GJMM, Tukvar Valley Media Cell

GJMM, Tukvar Valley Media Cell Jai Gorkha, Jai Gorkha Janmukti Morcha.

गोजमुमोको दुई दिने कर्मी सभा सम्पन्न ! गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिको तत्वधानमा मालिधुरा कञ्चनजङ्गा पाठशालाको ...
01/09/2025

गोजमुमोको दुई दिने कर्मी सभा सम्पन्न !

गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिको तत्वधानमा मालिधुरा कञ्चनजङ्गा पाठशालाको कार्यक्रम हलमा केन्द्रिय समिति सदस्य लगायत दार्जीलिङ पहाडको ४५ वटै समष्ठिका प्रतिनिधिहरू तराईका प्रतिनिधि एव डुवर्सका प्रतिनिधिहरूलाई आफ्नो क्षेत्रमा संगठनको वर्तमान स्थिति , अहिले सम्मको उपलब्धि अनि दुर्बलता विषयलाई लिएर प्रतिवेदन प्रस्तुति हेतु दुई दिने सांगाठानीक कार्यक्रमलाई "कर्मी सभा" नाममा सम्पन्न गरियो !
३० अगष्ट २०२५ शनिबार ११ बजे देखि शुरू गरिएको दुई दिने कार्यक्रम तीन चरण गरेर सम्पन्न गरिएको थियो पहिलो चरणको कार्यक्रमको सभाध्यक्ष मोर्चा उपाध्यक्ष सम्माननीय श्रीमान आर० पी० वाईवा थिए भने दोस्रो चरणको सभाध्यक्ष मोर्चा महासचिव श्रीमान रोशन गिरिले अभिभार समहालेका थिए अनि दोस्रो (अन्तिम) ३१ अगष्ट २०२५ आइतबारको कार्यक्रमको सभाध्यक्ष मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युले समहालेका थिए !
दिउँसो ११ बजे देखि रात्रीको ७:३० बजे सम्म समपन्न भएको शुरूवाति दिनको कार्यक्रम पूर्ण रूपमा समष्टि प्रतिनिधिहरूलाई आफ्नो भनाई राख्दै संगठनको निम्ति भावी रणनिति बारे बोल्ने मौका दिएका थिए भने दोस्रो दिनको कार्यक्रम केन्द्रिय समितिको तर्फबाट भावी रणनिति केन्द्र सरकारको प्रस्ताव साथै अब हामीले गर्नुपर्ने राजनैतिक कार्यक्रमहरू बारे कुराहरू प्रस्तुत गरे !
गोर्खा जनमुक्ति युवा मोर्चाको तर्फबाट भने केन्द्रिय समिति, समष्ठि प्रतिनिधि, पार्टीका सम्पूर्ण भातृ संगठन समक्ष केन्द्र भाजपा सरकारले राखेको बी० टी०आर० बोडोल्याण्ड प्रादेशिक क्षेत्र (Bodoland Territorial Region ) बारे ब्यापक चर्चा गर्दै आफ्नो कुराहरू कार्यक्रममा प्रस्तुत गरे
दुई दिनको उक्त कार्यक्रममा मोर्चा प्रतिनिधिहरू धेरै उत्साह अनि जोश लिएर कार्यक्रमलाई सफल बनाउन एव केन्द्र समितिको रणनिति बारे चासो लिएर सुन्नको निम्ति उपस्थित थिए ! धेरै कुराहरूको छलफल पश्चात केन्द्रिय समितिले पनि ठोस निष्कर्षको निम्ति भविष्यमा कठोर राजनैतिक कदमहरू अघि बडाएर लैजाने रणनीतिहरू तयार पारे !
कार्यक्रमको अन्त्यमा मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ द्धारा यो दुई दिनको राजनैतिक कार्यक्रमलाई धेरै उत्साहको साथमा सफल भनाएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे साथै भविष्यमा गोर्खा जातिको निम्ति फेरि पनि एक भएर पूर्ण लगन अनि मेहनतको साथ अघि आउने आवहन गरे ।

