Darjeeling Today

Darjeeling Today Regd No. S0016006
Affiliated to the Reporters' Club of Mirik
हरपल हर क्षण तपाईको साथमा Darjeeling today follow us
(3)

मलामी जाने सुचना हाम्रा अति प्रिय छोरा उमेश थामीको 7 सेप्टेम्बर 2026 को दिन असमायिक निधन भयो। उहाँको दाह संस्कार भोली 9 ...
08/09/2026

मलामी जाने सुचना

हाम्रा अति प्रिय छोरा उमेश थामीको 7 सेप्टेम्बर 2026 को दिन असमायिक निधन भयो। उहाँको दाह संस्कार भोली 9 सेप्टेम्बर 2026 को दिन पूर्वान्ह 11 बजे मिरिक बस्ती साँढे गाउँ डुप्टिन न.दसमा गरिने भएको छ। त्यसर्थ सम्पूर्ण आफन्तजन, इष्टमित्र, छरछिमेक एवं शुभचिन्तकहरूलाई उपस्थित भइदिने अनुरोध गर्दछौ।

विनीत:
भक्तबहादुर थामी ( पिता) चन्द्रकला थामी ( माता)
शारदा गुरूङ थामी ( पत्नी)
आराधना थामी/ अदवेग थामी( छोरा- छोरी)
स्मिता थामी ( बहिनी) एवं सम्पूर्ण शोकाकुल थामी परिवार।

मिरिकमा परमपूजनीय टुल्कु थामथोग रिन्पोछेको स्वागत।करुणा, शान्ति, सद्भाव र सम्पूर्ण प्राणीको कल्याणको सन्देश फैलाउँदै आउन...
07/09/2026

मिरिकमा परमपूजनीय टुल्कु थामथोग रिन्पोछेको स्वागत।

करुणा, शान्ति, सद्भाव र सम्पूर्ण प्राणीको कल्याणको सन्देश फैलाउँदै आउनुभएका परमपूजनीय टुल्कु थामथोग रिन्पोछेलाई मिरिकले स्वागत गर्दैछ।

उहाँको पावन उपस्थितिमा सेप्टेम्बर १९ र २०, २०२६ मा मिरिक गार्डेनमा दुईदिने आध्यात्मिक तथा सामुदायिक कार्यक्रम आयोजना हुँदैछ। विभिन्न समुदाय र आस्थाका मानिसहरूलाई एकसाथ ल्याउँदै शान्ति, करुणा र विश्वव्यापी सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम थेगचेन गुरु लाखाङ, वार्ड नं. ७, मिरिकको आयोजनामा तथा खेन्पो रिन्पोछे फुर्बा दोर्जेको मार्गदर्शनमा हुँदैछ। उहाँ थेगचेन गुरु लाखाङ, मिरिक तथा ज्याङथार थापर छोलिङ गुम्बा, पोख्रेबुङका धर्मगुरु हुनुहुन्छ।

यस पावन एवं अर्थपूर्ण जमघटमा सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा।

एक मानवता • एक आवाज • एक लक्ष्य
शान्ति • करुणा • सद्भाव ।

गोजमुमो कालेबुङ जिल्ला समितिको संगठनिक सभा सम्पन्न"७ सेप्टेम्बर २०२६ दार्जीलिङ: जनताको आवाज, स्थानीय सरोकार र कालेबुङको ...
07/09/2026

गोजमुमो कालेबुङ जिल्ला समितिको संगठनिक सभा सम्पन्न"

७ सेप्टेम्बर २०२६ दार्जीलिङ:
जनताको आवाज, स्थानीय सरोकार र कालेबुङको विकासका मुद्दालाई प्राथमिकतामा राख्दै गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको संगठनिक सभा ९ माइलस्थित पार्टी कार्यालयमा सम्पन्न भयो।

