Routine of Darjeeling

Directions

Routine of Darjeeling सत्यमेव जयते

06/10/2026

✨ बालबालिकादेखि ४० वर्षमाथिका महिलासम्म—आफ्नो सौन्दर्य, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्ने सुनौलो अवसर! ✨

सिलगढी: उमेर प्रतिभा र सौन्दर्यको बाटोमा बाधक होइन भन्ने सन्देशसहित Red & Queens Foundation को आयोजनामा विशेष Calendar Shoot तथा Red Carpet Event आयोजना हुने भएको छ।

यस विशेष कार्यक्रममा नानीहरूदेखि ४० वर्षभन्दा माथिका महिलाहरूसम्म सहभागी भएर आफ्नो मोडलिङ क्षमता, सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्न सक्नेछन्। 📸✨

आफूभित्र लुकेको मोडलिङको चाहना होस् वा क्यामेराअगाडि आफ्नो व्यक्तित्व प्रस्तुत गर्ने सपना—यो कार्यक्रम तपाईंका लागि आफ्नो पहिचान बनाउने एउटा राम्रो प्लेटफर्म बन्न सक्छ।

🌹 उमेर होइन, आत्मविश्वास र प्रतिभा महत्वपूर्ण छ।
👑 आफ्नो सौन्दर्य र व्यक्तित्वलाई नयाँ पहिचान दिनुहोस्।
📸 क्यामेराको अगाडि आफ्नो आत्मविश्वास प्रस्तुत गर्नुहोस्।
✨ Red Carpet मा आफ्नो विशेष उपस्थितिको अनुभव लिनुहोस्।

प्रतिभा र मोडलिङमा रुचि भएका बालबालिका तथा महिलाहरूलाई यो अवसर नगुमाउन आयोजक पक्षले आग्रह गरेको छ।

📞 Registration / Contact:

8167208878
8158995116

आफ्नो प्रतिभा, सौन्दर्य र आत्मविश्वासलाई एउटा नयाँ मञ्च दिनुहोस्—आजै सम्पर्क गर्नुहोस्! 👑✨

कलाकार नसीब मुखिया भन्छन्—हामी पहाडका मान्छेहरूलाई सोझा भनिन्थ्यो। आज हामी जान्ने–बुझ्ने भएको नाटक गर्छौं, तर पनि कताकता...
03/10/2026

कलाकार नसीब मुखिया भन्छन्—

हामी पहाडका मान्छेहरूलाई सोझा भनिन्थ्यो। आज हामी जान्ने–बुझ्ने भएको नाटक गर्छौं, तर पनि कताकता अझै सोझै रहेछौँ, किनकि फेरि पनि झुकिएको महसुस भइरहेको छ। म स्वयं पनि यसपालिको २०२६ को चुनावमा आफू झुकेको महसुस गरिरहेको छु।

अब आउने पुस्ता र आगामी चुनावहरूमा हाम्रो पहाड फेरि नझुकोस्, कसैको स्वार्थमा नझुकियोस् भन्ने चाहन्छु। त्यसैले सम्पूर्ण पहाडवासीलाई समयमै सचेत हुन आग्रह गर्दछु।

विशेषगरी सम्पूर्ण कलाकार साथीहरू—अब हामी एक भएर आफ्नो अधिकार, सम्मान र अस्तित्वका लागि अगाडि बढौँ। जुन प्रकारले हामी झुक्यौँ र हामीलाई झुकाइयो, त्यसको परिणाम समयले अवश्य देखाउनेछ।

२९७ नम्बर बुथमा सभा सम्पन्न, बुथ कमिटी गठनदार्जिलिङ: भारतीय जनता पार्टी (भाजपा) पोखरियाबोङ्ग–चामुङ्ग मण्डलअन्तर्गत २९७ न...
27/09/2026

२९७ नम्बर बुथमा सभा सम्पन्न, बुथ कमिटी गठन

दार्जिलिङ: भारतीय जनता पार्टी (भाजपा) पोखरियाबोङ्ग–चामुङ्ग मण्डलअन्तर्गत २९७ नम्बर बुथ, टर्जुम गोदाम गाउँमा मण्डल अध्यक्ष श्री अमित तामाङको सभापतित्वमा सभा सम्पन्न भएको छ।

सभाका क्रममा मगर गाउँका १२ परिवारले भारतीय जनता पार्टीप्रति आफ्नो समर्थन व्यक्त गर्दै पार्टीमा आबद्ध हुने प्रतिबद्धता जनाएका छन्।