गोर्खा जनमुक्ति युवा मोर्चा र विपक्षी दलका नेता सुवेन्दु अधिकारीबीच कलकत्तामा भेट२६ अगष्ट २०२५ कलकत्ता गोर्खा जनमुक्ति य...
26/08/2025

गोर्खा जनमुक्ति युवा मोर्चा र विपक्षी दलका नेता सुवेन्दु अधिकारीबीच कलकत्तामा भेट

२६ अगष्ट २०२५ कलकत्ता
गोर्खा जनमुक्ति युवा मोर्चा (गो.ज.यु.मो.) को प्रतिनिधि टोलीले पश्चिम बंगाल विधानसभामा विपक्षी दलका नेता तथा भाजपाका वरिष्ठ विधायक सुवेन्दु अधिकारीसँग महत्वपूर्ण भेटवार्ता गरेको छ।

युवा मोर्चाका अनुसार उक्त भेटवार्ताको मुख्य विषय केन्द्र सरकारले तयार पारेको “दार्जिलिङ–तराई–दुवर्सलाई समेट्ने गोर्खाल्यान्ड टेरोटोरियल रिजन” सम्बन्धी अवधारणामा केन्द्रित रहेको थियो। यस क्रममा प्रदेश भाजपा विधायकहरूको तर्फबाट सुवेन्दु अधिकारीलाई ज्ञापन पत्र समेत बुझाइएको बताइएको छ।

भेटमा युवा मोर्चाका अध्यक्ष श्री नोमन राई सहित नरेन्द्र कामबाङ, विकास खवास, तोप्देन भुटिया, ज्ञानेन्द्र छेत्री र आशोक छेत्रीको उपस्थित थिए । प्रतिनिधि टोलीले दार्जिलिङ–तराई–दुवर्स क्षेत्रको राजनैतिक समस्या अब चुनावी चलखेलको विषय मात्र नभई ठोस समाधानको बाटोतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको छ।

भेटघाटपछि युवा मोर्चाले विज्ञप्ति जारी गर्दै “अब गोर्खाहरूको मुद्दामा व्यवहारिक कदम चालिएको देखिनुपर्छ, केवल चुनावी आश्वासनले मात्र काम चल्दैन” भन्ने स्पष्ट सन्देश दिएको जनाएको छ।

दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरमा विगत ६ अक्टोबर २०१४ त्यसताकका जीटीए प्रमुख श्रीमान बिमल गुरुङ, दार्जीलिङ निर्वाच...
24/08/2025

दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरमा विगत ६ अक्टोबर २०१४ त्यसताकका जीटीए प्रमुख श्रीमान बिमल गुरुङ, दार्जीलिङ निर्वाचन क्षेत्रका बिधायक महोदय माननीय आई० ए० एस० श्रीमान त्रिलोक कुमार देवान साथै जीटीए प्रमुख सचिव श्रीमान गौतम घोषद्धारा उद्‍घाटन गरिएको चौरस्ता ओपन थिएटरको मार्बल उकिएको अथवा उक्काएको भन्ने विषयमा गोर्खा जनमुक्ति युवा मोर्चा द्धारा जीटीए प्रमुख अनि दार्जीलिङ नगरपालिका अध्यक्ष साथै जीटीए पर्यटन बिभागलाई पत्रचार गरि प्रतिउत्तर मागेका छन् ।

३४ओैं भाषा दिवसको हार्दिक शुभकामना“ भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नतिजीत बैभव बाँच्दछन भाषा मै पछि यी।“कवि बालकृष्ण ...
20/08/2025

३४ओैं भाषा दिवसको हार्दिक शुभकामना

“ भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जीत बैभव बाँच्दछन भाषा मै पछि यी।“

