Samvaad Prativimba

Call Directions Website Contact the business

Samvaad Prativimba Samvaad Prativimba is a trusted and dynamic online news platform delivering accurate, unbiased, and timely news to its audience.

30/09/2026

पहाड अनि उत्तर बंगाललाई विकासको दिशातिर लम्काउन राज्य सरकार एकदमै प्रतिवद्ध छ - विशाल लामा

दार्जीलिङमा GTA विरुद्ध गोर्खाल्यान्ड संग्राम पार्टीको पोस्टरिङदार्जीलिङ, ३० सेप्टेम्बर। गोर्खाल्यान्ड संग्राम पार्टीले ...
30/09/2026

दार्जीलिङमा GTA विरुद्ध गोर्खाल्यान्ड संग्राम पार्टीको पोस्टरिङ

दार्जीलिङ, ३० सेप्टेम्बर।
गोर्खाल्यान्ड संग्राम पार्टीले आज दार्जीलिङका विभिन्न स्थानमा GTA विरुद्ध पोस्टरिङ अभियान सञ्चालन गरेको छ।

पार्टी कार्यकर्ताहरूले GTA सम्बन्धी असन्तुष्टि र आफ्ना मागहरू उल्लेख गरिएका पोस्टरहरू टाँस्दै छुट्टै गोर्खाल्यान्ड राज्यको मागलाई पुनः सार्वजनिक रूपमा उठाएका छन्।

पार्टीले GTA लाई स्थायी राजनीतिक समाधानका रूपमा स्वीकार नगर्ने बताउँदै गोर्खाल्यान्डको मागलाई अघि बढाउनुपर्ने धारणा राख्दै आएको छ।

पछिल्लो पोस्टरिङ अभियानलाई पनि सोही राजनीतिक अभियानको निरन्तरताका रूपमा हेरिएको छ।

दार्जिलिङमा पोलिटेक्निक कलेज निर्माणका लागि भूमि चयनको पहलप्रति विनय तामाङको साधुवाददार्जिलिङ, ३० सेप्टेम्बर। दार्जिलिङम...
30/09/2026

दार्जिलिङमा पोलिटेक्निक कलेज निर्माणका लागि भूमि चयनको पहलप्रति विनय तामाङको साधुवाद

दार्जिलिङ, ३० सेप्टेम्बर।

दार्जिलिङमा पोलिटेक्निक कलेज स्थापनाका लागि भूमि चयन गर्ने प्रक्रिया अघि बढाउन पश्चिम बंगाल सरकारले जिल्ला प्रशासनलाई दिएको आदेशप्रति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (GTA) का सभासद् विनय तामाङले स्वागत तथा साधुवाद व्यक्त गरेका छन्।

तामाङले बुधबार जारी गरेको वक्तव्यमा दार्जिलिङ पहाडका युवाहरूको प्राविधिक शिक्षासम्बन्धी लामो समयदेखिको आवश्यकता सम्बोधन गर्न यो पहल महत्वपूर्ण रहेको बताएका छन्। प्राविधिक शिक्षाको अवसर स्थानीय स्तरमै उपलब्ध हुँदा पहाडका विद्यार्थी तथा युवाहरूले आफ्नै माटोमा सीप र ज्ञान हासिल गर्ने अवसर पाउने उनको भनाइ छ।

उनले दार्जिलिङमा पोलिटेक्निक कलेज स्थापना भएमा स्थानीय युवाहरूमा प्राविधिक ज्ञान र सीपको विकाससँगै स्वावलम्बन तथा आत्मनिर्भरताको बाटो खुल्ने बताएका छन्। साथै, यसले क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने उनले उल्लेख गरेका छन्।

तामाङले यस पहलका लागि पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा दार्जिलिङका सांसद राजु विष्टप्रति पहाडका जनसमुदायको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

उनले जिल्ला प्रशासनले भूमि चयनको प्रक्रिया शीघ्र सम्पन्न गरी पोलिटेक्निक कलेज निर्माणको कार्य पनि द्रुत गतिमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