यसै अवसरमा २९७ नम्बर बुथको बुथ कमिटी गठन प्रक्रिया पनि सम्पन्न गरिएको छ। नवगठित कमिटीमा श्री प्रकाश राईलाई बुथ अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ भने श्री विकास राईलाई पूर्ववत् सचिव पदमा कायम राखिएको छ।

सभामा उपस्थित प्रतिनिधि, पार्टी कार्यकर्ता तथा समर्थकहरूप्रति आयोजक पक्षले आभार व्यक्त गर्दै नवगठित बुथ कमिटीका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

20/09/2026

चामुङ कमानको गोट गाउँमा सरकारी योजनाका बोर्डहरू झाडी–जङ्गलमा फालिएको अवस्थामा भेटिएका छन्। स्थानीयका अनुसार करिब तीन महिनाअघि देखि ती बोर्डहरू त्यही अवस्थामा रहेका छन्। आज स्थानीयहरूले झाडी–जङ्गल खोतेर बोर्डहरू निकाल्दै सार्वजनिक गरेका छन्। बोर्डमा योजना तथा काम सम्पन्न भएको उल्लेख भए पनि सम्बन्धित योजना वास्तवमै सम्पन्न भएको हो वा होइन भन्ने विषयमा स्थानीयहरू अनभिज्ञ छन्। सरकारी योजनाका बोर्डहरू यसरी बेवारिसे अवस्थामा किन फालिएका छन् भन्ने विषयमा स्थानीयहरूले सम्बन्धित निकायसँग स्पष्ट जानकारी र जवाफको माग गरेका छन्।

मिरिकमा राति ११ बजेसम्म ‘ताला टुली बाटुली’को छायांकनमिरिकमा रातको समयमा पनि नेपाली चलचित्र **‘ताला टुली भातुली’**को छाया...
20/09/2026

मिरिकमा राति ११ बजेसम्म ‘ताला टुली बाटुली’को छायांकन

मिरिकमा रातको समयमा पनि नेपाली चलचित्र **‘ताला टुली भातुली’**को छायांकन जारी रहेको छ। चलचित्रको टोलीले मिरिक बजार क्षेत्रमा राति करिब ११ बजेसम्म छायांकन गरेको छ।

आफ्नै पहाड, यहाँको परिवेश र वास्तविकतालाई केन्द्रमा राखेर निर्माण भइरहेको यस चलचित्रमा विभिन्न क्षेत्रका कलाकारहरूको सहभागिता रहेको छ। चलचित्रले पहाडको सामाजिक जीवन, स्थानीय परिवेश र यहाँका वास्तविक कथावस्तुलाई पर्दामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।

मिरिकसहित पहाडका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ।

20/09/2026

हार्दिक बधाई तथा शुभकामना!
नेपाली गीत–संगीत क्षेत्रकी चर्चित गायिका तथा मिरिक नौमाइल निवासी सुश्री अश्मिक खवासलाई नेपाल काठमाण्डौ मा ‘संगीत साधना राष्ट्रिय सम्मान–२०८३’ बाट सम्मानित गरिएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
‘ए हो मैच्याङ’, ‘बुझ्ने गाह्रो’ लगायतका उत्कृष्ट गीतहरूमा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्दै नेपाली गीत–संगीतको क्षेत्रमा पुर्‍याउँदै आउनुभएको योगदानको उच्च कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गरिएको हो

📰 नेपाल बाढीपीडितका लागि बाघडुग्रामा राहत सङ्कलन अभियानबाघडुग्रा | बिहीबार: नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूको सह...
17/09/2026

📰 नेपाल बाढीपीडितका लागि बाघडुग्रामा राहत सङ्कलन अभियान

बाघडुग्रा | बिहीबार: नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि आज बाघडुग्रा हाट बजारस्थित पञ्चायत कार्यालय छेउमा त्राण तथा राहत सङ्कलन अभियान सञ्चालन गरिएको छ।

अभियानमार्फत चेतनशील नागरिकहरूले समग्र बाघडुग्रावासीलाई नेपालका बाढीपीडितहरूको सहयोगमा सक्दो योगदान गर्न अपील गरेका छन्।

मानवीय सहयोग र सहकार्यको भावनासहित सञ्चालन गरिएको उक्त राहत सङ्कलन अभियानमा स्थानीयवासीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरिएको छ।