कवि बालकृष्ण समको भाषा बिषय उक्त सार्थक उदगारलाई आत्मसात गर्दै भारतीय संविधानको आठौ अनुसुचिमा हाम्रो नेपाली भाषाले मान्यता पाएको ३४ओैं भाषा दिवसको शुभ उपलक्ष्यमा दार्जिलिङ पहाड तराई डुवर्स लगायत भारत बर्षको बिभिन्न प्रान्तमा बसोबासो गर्ने सम्पुर्ण मातृभाषा प्रेमी आमा बाबा दाजु भाई दिदी बहिनीहरुमा बधाई एवं शुभकामना ब्यक्त गर्दछु।

बिमल गुरुङ, अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा

"""हार्दिक श्रदान्जली ""रंगीत २ ग्राम पञ्चायतका निर्वाचित सदस्य श्री सुरेन राई हामी बीच रहेनन् ,,,,,,गोर्खा जनमुक्ति मोर...
11/08/2025

"""हार्दिक श्रदान्जली ""
रंगीत २ ग्राम पञ्चायतका निर्वाचित सदस्य श्री सुरेन राई हामी बीच रहेनन् ,,,,,,
गोर्खा जनमुक्ति मोर्चा तकभर समष्टि कर्मठ सदस्य साथै रंगीत २ ग्राम पंचायतका निर्वाचित सदस्य श्री सुरेन राईको निधनको खबरले धेरै दुःखी बनेको छु !
आज शोकाकूल परिवारमा शोक प्रकट गर्दै मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ्ग ज्यू साथै तकभर समष्टि सभासद श्री सुरज राई युवा मोर्चा अध्यक्ष श्री नोमन राईको साथमा गोर्खा जनमुक्ति मोर्चा सदस्यहरू उहाँ को चीरआत्मा शान्तीको निम्ती उहाँको निजी वासस्थान सिंगला पुगेर प्रार्थना चडाए!
शोकमा डुबेका सम्पूर्ण परिवारमा भगवान् ले सहन
शक्ती प्रदान गरुन् एवं स्वर्गीय सुरेन राईको मृत्यु आत्माले बैकुण्ठ बास् गरून् भनी सम्पूर्ण गोर्खा जनमुक्ति मोर्चा परिवारको तर्फबाट श्रद्धासुमन साथै प्रार्थना चडाउँदाछौ,,,

प्राकृतिक नियम जन्म नै मृत्यु हो । रंगित-२ ग्राम पञ्चायतका निर्वाचित सदस्य श्रीमान सुरेन दुमीराई हामी माझ रहेन। हार्दिक ...
11/08/2025

प्राकृतिक नियम जन्म नै मृत्यु हो । रंगित-२ ग्राम पञ्चायतका निर्वाचित सदस्य श्रीमान सुरेन दुमीराई हामी माझ रहेन। हार्दिक श्रद्धाञ्जली।

युवा मोर्चा द्धारा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्यु संग भेटघाट कार्यक्रम ! ७ अगष्ट २०२५ सिंहमारी दार्जीलिङ गोर्खाहरूको दी...
07/08/2025

युवा मोर्चा द्धारा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्यु संग भेटघाट कार्यक्रम !
७ अगष्ट २०२५ सिंहमारी दार्जीलिङ
गोर्खाहरूको दीर्घकालीन मांगको आपेक्षा राखेर नै गोजमुमोले बिगत धेरै चुनावहरूमा भारतको सत्तासिन राजनैतिक दल भारतीय जनता पार्टीलाई चुनावी मैदानमा सहयोग गर्दै आइरहेको कुरालाई कसैले नकार्नु सक्दैन ! तर सत्तामा बसेको यतिका दिनसम्म पनि भारतीय जनता पार्टीले गोर्खाहरूको निम्ति केहि नगरेको कुरालाई पनि कसैको मन मष्तिष्कबाट लुकाउन सकिन्दैन ।
भाजपाले गोर्खाको समस्यालाई लिएर चाँडो भन्दा चाँडो आफ्नो अडान इस्पष्ट पारून् भन्ने विषयलाई लिएर गोर्खा जनमुक्ति युवा मोर्चाले पनि आफ्नो अडान इस्पष्ट राख्दै केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङ समक्ष एउटा ज्ञापन पत्र सुम्पिएका छन् । युवा मोर्चाको अडान अनुसार अब भावनामा बहेर होइन पूर्ण रूपमा वर्तमान पहाड, तराई अनि डुवर्सको समस्यालाई ध्यानमा राखेर गोजमुमोले अघिको बाटो तयार पार्नु पर्ने युवा मोर्चाको इस्पष्ट भनाई रहेको छ ।
स्मरण रहोस् केन्द्रिय अध्यक्ष संगको आजको भेटघाट कार्यक्रममा गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष/सचिव साथै समष्ठिका युवा अध्यक्ष/सचिव हरूको मात्र उपस्थिति रहेको थियो ।

