18/09/2026
आज लङभीउ पी एफ क्याम्पमा HPEU का सदस्य अनि कार्यकर्ताहरूले EPFO बाट आएका अधिकारीहरूलाई बिहान देखि नै पी एफ संशोधनको काममा सहयोग गर्ने काम गरेका छन्। अब उसो म्यानेजमेन्टले पि एफ संशोधन अनि व्यवस्थापन सुचारूपले सच्याउने काम तीब्र गतिले गरेको हुनु पर्ने HPEU ले मांग गरे। आजको लङभीउ पि एफ क्याम्पमा लङभीउ चिया बंगालका तीनै वटा डिभिजनका श्रमिकहरूको भारी भीड रहेको देखियो। EPFO बाट आएका अफिसरहरूलाई HPEU अनि चियाश्रमीकहरू द्रारा स्वागतको साथ दिन भरी जस्तो क्याम्पमा सहयोग पुर्याउने काम गरको बताए। HPEU का सदस्यहरूले केवल आन्दोलन मात्र होइन समस्याको समाधान साथै तिपय अन्य समस्याहरू पनि सच्याउने काम गर्दै आएको हो अनि अझ पनि गर्दै जाने नै छ । हामी थाक्दैनौ अनि कहिले पनि थाक्ने पनि छैनौ।