरू हुनु साधारण कुरा हो तर आमा बाबालाई नानीलाई प्रोत्साहन दिँदै कराएको आज देखे। मनमनै सोचेँ आजको अभिभावक आफ्नो नानीको सर्वाङ्गीण विकास खोज्दो रहेछ। दार्जीलिङ्गमा खेलकुद भन्ने बित्तिकै फुटबल मात्र आँखामा आउने गर्थ्यो। अब खेलकुदको विकल्पहरू थुप्रै निस्केको छ। ती विकल्पहरू मध्ये ब्याडमिन्टन पनि एउटा रहेको छ।

टुर्नामेन्ट पछि मैले उपस्थित झुण्डलाई सम्बोधन गर्दै भने कि हाम्रो समयको खेली हिड्ने संस्कार आजको नानीहरूको जीवनमा पाउँदैनौं। आजको दिनमा बाहिरको दूषित वातावरण देखि बचाउनु अभिभावकलाई गार्हो छ। यङ्ग सटलर्स दार्जीलिङ्गले नानीहरू अनि अभिभावकहरूलाई एउटा राम्राे स्पेस तयार गरिदिएको छ जहाँ नानीहरुले पनि खेल्नु सक्छ, हल्ला गर्नु सक्छ, कुद्नु सक्छ। अर्थात् नानीहरुले नानी जस्तै भएर समय बिताउनु सक्छ। सटलर्स दार्जीलिङ्गका सदस्यहरूलाई बधाई। राम्रो काम गर्नु भएको छ। नानीहरूलाई खेल प्रति प्रोत्साहन गर्न भाइहरूले निःशुल्क केही दिनुभएको छैन। यहाँ नानीहरुले ब्याडमिन्टन शुल्क तिरेर सिक्नु पर्छ। कोचिङको निम्ति उहाँहरूले हल किरायामा लिएका छन्।

मैले वचन दिएको छु कि म दार्जीलिङ्गमा एउटा राम्रो ब्याडमिन्टन खेल्ने हल निर्माण गरेर यहाँहरु कै देखरेखमा दिनेछु। आफ्नै हलमा कम्ती पैसामा धेरै नानीहरुले खेल्नु पाउनेछन्।

दोस्रो महत्वपूर्ण कुरा चाहिँ के हो भने उहाँहरुले जीटीए स्तरमा ब्याडमिन्टन टुर्नामेन्ट आयोजना गर्नु हुने थाहा पाए। त्यस टुर्नामेन्टलाई सम्पूर्ण रूपले जीटीएले स्पोन्सर गर्नेछ।

राम्रो काम भईरहेको छ। अभिभावकहरुले पनि सहयोग गरिरहनु भएको रहेछ। यो सराहनीय कुरा हो। हामीले राम्रो काम गर्दै जानुपर्छ। नानीहरुले पढ्नु सक्छ, खेल्नु सक्छ। तर विगतमा त्यसको निम्ति सही परिवेश थिएन। अहिले म नानीहरुले पढ्नु पाउनु पर्छ, खेल्नु पाउँनु पर्छ भन्ने सोच राखेर अनुकूल परिवेश बनाउने कार्यमा लागेको छु। अरूको बहकाउमा आएर पहाडमा अशान्ति सृजना गर्नु हुँदैन। हामीलाई नै नोक्सान हुन्छ।

राम्राे कामको म सदैव सराहना गर्छु अनि सहयोग पनि गर्छु। पहाड बनाउने कार्य अनि पहलहरुले नै पहाड विकसित भएर जानेछ।

अनित थापा
मुख्य कार्यपाल
जीटीए

*प्रेस विज्ञप्ति**निरज तामाङ जिम्बा**सेक्रेटरी जनरल, गोर्खा राष्ट्रिय* *मुक्ति मोर्चा, केन्द्रीय समिति ।*आज एउटा पत्रिका...
13/08/2025

*प्रेस विज्ञप्ति*
*निरज तामाङ जिम्बा*
*सेक्रेटरी जनरल, गोर्खा राष्ट्रिय*
*मुक्ति मोर्चा, केन्द्रीय समिति ।*