जिल्लामा पार्टी संगठनलाई अझ मजबुत, सक्रिय र जनमुखी बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिएका विषयहरूलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले आयोजित सभामा विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो।
सभामा विशेषगरी पश्चिम बंगालका मुख्यमन्त्री माननीय शुभेन्दु अधिकारीको कालेबुङ भ्रमणलाई केन्द्रमा राख्दै पार्टीको तर्फबाट भव्य तथा आत्मीय स्वागत गर्ने विषयमा छलफल भएको छ। साथै, कालेबुङको समग्र विकास, जनताको हित तथा जिल्लाका दीर्घकालीन सरोकारका विषयमा पार्टीले आफ्ना माग र सुझावहरू स्पष्ट रूपमा सरकारसमक्ष राख्ने विषयलाई समेत प्राथमिकता दिइएको छ।

यसै क्रममा गाडेघाउ डीआई फण्ड तथा डेभलपमेन्ट एरिया अन्तर्गतको जमिनसम्बन्धी समस्यालाई पार्टीले गम्भीरताका साथ उठाउने निर्णय गरेको छ। लामो समयदेखि स्थानीय जनतासँग प्रत्यक्ष रूपमा जोडिएको यस समस्याको समाधानका लागि सम्बन्धित विभाग तथा सरकारसमक्ष प्रभावकारी पहल अघि बढाउने विषयमा सभाले जोड दिएको छ। गोजमुमो पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानलाई राजनीतिको केन्द्रमा राख्दै आएको उल्लेख गर्दै सभाले स्थानीय जनताको अधिकार, जमिनसम्बन्धी समस्या तथा विकासका आवश्यकतालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सभामा आगामी ७ अक्टोबरमा मनाइने गोर्खा जनमुक्ति मोर्चाको स्थापना दिवसलाई भव्य र विशेष कार्यक्रमका रूपमा मनाउने विषयमा समेत विस्तृत छलफल भएको छ। स्थापना दिवसलाई पार्टीको संगठनात्मक शक्ति, एकता, अनुशासन र जनमुखी राजनीतिक प्रतिबद्धतालाई थप सशक्त रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी अघि बढाइने बताइएको छ।

सभाले कालेबुङ जिल्लामा गोजमुमोको संगठनलाई अझ बलियो र व्यवस्थित बनाउँदै जनताको आवाजलाई प्राथमिकतामा राखेर स्थानीय समस्या, अधिकार र विकासका मुद्दाहरू निरन्तर रूपमा उठाइरहने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

07/09/2026

Hill Plantations Employees Union ( HPEU ) ले 20% बोनस बारे गर्यो नर्थ बङ्गालका Additional Labour Commissioner अमल माजुम्दारलाई ज्ञापन पत्र।

5 सेप्टेम्बर, 2026: आज HPEU ले चिया बगानहरु बोनस 20% , न्यूनतम ज्याला, पर्जापट्टा बारे नर्थ बङ्गाल Additional Labour Minister अमल मजुम्दारलाई माग गर्दै माग पत्र पेश गरेको छ। साथै, लागु हुन गइरहेको नयाँ श्रम कानुनले समस्त श्रमिक वर्गको सुनिक्षित अधिकारहरू असुरक्षित पार्ने कुरालाई उदाङ्गो गर्दै नयाँ श्रम कानुन विरुद्ध असमर्थ जनाउँदै HPEU को केन्द्रिय महा सचिव सुनेन्द्र तामाङ्गले आज यस प्रकारको वक्तव्य जारी गरेका छन्।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सौरेनी समषटी को आयोजनामा आज ०७/०९/२०२६ सोमबार को दिन एक दिवसीय सत्य नारायण पूजा मिरीक महक...
07/09/2026