पार्टीलाई सत्ता र शक्ति हातमा आउनुभन्दा धेरै अघिदेखि समर्पण, समर्थन र विश्वास दिँदै मैदानमा उभिएका युवाहरूलाई आज पार्टील...
16/09/2026

पार्टीलाई सत्ता र शक्ति हातमा आउनुभन्दा धेरै अघिदेखि समर्पण, समर्थन र विश्वास दिँदै मैदानमा उभिएका युवाहरूलाई आज पार्टीले सम्झिन जरुरी छ।

समय बदलिँदै जाँदा नयाँ व्यक्तिहरू पार्टीमा आउनु स्वाभाविक हो। नयाँ आउनेहरूलाई स्वागत गर्नुपर्छ, तर त्यसकै नाममा वर्षौँदेखि पार्टीका लागि दुःख–सुखमा खटिएका, संगठन निर्माणमा समय र ऊर्जा दिएका युवा कार्यकर्ताहरूको योगदान ओझेलमा पर्नु हुँदैन।

आज सत्ता हातमा आइसकेपछि झुन्ड लिएर आउनेहरूको जयजयकार गर्ने र उनीहरूलाई प्राथमिकता दिने प्रवृत्ति बढेको हो कि भन्ने अनुभूति धेरै पुराना युवा कार्यकर्तामा देखिन थालेको छ। हिजो पार्टीलाई बलियो बनाउन मैदानमा उभिएका, आज पनि आफ्नो क्षेत्र र समाजका लागि केही गर्न चाहने ती युवाहरू भने अवसर र जिम्मेवारीको प्रतीक्षामा थन्किएर बसेको महसुस गरिरहेका छन्।

युवाहरू पदका लागि मात्र होइनन्, काम गर्न चाहन्छन्, आफ्नो क्षेत्रलाई अगाडि बढाउन चाहन्छन् र आफूले विश्वास गरेको राजनीतिक यात्रालाई परिणाममुखी बनाउन चाहन्छन्। त्यसैले पार्टी नेतृत्वले नयाँ आउनेहरूलाई मात्र होइन, कठिन समयमा साथ दिएका पुराना युवा कार्यकर्ताको भावना र योगदानलाई पनि समान रूपमा सम्मान गर्न आवश्यक छ।

इतिहास धेरै लामो बनाउनु पर्दैन। एउटा कुरा भने स्मरण रहोस्—पहाडका नेताहरूलाई जिताउन चुनावको दिन मात्र होइन, वर्षौँदेखि मैदानमा उभिने कार्यकर्ता नै हुन्। पुरानो हुँदैमा योगदान पुरानो हुँदैन, समय बित्दैमा विश्वासको मूल्य घट्दैन।

— नसीब मुखिया

16/09/2026

यस भाइरल भिडियोमा आदित्य ठाकरेले सुशान्त सिंह राजपूतको हत्या स्वीकार गरेको दाबी गरिएको थियो, तर तथ्य-जाँचमा भिडियोमा देखिएका व्यक्ति आदित्य ठाकरे नभई साहिल चौधरी भएको पुष्टि भएको छ।

भारतीय जनता पार्टीप्रति वार्ड नं. १८ का करिब ३० जना स्थानीयवासीको समर्थनभारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सदर–३ अध्यक्...
16/09/2026

भारतीय जनता पार्टीप्रति वार्ड नं. १८ का करिब ३० जना स्थानीयवासीको समर्थन

भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सदर–३ अध्यक्ष सुश्री सुष्मा लामाज्यूको विशेष पहल तथा वार्ड नं. १८ का अध्यक्ष श्री इम्तियाज हुसैनज्यूको सहयोगमा आज वार्ड नं. १८ का करिब ३० जना स्थानीयवासीहरूले भारतीय जनता पार्टीप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन्।

स्थानीयवासीहरूले भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि वार्ड तथा क्षेत्रको समग्र विकास, जनहित र जनताको आधारभूत आवश्यकताहरूको पूर्ति हुने विश्वास व्यक्त गर्दै पार्टीलाई समर्थन गर्ने निर्णय गरेका हुन्।

समर्थन कार्यक्रम भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिका सदस्यहरू श्री सुजेन्द्र राई, डा. नाकुल छेत्री, श्री अमर शर्मा, श्री सन्दीप लखोटिया, श्री इम्तियाज हुसैन लगायत अन्य पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास, सुशासन र जनहितका लागि भारतीय जनता पार्टीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Address

Darjeeling
734216

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share