सभासद्हरूको राजीनामाको माग गर्दै कालेबुङमा टाँसियो पोस्टरजीटीए खारेजको मांगमा गोर्खाल्याण्ड संग्राम पार्टीले लालकोठी घेर...
30/09/2026

सभासद्हरूको राजीनामाको माग गर्दै कालेबुङमा टाँसियो पोस्टर

जीटीए खारेजको मांगमा गोर्खाल्याण्ड संग्राम पार्टीले लालकोठी घेराऊ गर्ने

दार्जीलिङ ३० सेप्टेम्बर।

जीटीएका सभासद्हरूले गोर्खाल्याण्डको मांगलाई समर्थन गर्दै तुरून्तै राजीनामा दिनुपर्ने माग गर्दै कालेबुङमा गोर्खाल्याण्ड संग्राम पार्टीले कालेबुङमा पोस्टर टाँसेका छन् ।

यसबाहेक पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय समिति सदस्य प्रदीप लोहागुणले जीटीएलाई क्षमतामा ल्याएर सरकारले गोर्खाल्याण्डको मार्गमा बाधा सृजना गरिरहेको बताउँदै यसको विरोधमा पार्टीले सडक आन्दोलनको योजना तयार पारिसकेको बताएका छन् जसको पहिलो चरणमा जीटीएको विरोधमा लालकोठी घेराऊ कार्य चाडै गरिने बताएका छन् ।

नयाँ सरकारले पनि पहाडको जनताको आकांक्षा पूरा गर्ने कुनै क3म नगरेको पनि उनले आरोप लगाएका छन् ।

यसबाहेक जीटीएका सभासद्हरूले पनि पहाडको जनताको आकांक्षालाई सम्मान गर्दै नैतिक जिम्मेदारी लिएर तुरून्तै राजीनामा दिनुपर्ने पनि लोहागुणले मांग गरेका छन् ।

हिजो कालेबुङमा टाँसिएको पोस्टरमा पनि जीटीए गोर्खाल्याण्डको लागि बाधा रहेकोले तुरून्तै सभासद्हरूले राजीनामा दिनुपर्ने माग गरिएको छ।

३९६ मौजा समेटिने संवैधानिक समाधानका लागि कागजात तयार गर्दैछौँ : विमल गुरुङदार्जीलिङ ३० सेप्टेम्बर।गोर्खा जनमुक्ति मोर्चा...
30/09/2026

३९६ मौजा समेटिने संवैधानिक समाधानका लागि कागजात तयार गर्दैछौँ : विमल गुरुङ

दार्जीलिङ ३० सेप्टेम्बर।

गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अध्यक्ष विमल गुरुङले केन्द्र सरकारद्वारा प्रस्तावित संवैधानिक समाधानभित्र तराई–डुवर्सका ३९६ वटा मौजालाई समेत समेट्न आफूहरू प्रयासरत रहेको बताएका छन्।

गत दुई दिनअघि मात्र पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले अर्को चरणको वार्तालाई लक्षित गरी पार्टीको तर्फबाट आवश्यक कागजात तयार गर्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार गोजमुमो र आबद्ध घटक दलहरू ३९६ वटै मौजा समेटिनुपर्ने पक्षमा छन्।

प्रस्तावित संवैधानिक समाधानमा जमिनको संवैधानिक सुरक्षा तथा कानून निर्माण गर्न सक्ने अधिकार जस्ता विषय महत्वपूर्ण रहेको उनले बताए। त्यस्तै, ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिने विषयमा पनि आफूहरूले दस्तावेज तयार गरिरहेको गुरुङले जानकारी दिए।

गुरुङले पहाड, तराई र डुवर्सका जनतालाई स्वीकार्य हुने विषयलाई वर्तमान परिस्थितिमा स्वीकार गर्दै अघि बढ्नुपर्ने बताए। अलग राज्य गोर्खाल्याण्डको मागकै लागि आन्दोलन जन्मिएको दोहोर्‍याउँदै गुरुङले पहाड, तराई र डुवर्सका जनताको राम्रो भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ आफूहरू अघि बढिरहेको बताए।