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सौरेनी समषटी को आयोजनामा आज ०७/०९/२०२६ सोमबार को दिन एक दिवसीय सत्य नारायण पूजा मिरीक महकुमा अन्तर्गत मन्जुश्री पार्क मा भव्य रूपमा सम्पन्न भयो ! बिगत धेरै लामो समयदेखि यहाँ को मन्जु श्री पार्क मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय समिति का संस्थापक अध्यक्ष श्रीमान सुवास घिसिङ ज्यूले निर्माण गर्नुभएको शिव मन्दिर मा कार्यरत मन्दिरका पूरोहित राजेश शर्मा ज्यू को मन्त्रोच्चारण द्वारा आरम्भ भएको आजको पूजा समारोहमा गोरामूमो केन्द्रीय समिति प्रवक्ता श्री वाई लामा गोरामूमो मिरीक महकुमा समिति अध्यक्ष श्रीमान महेन्द्र खड्गा महासचिव श्री राज कुमार रिजाल केन्द्रीय समिति सदस्य वर्ग श्रीमान थेबा तामाङ जे० बी० लिम्बु गोरा मूमो सौरेनी समषटी अध्यक्ष डी० बी० तामाङ सचिव अशोक प्रधान पारस तामाङ जनक खड्गा त्यसरी नै पार्टी का संस्थापक सदस्य हरू जी० बी० चाम्लिङ एकुराम सुब्बा बी० के० थापा अतुल खवास पी० एस० राणा युवा मोर्चा सौरेनी समषटी का महासचिव श्री निश्चल थापा गोरामूमो पानि घट्टा समषटीका अध्यक्ष श्रीमान कर्ण प्रधान फुवागुडी शाखा कमिटी का प्रमुख सल्लाहकार श्री सांगे लामा सोनाम लामा डुपटिन मरमा शाखा का सभापति मन बहादुर लिम्बु सचिव राज कुमार राई लगायत मन्जु लेप्चा भिल्ला शाखाका प्रतिनिधि हरू बिमल सुब्बा जितस कुलुङ राई जितेन चाम्लिङ को उपस्थिति रहेको थियो ! आज एक दिवसीय सत्य नारायण पूजा समारोह मा दिवा भोजन तथा चिया चमेनाको व्यवस्था मन्जु लेप्चा भिल्ला शाखाका प्रतिनिधि वर्ग साथै सम्पूर्ण सदस्यहरूको सहभागिता गरेका थिए ! स्मरण रहोस् आजको यस एक दिवसीय सत्य नारायण पूजा समारोह सम्पन्न गर्नुको मुख्य उद्देश्य गोर्खे पिता महामहिम सुवास घिसिङ ज्यूले सारा भारत भरि छरिएर रहेका करोडौँ गोर्खा जातिको राजनैतिक धार्मिक सामाजिक सांस्कृतिक अधिकार को निम्ति जुन सम्झौता गर्नुभएको थियो जसको कागजी प्रक्रिया पूरा हुनै लागिरहेको हुनाले उक्त प्रक्रिया हरू यथाशिघ्र भारत सरकार ले प्रदान गर्न विलम्व नगरोस् भन्ने संकल्प लिएर आजको पूजा सम्पन्न गरिएको जानकारी गोरामूमो सौरेनी समषटी का मीडिया सेल प्रभारी एन ०बी० लिम्बु ले दिएकाछन्

07/09/2026

अखिल भारतीय तामाङ बौद्ध संघ, तामाङ युथ एसोसिएसनले साेमबार मिरिक महकुमा शासकसित भेट गरि एउटा ज्ञापन बुझाएकाे छ।जसमा यस्ताे लेखिएकाे एमके याेन्जनले बताए।

07/09/2026

वाहन दुर्घटनाका चालकको मृ'त्यु, एकजना घाइते

07/09/2026

लोवर थुलुङ गाउँमा वाहन दुर्घटनाका,चालकको अवस्था चिन्ताजनक,एक घाइते

बन्दखेती गाउँमा गोरामुमोको बुथ कमिटी गठनखर्साङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत लङ्भ्यु चिय...
07/09/2026

