01/11/2025
जिटीए सम्पत्ति लिजसम्बन्धी भ्रामक सूचनाको खण्डन तथा जानकारी।
हाल केही व्यक्तिहरूद्वारा सार्वजनिक रूपमा जिटीए (GTA) को सम्पत्ति निजी कम्पनीलाई “बेचियो” भन्ने भ्रामक सूचना फैलाइएको सन्दर्भमा, म दावा सांग्ये शेर्पा, प्रबन्ध निर्देशक, जिग्डेन होटल एण्ड रिसोर्ट प्रा. लि., यस विषयमा निम्न स्पष्टिकरण प्रस्तुत गर्न चाहन्छु:
सो सम्पत्ति बेचिएको होइन, कानुनी प्रक्रियाअनुसार लिज (lease) मार्फत प्राप्त गरिएको हो।
खुला बोलपत्र (tender) प्रक्रियाबाट लिज प्राप्त गरिएको हो, जहाँ सबै कानुनी र प्रशासनिक औपचारिकताहरू पूरा गरिएको छ।
उल्लेखनीय कुरा — बोलपत्र दोस्रो पटक आह्वान गरिएको थियो, र हाम्रो कम्पनीले दोस्रो आह्वान (second call) मा प्रतिस्पर्धात्मक बोलपत्र मार्फत नै लिज प्राप्त गरेको हो।
जिर्ण अवस्थाबाट पर्यटनयोग्य संरचना बनाउने लगानी
लिज लिने समय भवन वर्षौँदेखि त्यागिएको, जीर्ण र प्रयोगविहीन अवस्थामा थियो। हाम्रो कम्पनीले ठूलो लगानी र जोखिम उठाउँदै:
पूर्वाधार पुनर्निर्माण
स्थानीय कामदारको रोजगार
पर्यटनमैत्री वातावरण निर्माण
जस्ता कार्यहरू गर्दै आज यो संरचनालाई नयाँ जीवन दिएको छ। यसले स्थानीय रोजगारी, आर्थिक गतिविधि, र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको छ।
स्थानीय उद्यमीको प्रतिबद्धता
म जन्मेदेखि दार्जिलिङमै हुर्किएको स्थानीय नागरिक र उद्यमी हुँ। बाहिरका कम्पनीको हातमा पर्न सक्ने सम्पत्ति स्थानीय कम्पनीले विकास गर्न पाउनु हाम्रो समुदायको गौरव हो।
यदि भविष्यमा GTA वा सरकारको निर्णयअनुसार यो भवनलाई श्रमिक भवन वा अन्य सार्वजनिक प्रयोजनमा प्रयोग गरिनुपर्ने हुन्छ भने,
म पूर्ण सम्मान गर्दछु। तर, यसमा गरिएका वृहद् लगानी र सुधार कार्यको उचित क्षतिपूर्ति सुनिश्चित हुनुपर्छ।
जनतामा अपिल
हामीले आफ्नै स्थानीय उद्यम, प्रतिभा र पहललाई समर्थन गर्नुपर्छ।
एक–अर्कालाई तान्ने संस्कृति होइन — समर्थन, प्रोत्साहन र सहकार्य हाम्रो पहिचान होस्।
दार्जिलिङ हाम्रो पहिचान, हाम्रो गर्व
आउनुहोस्, विकास र प्रगतिमा सबै मिलेर अघि बढौँ।
धन्यवाद।
— दावा सांग्ये शेर्पा
प्रबन्ध निर्देशक
जिग्डेन होटल एण्ड रिसोर्ट प्रा. लि.
दार्जिलिङ।
प्रेस विज्ञप्ति
मिति: १ नोभेम्बर २०२५
दार्जिलिङ