28/09/2026

जीटीए सभामा राजीनामा दिएका सभासदहरूको सहभागिताप्रति गोरामुमोको घोर विरोध ।

‘गोर्खाहरूले जीटीएका लागि भोट दिएका होइनन्’ : एमजी सुब्बा र देवेन्द्र घतानी

दार्जिलिङ: जीटीए सभामा राजीनामा दिएका सभासदहरूले सहभागिता जनाएको घटनाप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जिलिङ ब्राञ्च कमिटीले घोर विरोध जनाएको छ। यस विषयमा ब्राञ्च कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेको छ। गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष एमजी सुब्बा र प्रवक्ता देवेन्द्र घतानीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिइसकेका सभासदहरूको जीटीए सभामा सहभागिताप्रति प्रश्न उठाएका छन्। उनीहरूले गोर्खा जनताले जीटीएका लागि नभई आफ्नो जातीय पहिचान र दीर्घकालीन राजनीतिक समाधानका लागि मत दिएको बताएका छन्।
संयुक्त विज्ञप्तिमा जीटीएप्रति गोरामुमोको विरोध र गोर्खा जनताको राजनीतिक आकांक्षालाई सम्बोधन गर्नुपर्ने मागलाई पुनः दोहोर्‍याइएको छ। साथै, राजीनामा दिएका सभासदहरूले सभामा सहभागिता जनाउनुको औचित्यमाथि पनि पार्टीले प्रश्न उठाएको छ।
गोरामुमोले गोर्खा जनताको राजनीतिक आकांक्षा र स्थायी राजनीतिक समाधानको विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको छ।

दार्जीलिङमा एबीआरएसएमको जिल्ला शिक्षक सम्मेलन सम्पन्न, एबीआरएसएम जिल्ला कमिटी गठनदार्जीलिङ, २८ सेप्टेम्बर । अखिल भारतीय ...
28/09/2026

दार्जीलिङमा एबीआरएसएमको जिल्ला शिक्षक सम्मेलन सम्पन्न,

एबीआरएसएम जिल्ला कमिटी गठन

दार्जीलिङ, २८ सेप्टेम्बर ।

अखिल भारतीय राष्ट्रिय शैक्षिक महासंघ (एबीआरएसएम), दार्जीलिङ जिल्ला समितिको प्रथम शिक्षक सम्मेलन हिजो दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न भयो। ‘राष्ट्रको हितमा शिक्षा, शिक्षाको हितमा शिक्षक, शिक्षकको हितमा समाज’ भन्ने मूलमन्त्रका साथ आयोजित सम्मेलनमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका करिब २५० शिक्षक तथा सदस्यहरूको सहभागिता रहेको थियो। सम्मेलनमा सिलगढ़ी र कालेबुङ एबीआरएसएमका प्रतिनिधिका साथै आरएसएस, बीएमएस र एबीभीपीका जिल्ला तहका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

दार्जीलिङ सह सघं-चालक नरेन्द्र शर्माको अध्यक्षता तथा एबीआरएसएम पश्चिम बंगाल राज्य महामन्त्री बापी प्रमाणिकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम दीप प्रज्वलन तथा सरस्वती वन्दनाबाट सुरु भएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै एबीआरएसएम प्रदेश महासचिव एवं महामन्त्री बापी प्रमाणिकले सम्बोधन गर्दै शिक्षकहरूको अधिकार संरक्षणसँगै मूल्यमा आधारित शिक्षामार्फत राष्ट्र निर्माणमा योगदान गर्नु संगठनको प्रमुख उद्देश्य रहेको बताए। यसरी नै आरएसएस प्रतिनिधि विशाल शर्माले शिक्षकलाई समाजको मार्गदर्शक र मेरुदण्डका रूपमा उल्लेख गर्दै शिक्षा क्षेत्रमा संस्कृति र मूल्यमा आधारित दृष्टिकोणसहित काम गर्नुपर्ने धारणा राखे।