बन्दखेती गाउँमा गोरामुमोको बुथ कमिटी गठन

खर्साङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत लङ्भ्यु चियाबारी क्षेत्रको बुथ नम्बर २२४ अन्तर्गत पर्ने प्लेनलाइन, नयाँ लाइन तथा गुर्दुम बस्तीका कार्यकर्ताहरूको उपस्थितिमा बन्दखेती गाउँमा बुथ कमिटी गठन गरिएको छ।
आयोजित सभामा गोरामुमो खर्साङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा, हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्युयु) केन्द्रीय समिति सदस्य बिरेन्द्र छेत्री, प्लेनलाइन पञ्चायत सदस्या दिपिका तामाङ, चौतिस–कालीकोला पञ्चायत सदस्य सुबोध तामाङ तथा लङ्भ्यु एचपीडब्ल्युयुका अध्यक्ष सन्नी लामा लगायत स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा सर्वसम्मत निर्णयअनुसार लक्षमण पाख्रीनलाई अध्यक्ष, उग्रेन लामालाई उपाध्यक्ष, सुदिप योन्जनलाई मुख्य सचिव, पुण्यराज थापालाई सहसचिव तथा देविका लामालाई कोषाध्यक्ष पदमा चयन गरिएको छ।
त्यसैगरी, दिपिका तामाङलाई सल्लाहकार चयन गर्दै अन्य २० जना सदस्यलाई कार्यकारिणी सदस्यका रूपमा सर्वसम्मतिले चयन गरिएको जनाइएको छ।
नवनिर्मित बुथ कमिटीले क्षेत्रमा पार्टीको संगठनलाई अझ सुदृढ र सक्रिय बनाउँदै जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएर संगठनात्मक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
बुथ कमिटी गठनसँगै लङ्भ्यु चियाबारी तथा आसपासका क्षेत्रमा गोरामुमोको सांगठनिक गतिविधिले थप गति लिने विश्वास व्यक्त गरिएको छ।

नयाँ व्यवस्थामा कुनै पनि हालतमा संविधान संसोधन गरेर पनि अनुसूचित जातिको निम्ति आरक्षण हुनै पर्छ भन्ने माग आज दिनांक: 6 स...
06/09/2026

नयाँ व्यवस्थामा कुनै पनि हालतमा संविधान संसोधन गरेर पनि अनुसूचित जातिको निम्ति आरक्षण हुनै पर्छ भन्ने माग