आज एउटा पत्रिकामा प्रकाशित भएको समाचारमा, केही वर्गका व्यक्तिहरूले निर्वाचन आयोग (ECI) र हाम्रो पार्टी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको दर्ता सम्बन्धी विषयमा भ्रम फैलाउने प्रयास गरेका छन्। यस विषयमा हामी हाम्रो कार्यकर्ता, समर्थक तथा आम जनतालाई जानकारी दिन चाहन्छौं।
सबैभन्दा पहिले, यो कुरा स्पष्ट गर्नु जरुरी छ कि गोरामुमोको कानुनी मान्यता र दर्ता पूर्ण रूपमा यथावत छ। कुनै पनि आधिकारिक पत्राचार, सूचना वा नोटिस निर्वाचन आयोगबाट हाम्रो पार्टीलाई प्राप्त भएको छैन। यसैले, केही व्यक्तिहरूले फैल्याएको हल्ला, पूर्ण रूपमा बेबुनियाद र भ्रामक हो।
यसकारण हामी सबैलाई स्मरण गराउन चाहन्छौं कि गोरामुमोले सन् 2021 को दार्जीलिङ नगरपालिका निर्वाचन र सन् 2023 को पंचायत निर्वाचन आफ्नै चुनाव चिह्न र टिकटमा सफलतापूर्वक लडेको हो। निर्वाचन आयोगमा दर्ता नभएको पार्टीलाई निर्वाचनमा भाग लिन नै अनुमति हुँदैन, यो सामान्य कानुनी तथ्य हो जसले हाम्रा विपक्षीहरूको दाबीलाई आफैं असत्य प्रमाणित गर्छ।
भारतको निर्वाचन आयोग एक संवैधानिक निकाय हो, जसको निर्णय, नियम र प्रक्रियाले हाम्रो लोकतन्त्रको अखण्डता कायम राखेको छ। ECI ले दर्ता भएका पार्टीहरूको विवरण, नामावली र अद्यावधिक जानकारी सार्वजनिक रूपमा राख्ने गर्दछ, र गोरामुमोको नाम त्यसमै सूचीकृत छ। हामी आफ्ना कार्यकर्ता र समर्थकलाई अपील गर्दछौं—कुनै पनि अपुष्ट समाचार वा विपक्षीको प्रचारमा प्रभावित नहुनुहोस्। हाम्रो पार्टी पूर्ण रूपमा कानुनी र संवैधानिक दायराभित्र रही कार्य गरिरहेको छ।विपक्षीको यस प्रकारको प्रचार, वास्तविक राजनीतिक बहसबाट ध्यान भट्काउने एउटा असफल प्रयास मात्र हो। तर गोरामुमोको आफ्नो राजनीतिक लक्ष्य, गोर्खाहरूको अधिकार र पहिचानको संरक्षणको अभियानमा अडिग छन्।
हामी स्पष्ट शब्दमा भन्छौं,गोर्खा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लोकतान्त्रिक प्रक्रिया र निर्वाचन आयोगप्रति उच्च सम्मान राख्छ, र कुनै पनि असत्य प्रचारको जवाफ सत्य, तथ्य र कानुनी प्रमाणका आधारमा दिनेछ।

निरज तामाङ जिम्बा
सेक्रेटरी जनरल
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा , केन्द्रीय समिति ।

*Sikkim Girl in Distress in Delhi Case*A few people had drawn my attention to the video of a girl from Sikkim crying and...
11/08/2025

*Sikkim Girl in Distress in Delhi Case*

A few people had drawn my attention to the video of a girl from Sikkim crying and demanding justice.

I immediately reached out to the Delhi Police officials.

They have informed me that both the parties agreed to resolve the matter mutually, and that the Bini from Sikkim, has been reached home by Officers and Volunteers from the Special Police Unit for North Eastern Region of Delhi Police.

I thank all those who were concerned for her safety, and I am also grateful to SPUNER, Delhi Police and their volunteers for acting swiftly and assisting our sister in need.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

Address

Darjeeling
734101

Alerts

Be the first to know and let us send you an email when Darjeeling ko Awaaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling ko Awaaz:

Share

Category

YouTube Channel - Darjeeling ko Awaz

Darjeeling ko Awaz has launched a YouTube channel - https://www.youtube.com/channel/UCGzQpAuF-A9eMlQhbE_ZWrw/ for its viewers. Now get all the latest news of Darjeeling from here.