सोही कार्यक्रमबीच नै दार्जीलिङ जिल्ला समितिको पूर्णाङ्क कमिटी पनि गठन गरियो । समितिमा क्रमैले सभापति सञ्जीब दाहाल अनि सचिव – विशाल गुरूङ तथा कोषाध्यक्ष शरद गुरूङलाई चयनित गरिएको छ भने जिल्ला समितिमा लगभग ३५ जना पदाधिकारीहरूलाई विभिन्न पदहरूमा चयन गरिएको छ।
यसैबीच, दार्जीलिङ जिल्ला इकाईले गत एक वर्षमा गरेका विभिन्न संगठनात्मक तथा सामाजिक गतिविधिको प्रतिवेदन संजीव दाहाल र विशाल गुरुङले प्रस्तुत गरेका थिए।

कार्य्रकमलाई विशाल शर्मा, आरएसएस दार्जीलिङ जिल्ला प्रभारी अनि नरेन्द्र शर्मा सह-सघं चालक दार्जीलिङले पनि सम्बोधन गरेका थिए भने एबीआरएसएम राज्यका महामन्त्री बाप्पी प्रमाणिक, अतिरिक्त महामन्त्री असीम दास गुप्त, भबीएमएस अध्यक्ष केएस ठकुरी, एबीभीपी दार्जीलिङ, कालेबुङ विभाग प्रमुख छेतेन शेर्पा कालेबुङ एबीआरएसएम संयोजक, विशाल शर्मा आरएसएस दार्जीलिङ जिल्ला कार्यवाहक नरेन्द्र शर्मा, सह-सघं चालक दार्जीलिङ आदि प्रमुखरूपमा उपस्थित रहेका थिए ।
कार्यक्रमको सञ्चालन स्मरण गुरुङ र कञ्चन लामाले गरेका थिए। अन्त्यमा शान्ति मन्त्र तथा राष्ट्रगीतको सामूहिक गायनसँगै सम्मेलन सम्पन्न भएको घोषणा गरिएको थियो।

पार्टीको अनुमतिबिना जीटीएको सभामा सहभागी दुई सभासदमाथि कारबाहीको तयारीदार्जीलिङ २५ सेप्टेम्बर।पार्टीको अनुमतिबिना गोर्खा...
26/09/2026

पार्टीको अनुमतिबिना जीटीएको सभामा सहभागी दुई सभासदमाथि कारबाहीको तयारी

दार्जीलिङ २५ सेप्टेम्बर।

पार्टीको अनुमतिबिना गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) सभाको बैठकमा सहभागी भएको भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का दुई सभासद् अनोज थापा र परेश तिर्कीमाथि पार्टीले अनुशासनात्मक कारबाहीको तयारी गरेको छ।

भागोप्रमो महासचिव अमर लामाले बताएअनुसार दुवै सभासद्लाई कारण बताऊ नोटिस जारी गरिनेछ। नोटिसको जवाफ सन्तोषजनक नभए पार्टीबाट निष्कासनसमेत गर्न सकिने बताइएको छ।

पार्टीका वरिष्ठ नेता अमर लामाले पार्टीको अनुमतिबिना जीटीए सभामा सहभागी हुनु पार्टीको निर्णय तथा सिद्धान्तविपरीत भएको बताएका छन्। उनका अनुसार गोर्खाल्याण्डको मागलाई अघि बढाउने क्रममा जीटीए बाधक नबनोस् भन्ने उद्देश्यले पार्टीले जनभावनाको कदर गर्दै जीटीए त्याग गरेको थियो।

“पार्टीको अनुमतिबिना जीटीए सभामा सहभागी भएर पार्टीको सिद्धान्तविरुद्ध कार्य गरेकोले दुई सभासदमाथि अनुशासनात्मक कारबाही गरिएको हो,” लामाले बताएका छन्।

25/09/2026

“गोर्खाल्यान्डसम्बन्धी जीटीए सभाको प्रस्ताव कहाँ पुग्यो?” —अजय एडवर्ड्स

25/09/2026

आज श्रम मंत्री समक्ष दार्जीलिङ जिल्ला चिया कमान मज्दूर युनियनको पक्षबाट उठान गरेको मांगहरु विषयमा बोल्दै माकपा दार्जिलिङ जिल्ला सचिव मण्डलीय सदस्य सचिन खाती

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Samvaad Prativimba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samvaad Prativimba:

Shortcuts

Share