आज दिनांक: 6 सितम्बर 2026 काे दिन दार्जीलिङ शहर स्थित भारतीय जनता पार्टी कार्यालयमा बिजेपी जिल्ला प्रवक्ता डा० नकुल छेत्रीको प्रमुख आतिथ्यमा भारतीय जनता पार्टी अनुसूचित जाति मोर्चाको जिल्ला समितिको एक जरूरी बैठक आयोजना गरियो। उक्त बैठक एससी मोर्चा जिल्ला अध्यक्ष श्री शन्त बहादुर रसाइलीको अध्यक्षतामा सम्पन्न भयो।
आजको बैठक जिल्ला समिति गठन भएपछिको पदाधिकारी अनि सदस्य माझ परिचय साटसाट मात्र नभई अनुसूचित जातिको हक अधिकार र गोर्खाहरुको हितमा जस्तो पनि स्थायी राजनैतिक, संवैधानिक व्यवस्था भएको खण्डमा अनुसूचित जातिकाे निम्ति अलगै संविधान पदत्त सहुलियत र आरक्षण हुनु पर्छ भन्ने माग विषयलाई लिएर आजको सभा आयोजना गरिएको जानकारी जिल्ला महा- सचिव श्री विनोद खातीले जानकारी दिनु भएको छ।
आजको सभा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, सुकिया पोखरी, पोख्रियाबुङ, नागरी- धजे, सौरेनी, मञ्जु, टिङलिङ, फुवागडी, बिजनबारी, मरमा आदि ठाउँहरुबाट सदस्यहरू उपस्थित रहनु भएको थियोे। सभालाई कालेबुङबाट सचिव चन्द्र सेन खाती, विजय मंग्राती, भरत बराइली, दार्जीलिङबाट उप सभापति रिबेन घतानी, कृष्ण बर्मे, खरसाङबाट उपसभापति राजेश गजमेर, उपसभापति श्रीमती सुष्मा सिंह, मिरिकबाट महा सचिव विनोद खाती, सोरेनी मण्डल महासचिव हिमाल विश्व, सुखिया पोखरीबाट उप सभापति चन्द्र कुमार शंकर, अनि दार्जिलिङ जिल्ला बीजेपी पार्टीका प्रवक्ता डा० नकुल क्षेत्रीले आफ्नो सम्बोधन राख्नु भयो। 1988 देखि दार्जिलिङ जिल्लामा अनुसूचित जाति आफ्नो हक र अधिकार देखि वञ्चित रहेको। पहाडमा आएको पहिलेका व्यवस्थाले अनुसूचित जातिको संवैधानिक हक र अधिकार सुनिश्चित गर्न अनि 100 पोइन्ट रोष्टर लागु गर्नमा असमर्थ भएको तीतो सत्यलाई आजको सभामा सबैको सम्बोधनमा यी गुनासोहरु सुन्न पायौं। 40 वर्षको पहाडको शासन व्यवस्थाले अनुसूचित जातिको एकतालाई पनि छिन्न भिन्न बनाएर आरक्षणको प्रावधानबाट वञ्चित राखेको सत्यलाई उजागर गरे। सबैले अब उसो बीजेपी सरकारको शासनकालमा यी समुदायका मानिसहरूले आफ्नो अधिकार प्राप्त गर्ने छ अनि संवैधानिक व्यवस्थाको प्रारूप तयार गर्ने प्रक्रियामा अनुसूचित जातिका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने मांग पनि गरिएको छ। अब प्रत्येक मण्डलले आ-आफ्नो क्षेत्रमा अनुसूचित जातिको स्थिति बुझेर जन कल्याणकारी कामहरुकाे निम्ति ब्लक, महकुमा शासक अनि जिल्ला शासकसँग चाँडै डेपुटेसन् दिएर जानकारी लिनु पर्ने पनि सभाले जानकारी गरायो। चाँडै बीजेपी एससी मोर्चाकाे प्रतिनिधि मण्डल गठन गरेर जिल्ला राज्य अनि केन्द्रका सम्बन्धित MP, MLA अनि मन्त्रीहरूलाई पत्रचार गर्ने पनि सभामा प्रस्ताव पारित भएको छ।
दार्जिलिङ, तराई-डुवर्स लाई लिएर गठन हुन् लागेको संवैधानिक व्यवस्थामा हाम्रो अनुसूचित जातिको जनसङ्ख्याकाे आधारमा सीट आरक्षित हुनु पर्ने माग गरिएको छ। अनि सम्बन्धित निकायलाई पत्राचार गर्ने छ।
विभिन्न मुद्दामा गहिरो बहस भएपछि सभापति श्रीमान शन्त बहादुर रसाइलीले एससी मोर्चा गठनको औचित्य अनि हामीले बीजेपी पार्टीसँग जातिको उन्मुक्तिको लागि ऐतिहासिक पहल हुने छ भन्ने विश्वास राख्दै सबै जात गोष्ठी विशेष कामी दमाई अनि सार्कीका दाजुभाइहरू एक भएर आफ्नो अधिकार खोज्न फुटेर होइन जुटेर अघि बढ्ने आव्हान गर्दै सबैलाई धन्यवाद दिँदै सभा बर्खास्त गर्नु भयो। आजको सभा जिल्ला समितिको महा सचिव कृष्ण बर्मेले सञ्चालन गर्नु भएको थियो। सभाकाे निचाेड भने अब हुने संवैधानिक समधान नयाँ व्यवस्थामा कुनै पनि हालतमा संविधान संसोधन गरेर पनि अनुसूचित जातिको निम्ति आरक्षण हुनै पर्छ भन्ने थियाे।

Address

Mirik
Darjeeling
734214

Alerts

Be the first to know and let us send you an email when Darjeeling Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Today:

Shortcuts

Share