३ अगष्ट २०२५ दार्जीलिङ गोर्खा जनमुक्ति मोर्चा घुम जोरबङ्गलो समष्टिकोकर्मी सभा सम्पन्न ,,,,,आज गोर्खा जनमुक्ति मोर्चा संस...
03/08/2025

३ अगष्ट २०२५ दार्जीलिङ
गोर्खा जनमुक्ति मोर्चा घुम जोरबङ्गलो समष्टिको
कर्मी सभा सम्पन्न ,,,,,

आज गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष श्रीमान बिमल गुरुङ्ग ज्यू साथै एक केद्रिय समिति टोली द्वारा धारबाहिक रुपमा चलिरहेको कर्मी सभा गोर्खा जनमुक्ति मोर्चा घुम जोरबङ्गलो समष्टिमा सम्पन्न गरियो।

गोजमुमोद्वारा यसपालीको २० % चिया बोनस विषय दार्जीलिङ टी एसोसिएसनका प्रमुख सचिव संग भेट गरि ज्ञापन पत्र चढाए! २९ जुलाई २०...
29/07/2025

गोजमुमोद्वारा यसपालीको २० % चिया बोनस विषय दार्जीलिङ टी एसोसिएसनका प्रमुख सचिव संग भेट गरि ज्ञापन पत्र चढाए!
२९ जुलाई २०२५ दार्जीलिङ
गोर्खा जनमुक्ति मोर्चा भातृ संगठन, दार्जिलिङ तराई डुवर्स प्लानटेसन लेबर युनियनले यसपाली चिया श्रमिकहरुलाई २०% को दरले एकै किस्तामा यसपालीको पूजा बोनस उपलब्ध गराउनुपर्ने माग राख्दै आज दार्जिलिङ टी एसोसिएसन (Darjeeling Tea Association) का मुख्य सचिव संदिप मुखर्जी लाई भेटी ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष सुरज सुब्बाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले चिया श्रमिकहरूको माग तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै, विगतका वर्षहरूमा चिया श्रमिकहरूले भोग्दै आएका आर्थिक समस्यालाई मध्यनजर गर्दै यस पटक मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ।

सुब्बाले भने, श्रमिकहरूले वर्षभरि कडा मेहेनत गरेर २५० दैनिक हाजिराले आजको महंगाईमा आफ्नो आवश्यक्ताहरू पूर्ण गर्नु नै गाह्रो पर्छ, त्यसर्थ चिया श्रमिकहरुको उचित मूल्यांकन हुनुपर्छ। बोनस र पारिश्रमिक दुबैलाई न्यायपूर्ण रूपमा उपलब्ध गराउनु श्रमिकहरूको हक हो।

27/07/2025

अहिले बिमल गुरुङ सक्यो भन्छौ तिमी, एउटा जन्सभा गर्ने अनुमति दिएर त हेर, बिमल गुरुङ सक्यो सकेन थाहा पाइहल्नेछौ।

27/07/2025
३८ औं  शहिद दिवस समारोह, गोर्खा जनमुक्ति मोर्चा।
27/07/2025

३८ औं शहिद दिवस समारोह, गोर्खा जनमुक्ति मोर्चा।

Address

Vah-Tukvar T. E
Darjeeling
734104

Website

Alerts

Be the first to know and let us send you an email when GJMM, Tukvar Valley Media Cell posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share